कार्यसमय सकिन केही मिनेट वांकी रहदा फेरी गांउ घरको याद वल्झेको छ । वाहिर खुलेको मौषम वेला वेला मडारिने चिसो हुदै गएको सिरेटो, वेला मौकामा कहिले घर जानी हो भनेर आउने फोन कलहरु । मौषम कम्ती मादक वनेको छैन । वजारमा चहलपहल शुरु भएको छ । किनमेल गच्छे अनुसार चलेकै छन । सक्ने मलमा होलान नसक्ने सडक पेटीमा वार्गेनीगं गर्देछन ।
आज द्धादसी तिथी सकेर मौलावाट यज्ञदाईले फोनमा भन्नुभयो । हैन खराल बा पनि निस्के खाना खाएर आगंना पल्ट्याछु । तिमरु कैले आउनी हउ? दशै आउदै गर्दा गांउ घरको रौनक वदलीएको छ । कपाल खौरेर पितृलाई पिन्ड दिनेहरुको माचो छ । वेदुवाहरु पुजाको कुटुरो वोकेर हस्यागं फस्यागं दगुर्दै छन ।
कोही दशैकालागि घर रंग्याउन माटोको जोहोमा छन कोही हरिया सालका पात टिप्दैछन ।
“मैले सुन्दरताको लागि फूललाई जोगाइराखेको थिएँ, तर चरा आई त्यही फूलको रस चुसेर गयो ।”
मकै थन्क्याएपछि किसानहरु धान नपाकेसम्म फुर्सदिला वनेका छन । कोही परिवारको खुसीकालगि आफ्नो पसिनाको कमाइ पठाउन IME को लाईनमा वसेका छन । यताको खुसी भन्नु त्यही पसीना त हो नी । तिनका पसिना दशमीको दिन अक्षताका रुपमा निधारमा रंगिने अधिंकाशं नेपालीको नियति हो । ती परदेशी दशैको दिनमा पनि फुर्सद नपाएर परिवार र आफन्त कल्पदै पसिना वगाइरहदा हुन ।
यताको आंग ढाक्ने तिनै पौरखी हातहरु यो दशैमा आउन पाइएन अर्कोमा त आउछु भन्दै परिवारसंग फोनमै सुसाउदा हुन ।
शरद आउदै गर्दा मौषम पनि कम्ती रंगिन वनेको छैन । घरी आकाशमा वादलका झुल्का देखिन्छ त घरी निख्खर घाम, घरी हपक्क न्यानो त घरी चिसो सिरेटो ।
यसै रंगिन मेसोमा फेसवुके मीत्र खेमराज गांउलेले खिचेका अनेक रंगिन तस्विरहरुले मलाई पनि गांउ घरको झझल्को गाढा वनाएको छ ।
Month: September 2016
दशै आउदै गर्दा…
प्रज्ञा प्रतिष्ठानको प्रागंणमा एक हुल गायकहरुले आफ्ना दिवंगत मित्रको स्मृतिमा
“गोरेटो अनी उस्तै छ गल्ली
तिमी कतै वदल्यौ की….
ऐ प्रिये….”
गाएर भर्खरै झौक्राँएका छन । चल्तीको युट्युववाट यति मर्मस्पर्शी गीत सुनेपछि मेरो औलापनि कि वोर्ड तीर तानिएका छन । त्यति प्रिय खवरहरु छैनन ।
“वारी जमुना पारी जमुना ,
जमुनाको फेदैमा मनकामना ….”
गाएर लोक गीतमा छुट्टै वहार ल्याएका खेमराज गुरुगं वितेको केही समयमै अर्का प्रिय गायक सुनिल वर्देवा दिवंगत भए ।
देशमात्र होइन गांउ घरका पनि प्रिय छैनन खवरहरु । मेरा वाल सखा पन्डित माइला – (केशव) ले भखैरै खुइय तानेर वताए ः सई खवर त त्यति राम्रो छैन नी । पछिल्लो समय कइन्डाडाका पन्डित शिवको खवरविहिन अवस्था पछि अतितमा झोक्राएको समाज थप चिन्तामा परेको छ । त्यसैले शिवका दाई केशवले लामो स्वाश तानेका छन ।
“वादा तेनु
याद रखणा….. …”
भन्दै मौला चौपारीमा गीत गाउने शिव परिवारको सम्पर्कमा नरहेको धेरै दिन वितिसक्यो । फर्केर आउने सवैको आग्रहपूर्ण विज्ञप्ती पत्र पत्रिका देखि फेसवुकको भित्तो भरी छरीएको छ । शुभ चिन्तक सवै शिव आउला, उसलाई केही नभएको होस भनेर अपेक्षा गरेका छन ।
कलिलैमा पिताजी गुमाएको शिव पछिल्लो समय वैवाहिक जीवनपछि पोखरामा ववसायीक संघर्षमा रहेको थियो । आफ्नै सर्कलमा रमाउने शिव प्रत्येक पल्टको मेरो पोखरा वसाइमा भेट हुने मध्येमा पर्दथ्यो । राष्टवैंक चोकवाट रत्न चोक नजिकै भएरपनि होला शिव र मेरो भेट प्रत्येक पोखरा वसाइमा निरन्तर भइरहन्थ्यो । जंहा भएपनि शिव सुरक्षित होस अहिलेलाई सवैको यति नै कामनाको खांचो छ ।
दशै आगमनको पूर्व सन्ध्यामा सोह्र श्राद्ध शुरु भएको छ । केश मुन्डन गर्ने र पितृ तर्पण गर्नेहरुको माहोल छ यति वेला । आउदो दशैको शंकेत हो यो पनि । शरद यामको खुलेको मौषममा गांउ घरमा लिपपोत र सरसफाइ पनि चलेकै छ ।
वुढा वुढीले कुरेको गांउ अव केही समय गुल्जार हुनेछ । चिसो सिरेटो चल्ने मासमा मानिस गांउवाट फर्केपछि फेरी त्यहा केटा केटी, वुढा वुढी र चिसो सिरेटो मात्र्रै रहने छन । शुदूर देशमा रहेको परदेशीले गांउ मिस गर्ने वेला हो यो । परिवार, साथी ्भाई र आफन्त मिस गर्ने वेला हो यो ।
क्षेत्रपालको सप्तमी पुजा नवमी वा द्धादसीको आलम यात्रा । नवमीका सेलका वास्ना र दशमीको साइतको टिको दशै भन्नु यति मात्र होइन । देश परदेश वाट आइपुगेका वन्धु वान्धव, डांडामाथीको जुन वनेका वृद्धवयका हातका टिका र आशिर्वाद । कम्ती मोहक हुदैन दशै छेकोमा गांउ । काम वाध्यताले यी सव मिस गरेर कार्य क्षेत्रमा खटिनु पर्दा पीडा वल्झिदो हो ।
समयको रित हो या परिस्थितिको खेल सारा चीज मीस हुदा पनि परदेशमा रहनु पर्ने वाध्यतामा रहेका तमाम मित्रहरुमा दशै आउदै गरेको यो छनक ।
स्मृतिहरु वल्झिीदा…
स्मृतिहरु वल्झिीदा अनेक दृष्यहरु आखैमा नाच्दछन । विहान सांझ कक्षामा वोलीरहदा होस या कसै संग गफिदा म वेहोसीमै पुराना यादहरुमा मग्न हुन्छु । थाहा छैन समृतिहरु सवैका आंखामा यसैगरी नाच्छन की मेरोमा मात्रै? कसैसंग शेयर गरेको छैन । तिजका रमझमपछि शुरु हुन लागेका १६ श्राद्धहरु, खुल्दै गएको शरदको मौषम, आउदौ वडा चाड दशै र वजारमा देखा पर्दे गएका यस्तै रौनकमा मलाई फेरी स्मृतिहरुले गांजेका छन ।
मनिसलाई वर्तमानको उपलव्धीले विगत भुलाउदो हो । या भुलाउने अभीनयमा पुर्याउदो हो । म जस्तो ग्रामिण परिवेशवाट, मेला पात वाट शहर छिरेको ग्रामिण युवकका लागि ती चिज प्रिय छन । र त मेरो स्तुतिमा घरी घरी तिनै चिज आइरहन्छन ।
मेरो स्मृतिमा भन्जिगंको पहिरोले वास गरी रहन्छ । विरंग्दी तिर भन्दा पहिरातिरका यादहरु अझै कडा वनेर वसेका छन । वर्ष भरीमा हिंउदमा मात्र घांस पातका लागि चालु रहने पहिरो हाम्रो रमाइलो गन्तव्य थियो । सार्वजनिक रुपमा रहेको पैरोमा मानवीय क्रियाकलाप वर्षाका कारण शुन्य हुदा दशै छेक घांस दाउराका लागि गोठालाहरु उर्लेर पुग्दथे ।
लर्केको खर, सुकेका दाउराको भारी वांधेर उकालो उक्लीनीको हुलमा मेरा अलावा, मेरो वाल सखा छांया, कइन्डाडा टिकेदाई, कात्तिके वाइ.पी, खराल पुरुषोत्तम, दुर्गा र चिन्तामणी दाइहरुको हुल हुन्थ्यो । भन्जिगंको चौपारीमा भारी विसाएर पसिनाले भिजेका सट सुकाउदै पहिरातिरको चिसो हावा खानुको मजा नै वेग्लै हुन्थ्यो । रौसे स्वभावका कात्तिके फर्सूकाका पनि केटाहरुसंग गीत गांउदै रमाइलो गर्न खुव रमाइलो मान्दथे ।
ती दिन कठिन थिए । परन्तु प्रिय थिए । समयको लहरमा बयली खेल्दै ती बाल सखाहरु कुन परदेशको कुनामा परिवार मिस गरीरहेका होलान या यतै कतै स्वदेशकै आपाधापीमा कुद्दै होलान । म तिनै मध्येको एक पात्र घरी घरी आइरहने स्मृतिलाई आकार दिन खोजी रहेको छु । स्मृतिहरु शेयर गर्नु कम्ती प्रिय हुदैनन मेरा लागि । त्यसैले त विर्घा व्लगमा आपाधापीका बीच आएर सुसाउन, पुराना स्मृतिहरु वल्झाउन र स्मृतिका पत्रमा सुरक्षित भएका मित्रहरुलाई चिहाउन मन लाग्छ ।
स्मृतिमा आइरहने प्रिय पात्र मौले रमेश अतितमा विलाएको पनि वर्षौ भयो । मित्रहरुका लागि ज्यान दिने रमेश क्क्क्क्क्…… क्क्क्क्क्क्क्क गरेर हांसेको आवाज कतै कानमा गुन्जिरहन्छ । रुख घांस गाय झार्न मौला आउदा चौपारीमा रमेशसंग लुकी लुकी खुकरी चुरोट तन्काएको हिजो जस्तो लाग्छ, भुष्टुंग वसाई गएपछि पुरानो भएको मौलाको घरमा पसल राख्न रहर गरेको हिजो जस्तै लाग्छ । हर दशैमा ५ रुपैया वोट फ्लास खेलेको र तास चोरेको हिजो जस्तै लाग्छ । यद्यपि रमेशका समृतिहरुमात्र छन यतिवेला ।
खाली यी विषयहरु स्मृतिमा अल्झिएका छन । न पहिरो पहिरो रहेको छ । न घांस र मेलापात जाने मित्रहरु गांउमा छन । न त ति पुरानो वाल्यकालको निस्फिकृ आनन्द रहेको छ । हर जिम्मेवारीले थिचेको छ । सोसल नेटवर्कीगं साइटले केही सखाहरुसंग अपडेट त दिएको छ । तर अपनत्व छैन । त्यही परिवेशमा वसेर तिनै मित्रहरुसंग मच्चि मच्ची कुरा गरेकाको आनन्द कंहा म्याासेन्जरमा पाउनु । फगत यो त एक औपचारिकतामा रहेको छ ।
कतिमा कृतिमता छ । आत्मीयता छैन । सफलता छ शुख छैन । श्रोत छ र पनि अभाव छ , रिक्तता छ । यही रिक्तताका बीच म विगत खोतल्ने जमर्को गरेको छु । जसले एउटा शुदुर गांउको अतित झल्काउछ । भन्जिंगको पिपल छैन । भन्जिगंमा घर्सेनीहरुलाई पानी खुवाउनी मोहनीलाल खराल पनि छैनन । उनी वस्ने घरको अस्तित पनि छैन । नेवार कान्छादाई वृद्धवयमा छन । उनको वसाई भुष्टुंग छ । यद्यपि नेवारी कुवाको अस्तित्व भन्जिंगमा छ । सुदार डांडा छ । शुदारहरुको वस्ती लोप हुदैछ ।
मौलाका भयर छन । भयर जस्तै एउटा जिउदो इतिहास नरदेव यसै साल स्वर्गे भएका छन । हामी केटाकेटीले चोरेर खाने मौलेको लिचीको रुख छ तर रमेश छैन । लास उठेको घर जस्तो शुनसान भएको छ भन्जिंग र मौला । कुनै वेलाका गुलजार यी वस्तीहरु संभवत यो जुनीमा सायदै गुलजार देख्न पाइएला ।
चांड वाड आउछन गांउ मिस हुन्छ । एक्लै गांउमा सुसाइरहेकी आमालाई सोध्छु आमा तिजमा नाचगांन कंहा कंहा भयो? दिदीहरु को को आउनु भयो ? आफुले पाउने पेन्सनको समेत वारेस दिएर एक्लै गांउमा वस्न रुचाउने आमा फोनको अर्को टुंगोमा सुसाउनु हुन्छ । को छ र गांउमा रमाइलो हुन? तिमेरु दशैमा आउछौ केही दिन यता उता गर्छौ । त्यही दशैमा हो रमाइलो भएपनि नरमाइलो भएपनि हुने । गांउमा सवै मै जस्ता वुडावुढी छौ । कस्ले वजाओस खैजडी, कसले गांउस चेलीका विरह । आमा भन्नुहुन्छ असम त गाविस भवनमा पनि कोही जम्मा भएनन । म पनि घरमा टीभी हेरर वसे । हुन त चाडपर्वका स्वरुपहरु फेरिएका छन । यी पर्व आत्मिय भन्दा पनि देखावटी वढि भएका छन । यद्यपि मेरो स्मृतिमा भने तिनै तिजका अर्चलेका नाचगांन, तिनै पकौडी आवैका समोसाका सुगन्ध, त्यही जनतामावीको ग्राउन्ड भएर वग्ने कुलो, तिनै रुप्प्याका दुइटा आउने सिठ्ठी । तिनै आमा दिदीहरुका सुरिला स्वरहरुको छमछमी । तिनै कटवालले सिलाएका निला र धर्के नंया हाफ पेन्ट र सर्टका मगमग नंया कपडाका वासनाहरु नकैमा आइरहेका छन ।
स्मृतिमा मेरा बा
यतिवेला बा हुनुहुन्न । बा का संझनाहरु जीवन्त छन । हुनत निश्चित तिथी मीति तोकेर मनाइने श्राद्ध, दशै या तिहार वाहेकका चाडहरु मेरो रुचीका विषय होइनन । यद्यपि आजको प्रवित्र भाद्र कृष्ण (कुशै) औशीमा पीता या पीतृहरुको संझना गर्नु हरेक पुत्रको कर्तव्य हो ।
२०५३ सालको पौष २३ गते शुक्लपक्ष प्रतिपदाका दिन मैले आफ्ना पुज्य बा लाई गुमाए । ७३ वर्षको उमेरमा बा जानुभयो । उमेर ठिकै भएपनि अनेक रोगले च्याप्दै लगेपछि उहांलाई बचाउन सकिएन । मिसन हस्पिटल तानसेन पाल्पामा केही समय उपचारपछि पाटन हस्पिटल काठमाण्डौमा उंहाको अप्रेशन भयो । केही समयकोलागि ठिक भएपनि निरन्तरको दमले उंहालाई गलायो । भर्खर प्रवेशिका सकेर तानसेनमा आइए पढ्दै गरेको म अन्तिम अवस्थासम्म बा कै समिपमा थिए ।
अनेक रोगले गलित बा पछिल्लो समय कमजोर देखिनु भएको थियो । २०५३ पौष २३ गते प्रतिपदाका दिन विहानै उंहाले संसार छोड्नु भयो । जीवनभर ननुहाई केही नखाने र शौच गर्दा लुगा फेर्ने बा को नियमित अभ्यास थियो । बा पौष २३ गते विहानै एक घुट्की पानी खाएर जानुभयो ।
आखिर प्रकृतिको नियम नै हो जन्मे पछि मृत्यु अवस्यंभावी छ । कसैको छिटो त कसैको ढिलो मृत्यु भएरै छाड्छ । यो शास्वत नियमलाई कसैले वदल्न सक्तैन ।
पहिलो दिन झन्डै ६ वर्ष पुगेको म फुच्चेलाई बा ले जनता प्रा.वी कट्टीमा लगेर भर्ना गर्दिनु भएको थियो । भर्ना हुने वित्तीकै केही किताव पाएर म मख्ख थिए । घास काटेर फर्किदा आमालाई मैले कम उत्साहले ति किताव देखाएको थिइन । त्यसपछिका मेरा स्कुले जीवनमा अक्षर कोर्न सिकाउने मेरा बा नै हुनुहुन्थ्यो । स्वअध्ययन गरेका बा का अक्षर एकदमै राम्रा थिए । उंहाले कैले कांही ढुंगाले लेखेर पाटीमा केही चित्र पनि कोर्नु हुन्थ्यो । गांउभरीका तमसुक, राजीनामा, वडा मुचुल्का जस्ता लिखत उंहाले नै तयार गर्नु हुन्थ्यो । मलाइ लाग्छ बा लाई कलामा पनि राम्रो रुची थियो ।
हुनत बाले कुनै समय वेलायती सेनामा वसेर काम पनि गर्नु भयो । घास काट्न हिडेका केही ठिटाहरु दोश्रो विश्वयुद्ध ताका सवैलाई व्रिटिशहरुले भर्ति लिने थाहा पाएपछि नाम्लो र हसिया कतै फालेर भर्ति हुन गए । त्यसमा मेरा बा पनि हुनुहुन्थ्यो । यसरी जानेमा बा का अलावा मरेंङदी गणेश प्रसाद, मौले कान्छा वा, कामीडाडे काहिंला वा, चिफल्डाडे साहिला लगायत भएको बा ले पछिसम्म सुनाउनु हुन्थ्यो । ब्राम्हणहरुलाई भर्ति नलिने भएपछि बाले पनि थर वदलेर नरिश्वर पान्डेको सट्टा नरबहादुर खत्री भएर भर्ती हुनु भएको थियो । यसरी बेलायति सेनामा भर्ति भएर जापानी सेना विरुद्ध मलाया (हालको मलेशिया)मा गएर लडेको कंहानी बा ले पछिसम्म सुनाउनु हुन्थ्यो । यही लंडाइमा मौले कान्छा वा ( मौले भुवनका वा) लाई छातिमा गोली लाग्यो । तर संयोगले उंहा वाच्नुभयो र पुरा पेन्सन पाउने गरी फिर्ता हुनु भयो ।
अन्य धेरै विचमै फर्किनु भयो । बा भने लडाइ सकिएको केही समयपछि उंहाको रेजिमेन्ट खारेज भएकाले नाम कटाएर फिर्ता हुनुभयो । नाम कटाएर फर्किएपनि वेलायत सरकारले दिएको वेल्फेयर पेन्सन आज पर्यन्त हाम्रो पारिवारिक आम्दानीको श्रोत वनेको छ । ह्यान्डराइटिगं राम्रो भएको र सुनेको कुरालाई तत्कालै कपीमा उतार्न सक्ने भएकाले तत्कालिन संचार माध्यम आकाशवाणीको रेकर्ड उतार्ने काममा पनि केही समय उंहाले काम गर्नु भएको थियो ।
लाहुरे वनेर फर्केपछिको समय बाले संस्कृतको स्व-अध्ययनमा विताउनु भयो । शिखरनाथ भाष्य, कौमुदी, श्रीमद्भागवत महापुराण, वेद, चन्डी, गीता लगायतका अनेक पुस्तकहरु हाम्रो घरमा सुरक्षीत थिए । हिमलाल बा संग मिलेर शिखरनाथ भाष्यको नेपाली अनुवाद निकाल्ने उंहाहरुको अभियान भने पुरा हुन पाएन । केही समय संगै वसेर खुव मेहनतका साथ अनुवादमा उंहाहरु जुट्नु भयो । खै के कारणले हो यो काम भने पुरा हुन पाएन । अहिलेपनि हिमलाल बाले उंहाहरु दुइ जनाले अनुवाद गरेको कपी सुरक्षीत छ भन्नु हुन्छ ।
अली ढिलो स्वभाव भएपनि काम राम्रो संग सम्पन्न गर्ने स्वभावका बाले हाम्रो पढाइलाई खुव जोड दिनुहुन्थ्यो । परिवारमा अलि राम्रो पढ्ने र सधै फस्ट हुने दिदी, ठिकै पढेपनि राम्रै नंवर आउने दाई र कम पढ्ने कम जान्ने मेरो स्वभावको बाले तुलना गर्नु हुन्थ्यो । मेरो पढाइ देखेर बार-बार चिन्तित हुने बालाई मैले पछिल्लो समय पढाईमा राम्रै गरेको देखाउन नपाएकोमा ठूलो पछुतो लाग्छ ।
बालाई ज्योतिष शास्त्रमा पनि थोर वहुत ज्ञान थियो । अव यसपल्टको शनीश्चरको दशाले मलाई छोड्छ जस्तो लाग्दैन भन्दा भन्दै बा त्यही समयमा जानुभयो ।
हुनत अहिले बा का समकालिनहरु धेरै जना यस धर्तिमा हुनुहुन्न । अहिले कामीडाडो काहिला बा पनि गत महिना स्वर्गे हुनुभयो । हिमलाल बा भने सक्रिय जीवनमै हुनुहुन्छ । मौले हजुरबा वितेको केही वर्ष भइसक्यो । शालिकराम बा कैनडांडा, पन्डित मोहनीलाल, खराल मोहनीलाल, चन्द्रकान्त बा, मौले ग्वाइला बा लगायतका धेरै बाहरु दिवंगत भइसक्नु भएको छ । लाग्छ उंहाहरु (पीतृ)कै आशिर्वादले हामी जेनतेन चलिरहेका छौ ।
आज कुशे औशी अर्थात वावुको मुख हेर्ने दिन कलिलै दिनमा बालाई गुमाएको म, मेरा बा र तमाम पीतृहरु संझिरहेको छु ।