कति रंगीन छ जिन्दगी !

अक्सर म विषय तयार पारेर शिर्षक राख्छु । यस पटक शिर्षक तयार पारेर विषय लेख्दैछु ।

विहान उठ्न नभ्याउदै चराहरु चिरविर गर्छन । भुक्क उठेका वादल निमेषभरमै हराउछन र रापिलो घाम ठोक्कीन आइपुग्छ । शित पर्न सुरु गरेको छ । तुयल लागेको छैन त्यसैले पाखाका हिमाल आखैमा ठोक्कीन आईपुग्छन । समयले ल्याएको विकास नै सही काठमाण्डौमा धुलो उड्न कम भएको छ । नियमनकारी निकायको सकृयताले ठेकेदारहरु प्रेजेक्ट होल्ड गर्ने भन्दा काम छिटो सक्ने ध्याउन्नमा छन । त्यसैले सकड चिल्ला छन ।

सिजनमा वर्षा ज्यादा भएकोले होला हरियालीमा रत्तीभर कमी आएको छैन । लक डाउनले मानिसलाई घरभित्र मात्र थन्क््याएन केही सिर्जनशिल पनि वनाएको छ । कौषीमा मात्र होइन गमला, पुरना वाल्टी या वोतलमै सही विरुवा रोप्ने क्रम चलेको छ । वाहिरको मौषम रंगीन छ । लेखनाथ पौड्यालले दशै कवितामा व्याख्या त्यसै गरेका होइनन । हिलो मैला सबै हटेर मौषम मादक वनेको छ । बाली पाक्न लागेको छ । सागपात फल्न लागेको छ ।

त्यसैले आश्विनलाई माषहरुमा सर्वाेत्त्तम त्यसै भनिएको होइन । जन्मका आधारमा पनि आश्विनमा जन्म लिनेहरु रोमान्टीक, रमाइला, हासी खुशी रहन मन पराउनेहरु हुन्छन । यो सबै समयको प्रभाव हो । स्टेफेनी मियरले भने जस्तै जब जीवनले सय वटा रुने कारणहरु दिन्छ भने तिमीले हजार वटा हास्ने कारणहरु खोज्नु पर्दछ । (When life gives you a hundred reasons to cry, show life that you have a thousand reasons to smile.) त्यसै भनिएको होइन ।

हुनत पिर लिनेहरुका लागि एउटै कारण कोरोना काफी छ । चितवनकी ९२ वर्षीय आमाले कोरोना कहरलाई जितेपछि मृत्यु त्यति सजिलो छैन भन्ने प्रमाणित भएको छ । काल नआई मरिदैन त्यसै भनिएको होइन । हो साबधानी अपनाउनु पर्छ तर डराएर जीवन चल्दैन । दशै आउदै गर्दाको मादक मौषम जो कोहीलाई रमणीय छ ।

७७ वर्ष पुगेकी मेरी आमालाई ९ वर्ष टेक्दै गरेकी छोरीले सोध्छी, आमा किन आजकल पानी पर्दैन, किन आकाष निलो देखिन्छ, किन घामले पोल्दैन, किन चराहरु अरु बेला भन्दा अर्कै नाच्दै उड्छन, किन फूलहरु एकै चोटी फूल्न लागेका छन, …किन? …किन?… किन?… आमा भन्नुहुन्छ मलाई पनि केटाकेटीमा यस्तै लाग्थ्यो नानी यो सब दशै आउदै गरेको लक्षण हो । छोरी दशै आया, दशै आयो, अब विर्घा जान पाइन्छ । खेल्न पाइन्छ । मामाघर जान पाइन्छ । टिका लगाएर दक्षीणा पाइन्छ भनेर उफ्रिन्छी । उसको उत्साह दोब्बर थपिएको छ । आमाका जवाफले ।

उसका बाल सुलभ प्रश्नहरुले रंगीन आकारहरु ग्रहण गरेका छन । तर मैले आमाले छोरीलाई दिएको जवाफवाट जीवनको सानो रहस्य वुझ्दछु । श्रृष्टीमा यो सब हुन्छ । किनकी जीवन रंगीन छ ।

गांउ पालिकाको जग्गा प्राप्ती प्रकृया अगाडी वढ्दै

Image may contain: mountain, outdoor and nature
काली गन्डकी गांउ पालिका स्यागंजाको जग्गा प्राप्ती र भवन निर्माणको प्रकृया अगाडी वढ्ने भएको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय निकायकालागि भवन निर्माण गर्न ६ करोड रकम निकासा दिने भएपछि यो प्रकृया अगाडी वढ्न लागेको हो । मन्त्रालयले स्थानीय निकायलाई सोझै रकम निकासा दिने व्यवस्था गरेको छ । यसैगरी मन्त्रालयले वडा कार्यालय निर्माणकालागि समेत १ करोड दिन लागेको छ । यसैगरी विकास निर्माणलाई थप गति दिन सवै स्थानीय निकायमा १ १ वटा डोजर र इन्जिनीयरको समेत व्यवस्था गर्न लागिएको छ ।
जनप्रतिनिधिकालागि सवारी साधन खरिद गर्न मन्त्रालयले कार्यदल समेत वनाएको छ । स्थानीय तहसंग तोकिएको काम गर्न उपयुक्त भवन नभएकाले भवन निर्माणको वजेट व्यवस्था गर्न लागिएको हो । त्यसकालागि स्थानीय निकायले पहिला जग्गा लिनु पर्ने हुन्छ । सरकारी कार्यविधि अनुसार सकेसम्म सार्वजनिक र निशुल्क जग्गालाई प्राथमिकतामा राखेर जग्गा लिइन्छ । यस्तो उपयुक्त जग्गा नभेटिएमा जग्गा धनीसंग जग्गाप्राप्ती ऐन अनुसार जग्गा खरिदको प्रकृया अगाडी वढ्ने छ ।
सथानीय निकायको जग्गाकालागि कम्तिमा २५ रोपनी जग्गा हुनु पर्ने मन्त्रालयको कार्यविधिमा उल्लेख छ । काली गन्डकी गांउ पालिका उपयुक्त जग्गा नपाएकाले मिर्मी सारिने हललाका बीच जग्गा समितिले कामलाई अगाडी वढाएको छ ।
उक्त समितिमा गांउ पालिकाका अध्यक्ष खिमवहादुर थापा, वडा नं.४ का अध्यक्ष चक्रपाणी पान्डे लगायत हुनुहुन्छ । जग्गा प्राप्तिको प्रकृया अन्तिम चरणमा रहेको चक्रपाणी पान्डेले वताउनु भयो । उंहाका अनुसार संभावित जग्गा पहिचान गरी अन्तिम सरसल्लाह भइरहेको छ । केही दिनमै जग्गाको टुंगो लाग्ने छ ।
गंउपालिकाको केन्द्रमा रहेको विर्घावाट पालिका भवन अन्यत्रै शारिने विषय हल्लामात्र रहेको पनि उंहाले वताउनु भयो । भुगोल, जनसंख्या, पूर्वाधार विकासको अवस्था र ऐतिहासिक निरन्तरताका आधारमा पनि विर्घा नै गांउपालिकाको केन्द्रमा पर्ने देखिन्छ ।

विर्घा, वजेट,वाटो र वास्तवीकता


गत वर्ष रणनैतिक सडकमा परेको विर्घा रानीघाट सडक खन्डले वहुवर्षीय सडकको रुपमा निरन्तरता पाउने भएको छ । गत वर्ष मुलुककै ठुलो जलविद्युत आयोजना कालीगन्डकी ए लाई जोड्ने वैकल्पीक मार्गका रुपमा ६ करोड ३० लाख रुपैया वजेट विनियोजन भएको सडक यस वर्षको वजेटमा समेटीन सकेको थिएन ।
विर्घा ५ चिसापानी निवासी तथा हाल अर्थ मन्त्रालयमा कार्यरत युगराज पान्डेको विशेष पहलमा रणनैतिक सडक अन्तर्गत पर्न सफल उक्त खन्डका लागि गत वर्ष वजेट विनियोजन भएको थियो । स्थानीय स्तरमा अनेक प्रचारवाजी गरिएपनि सडकको वास्तविकता अर्कै रहेको जानकारहरु वताउछन । रणनैतिक सडकहरुले वहुवर्षीय सडकले जस्तो वजेटमा निरन्तरता पाउन सक्तैनन ।
आर्थिक वर्ष २०७३÷ ७४ को वजेटले स्यागंजालाई उच्च प्राथमिकता दिएपनि विर्घा क्षेत्र लाभान्वित वन्न नसकेपछि विर्घा ६ का राजेन्द्र प्रसाद पान्डेको पहलमा अर्थ मन्त्रालयमा निरन्तरको ताकेतापछि उक्त सडकलाई वहुवर्षीय सडकमा स्तरोन्नती गर्न अर्थ मन्त्रालयका उच्च अधिकारीहरु सहमत भएका हुन । वहुवर्षीय सडकको रुपमा वार्षीक कार्यक्रममा समावेश भएपछि आयोजना सम्पन्न नभएसम्म अर्थ मन्त्रालयले वजेटको कुनै कमी हुन दिदैन र सालवसाली रुपमा पर्याप्त वजेट विनियोजन गर्दछ ।

मिर्मी, विर्घा, आलमदेवी, लसर्घा वेसी, चन्डीभन्ज्यागं र पाल्पाको समेत विकासको लाइफ लाइन मानीएको उक्त सडक पुरा भएपछि विर्घा देखि वुटवल सम्मको यात्रा २ घन्टामा पुरा हुन्छ । स्थानीय रुपमा अनेक आश्वासन वाडींएपनि सस्तो राजनैतिक लोकप्रीयता वाहेक विकासको प्रतिफल प्राप्त हुन नसकेपछि स्थानीय युवाहरुको एक समुहले शुक्रवार अर्थ सचिव लोक दर्शन रेग्मी समक्ष माग पत्र लिएर पुगेको थियो । राजेन्द्र प्रसाद पान्डेको नेतृत्वमा गएको प्रतिनिधि मन्डलमा जलेश्वर पान्डे, दिपक पान्डे, नारायण पान्डे, गंगाधर पान्डे लगायतको सहभागीता रहेको थियो ।
प्रतिनिधि मन्डलको मागपत्र लिदै अर्थ सचिव रेग्मीले रणनैतिक महत्व समेत वोकेको मिर्मी रानीघाट सडक खन्डलाई वहुवर्षीय आयोजनामा समावेश गरिने र त्यसले काली गन्डकी ए का लागि वैकल्पीक मार्ग र स्थानीय आवागमनलाई सहज वनाउने वताए ।

प्रतिनिधी मन्डलले मिर्मी रुद्रवेणी सडक, आलमदेवीको पर्यटकीय गुरुयोजना, विर्घाको खानेपानी समस्या, काली गन्डकी क्याम्पस तथा भवानी उच्च मावीको भवन निर्माण तथा पुस्तकालय निर्माण, विर्घा स्वास्थ्य चौकीको स्तरोन्नती, विर्घा प्रहरी चौकी भवन निर्माण, विर्घा चन्डी भन्ज्यागं सडक सुधार लगायतका विषयमा पनि माग पत्र पेश गरेको थियो ।
माग पत्रका सम्वन्धमा प्रतिक्रीया दिदै अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले मिर्मी विर्घा तथा रानीघाट सडक एवं मिर्मी विर्घा रुद्रवेणी सडकलाई उच्च प्राथमिकतामा राखिने, विर्घा प्रहरी चौकी भवन निर्माणका लागि वजेट विनियोजन भइसकेको तथा स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नती गरिने कार्य तत्काल शुरु हुने वताए । अन्य कार्यक्रमहरुकालागि पनि वजेट विनियोजन गरिएको र काम शूरु हुने जानकारी दिइयो ।
मिर्मी विर्घा रानीघाट सडकलाई वहुवर्षीय आयोजनामा समावेश गर्ने निर्णय भइसकेको छ । पत्र तयार हुदैछ पत्र वुझेर पोखरा सडकमा गई त्यहाका चिफ डिभिजनल इन्जिनियरलाई लगी सडकको निरिक्षण गराई असार भित्र ठेक्का शुरु गर्नुहोला । त्यसो भएमा मंसिरवाट काम शुरु हुन्छ । त्यसका लगि चाहिने करिव ३५ करोड रुपैया निकासामा कुनै व्यवधान आउदैन अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीले प्रतिनिधि मन्डललाई वताए ।

साना साना खुसीहरु

“वनेके छ पहराले यो छाती मेरो
वगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मे टाकुरामा हुर्के
म झुक्दै नझुक्ने नेपालको छोरो”
गोपाल योन्जनको आवाजमा एकनास यही गीत वजिरहदा मलेसीयावाट भाइवर कलमा भाइ श्रीधर झुल्कीयो । दाई कंहा सेलाउनु भयो आजकल ? तपाई व्यस्त हुनुहोला त्यसो भन्दैमा हामी फुर्सदिला छैनौ । हामी तपाइका पाठक हौ, के हामी प्रति तपाइको जिम्मेवारी छैन?
श्रीधरका प्रश्नले मलाई गम्भीर मात्र वनाएन जिम्मेवार पनि वनायो । मेरा गम्भीर पाठक जस्ले मुख खोल्न भन्दा मनन गर्न उपयुक्त ठान्छन । जसले गांउको चासो र खवरदारी अनि माया एक साथ वोकेका छन । ती मित्रसंगको पुल हो विर्घा व्लग । आफ्ना भावना मुखले कहन भन्दा व्लगमा वहनमा मजा आउछ । त्यसैले त व्लग मेरो नजिकको भावना पोख्ने साथी हा र, पुल हो मित्र मन्डली संग सम्पर्क गर्ने ।
कति पहिराका कुरा गर्छौ प्रगतिका कुरा गर, कति गांउ घरका कुरा गर्छौ शहरका कुर गर कति विगतका कुरा गर्छौ वर्तमानका कुरा गर कति निभेको आगो खोस्रन्छौ वलेको आगो ताप भन्ने मित्रहरु शुभेच्छुक हरु नआएका होइनन । जीवनमा हुनेले भन्दा नहुनेले मन छोए । सफलतामा अट्टहास गर्ने भन्दा विफलतामा झोक्र्याएकाहरुले सामिप्यता पाए । मलाई वलेको आगो ताप्न होइन निभेको आगो खोस्रीन मन पर्छ । त्यसैले त विर्घा व्लग छ, तपाईहरु हुनुहुन्छ र म छु ।
जीवन गणीत होइन त्यसैले यो शुत्रवद्ध हुन सक्तैन । जीवन जीउन कला चाहिदैन यो भोग्दै जीइन्छ । जीवन ठुला उत्सव हरुको समारोह होइन यो त साना साना खुसीहरुको संगालो हो । सरल रुपमा लिनेले जीवन जिए, जटिल वनाउनेहरुले अपेक्षा गरे प्राप्त गरेनन र गुनासो गरे ।
खुशी तिनै मसिना विषयमा भेटिन्छन । मसिना खुशी वुन्न जो तल्लिन छन ती सन्तुष्ट छन । मध्यपुर्व र मलेसियामा रहेका तिनै मित्रहरु गंउमा साना साना खुसीहरुको योगमा व्यस्त छन । जटिल र निरन्तरको कामका वावजुत तिनै जोशिल युवा गांउ संझीन्छन । कतै विद्यालयलाई कम्प्युटर त कतै पाठ्य सामाग्री । कहिले विर्घा सहयोग समाज त कहिले स्यागंजा सहयोग समाज युएइ । तिनै मित्रहरुले गच्छे अनुसार पार्कमा भेला भएर जम्मा गरेको रकम गांउको विकासमा सहायक भएको छ । आफुलाई उच्च कुलीन या विशेष ठान्नेहरुवाट वरु गांउले केही पाउन सकेन । तिनै साना सहयोगले गांउ खुसी छ र मातृभुमी प्रति निभएको योगदानले सहयोगी मनहरु प्रसन्न छन ।
केही वर्ष अघीसम्म युरोप या अमेरिकामा सिमित इन्टरनेट कनेक्सन अहिले ती सवै मित्रहरुको स्मार्ट फोनमा अनलिमिटेड छ । मुलुक, गांउ, आफन्त र आफ्नो पनि हितमा लागीपर्ने तिनै मित्रहरु र उनीहरुको कर्मलाई लाख सलाम सहित ।

विर्घामा अस्पताल वन्दै

स्वास्थ्य उपचारकालागि कठिनाइ भोग्दै आएका विर्घा र यस क्षेत्रका वासिन्दाहरुको सुविधाकालागि विर्घा ६ करन्डाडामा अस्पताल वन्न लागेको छ । गत माघको मन्त्रिपरिषद निर्णयले सैद्धान्तिक सहमति जनाएको प्रस्तावमा स्वास्थ्य सेवा विभागको उच्चस्तरिय टोलीद्धारा स्थलगत अनुगमन भ्रमणपछि विर्घा करन्डाडामा अस्पताल वन्ने करिव निश्चित भएको हो ।
विर्घा ६ करन्डाडामा रहेको विर्घा स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने प्रकृया अगाडी वढेको हो । स्वास्थ्य केन्द्रमा रुपान्तरणपछि १ जना डा., १ जना हेल्थ असिस्टेन्ट, ३ जना अहेव तथा स्टाफ नर्सको दरवन्दी रहनेछ । यंहा आधुनिक ल्याव, एक्सरे मेसिन लगायत आधुनिक उपकरणहरु समेत रहनेछन ।
यसको अनुगमनकालागि गत साता स्वास्थ्य सेवा विभागका निर्देशक पुष्प कटुवालको नेतृत्वमा विनोद भट्टराई, माधव ढकाल, वैकुण्ठ रेग्मी स्थानीय डा. धनवहादुर राना, राजेन्द्र पाण्डे लगायतको टोली विर्घामा रहेको थियो ।
IMG_0821
उच्चस्तरीय टोलीसंगको छलफलमा स्थानीय वासिन्दा।
IMG_0864
विर्घा स्वासथ्य चौकी भवनमा आयोजित छलफल कार्यक्रम !
IMG_0819
स्थानीय सहजकर्ता र उच्चस्तरीय टोली विर्घा कट्टीमा पुग्ने वित्तिकै लिइएको तस्विर ।
IMG_0929
स्थानीय समस्या राख्दै ढुंगीडांडाका डिल्लीराज पान्डे ।
IMG_0921
सहभागीहरु कुरा सुन्दै ।

“मैले जिन्दगीमा हार देखेको छैन्”

1004462_1384294428456149_1957106948_n
नेपाली कांग्रेस स्याङजा क्षेत्र नं ३ बाट दुईपटक चुनाव जितिसकेका पुर्वसांसद शंकर प्रसाद पाण्डे अहिले पनि राजनीतिमा उत्तिकै सक्रिय छन् । उनी अब हुने संविधानसभा निर्वाचनमा पनि उम्मेदवारका आकांक्षी हुन् । सादा जीवन र उच्च विचारका पाण्डेले अहिले पनि जुत्ता चप्पल लगाउँदैनन् । नेपाली कपडा र नेपालमा बनेका सामान मात्रै उपयोग गर्छन् । बेलुकामा १ छाक मात्र खाना खाने पाण्डे अहिले पनि भोटो र कछाडमा भेटिन्छन् । ३६ बर्षदेखि जुत्ता चप्पल नलगाएका पाण्डेले प्रजातान्त्रिक संविधान बनेपछि मात्र लगाउने प्रतिज्ञा गरेका छन् ।
लामो समय राजनीतिमा हुनुहुन्थ्यो अहिले कता व्यस्त हुनुहुन्छ?
#म अहिले पनि धर्म, राजनीति र विज्ञानको त्रिवेणीबाट अघि बढेको छु । यो नै सुखी र आनन्द जीवन हो ।
फेरि पनि चुनाव लड्दै हुनुहुन्छ, हो ?
#राष्ट्रियता, प्रजातन्त्र र समाजवादको संकटका लागि संविधानसभा संविधान लेख्नका लागि, नेपालको सनातन धार्मिक एकताको लागि म जस्तो व्यक्तिको आवश्यकता छ ।
तपाईले चुनाव जित्नुहुन्छ त?
मैले जिन्दगीमा हार देखेको छैन् ।
#मुलुकभर कांग्रेस कमजोर भएको भन्छन् तपाईले किन हार देख्नुहुन्न ?
कांग्रेस कहिले पनि कमजोर छैन । कांग्रेसको नामबाट विगतमा गरिएका कामहरुमा कमजोरी देखिएको हो । धर्म निरपेक्षताको मुद्धा खारेज, सनातन धार्मिक एकता र स्वतन्त्रता कायम गर्ने, राष्ट्रियताको पक्षमा खरो उत्रने, लोकतन्त्रको पक्षमा उभिने काम गर्नुपर्छ । राष्ट्रवादी र लोकतन्त्रवादीसँग सहकार्य गर्नुपर्छ । त्यसपछि कांग्रेसको दुईतिहाई मत आउँछ ।
तपाईले नेपाल हिन्दु राज्य कायम हुनुपर्छ भन्न खोज्नुभएको हो ?
# हिन्दुराज्य होईन । सनातन हिन्दु राष्ट्र नेपाल हामीले खोजेको हो । यसको परम्परालाई देशका पछिल्ला शासकहरुबाट विकृत गरियो । नेपाललाई सनातन, धार्मिक, सांस्कृतिक हिन्दु राष्ट्रकै रुपमा विश्व सम्पदा सुचीमा दर्ता गरिनुपर्छ । जनताले अनुमोदन गरेको राष्ट्रप्रमुख हुने व्यबस्था र जनताले आफ्नै शक्तिबाट हटाउन सक्ने परम्परा सनातन हिन्दु राष्ट्रमा सुरक्षित छ । यो समाजवादी परम्परा पनि हो । यो राष्ट्रियताको बलियो आधार पनि हो । २१ औं शताव्दीको विश्वव्यापी मुल्य मान्यतामै सनातन हिन्दु राष्ट्रको परम्परा हुने कुरामा विश्वस्त छु ।