यो पुरै संसार तिम्रो जन्मदिनको केक हो ।
त्यसैले यसको एक टुक्रा लेउ सबै नलेउ ।
जर्ज ह्यारीशन
शरीर पन्च तत्वले वनेको छ । जल, थल,वायु, आकाश र अग्नी । मानव जीवनमा पन्च तत्वको ठूलो महत्व रहन्छ । पृथ्वी पनि पन्च तत्वले नै वनेको छ । त्यसैले समय अनुसार धर्तको पनि आनीवानी स्वभाव र रुपमा परिवर्तन आउछ । मानिसमा नआउने विषय नै रहेन । महिना अनुसार पृथ्वीको स्वरुपमा परिवर्तन आएजस्तै प्रत्येक फरक महिनामा जन्मीने मानिसहरुको स्वभाव फरक हुन्छ । राशी अनुसार व्यवहार फरह हुन्छ । शींह राशी हुने र तुला राशी हुनेको स्वभाव फरक हुन्छ । सिंह राशी आक्रामक हुन्छ । कन्या राशी भएको मानिस प्रेमिल र दयालु हुन्छ । त्यो व्यक्तीको कारणले होइन जन्म तिथी, करण, योग र राशीको कारण भएको हो ।
असार पृथ्वी उत्पति भएको महिना हो । त्यसैले सवै हिन्दु धर्मावलम्वीले असार ८ गते धर्तिको पुजा गरेर भूमी दिवस मनाउछन । पश्चिमाहरुले पछि जुन २२ लाई पृथ्वीको उत्पति दिन मानेर यसको आ आफ्नो संस्कार अनुसार यो दिनलाई मनाउछन ।
आज हरीसयनी एकादशी । अर्थात तुलसीको जन्म हुने रोपीने दिन । यो आषाढ शुक्ल एकादशी तिथी वृक्षहरु मध्ये पवित्र तुलसीको जन्म दिन हो । हुनत श्रीमद्भागवत गीताको १० औ अध्यायमा महिनाहरुमा मार्गशिर्श भनिएको छ । मंसिर जतिकै पवित्र मानिन्छ असार पनि । त्यसैले त भनिन्छ असारको केटो मंसिरकी केटी ।
असार २७ (जुलाइ )१० अर्थात विश्व जनसंख्या दिवस । आजै मेरो जन्मदिन परेको छ । एउटा नमिठो संयोग विश्वले जनसंख्या नियन्त्रणका कुरा गर्दा म भने जन्म दिन संझन वाध्य छु । असार हाम्रा आदिकवि भानुभक्त वाजेको जन्मदिन हो । विद्यालय पढ्दा यस्तै पढियो । आदिकवी भानुभक्त आचार्य तनंहुको चुंदी रम्घामा असार २९ गते जन्मीएका थिए खुवै रटान लगाइयो यो तिथीलाइ । त्यतिन्जेल मलाइ मेरो आफ्नै जन्मदिनको त्यति हेक्का थिएन ।
कालो अक्षर भैसीवरावर भएकी मेरी जननी आमालाइ पनि मेरो जन्मदिनको त्यति हेक्का हुने कुरै भएन । पिताजीले वर्षको एकवार काले जैसीका अगाडी चिना फुकाउदा मेरो जन्म दिन भन्नुहुन्थ्यो होला, त्यसवाहेक जन्मदिनको त्यो वेला के नै पो काम आउथ्यो र । अहिले बा हुनुहुन्न र काले जैसी पनि छैनन । चिना फुकाउन पनि पदैन र जन्म दिन संझीराख्ने लेठो पनि हुदैन । तैपनि मेरो जन्मदिन तिनै आदीकवि भानुभक्त भन्दा दुइ दिन अगाडी परेको रहेछ । यो रहस्य शहरमा आगमनका धेरै वर्ष पछिमात्र संझनामा आयो । त्यसैले मेरो खास जन्ममिति त्यति उपयोगमा पनि आएन र वांकी संझनामा पनि रहेन । शहरमा पसेपनि न त जन्मदिनको नाममा कुनै केक काटियो न त कसैको विशेष शुभकामना नै पाइयो । हुन त आजभोली जन्मदिन भव्यताका साथ मनाउने पुस्ताकै हुं म, यद्यपि मेरोलागि जन्मदिनले कहिल्यै त्यति ठुलो महत्व राखेन । व्लगकारिता शुरु गर्नु अघि जन्मदिन यसपटक त संझन्छु भनिन्थ्यो तैपनि कामको चटारो भनौ या महत्ता हिनताले जन्मदिन गुज्रीएको केही दिनपछि मात्र झल्यास भइन्थ्यो । यसरी मेरा दर्जनौ जन्मदिनहरु विना संझना गुज्रीएका छन ।
जन्म कुनै व्यक्तिको जीवनको अत्यन्तै महत्वपुर्ण घटना हो । जन्मको जति महत्व मृत्युको पनि हुदैन । यद्यपि हाम्रो हिन्दु संस्कारमा जन्मले भन्दा मृत्युले वढि ठांउ राख्छ । मान्छे मरेपनि सन्तान दरसन्तान श्राद्ध त गरिन्छ । तैपनि जन्मदिनको उपलक्ष्यमा भने धार्मिक रित अनुसार केही कार्य भएको मलाइ संझना छैन ।
गर्नेले मन्दीर गएर पुजापाठ गर्दा हुन तर मेरो संदर्भमा भने त्यस्तो केही हुने गरेका छैन । जन्म, महिना, वार, तिथिले मानव जीवनमा महत्वपूर्ण प्रभावपार्ने ज्यातिषीय साथै वैज्ञानिक आधारहरुपनि छन । त्यसमा मेरो विश्वास पनि छ । वैशाखमा जन्मिएको व्यक्ति जस्तो तेज, प्रतिभावान र सिर्जनशिल चैतमा जन्मेको व्यक्ति अवस्य नै हुदैन । भनाइ नै छ कस्तो चैते होला भन्ने।
असारमा केही संझन लायक जन्महरु भएका छन । तर मेरो विचारमा अत्यन्तै प्रयास गरेर सफल भएपनि जस नपाउने ग्रह हुन्छ की असारको जन्म हुनेहरुको । नेपाली कांग्रेसका सभापती पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म असार मै भएको हो । उनी असार १८ गते जन्मिएका हुन । उनले कहिल्यै आफ्नो जन्मलाइ नभएर कर्मलाइ महत्व दिए । उनले जन्मदिन मनाएको अहिलेसम्म कुनै रेकर्ड छैन । अनेक त्याग र तपस्याका वावजुत कोइरालालाइ त्यति सफल राजनितिज्ञ मानिदैन ।
विस्थापित राजा ज्ञानेन्द्र पनि असार महिनैमा जन्मिएका हुन । गते अनुसार उनको जन्म असार २३ गते भएको हो । मंगलवारको जन्म परेका ज्ञानेन्द्रको राशीपनि कन्या हो । उनले मीलेसम्म तामझाममा नै जन्मदिन मनाउन रुचाउछन । विचरालाइ परिस्थीतिले भने त्यति साथ दिएन । भर्खरै उनले आफ्नो ७३ औ जन्मदिन निर्मल निवासमा मनाएका छन ।
दरवार सुत्रका अनुसार उनले आफ्नो जन्म तिथिअनुसार असार २७ गते पुजा पाठ गरेर मनाउदै छन । यसै महिनाको ६ गते भारतीय कांग्रेसका नेता राहुल गान्धीले अफ्नो ५१ सौ जन्मदिन मनाए । तिव्वतका विस्थापित धार्मिक नेता दलाइ लामापनि असारमै जन्मिएका हुन । तिव्वती धार्मिक क्यालेन्डर उनुसार उनको जन्म जुलाइ ६ तारिखमा पर्दछ । जुलाइ ६ जतावाट जोडेपनि असारमै पर्दछ । उनीपनि नोवेल पुरस्कार जितेपनि असफलताको कोटिमै छन । गुरु पूर्णिमा भनेर मनाइदै आएको व्यास जयन्तिपनि असारमै पर्दछ । चार वेद र अठार पुराणका रचयिता वेदव्यासपनि असार मै जन्मिएका थिए । यसै मेसोमा म ववुराको पनि जन्मदिनले यहि असारको मास भेटेको छ ।
एउटा खुसीको कुरा असारमा जन्मनेहरुको शुक्र राम्रो हुन्छ रे । शुक्रलाइ सिर्जनाका देवता मानिन्छ । शुक्र राम्रो हुनेहरु लेखन र सिर्जनात्मक क्षेत्रमा राम्रो हुन्छन भनिन्छ ।
जन्मले मानिसको कर्मतर्फ निर्देशीत गर्दछ । असारमा जन्म हुने सबैकालागि शुभकामना सहीत ।