जीवन जिउने कला

vue en descendant un chemin de l'hôtel, bord rivière sale - Picture of  Hotel Manohara, Bhaktapur - Tripadvisor

“जब जीवनले तिमीलाई सयवटा रुने कारण दिन्छ तिमीले हजारवटा हास्ने कारणहरु देखाउ ।” टेन्गु वडारिया
अनपेक्षीत लक डाउन, नसोचेको भाइरसको आक्रमण र त्रासले संसारभरकै मानसीक स्वास्थ्य र सामान्य जनजीवन अकल्पनिय रुपमा खल्बलीएको छ । पुराना कुराको स्मृति, पुराना फिल्म वा पुराना गीत समय विताउने माध्यम वनेका छन । कोही सिर्जनात्मक काममा लागेका छन । साहित्य, संगीत वा नंया रचनाहरु यहिवेला पस्किनेहरु महान हुन । कोही कसैलाई लाग्दो हो कोरोना मात्र जाओस काम कसरी गर्नेपर्छ मैले जानेको छु । वास्तवमा यसो भन्नेहरु जानेका भन्दा नजानेका हुन । यो कुरा स्वयंलाई थाहा नहुन सक्छ । जीवन यिनै उकाली ओरालीको संयोग हो । जसले यिनै आपाधापिका बीच महाप्रस्थानमा पुग्नु पर्दछ ।
जागिरे जीवनवाट अवकाश हुंदा आशुझार्नेलाई थाहा नभएजस्तो लाग्छ, जीवनवाटै जानुछ त जागिरवाट आराम पांउनु कुन ठूलो कुरा हो ?
अपेक्षा र प्राप्तीकाबीच खाडल देखियो भने मानिस डिप्रेसनको सिकार हुन्छ । त्यसैले अतिरिक्त अपेक्षा नगर्नु र भएकोमा खुसी हुनु वुद्धिमत्ता ठहर्छ । त्यसैले त भनिएको छ “जाहे बिधि राखे राम , ताहे विधि रहियो सहिया” , अर्थात भगवानले मलाइ जसरी राखुन , जुन अवस्थामा राखुन , जस्तो वातावरणमा राखुन म त्यसैमा रमाएर सन्तोषले बस्न सकु ।

वस्तुको महत्व अभावमा वढि खड्किदो रहेछ । धेरैलाई यो समयले प्रकृतितर्फ फर्कीन मद्दत गरेको छ । भन्जिगंमा वसेर हावा खान वा अर्चले पुगेर चिया सुर्क्याउन कम्ती मजा हुदैन यो समयमा । चरक्क घाम चर्कीदा पहिरावाट आउने शितल हावा कम्ती आनन्ददायक हुदैन । तर मजा हुन्छ, आनन्द आउछ भन्दैमा सबै वस्तु वा विषयहरु मानिसको वसमा हुदैनन । र, त अभावले आवस्यकता झल्काउदछ ।
मनोहरा टाउन प्लानिगंमा सांझको हिडाइमा जलेश्वर दाईले भन्नुहुन्छ ।”हेर त कति काइदाको हावा चलेको ठ्याक्कै भन्जीगंको याद आउछ मलाई त । यता सिसौको रुखतिरवाट हिडम न मलाई राकस्दीको याद आउछ ।”

संझनाहरु अनेक बहानमा अवतरित हुन्छन । विगत र वाल्यकाल कस्लाई पो प्रिय नहुदो हो त? विकासको चरम सुख भोग्ने ठांउमा पुग्ने होस या अभावको हुन्डरीमा हुने होस । घरी घरी संझनाहरु वल्झीन्छन । त्यसैले त चितवनका गायक ऋषि तिवारीको शब्द किसोर तिवारीले गुन्गुनाउछन
साघुरीमा गुंरास फुल्यो ओइली झर्यो होला
सानै छदा लाको माया विर्सी सके होला …
नमेटिने माया थियो दुई मुटुको माझ
विरहले डुब्न पुगे विछोडले आज
….
सन् २०१० तिर सार्वजनिक भएको यो गीतको टुक्का अपुष्ट रुपमा ठांउ ठांउमा सुनेपनि पुरा लय, शव्द र संगीत भर्खरै मात्र फेला पर्यो । गीत, संगीतमा रुचीलिने यादव, वुद्ध थापा र जलेश्वर दाईले जहिलेसुकै गुन्गुनाउने यो गीत मेरो मोवाइलमा भएको रेकर्डवाट फेरी सुने । युट्युववाट वजेको गीत पुरानो छ, शब्द पूर्ण छन तर मलाई लय भने जलेश्वर दाईको मन पर्यो । हार्मोनीयम वजाउदै गुन्गुनाउदै गरेको गीतले फेरी अघिल्लो वर्षको तिहारमा पुर्यायो । देउसी भैलो गांउने वेलामा हामी गांउदै थियौ …
लैलै भाका गांउदै हामी रनवन डुलेको
यति मिठो माया किन चट्टै भुलेको …
अझैपनि मनमा मेरो आउदैछ नी याद
चन्द्र रुपी मुहार तिम्रो सधै मुटु माझ
….

वाल्यकाल विद्यालय जीवन र त्यो समयका फ्लर्टहरु कसको जीवनमा पो नहोलान र उच्च हांसोका बीचमा वुद्ध थापा गिटार घन्काउदै र जलेश्वर दाई फेरी गांउदै हुनुहुन्छ …
मनकामना मन्दिरमा भाकल गरेको
जुनी भरी नछुट्टीने कसम खाएको

गीतहरु जीवनलाई उर्जादिने मसलाहरु हुन जसले जीवनको स्वादलाई झन मिठो वनाउछन । साधकले संगीतलाई उचाई दिन्छन । गीत सुनेको समयलेपनि यसको महत्वलाई दर्शाउछ । जस्तो सांझपख एकान्तमा सुन्नु र गुन्गुनाउनको मजा अपरान्हको घाममा हुदैन । त्यसैले त
सरर साइकलमा चढी
गयो माया नदेखे झै गरी…

सुन्दा र सानै छदा लाको माया सुन्दाको स्वाद वेग्लै हुन्छ । संगीत सकारात्मकताको माध्यम हो । अभिव्यक्तीको फोरम हो । गोपाल योन्जनले भनेजस्तै वग्नु पर्छ गीतवाट होस या अन्य कुनै माध्यमवाट । नभए फेरी
भरी छु साथी भरी नै भरी छु
वग्नै नपाई पोखरी सरी छु

भन्ने अवस्था आउछ ।
विजय कुमारले खुसीमा लेखे जस्तै कुवा वाट खोला, खोलावाट नदी र नदीवाट समुन्द्र वन्नु नै जीवन हो । लकडाउनले तपाईमा निराशा र कुन्ठा होइन जीवन जीउने कला सिकाओस शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *