गांउ पालिकाको जग्गा प्राप्ती प्रकृया अगाडी वढ्दै

Image may contain: mountain, outdoor and nature
काली गन्डकी गांउ पालिका स्यागंजाको जग्गा प्राप्ती र भवन निर्माणको प्रकृया अगाडी वढ्ने भएको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय निकायकालागि भवन निर्माण गर्न ६ करोड रकम निकासा दिने भएपछि यो प्रकृया अगाडी वढ्न लागेको हो । मन्त्रालयले स्थानीय निकायलाई सोझै रकम निकासा दिने व्यवस्था गरेको छ । यसैगरी मन्त्रालयले वडा कार्यालय निर्माणकालागि समेत १ करोड दिन लागेको छ । यसैगरी विकास निर्माणलाई थप गति दिन सवै स्थानीय निकायमा १ १ वटा डोजर र इन्जिनीयरको समेत व्यवस्था गर्न लागिएको छ ।
जनप्रतिनिधिकालागि सवारी साधन खरिद गर्न मन्त्रालयले कार्यदल समेत वनाएको छ । स्थानीय तहसंग तोकिएको काम गर्न उपयुक्त भवन नभएकाले भवन निर्माणको वजेट व्यवस्था गर्न लागिएको हो । त्यसकालागि स्थानीय निकायले पहिला जग्गा लिनु पर्ने हुन्छ । सरकारी कार्यविधि अनुसार सकेसम्म सार्वजनिक र निशुल्क जग्गालाई प्राथमिकतामा राखेर जग्गा लिइन्छ । यस्तो उपयुक्त जग्गा नभेटिएमा जग्गा धनीसंग जग्गाप्राप्ती ऐन अनुसार जग्गा खरिदको प्रकृया अगाडी वढ्ने छ ।
सथानीय निकायको जग्गाकालागि कम्तिमा २५ रोपनी जग्गा हुनु पर्ने मन्त्रालयको कार्यविधिमा उल्लेख छ । काली गन्डकी गांउ पालिका उपयुक्त जग्गा नपाएकाले मिर्मी सारिने हललाका बीच जग्गा समितिले कामलाई अगाडी वढाएको छ ।
उक्त समितिमा गांउ पालिकाका अध्यक्ष खिमवहादुर थापा, वडा नं.४ का अध्यक्ष चक्रपाणी पान्डे लगायत हुनुहुन्छ । जग्गा प्राप्तिको प्रकृया अन्तिम चरणमा रहेको चक्रपाणी पान्डेले वताउनु भयो । उंहाका अनुसार संभावित जग्गा पहिचान गरी अन्तिम सरसल्लाह भइरहेको छ । केही दिनमै जग्गाको टुंगो लाग्ने छ ।
गंउपालिकाको केन्द्रमा रहेको विर्घावाट पालिका भवन अन्यत्रै शारिने विषय हल्लामात्र रहेको पनि उंहाले वताउनु भयो । भुगोल, जनसंख्या, पूर्वाधार विकासको अवस्था र ऐतिहासिक निरन्तरताका आधारमा पनि विर्घा नै गांउपालिकाको केन्द्रमा पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *