बेमौषमको वर्षाले चिसो वढाइ रहदा म भने मीनभवनको यो झ्यालवाट वाहिर हेरीरहेको छु । केही हप्ता अगाडी कामको शिmशिलामा भित्रिएको यो एरीया निरन्तरको प्रयासपछि हेर्न हुने भएको छ । यसमा ठूला मानीस होइन दैनिक ज्यालादारीमा काम गर्ने राम पाठकको प्रमुख योगदान छ । मलाई मै हु भन्ने संग पैठाजोरी खेल्न र सामान्य मानिसहरुसंग संगत गर्न मन पर्छ ।
ब्लग अपडेट नभएको जुग भयो । जिम्मेवारी वढ्दा कार्यव्यस्तता पनि वढ्दो रहेछ । तापक्रम वढ्दा दिमागी पाराहरुपनि वढ्छन क्यार । शान्त, शितल र झरी परेको दिनमा म नोष्टाल्जीक हुन्छु । यही झरीले मलाई अतीतमा फर्काउछ ।
जंहा कलीलो वयको केटो मौलामा पिपलका पातवाट झरेका पानी हेर्दै दिन विताउछ । बाले वनाएको घर अगाडीको ढुंगा छापेको कुलामा कलकल वगेको पानी हेर्दै हुर्कन्छ । आमाले भुटेको ताता मकै छाला नै पोल्ने गरी जागेको खल्तीमा हाल्दै वर्को आडेर झ्यालवाट चिहाउछ । यस्तै छन मेरा विगतहरु ।
सवैलाई जस्तै मलाई पनि मेरा विगतहरु असाध्यै प्रिय छन । ति प्रिय विगतले कहिले झस्काउछन, कहिले जोस्याउछन र कहिले वौर्याउछन र उडेर या गुडेर आजै धर्तीको त्यो कुनामा पुगु पुगु वनाउछन ।
विषयहरु धेरै छन । संझना मरेका छैनन । समय नमिलेका हुन । नितन्तर पाठकसंगको अन्तक्र्रियामा रहने मन झरीले वढाइदिएको छ । आगे भोलीको विादमा झरी पर्ने अपेक्षा सहित ।