चैटे डशै राकेट पामले
आलम थानागं आन्निगं के स्याह्केले
वुद्ध घर्तीले चैते दशैलाई संझीएर गाएको मगर भाषाको यो गीत स्यागंजाको पश्चिम भेकमा खुवै प्रशिद्ध छ । चैते दशैमा आलम देवीको दर्शन गर्ने र त्यसै क्षेत्रको मेलामा रमाउने पुरानो प्रचलन हो । आजभोली स्थानीय युवा क्लवले चैते दशै आलमथान महोत्सव समेत आयोजना गर्ने गरेको छ ।
हुनत आलमथानको गीत गाउने गायक वुद्ध आफै यसवर्ष चैते दशैमा आलम जान नपाउने भन्दै लुम्वीनी भ्रमणमा छन । म भने शाह राजहरुकी इष्ट हाम्री भने घनिष्ठ आलम देवी संझीरहेको छु । मेरो स्मृतिमा वाल्यकालक आलमदेवी भ्रमणका रमाइला दृष्यहरु नाचीरहेका छन ।
आलम देवी संझीदा मेरो स्मृतिमा आउने अर्को स्थान हो राम्दी । राम्दी मेरा लागि वियोगको मानक लाग्छ । काली तटको राम्दीमा मानिसको अन्तिम संस्कार गर्ने भएर वा राम्दी पुल तरेर मुग्लानीया हुने भएर पनि होला राम्दी मेरा लागि वियोगको विम्व हो । यही विम्वलाई मानक मानेर भने धेरै गीत संगीतहरु श्रृजना भएका छन ।
अहीले त मरिन्छ क्यारे
राम्दीमा पीपलु ओइलायो
अग्लो छ राम्दीको पुल
खसे भने वाचुला नभने
युट्युवले पुरानो गीत सुनायो । कुनै विद्यालयको वार्षीकोत्सव कार्यक्रममा कलिला वाल वालीकाले यो वृद्ध गीत मसिनो स्वरमा गाउदै थिए । म भने मेरा पुराना स्कुले दिन र राम्दीको स्मृर्तीमा हराउदै थिए । राम्दी स्यागंजा र पाल्पालाई जोड्ने भएर होइन, प्रसिद्ध शीद्ध बाबाको थान भएर मात्र पनि होइन, यो सिद्धार्थ राजमार्गको काली गन्डकी माथी निर्मित शुन्दर पुलका कारणले पनि प्रशिद्ध थियो ।
कन्चन काली माथी वनेको यो पुलले तंहाको जीवन शहज, सरल मात्र होइन शुन्दर पनि वनाएको थियो । मानीसको जन्म देखि मृत्यु सम्मका १६ संस्कार यही राम्दी र कालीको तटमा हुन्थे । परदेशीने लाहुरे यही पुल तरेर मुग्लान जान्थे । त्यसैले त उनीहरु यही पुललाई कल्पेर गीत गांउथे ।
राम्दी पुल तरने वित्तिकै
बांचे भेट मरे त यत्तिकै
जीवनसंग विरक्त भएर कल्पवासमा आउने विधवा हुन या इश्वरको खोजीमा तपस्याकालागि संसारिक मार्ग छोडेकाहरु हुन राम्दी सजिलो गन्तव्य थियो । हरेक कात्तिके ठूला एकादशी, वैशाखे सक्रान्ति,माघे सक्रान्तिमा मेला लाग्ने राम्दी विगतमा जति गुलजार थियो अहिले त्यति गुलजार वनेको छैन ।
पुल पुरानो हुदै छ । गन्डकी र धौलागिरी अंचलको पहाडलाई मधेर र भारतसंग जोड्ने एकमात्र विकल्प राम्दीको पुलका अनेक विकल्पहरु आइसकेका छन । अहिले पोखरा भैरहवा सिधा हवाई उडान समेत भएपछि यसको महत्व अझै खस्केको छ । महत्व घट्दै गएपनि स्मृति भने झन झन ताजा भइरहन्छ । त्यसैले त राम्दी पुलको मानकमा अनेक गीतहरु वनेका छन र ती सवै उत्तिकै हिट पनि । नारायण रायमाझी र अमृता झेडी भन्दैछन
संगै वस्न कैलेनी जुटेन
तिम्रो फोटो साथैमा टुटेन
राम्दी पुल तर्ने
वाचे हुम्ला भेट मरे के गर्ने
विर्घा
विर्घा
पहिलो सर्को
२०४६ सालको राजनैतिक परिवर्तन पछि गांउ घरमा संघ संस्थाहरु खुल्ने क्रम तिव्र भएको थियो । मानिसहरु खुलेर राजनैतिक वहस शुरु गरेका थिए । काग्रेस र कम्युनिष्टमा समाज वाडिएको थियो । चिया पसल र जमघटमा को काग्रेस को कम्युनिष्ट भन्ने कित्ताकाट शुरु हुदै थियो । पछि यो कित्ताकाट पानी वारावार र विवाहमा समेत दल मिलाउनु पर्ने अवस्थासम्म आइपुग्यो ।
यसै मेसोमा लसर्घा वेसीका युवाहरुले तीनपाते युवा क्लव गठन गरिसकेका थिए । त्यसको हावा सुस्तरी विर्घातिर पनि चल्दै थियो । छन दाई, वर्सटाक अर्जुन, शोभाकान्त सर, शेर वहादुर सर, वुद्धी सर, घ्यागंसिंग खरक मेन दाई लगायतले विर्घा ७ भुष्टुंगमा जनजागरण युवा क्लव गठन गरे । क्लव गठन पछि त्यस समयको प्रचलित भलीवल प्रतियोगीता राख्ने कुरा भयो । स्यागंजाको पश्चिम भेग वाक्लो मगर वस्ति र मगर संस्कृतिको वाहुल्यता रहेकोले पनि होला । होली पुर्णीमा अथार्त यौनाट खुवै रमाइलो चाड मानिन्थ्यो ।
मगर समुदाय, खुलेर रमाइलो गर्ने चाड पर्व मज्जैले मनाउने र एक अर्कामा सहयोग गर्न माहिर मानिन्थे । त्यसैले होला हामी विर्घा पट्टीका वाहुनलाई भुष्टुंग, खहरे तिरका सवै मगर जस्तै मस्त लाग्थे । मौलामा जन्मे हुर्केर होला मगर कुरा वोल्न नआएपनि म मगर संस्कृतिवाट केही हदसम्म जानकार र प्रभावित भने थिए ।
त्यस क्षेत्रमा मगर समुदायले धुमधामसंग मनाउने यौनाट अर्थात होली पुर्णीमाका अवसरमा जनजागरण युवा क्लव भुष्टुंगले पनि ३ दिने रनिगं सिल्ड भलिवल प्रतियोगीता आयोजना गर्यो ।
सरस्वती प्रावी भुृष्टुंगमा आयोजित प्रतियोगितामा खहरे, आलम देवी, लसर्घा, कट्टी गांउ, चेहेमी लगायत विभिन्न ठांउवाट स्थानीय क्लव वा समुहहरु प्रतिष्पर्धामा आए । २०४९/ ५० तिरको कुरा हुनु पर्छ । हामी स्कुल पढ्दै गर्दा आयोजित भलीवल प्रतियोगितामा कक्षा हापैरै पनि हेर्न गइन्थ्यो ।
* * *
‘लसर्घा टिकारामले हानेको सट टाउकोमा लाग्यो भने त मान्छे ठहरै हुन्छ रे ।’ ‘खहरेली चक्र दाइको जस्तो व्लक त गन्डकी अन्चलमा कसैले गर्नै सक्दैन रे ।’ हामी स्कुलेहरु बीच यस्तै वहस हुन्थ्यो । “सवास” भन्दै रिटायर्ड लाहुरे वुढाहरुले खेलाडी हौस्याउदा र वेलका बाले “खेला डेखाउ” भन्दा कम्ती रमाइलो लाग्दैनथ्यो ।
ठुलै मेला लाग्थ्यो वेलको भलीबल प्रतियोगितामा । सांझ परेपछि खान पान हा हा र हो हो सामान्य थियो । घर्ती रमेश, घ्यागंसिंग खरक महेश, रेमेहरु मेरा दोस्ती थिए । कति पल्ट रातीमा हामी सरस्वती सकुलमै पनि सुतेका छौ । जाडो घटी सक्ने याम भएकाले होला स्कुलकै वेन्चमा रात विताउदा पनि रमाइलो लाग्थ्यो ।
एक प्रकारको मेला लाग्ने बेलमा भलिवलका अलागा रिंग हान्ने, चुकौनी वेच्ने, साना तिना पसल राख्ने लहरै चलेको थियो । भलीवलको असल दर्शक हुनुका अलावा रिंग हान्न्मा मेरो दिलचस्पी थियो । बासका घारा तेर्स्याएर खाटमा विस्कुट, सावुन, चुरोट, काठका वक्समा पैसा आदि राखेर रिगं हान्न दिइन्थ्यो । वासको गोलो सेल रोटी जस्तो रिगं जे मा गएर छोपिन्छ त्यही उपहार लिन पाइन्थ्यो । महंगो सामान कम र सस्तो अली वढि रिंगमा पर्ने संभावना हुन्थ्यो । भनौ रिगं खेलाउनेहरुले त्यस्तै तारतम्य मिलाउथे ।
रिंगको रेट भने हेरी हेरी हुन्थ्यो । खेलको पहिलो दिन ५ रुपैयाकोे ४ वटा पाइने रिगं खेल उठ्ने दिन ५ को ६ वटा सम्म पनि पाइन्थ्यो । यद्यपि रिंग संगको मेरो गजवको सम्वन्ध जोडिएको छ । सायद रिंग हुदैनथ्यो त मैले चुरोटको सर्को जीवनमै तान्ने थिइन होला ।
२०४९ सालको यौनाटमा भुष्टुंग वेलमा भलीवल प्रतियोगिता आयोजना भयो । खेल हेर्न हामी मौला कइन्डाडावाट चिन्तामणी दाई, म, निलु अंकल, हिरा, राना दुर्गा भएर गयौ । दिन भर भलीवल खेल हेर्यौ । सांझ पर्ने वेलामा त्यस दिनको नकआउट खेल पनि सकियो । अव घर जाने वेला भयो । दिउसो आमाले दिएको १० को नोट खल्तिमै थियो । साथीहरुपनि धेरै जसो आ आफ्नै तालमा घर गइसकेका थिए । म भनी अल्मलिदा अल्मलिदै मौला तिर जाने एक्लै वचेछु ।
भोक मजैले लागेको थियो । अव के गर्ने चुकौनी र विस्कुट खाने की? राजा विरेन्द्रको तस्विर भएको नंया सेतो दशको नोट खल्तिमा राख्ने की ? रिंग खेल्ने? मेरा अगाडीका ३ विकल्प मध्ये पछिल्लोे विकल्पले काम गर्यो । जे पर्ला पर्ला ५ रुप्याको रिंग त हान्नै पर्यो । विस्कृट परे खादै जाउला, सावुन परे आमालाई लैदिउला । मनमा अनेक तरंग खेलाउदै मैले पनि ५ रुपैयाको रिगं किने ।
रिंग खेलाउनेले ५ रुपैया फर्काइदियो र दियो ५ वटा रिंग । सांझ पर्दै गएको र मान्छे पातलिदै गएकोले होला रिंग सस्तीएछ । दिउसो ५ को ४ वटा पाइने रिंग सांझमा भने ५ को ५ वटै पाइने भएछ । देव्रे हातमा ५ वटै रिंग उनेपछि विस्तारै जिव्रोले ओठ पुसेर मैले पनि दाहिले हातमा वान्की मिलाएर एउटा रिंग लिए । परमेश्वरी भन्दै माथी लसर्घा डांडातिर हेरे, आलम देवीलाई संझीदै हानेको रिंग भ्यार्र्रर्र् गरेर खाली ठांउमा वस्यो । आमाले मुस्किलले दिएको १० मध्येको रु १ शहिद भै सकेको थियो ।
फेरी पोजिसन मिलाएर हानेको दोश्रो रिंगले पनि हावा खायो । यसै गरी तेस्रो रिंग पनि खाली ठांउमै वजारियो । खेलको नियम अनुसार रिंगले खाटमा राखिएको सामानलाई छोप्नु पर्दथ्यो । मेरो रिंगले सामान छोप्नु साटो खाटवाट भुइमै वजारिन पुग्थ्यो । न दिन रह्यो, न १० को नोट, न केही सामान । अव भने रिंग खेलाउने दाइको अनुहार चम्किलो र मेरो अनुसार अध्यारो हुदै थियो । एवं रितले परमेश्वरी भन्दै आलम देवीलाई गरेको भाकलले केही फाइदा दिएको थिएन ।
अन्तिम रिंग देव्रे हातमै थियो । एक चरण हातको पसिना पुछेर । ओठमा जिव्रोको ताउ मिलाएर अन्तिम प्रयास गर्ने निधो गरे । अन्तिम हो केटोले के पार्न सक्छ र भन्ने भावमा रिंग खेलाउने दाइले हेर्दै थिए । मैले विस्तारै पाइनापल विस्कुटलाई ताकेर हानेको रिंग त खुकुरी चुरोटमा गएर पो अडियो । ढलपल ढलपल गरेको रिंग ढ्याप्प खुकरी चुरोट छोपिएर शान्त भयो । अव भने रिंग खेलाउने दाइको अनुहार मलिन भयो । म भने के गरौ के? अलमलमा परे । अव खुकुरी चुरोट के गर्ने । कंहा लगेर वेच्ने? कतिमा वेच्ने? घरमा चुरोट वेच्न हिडेको थाहा पाए के होला । म स्कुलेका मनमा अनेक तरंग आए ।
अव के गर्छौ भाई? पसले दाईले मलाई प्रश्न गरे । भयो दाई खेल्दीन, वरु चुरोटको साटो विस्कुट दिनुस्न, मैलै विनम्र भएर अनुरोध गरे । ती दाईले मलाई विस्कुट दिन नमिल्ने भन्दै । चुराटनै भिडाए । क्रश खुकरी भएको वट्टा चिटिक्क परेको थियो । सन्तोष चलचित्र मन्दिर तानसेनमा प्रथम श्रेणीमा वसेर फिल्म हेर्नु अगाडी शाहसीको एक मात्र चाहना खुकुरी चुरोट भन्दै देखाएको भिडीयोको संझना आयो ।
तर के गर्नु । कसैले चुरोट खल्तिमा हालेको पो देख्योकी? लजाइ लजाई मेरो खल्तीमा खुकुरी चुरोटको वट्टा पस्यो । अव चुरोटको विसर्जन कसरी गर्ने विलखवन्दमा परेको म मा एक्कासी सुर्याइ चढ्यो । ह्या खालेर हेरुम न कस्तो रहेछ । मधुरो सांझमा वर्सटाक आइपुग्दा मैले चुरोटको वट्टा खालेर हेरे । टाउकोमा कपास लाएको, निख्खर सेतो खुकरी चुरोटका लहरै खिल्लीहरु देखिए ।
सन्तोष चलचित्र मनिदरको खुकुरी चुरोट खाने शाहसीको याद आयो । ह्या चाखौकी क्या हो । के गर्ने होला के गर्ने? चुरोट खान त सलाई चाहिन्छ । कसैकोमा गएर आगो माग्ने कुरा पनि भएन । सलाई कंहा पाइएला ? एक्लै हिड्दा मनमा तरंग आइरह्यो । घनस्यामको पसल अगाडी पुग्दा खल्तीमा रहेको ५ रुपैयाको याद आयो । जे पर्ला पर्ला ५ को नोट तेर्स्याएर सलाइ किने मैले । घरमा चाहिए होला । मलाई कसैले प्रश्न गर्ने कुरा भएन सलाई किन्दा । त्यति वेला गांउमा आगो माग्ने र आगो न निभोस भनेर भौरो पुर्ने चलन विस्तारै हराएर सलाई युग शुरु भइसकेको थियो ।
खल्तीमा खरिद गरेको सलाई र रिंगमा पारेको खुकरी चुरोटको वट्टा हालेर करन्डाडाको वाटो घर फर्किए । लाटो खोला आइपुग्दा झमक्कै सांझ परेको थियो कता कता डर पनि लाग्यो । आगो हातमा भए भुतले छल्दैन भनेर आमाले सुनाएको याद आयो ।
कसैले देख्ने पनि होइन । सल्काउ की क्या हो । एक मनले यसो भने पनि अर्को मनले डर मानिरह्यो । खोला तर्न आट निकाल्न पनि हातमा आगो त चाहिने नै भयो । जे पर्ला पर्ला भनेर खल्तीवाट खुकुरी चुरोट झिकेर ओठमा च्यापेपछि मैले च्यार्रर सलाई कोरे । तल्लाघर यज्ञ दाईले र हिमलाल बा ले चुरोट सल्काएको देखि राखेकै थिए । त्यसैले चुरोट सल्काउन मलाई नौलो भएन । यसरी जीवनमै पहिलो पल्ट २०४९ को होली पुर्णीमामा मैले चुरोटको सर्को लिए ।
चुरोटको पहिलो सर्को के तानेको थिए । फोक्सो सम्म धुवा पुगेछ । म ख्वा र ख्वा भएर झन्डै लडिन । पहिलो सर्को संगै जोडले तान्नु हुदो रहेनछ भन्ने ज्ञान पनि त्यही समयले दियो । खोला तरुन्जेल मुस्किलले केही सर्को तानेर खोला तर्ने वित्तिकै मैले चुरोटको खिल्ली हुर्याए । अव खल्तिमा १९ खिल्ली खुकरी र सलाईको वट्टा थियो । खादा नमिठो लागेपनि खिल्ली हेर्दै लोभ लाग्ने खुकुरी कहिले गैरामा, कहिले खोल्सामा त कहिले मौला चौपारीमा एक्लै खाएर सके । त्यो वट्टा सकिउन्जेल मलाई रुघा र खोकीले एकदमै सतायो ।
फर्की आए आफ्नै ठांउ
विकासका नाममा डोजरले पहाडको छाति चिरेर गएको निख्खर डोव छ । रुखहरु सिख्रा देखिएका छन । वस्तु भाउने हरीयो खान नपाएको हप्तौ भयो । डाले घांस सकिएर घुर्यान परालको भरमा वस्तु बाचेका छन । टिभन्दा कम यात्रुलिएर वजारवाट भित्रिएका सवारी साधन धुलो उडाउदै वेला वखत दौडिन्छन । ति साधनले उत्साह, उमंग र जांगर होइन धुलो मात्र ल्याएका छन ।
विकासका नाममा धुलो उडाउने र वाटो खन्ने डोजर भित्रिएका छन । केही थान थप नेताहरु उत्पादन भएका छन । उत्पादकत्व वढाउन भन्दापनि श्रोत सक्न उनीहरुको ध्याउन्न छ । गांउ गांउ गांउमा सिंहदरवार भनिएपनि सरकारी सेवा झन टाढिएको छ ।
महिनौ पछि व्लगमा झुल्किदापनि कुनै गतिलो खवर ल्याउन नपाएकोमा म दिक्क छु । उत्साह ल्याउने खवरहरु कम छन । निख्रिन लागेको जाडोले केही जीवनहरु लिएको छ । वुढा वुढी माघलाई भन्ने उखान चरितार्थ भएको छ । जीवन त्यति लयमा वगेको छैन । कामको व्यस्तताका वहानामा व्लगहरु लेखिएनन । कहिले अन्तहिन परिक्षाका श्रृंखलाहरु चलीरहे । जीवन आफ्नै गतिमा वहेको छ । तर जीवनका लयहरु त्यति गतिशिल छैनन ।
यही बीचमा दुनीयाका केही समृद्ध मुलुकको भ्रमण भयो । विकासका अनुपम नमूनाहरु देखिए । यद्यपि अनुभव साट्न र पाठकसंग अन्तरकृयामा रहन भन्दा आफ्नै कर्मको अल्झनमा व्यस्त हुनु पर्यो । पाठकहरुका अपेक्षाहरु थिए । यद्यपि लेख्ने क्रम झन्डै रोकियो ।
तत्कालका जस्ता व्यस्तता भएपनि स्वान्त सुखाय लेखनमै रहेछ । अव यी लेखनका क्रमले गति लिने छन । मेरो क्षमताको, ज्ञानको, म जे छु त्यसको जग विर्घा हो । त्यसैको गुणगान गाउनमा जति आनन्द आउछ अन्य कुनै विषयले त्यस्तो आनन्द दिएनन । त्यही भुगोलसंगको साक्षात्करका लागि केही दिन भित्रै म निस्कदै छु । फर्किएपछिका मिठा मिठा अनुभव आउने नै छन ।
फेरिएको परिचय
विर्घाको वखान गरेर नथाक्ने म अहिले रनभुल्लमा छु । संघीयता र नंया संविधानको कार्यन्वयन संगै मेरो वतन फेरिएको छ । २०७२ चैत्र १ गते गठित बालानन्द पौड्याल संयोजकत्वको स्थानीय निकाय सिमा र संख्या निर्धारण आयोगले ७ सय १९ वटा स्थानीय निकाय रहने सिफारिश २०७३ पुष २२ गते सरकारलाई वुझाएको थियो । सरकारले केही मधेसवादी दलको असन्तुष्टी संवोधन गर्दै २५ स्थानीय निकाय थप गरी ७ सय ४४ स्थानीय निकाय कार्यान्वयनमा ल्याएको छ ।
२०७३ फागुन २७ गतेवाट कार्यान्वयनमा ल्याएको स्थानीय निकायको संख्या संगै अव विर्घा विर्घा रहेन । यो साविक विर्घावाट कालीगन्डकी गांउ पालिकाको केही वडामा सिमित रहन पुगेको छ । साविकका चन्डी भन्ज्याग, आलमदेवी, विर्घा र श्रीकृष्णगन्डकी गाविसलाई मिलाएर ९ वटा वडा रहनेगरी कालीगन्डकी गांउ पालिका कार्यान्वयनमा आएको हो । यसको केन्द्र भने हाललाई विर्घा कट्टी तोकिएको छ ।
सवैलाई सामान्य लाग्ने यो खवर मेरालागि असामान्य वनेको छ । विर्घा मेरो मानक थियो । जसको संझनालाई जीवन्त पार्न मैले सन् २००६ मा विर्घा नामगरेको व्लगसमको फ्रि स्पेस प्रयोगमा ल्याएको थिए । लामो समय व्लगकारिता मेरो नियमीत कर्म थियो । हुन त यसअघि विर्घाडट युके प्रचलनमा ल्याएपनि विर्घा वलगसम मेरो प्रिय थियो र धेरै पाठक शुभेच्छुकले यसलाई मनपराइदिनु भएको थियो । जसको आलोकमा टेकेर म गांउको खवर पुर्याउन लागि परेथे । फेसवुक यति विघ्न लोकप्रिय भइनसकेको समयमा विर्घा व्लगसमले लोकप्रियताको शिखर चुम्दै थियो ।
व्लगसमले फ्रिस्ेपसलाई हटाउन शुरु गरेपछि मेरो व्लगसमपनि आक्रमणको शिकार भयो यो डिस्प्लेमा आउन छोड्यो ।
यसै मेसोमा प्रविधिका जानकार मित्र प्रवेश शुवेदीको समयोगमा न्यून मूल्यमा मैले विर्घाको आफ्नै डोमेन खरिद गरी विर्घाको खवरकारितालाई प्रचलनमा ल्याए । यद्यपि यो कर्म मेरो जारी छ ।
नियमितता दिने अनेक वाचा कसमपछि पनि अनेक उल्झनले मित्रहरुको मागलाई नजरअन्दाज गर्दा मन अमिलो हुन्छ । यद्यपि विर्घा व्लग छ म छु र पाठकहरुको माया छ । अव यो एकादेशको कथा हुन लागेको विर्घा जुनसुकै रुपवाट हराएपनि मेरो स्मृतिमा भने सदैव रहीरहने छ । जय विर्घा ।
जनता मावी, पूर्व विद्यार्थी र धन दाई
स्वर्ण महोत्सव मनाउन ठिक्क परेको जनता मा.वी.मा पूर्व विद्यार्थीहरुको गतिविधि पनि अविराम जारी छ । उपस्थित हुन नसकेपनि प्रत्येक मिटिगंको सूचना भाइ नारनले दिन छोडेको पनि छैन । नारन नहुदो हो त यो पूर्व विद्यार्थी गठन हुने पनि थिएन । कतिलाई आफ्नो नाम नआएकोमा चित्त दुख्ला तर तितो यथार्थ हो यो ।
हगाइ न बाटो छोडाइ भने जस्तो हरेक पद ओगट्न चाहने तर गर्ने हुति नभएका धेरैको जंक्सन हो जमावी र यहाका पदाधिकारीहरु । मेरै गोरुको १२ टक्का भन्नु पर्दा न स्वर्ण महोत्सव समयमै हुन सक्यो न ५० वर्षको स्वर्ण अक्षरमा लेखिने स्मारिका जस्तो महत्वपूर्ण ग्रन्थ तयार हुन सक्यो ।
पूर्व विद्यार्थी सकेको केही काममा लागेको छ । अधिकाशंत पूर्व विद्यार्थीहरु दरिलो स्रोत नभएकहरुा किन नहुन गच्छेअनुसार आर्थीक शंकलन चलेकै छ । हुनेहरु पाखा लाग्ने नहुनेले बल गर्नु पर्ने विडम्वनावाट गुज्रिएको पूर्व विद्यार्थी समाजले गएको दशैमा जनता मा.वी.को प्रागंणमा पुनर्मिलन समारोहको आयोजना गर्यो ।
अपेक्षाकृत कम उपस्थिति रहेपनि कार्यक्रम रमाइलो भयो । हुन त कार्यक्रम भएको धेरै महिना वित्यो । स्कुलवाटै देखिने कालीमा धेरै पानी वगीसक्यो यद्यपि मेरो समृतिको पन्तुरोमो थुप्रिएको स्मृति तत्कालिन तस्विरहरुले जगाइदिएको छ ।
विषय धेरै भन्दा पनि विम्वात्मक विषयले मलाई छोएको छ । पुनर्मिलन वा भेटघाट भनिएपनि मै जान्ने ,मै सुन्ने, मै गर्ने भनेर धेरै भाषण गर्नुपर्ने रोगले हामी धेरैलाई छोडेको छैन । ति अलाप मेरो संझनामा नरहेर ठिकै भयो ।
यद्यपि वृद्धवयका केही अभिभावकका अगाडी जोशीला युवतिहरुले रसिला प्रस्तुति दिए । कसैले गाए कसैले कम्मर मर्काए । जे गरे रमाइलोको लागि गरे । केही भाषण भए जसले आत्म रति दिलायो वांकी धेरै कुरा दिलाएजस्तो कम्तिमा मलाई लागेन ।
विर्घा विरानो वन्दै गएका त्यसै स्कुलका पूर्व विद्यार्थी डा. धन वहादुर रानाले राउसिनको रुखमुनी पुराना स्मृति केलाउदा कम्ती रमाइलो लागेन । आफ्नो पालाको पढाई, स्कुलका अतिरित्त कृयाकालाप र आफ्ना दौतरीलाई धनदाईले संझीदा म र म जस्ता धेरै मित्रहरु आफ्ना स्कुले दिनमा फर्किए । सवैले अपलक सुनेको त्यो मन्तव्यमा ठूल्याइ भन्दा सदासयता थियो । विज्ञता भन्दा वास्तविकता थियो र थियो पुरानो स्मृति ।
म जस्ता अस्तिका मानिसलाई विर्घा विरानो हुदै जादा जुग अगाडी स्कुल सकेका धनदाईलाई स्कुल पुरानो भए होला भन्ने मलाई लागेको थियो । यद्यपि उंहाका स्मृतिमा परेली भिजाउदा म अहिलेसम्म पनि नोष्टाल्जीक भएको छु ।
केही वर्ष पहिले करन्डाडामा मादल वजाएर धन दाईले मालुवा खोलाको भाका गांउदा म अचम्भीत भएको थिए । मेरो फेरी अचम्भीत हुने पालो थियो फेरी जनतामावी अर्चलेको प्रागंणमा धन दाइले पुराना स्मृति केलाउदा ।
धन दाई र धनदाई जस्तै अग्रजलाई विर्घा र त्यसका वास्तविकता संझीदिएकोमा सतत अभार । संझना रहीरहुन…..
दशै आउदै गर्दा…
प्रज्ञा प्रतिष्ठानको प्रागंणमा एक हुल गायकहरुले आफ्ना दिवंगत मित्रको स्मृतिमा
“गोरेटो अनी उस्तै छ गल्ली
तिमी कतै वदल्यौ की….
ऐ प्रिये….”
गाएर भर्खरै झौक्राँएका छन । चल्तीको युट्युववाट यति मर्मस्पर्शी गीत सुनेपछि मेरो औलापनि कि वोर्ड तीर तानिएका छन । त्यति प्रिय खवरहरु छैनन ।
“वारी जमुना पारी जमुना ,
जमुनाको फेदैमा मनकामना ….”
गाएर लोक गीतमा छुट्टै वहार ल्याएका खेमराज गुरुगं वितेको केही समयमै अर्का प्रिय गायक सुनिल वर्देवा दिवंगत भए ।
देशमात्र होइन गांउ घरका पनि प्रिय छैनन खवरहरु । मेरा वाल सखा पन्डित माइला – (केशव) ले भखैरै खुइय तानेर वताए ः सई खवर त त्यति राम्रो छैन नी । पछिल्लो समय कइन्डाडाका पन्डित शिवको खवरविहिन अवस्था पछि अतितमा झोक्राएको समाज थप चिन्तामा परेको छ । त्यसैले शिवका दाई केशवले लामो स्वाश तानेका छन ।
“वादा तेनु
याद रखणा….. …”
भन्दै मौला चौपारीमा गीत गाउने शिव परिवारको सम्पर्कमा नरहेको धेरै दिन वितिसक्यो । फर्केर आउने सवैको आग्रहपूर्ण विज्ञप्ती पत्र पत्रिका देखि फेसवुकको भित्तो भरी छरीएको छ । शुभ चिन्तक सवै शिव आउला, उसलाई केही नभएको होस भनेर अपेक्षा गरेका छन ।
कलिलैमा पिताजी गुमाएको शिव पछिल्लो समय वैवाहिक जीवनपछि पोखरामा ववसायीक संघर्षमा रहेको थियो । आफ्नै सर्कलमा रमाउने शिव प्रत्येक पल्टको मेरो पोखरा वसाइमा भेट हुने मध्येमा पर्दथ्यो । राष्टवैंक चोकवाट रत्न चोक नजिकै भएरपनि होला शिव र मेरो भेट प्रत्येक पोखरा वसाइमा निरन्तर भइरहन्थ्यो । जंहा भएपनि शिव सुरक्षित होस अहिलेलाई सवैको यति नै कामनाको खांचो छ ।
दशै आगमनको पूर्व सन्ध्यामा सोह्र श्राद्ध शुरु भएको छ । केश मुन्डन गर्ने र पितृ तर्पण गर्नेहरुको माहोल छ यति वेला । आउदो दशैको शंकेत हो यो पनि । शरद यामको खुलेको मौषममा गांउ घरमा लिपपोत र सरसफाइ पनि चलेकै छ ।
वुढा वुढीले कुरेको गांउ अव केही समय गुल्जार हुनेछ । चिसो सिरेटो चल्ने मासमा मानिस गांउवाट फर्केपछि फेरी त्यहा केटा केटी, वुढा वुढी र चिसो सिरेटो मात्र्रै रहने छन । शुदूर देशमा रहेको परदेशीले गांउ मिस गर्ने वेला हो यो । परिवार, साथी ्भाई र आफन्त मिस गर्ने वेला हो यो ।
क्षेत्रपालको सप्तमी पुजा नवमी वा द्धादसीको आलम यात्रा । नवमीका सेलका वास्ना र दशमीको साइतको टिको दशै भन्नु यति मात्र होइन । देश परदेश वाट आइपुगेका वन्धु वान्धव, डांडामाथीको जुन वनेका वृद्धवयका हातका टिका र आशिर्वाद । कम्ती मोहक हुदैन दशै छेकोमा गांउ । काम वाध्यताले यी सव मिस गरेर कार्य क्षेत्रमा खटिनु पर्दा पीडा वल्झिदो हो ।
समयको रित हो या परिस्थितिको खेल सारा चीज मीस हुदा पनि परदेशमा रहनु पर्ने वाध्यतामा रहेका तमाम मित्रहरुमा दशै आउदै गरेको यो छनक ।
मेसिन, म र सिर्जनशिलता
वावालाई किन मेसिन भनेको? ५ वर्षे छोरीले मेरो पक्षवाट सविनासंग प्रतिकार गरी । हुनत सविनाले पछिल्लो दैनिकी देखेर गरेको कमेन्ट मेरो गतिविधि नसुहाउदो पनि होइन । कहिले कांही यसरी त चल्दैन थोरै दैनिकीलाई चेन्ज गर्नु पर्छ भन्ने नलागेको होइन तर सवै कुरा आफ्नो वसमा मात्र नहुदो रहेछ । हर विहान ५ वजेवाट शुरु हुने दैनीकी वेलुका झन्डै ८ वजे सार्वजनिक सवारीमा झुन्डीएर घर पुग्दा लखतरान भएको हुन्छ । न केही मिठा कुरा न केही नविनतम प्लानहरु, एकलकाटे र एकलास जिन्दगी देखेपछि परिवारका सदस्य पनि नरिसाउन कसरी ।
* * * *
एउटै र एकल प्रकारको दैनिकीमा चलेपछि मानिसका सृजनशिलताहरु मर्दा रहेछन त्यसको जीवन्त साक्षी म भएको छु । लाभ हानीका अनेक श्रृखंलाहरु, तिव्र जनसम्पर्क, अपेक्षीत हरुलाई दिइने उत्तरहरु यी विषयले मानीसलाई मेसिन गराउन कुनै आइतवार नलाग्दो रहेछ ।
प्रकृतिसंग रमाउने, एकान्तिक यात्रामा निस्कने , कुनै सिद्ध पुरष वा साधु सन्तसंगका सामिप्यतामा रमाउने म पुरै एकलकाटै भएको झन्डै ४ महिना पुरा भएछ । यस बीचमा परिक्षाका तनावहरु, कार्यालय र अध्यापनका समय व्यवस्थापनले कुनै नविन वा श्रृजनात्मक काम गर्न दिएनन । सार्वजनिक सेवा प्रवाह, सार्वजनिक व्यवस्थापन वा संविधानवादका सिद्धान्तका ठेलीले कुनै गम्भीर पुस्तक समेत पढ्न पाइएन । हलमा पुग्न नपाएपछि काखे कम्प्युटरको पर्दामा समेत कुनै नंया फिल्म हेर्न पाएइन ।
* * * *
न पूर्व विद्यार्थी समाजका वैठकमा पुग्न पाइयो न गांउ सेवा परिवारको। व्यवहारले मित्र मन्डली र सुभेच्छुकहरु बीचमा स्वार्थी परिचय उभिए होला भन्ने डर लाग्छ ।
७२ कटेर ७३ मा पाइला टेक्दै गरेकी वृद्ध आमा एक्लै गांउमा सुसाउनुहुन्छ । सकन्जरी यतै वस्छु वजार हाम्लाई का रमाइलो लाउछर । आमा फोनमा भन्नुहुन्छ । थाहा छ आमा अस्ताउदो सूर्य हुन उनीसंगका अवका प्रत्येक समयहरु विशेष हुन । पुर्वार्धकी छोरी र उत्तरार्धकी आमा दुवैकालागि मेरो समय महत्वपूर्ण छ । सविनाकालागी त वांकी जीवन छ ।
* * * *
यो सिजनमा त माघको न्यानो ताप्दै टांकीचौरको उकालो चढ्नुको मजै वेग्लै हुन्छ । हिंउदे गोरसको ढाकनी खानु वा जन्ते वोकाको तात्तातो झोलको महत्व नै वेग्लै हुन्छ यो सिजनमा । शुदुर अतितमा ती सवै अनुभवहरु छन । तर वर्तमान रित्तो छ । स्मृतिले मात्र दिन काट्न मुस्कील हुदो रहेछ । शुन्दुर भविष्यको खोजीमा दुर दराजका देशमा वसेर पसिना वगाउने मित्रहरु र स्वदेशमा रहेपनि शुदुर अतितले घोचीरहने हामी बीच ठुलो अन्तर छैन यी कुराहरुमा । २ वर्ष दुख गरेर २ महिनाको छुट्टीमा आउनेले वरु अली धेरै गांउ वुझ्ला हामी वर्षको एक वार दशैका गोडा तीनेक दिन गांउमा झल्कीनेलाई खसीयत अझै थाहा हुदैन ।
चुच्चे ढुंगो उही टुंगो भने जस्तै जो जंहावाट आयो उसलाई त्यही प्यारो हुदो रहेछ । दुख किन नहोस सवैलाई आफ्नै विगत प्यारो लाग्दो रहेछ । तिनै शुदुर विगतलाई संझदा भोली नै हिडौ जस्तो लाग्छ तर अनेक उल्झनले कंहा त्यस्तो मेसो मिलाउछन र? शिवलाल, गन वहादुर दाई वा लुंछेली गणेश दाई र चिन्तामणी दाईहरुसंगका सहकार्यहरु झल्झली आखैमा नाच्छन तर वाधक वनेका छन समयहरु ।
विर्घा नविर्सनेहरुलाइ
यतिवेला मध्य जाडोमा रहेको विर्घामा हिंउदका प्रशस्तै शंकेतहरु देखिएका छन । खेतवारी वाझैछन, घाम ताप्ने र गफ हाक्नेहरुको भिडभाडै छ पसल चोक र गफ अखडाहरुमा । हुनत यसैपनि विर्घाको वुढो चिनिन्न ढेंडुवाको वुढो चिनिन्न भन्ने उखान चलेका वेलामा जो कोही नौलो मान्छे पुगेपनि यो उखान चरितार्थ भएको पांउनेछ विर्घामा। वुढादेखि वयस्क मुखमा धुंवा उडाउदै चियाका कपमा हुन्छन, गफमा ।
विद्यालयका शिक्षक व्यस्त होलान अरु गांउमा खास काम केही छैन । विहावारी सकिए । भएका ठिटाहरु कित पढ्न काठमाण्डौ कि त रिंगेट कमाउन मलेशिया पुगेका छन , वचे खुचेकापनि अघिल्लो वर्ष खयारको कारोवर गरेर केही लाख हात लगाएपछि वुटोल तिर हिडेका छन जग्गाको कारोवारमा । पछिल्लो अनौपचारिक आंकडा अनुसार वुटवलमा रहेर जग्गाको कारोवार गर्नेहरु करिव ३ दर्जनको हाराहारीमा विर्घाली ठिटाहरु रहेको पाइयो । सके लगानी नसके दलाली राम्रै आयको मेलो भएको छ जग्गाको कारोवार ।
गांउमा वुढावुडी छन । जाडोको आक्रमणका निशाना ती वयलाइ केही भए मलाम जाने मान्छेकै मुस्किल पर्ला जस्तो छ विर्घामा ।
गांउमा केही विकासे कामहरु पनि भएका छन । करिव सवैजसो वडामा डोजरवाटो पुगेको छ । खानेपानीकालागि करोडको वजेट पर्यो भनेर केही राउन्ट मिटिंगपनि सकिएको छ । अरु त यथावतै छ गांउ । अ केही सालको लागि दुवै गएको लाहुरे घर फर्कीदा भने अचम्मै पर्नु पर्ने भएको छ विर्घा । मोवाइक धेरैका शान भएका छन । मोवाइलमा वात मार्यो मोटरवाइक कुदायो । गजवै भएको छ गांउ । गांको संझना गर्नेहरुकालागि गएको दशैताका लिइएको विर्घाको यो फाइल तस्विर ।
हुदैछ वैठक चल्दैछ तयारी
जनतामावी विर्घा स्यागंजाको पूर्व विद्यार्थी समाज गठनका लागि वैठक, भेला र तयारी चलीरहेको छ । आगामी कार्तिक ४ गते जनतामावीको प्रागंण विर्घामा हुने वृहद भेलाका लागि राजधानीमा रहेका र विभिन्न पेशा व्यवसायमा आवद्ध विर्घालीहरुको नियमित वैठक चली रहेको हो । नियमित रुपमा प्रत्येक शनिवार वाल्मीकी क्याम्पसमा भइ रहेको वैठकका अलावा हिजो वुधवार ५ वजे वाल्मीकी कयाम्पसमा छलफल आयोजना गरियो ।
छलफलले कार्तिक ४ को भेला भव्य रुपमा सफल पार्न तथा तदर्थ समिति गठनका लागि पूर्व तयारी थाल्ने निर्णय गरेको छ । विर्घा ४ घरीपोखरा निवासी नारायण पान्डेको अगुवाइमा भएको भेलामा पूर्व सांसद शंकर पान्डे, पूर्व सचिव द्धय अनन्तराज पान्डे र शंकर पान्डे, यसै अभियानमा सक्रिय विर्घा ७ भुष्टुंग निवासी याम प्रसाद पान्डे लगायत ठुलो संख्यामा विर्घालीहरुको उपस्थिति रहेको थियो ।
कार्तिक ४ गते जमावीमा भेट
जनता मावीको पूर्व विद्यार्थी समाज गठनका लागि यही २०७२ साल कार्तिक ४ गते वुधवार जनतामावी विर्घाको प्रागंणमा वृहत भेला हुने भएको छ । पटक पटक राजधानी काठमाण्डौ तथा स्थानीय स्तरमा विर्घामा भएका वैठक र छलफलपछि पूर्व विद्यार्थी समाज गठन गर्ने टुंगो लागेको हो ।
जमावीमा पूर्व विद्यार्थी समाज गठनको भेला आयोजना गर्न राजधानीमा विर्घा २ पुच्छार निवासी वावुराम पान्डेको संयोजकत्वमा भेला आयोजक समिति गठन भएको छ । उक्त समितिले सवैजसो पूर्व विद्यार्थीको उपस्थितिकालागि व्यापक प्रचार प्रसार अभियान थालनी गरेको संयोजक वावुराम पान्डेले वताउनु भयो ।
विशेष गरी वडादशैको अवसरमा देश विदेशवाट भेला हुने सवै विर्घालीहरु तथा पूर्व विद्यार्थीबीच भेला आयोजना गरी शुभकामना आदानप्रदान तथा विद्यार्थी समाज गठन प्रकृयालाई अगाडी वढाइने उंहाले वताउनु भयो ।
यसैबीच जनतामावीमा अध्ययन पुरा गरेका पूर्व विद्यार्थीको नामावली तथा लगत शंकलन गर्न जमावीका पूर्व प्रधानाध्यापक डिल्लीनारायण पान्डे संयोजक तथा नारायण प्रसाद पान्डे सह संयोजक रहेको अभिलेख समिति गठन भएको छ । समितिमा विद्यालयका पूर्व शिक्षक चन्डीका प्रसाद पान्डे, टेकराज भट्टराई र कपिलदेव पान्डे सदस्य रहनु भएको छ ।
भेला आयोजनाले दशैका अवसरमा वर्षौ भेटघाट नभएका तथा परदेशवाट समेत आएका साथीभाईबीच शुभकामना आदान प्रदान गर्न समेत सहज हुने भएको छ । सवैभन्दा ठुलो चाड वडादशैको अवसर पारेर स्थानीय स्तरमै विघाृमा कार्यक्रम आयोजा हुंदा ठुलो संख्यामा पूर्व विद्यार्थीहरुको उपस्थिति रहने देखिएको छ ।