कुरा कलैयका


पानी दर्किनु र म फर्किनु एकै साथ भएको छ, कलैयामा । हप्ता दिन लामो राजधानीको वसाईपछि फर्किएको कलैयामा यतिको सितल नहुदो हो त मन अडिन गाहे हुन्थ्यो पनि । पानीले राहत दिएको छ यतिवेला समग्र मधेशलाई । अवका केही दिन पुराना रुटिनमा अभ्यस्त हुन मलाई समय लाग्ने छ । हप्ता दिन लामो काठमाण्डौ पछि फर्किएकाले पनि होला पुन नौलो लागेको छ कलैया । अवका केही दिनमा फेरी यो पुरानै र परिचित लाग्ने छ ।
हुनत मोती वागमा कोठा सरी सकेपछि कलैयाको शुन्दरताको परख गर्न पाएको छु यतिवेला । रामजानकी मन्दिर कोठा वाटै देखिन्छ । माछाको डुवुल्की हेर्न पोखरी मै पुग्नु परेपनि पानीको सितलता झ्यालवाटै लिन पाएको छु । नंया सवारी साधन भित्रिएपछि यात्रा सहज भएको छ । चालक रेगु महतो नंया ठांउको नंया जानकारी पस्किन सिपालु छ ।
सर यंहा राजाले बाघवाट दाई लगाउथे रे अली वढाई चढाई गर्दै सुनाउछ रेगु । रेगुको कान्छो छोरो राजेश मेरो सहयोगी छ । सर म पनि लोकसेवा पढेर सर जस्तै हुन्छु घरी घरी केटो जोसिन्छ । म पनि चाहन्छु यो मधेशको कलिलो ठिटोपनि लोकसेवाको प्रतिष्पर्धामा दरीयोस । सिकोस, लडोस, भिडोस र जागिर खाओस ।
सुदिप भुजेलले मेरो भान्सा सम्हालेको छ । खाना ठिकै वनाउछ यो भाईले । वाणिज्य वैंकको ज्यालादारी कर्मचारी सुदिप विहान वेलुकाको मेरो भान्साको कमान्डर हो । विहानमा केही हुल वडा अध्यक्ष र नगर सभा सदस्य मेरोमा आइपुग्छन । उनीहरुसंग गफिदै चिया खानुको मजा वेग्लै छ । वल्र्ड लिंकको डाटा स्पिडमै कुदेको छ । जसवाट देश विदेसमा रहेका तमाम मित्रसंग जोडिन पाएको छु म ।
यो समाजको चरित्र भने फरक छ । महिलाहरु दोश्रो दर्जाका नागरिक जस्ता लाग्छन हर घरमा । इज्जतका खातिर कुनै वावुले छोरीको गला दवाउन वेर लाग्दैन । अधिकांश महिला हिंशाका घटनाहरु आइपुग्छन नगरपालिकामा । न्यायिक समिति गठन भएको छ । समितिलाई सशक्त वनाउन म पनि लागि परेको छु । जसले महिला हिंशा अन्त्य र अधिकार रक्षा गरोस भन्ने मेरो चासो हो ।
सांझको सिमसिमे पानीमा छाता ओडेर भरत चोकको फन्को लगाए । शहरमा आपको विगिविगी भने हटेको रहेछ । धेरै दिनपछि पान चपाउदै पोखरीको फन्को लगाउदा पानी गजवैले दर्कीयो । म वरु छातामा थिए जेन तेन जोगिए । भुजेल भाई निर्थुक्क भिज्यो ।
Featured image
सहयोगी भाईलाई भिजाएर साझको घुमाइमा मन जमेन । वेलैमा फर्किएर हाते कम्प्युटरमा औला डुलाउदै छु । हप्ता दिन लामो काठमाण्डौ वसाईवाट आजै फर्किएकाले होला शहरसंगको साइनोलाई पुर्नताजगी दिन एक चक्कर मारे शहरको । हप्ता दिनको काठमाण्डौ वसाई अत्यन्त व्यस्ततामा वित्यो । यही बीचमा केही उल्लेख्य कामहरु भए । उपसचिव र सहसचिवका कक्षाहरुमा नंया मित्रहरुसंग परिचय गर्ने मौका मिल्यो । चैतन्य, एमपिए, एपेक्स र कोलम्वीयाका तयारी कक्षाहरुमात्र होइन, उपसचिव र सहसचिवको प्रसनोत्तरको कितावको काम सकयिो । केही महत्वपूर्ण भेटघाटहरु भए ।
अवको कलैया वसाई पूर्णरुपमा कार्यालयको कार्यसम्पादनमै वित्नेछ । यसबीचमा व्लगको नियमित अपडेट त छदैछ ।

कलैया डायरी २

Kalaiya: Place To Visit
कलैयाको हेर्न लायक ठांउः प्रसिद्ध रामजानकी मन्दिर र पोखरी । पोखरीको डिलको पिपल अहिले ठूलो भइसकेको छ । यो गुगल तस्विर पुरानो हो ।
घरी घरी भुइचालो गएझै लाग्छ । कलैयाकै सवैभन्दा अग्लो घरमा रहेको होटल भएर होला । वाटोमा अली वढी लोड लिएर गाडी हिड्दा थर्कन्छ । कलैया भान्छा घर विहान सांझ खाना खाने मुकाम भएको छ । उदयपुरतिरका वस्नेतले भोजपुरकी राईनीलाई भित्र्याएपछि यो भान्छा घरको चुलो वल्न शुरु गरेको रहेछ ।
भान्छा घरकी छोरी मेरै छोरी उमेरकी छ । रसिका नामकी त्यो वालिका अली वढि मोवाइलमा गेम खेल्छे । हाम्रा धेरै केटाकेटीहरु मोवाइलको यस्तै लतमा फसेका छन । जसले आफ्नो उमेर र श्रृर्जनशिलतालाई कोपिलामै निमोठेको छ । कहिले कांही लाग्छ मोवाइल, युट्युव र यी सामाजिक संजाल यति सुलभ भैदिएका भए र वालककालमा ती चिज हाम्रो पंहुचमा भएका भए हामी पनि यति श्रृजनशिल हुन सक्दैनथ्यौ ।
होटलको वास सकिएको छैन । लाग्छ होटलकै वासवाट कलैयाले मलाई विदाई गर्ने छ । सरकारी सम्पति सकेसम्म जोगाउ भनेर नै होटलको सस्तो विकल्प खोजिएको हो । कलैयाको कठिनाई उस्तै छ तर काम गर्ने उत्साह घटेको छैन । स्टाफ कलेजका अफिस अट्याचमेन्टमा आएका साथीहरु गएपछि एक प्रकारको रित्तता भरिएको छ । अफिसको काममा सघाउनुका अलावा उनीहरु मेरा साथी जस्ता थिए । कुनै दिन कांही घुम्न जादा साथी, साझमा चौरमा डुल्ने साथी र कलैया भान्छा छरमा खाना खाने साथी ।
कलैया भान्छा घरले गांउघरको स्वादमा खाना खुवाएर कलैया वसाई कलरफुल गराउन मद्दत गरेको थियो । गांउमा आमा विरामी भएपछि वस्नेत दम्पती सटर तानेर आमाको उपचारमा हिडेका छन । विहान वेलुका भान्छाघरमा हुने रौनक हराएको छ । केही यहाका नियमित ग्राहक कर्मचारीहरु विलखवन्दमा परेका छन । म भने कलैया इनको भान्छा घरमा सेवा लिइरहेको छु । मलाई कलैया इनको स्वाद त्यति जम्दैन । नजमेर के गर्नु विकल्प पनि छैन ।
विश्वकप फुटवलले दैनिकीमा प्रभाव पारेको छ ।
राती ढिला र विहान ढिला भएको छ । सिद्धेश्वर परिसर र क्रिकेट मैदानको चक्कर साझमा लगाउने गरेको छु । अहिलेको अस्थायी साथी भएको छ कलैया इन होटलको म्यानेजर अमित चौधरी । मेरो स्वभावसंग यो भाई परिचित छ त्यसैले चियाको सुर्कीसंगै वट्टा लिएर हाजिर हुन्छ । वजारमा आप यत्रतत्र छन । दिनहु मूल्य उतार चढाव भइरहन्छ ।
म सकेसम्म कार्वोहाड्रेड नहालेको आपमा जोड दिन्छु ।
सिन्डीकेट हटाए वापत राजनीतिक कोपभाजनको सिकार भइ यातायात मन्त्रालयको वरन्डामा थन्काइएका रुप नारायण सर फोनमा भन्नुहुन्छ आप धेरै नखानुस है मोटाइन्छ । यस्तो छरितो र फुर्तिलो शरिरमा पेट नलागोस भनेर स्वाद मिठो लाग्दा लाग्दैपनि आपमा कम जोड दिएको छु । जिउन जान्नु पर्छ सवै ठाउका जीवनहरु स्वादिला हुदा रहेछन । कलैया वसाईले सिकाएको प्रमुख पाठ हो यो ।
अव त अली अली भोजपुरी वोल्न जान्ने भएको छु । वुझ्न भने पुरै सक्ने भएको छु । वडा नं. ४ का वडाध्यक्ष जलाउद्दिन मन्सुर मलाई दिनको दुईपटक नभेटी छोड्दैनन । उनीसंगका घुमफिर र सहकार्यपनि रमाइलो लाग्दै गएको छ । कलैया वासीले आफ्ना रिचुअल पर्वमा मलाई पनि संझन्छन । त्यसैले म साझा भएको छु । भर्खरै इद सकियो अव वकर इद आउदैछ । म एक्साइटेड छु वकर इद मेरो जीवनमै पहिलो पटक सेलिव्रेसन गरेको पर्व हुनेछ ।
संसार गोलो छ र नेपाल सानो छ । त्यसैले अहिलेको भर्चुअल वल्र्डमा साना साना कुरा पनि शेयर हुन्छन । कलैयाका मेरा साना प्रयासहरु पनि काउन्ट भएछन । मन्त्रालयले फोन गरेर तपाइको कामकोलागि पुरस्कार स्वरुप चाइना मनोनयनमा पर्नु भएको छ भन्छ । आजको दिनमा चाइना भिजिट ठूलो कुरा होइन । तर कामको मुल्यांकन गरेर गरिएको यो मनोनयन मेरा लागि लाख भएको छ ।
शुरुमा सिर्जनशिल काममा वढि व्यस्त भएपनि अहिले साल तमामीले गर्दा रेगुलर कामा वढि व्यस्त भएको छु । व्लग नियमित नभएकोमा यसका श्रद्धेय पाठकको माया मिसीएको गुनासो छ । म मेरा महान पाठकहरुलाई निराश तुल्याउन चाहन्न । त्यसैले शनिवारको सदुपयोग गर्दै तपाईका संझनाहरु अक्षर मार्फत अभिव्यक्त गरेको छु ।
आजको मौषम वडा वेइमान भएर गएको छ । विहान ढिलो उठे ।
Kalaiya, Bara, Parsa, Nepal - This is the place! 
I have no idea, though...
कलैयाको सेकुवाः कुनै वेला २० रुपैया झीर पाइने कलैयाको सेकुवा सुकदेवकोमा झीरको ५० पुगेको छ ।
पत्रिका लिन पसल पुग्दा घामको चहकले आखा तिलमिलाए । यसो खुट्टा तन्काएर रामजानकी पोखरीको डिलमा धेरै वेर टोलाए । धार्मिक पोखरी भएकाले माछा मार्न मनाही छ यंहा । माछाहरु प्रशस्त छन । डिलमै पनि आइरहन्छन । पिपलको वोट छेउको पोखरीमा धेरै वेर एकान्तमा वस्नुको मजा नै वेग्लै, यही मजा लिएर म निस्कीए । लाग्छ यसैले पनि स्फुर्ती वढाउछ । खुसी हुन ठूला कारणहरु चाहिदैनन । सामान्य सितलताले दिने खुसी, सरल रुपमा सेवा दिदा सामान्यजनले दिने खुसी, सामुहिक हितकालािग आंट गरेर काम गर्दा मनले दिने खुसी यीनै खुसीहरु जोडेर वसेको छु म कलैयामा ।
दुखी हुनका लागि सयौ कारणहरु छन । तर म खुसी हुने हजारौ साना कारणहरुमा रमाएको छु ।

कलरफुल कलैया

Image may contain: 7 people, people sitting and indoor

हमार विकास खोई: कलैया उपमहानगरपालिकामा विकासको वहसमा भाग लिदै सरोकारवालाहरु ।

कलैयाको वसाई रंगीन हुदै छ । कलैया डायरी प्रति धेरैले फरक फरक टिप्पणी गरेकाले, कोहीले फोन मार्फत समेत “दुख पाउनु भएछ है बीचरा” समेत भनेकाले यो आलेख तयार पारेको छु ।
म पहिलो पोष्टीगंमा कलैया जान लागेको खवरपछि, “गाहो छ । जोगिनु होला है । तपाइलाई त गार्हो हुने भयो” भन्ने केही शुभेच्छुकका शुझाववाट म बीचलीत भइन । जागीरे जीवनमा म कुनै नौलो ठांउ जान चाहन्थे, नंया काम गर्न चाहन्थे र नंया मानिसहरुसंग सहकार्य गर्न चाहन्थे ।
जुन अवसर मेरा लागि कलैयाले जुराइदिएको छ । जुन अवसर कलैया वासीले जुराइदिएका छन । परिवेश फरक छ प्रवृति फरक छैन । मानीस फरक छन मानवीयता उस्तै छ । भुगोल फरक छ तर देश एउटै छ । त्यसकालागि कलैया र यंहाका वासिन्दा प्रति म कृतज्ञ छु ।
वास होटलको छ । तर व्यवहार आत्मिय छ । मलाई खाना खुवाउने वब्लु भन्छ “सर आम खानुस हजुर त मेरो साथी कृष्नको सर पो हो त” । कृष्न मेरो सहयोगी हो । पान खिलाउने जलालुद्दीन चाचा भन्नुहुन्छ । “अरे वाफरे यस्तो गर्मीमा आउनु भएको छ । ठन्डा पीलिनुस ।” यंहाका फरक फरक व्यक्तिले दिएको आत्मियताले मनोवल वढाएको छ ।
जनप्रतिनिधिहरु नंया छन । केही अपेक्षहरु नंया छन त्यसैले कर्मचारीले केही दवावको महशुस गर्नु त ठिकै हो । तर आत्तिने अवस्था छैन । उनीहरुका पनि केही कठिनाई छन त्यसलाई वुझिदिनु पर्दछ । वस समस्या समाधान हुन्छ । स्थानीय निकायमा काम गर्दा वास्तविक समस्यासंग नजिकिने मौका पनि हुदो रहेछ । जुन मैले अनुभव लिने मौका पाएको छु ।

Image may contain: 3 people, people standing, crowd and outdoor
मै नाचे छमछमीः कलैयाको त्रिचन्द्र कलेजमा आइतवार सांझ सेनाको सास्कृतिक कार्यक्रममा सहभागीहरु ।
विहान क्लीन कलैया अभीयान, वेलुका स्टाफ कलेजवाट आएका नंया अफिसरहरुसंग घुमघाम गजवै चलेको छ ।
काठमाण्डौ रहुन्जेल विहान वेलुकाकै क्लास र आपाधापीमा गुज्रेको जिन्दगीले अहिले गुन माने जस्तो लागेको छ । हिजो सांझ धेरैपछि त्रिचन्द्र स्कुल कलैयाको चौरमा आर्मीले देखाएको सास्कृतिक कार्यक्रम हेरेर फर्के । स्टाफ कलेजका साथीहरु त दिल खोलेर डान्स गरे । यो टोलीको यादव राउत क्रिएटीभ लाग्छ मलाई । जीवनमा यस्तै सिर्जनशिल युवाले नै केही गर्छन ।
भरत चोकवाट यसो पस्चिम गयो उही शुकदेवको पुरानो सेकुवा पसल छ । यसो पूर्वतिर गढिमाई जाने वाटो हिड्यो जलालुद्दीन चाचाको पान पसल छ । यसो उत्तरतिर हिड्यो शिद्धेश्वर मन्दिर र गजवको क्रिकेट मैदान छ । भोजपुरी लवजमा वोल्ने सवैको अजव ताल छ । म रमाएकै छु तैपनि गुनासो गर्नेहरु देख्दा लाग्छ जीवन जीउन नजान्ने अस्थिपन्जरहरु मनमा अनेक कलुसित भावना वोकेर हिड्छन । काठमाण्डौमा वस्नेलाई भन्दा नेपाल भारत सिमाना जोडिएको महेशपुर गांउमा वस्नेलाई नेपालको माया छ । २४ घन्टा वत्ती आइरहने सिंहदरवारमा वस्नेलाई न्दा ४० डिग्रीमा पनि छिनछिनमा वत्ती जाने सिर्सियामा रहनेहरुलाई विकासको लालसा छ । तर कथित विद्धान ठहराउदो देहातलाई हेप्छ ।

Image may contain: text
विस्तार हुदैछ चेतनाः चर्पी प्रयोग गर्न भोजपुरीा लेखिएको शन्देश । नगरपालिका छेवैको भित्तामा ।
म पटक्कै सहमत छैन त्यस्ता बीचारवाट । हो मेरा कारणले केही कामचोर कर्मचारी परेशान छन । त्यसको विकल्प उनीहरु सुध्रिनु हो । यो मूल्यसंग मैले संझौता गर्ने छैन । डाइभर रघु र सहयोगी कृष्न भाई परिवार जत्तिकै लाग्न लागेका छन । केही फुर्सद मिल्यो त टिपिकल ठांउ र वस्तुमा पुर्याउछन । यस्तै छ साथी कलरफुल कलैयाको हाल ।

तीनै प्रहर : इन्द्रेणी शहर

सम्बन्धित छवि
जीवित शहरः पाटन दरवार स्क्वायरको हवाई दृष्य ।
हप्ता दिन लामो दारी सिनित्त पारेर फल्नुको मजै वेग्लै । अझ विहानी यातायातमा चमेरामा हुल जस्ता स्कुलेहरुको चिरविर सुन्दाको थप उर्जा । ढिलो सुतेर ढिलै उठ्नुका पनि केही मजा होलान तर “अर्ली टु वेड अर्ली टु वेकअप”को मजा त्यो भन्दा कैयौ गुणा हुदो रहेछ । एका विहानै उठेर नित्य कर्म सक्नु, नजिकैको हरीयाली हेरेर कालो कफी पिउनु र झन्डै २० मिनेटको नियमीत योगा अभ्यास वाट निस्कीनु मेरो केही वर्ष देखिको दैनीकी वनेको छ । हुनतः उषाको पहिलो प्रहरमा व्युझनेहरुको दीर्घ जीवन हुन्छ भन्ने वैदिक मान्यता पनि रहेको छ ।
विहान ऊ भुर्वस्वःह …गुन्गुनाउदै राजधानीका सडक नाप्दा मजा नै वेग्लै । राती फर्कीदा भने भोली उठी कहां जाने केही थाहा छैन भन्दै नारन गोपाल गुन्गुनाउनुको स्वाद नै अर्कै । दिनभरीका आपाधापी, आ आफ्नै अपेक्षा र जीजीविषा वोकेका अनेक मानिसहरुसंगको संगतले अरु सोच्न नपाइदो रहेछ । काठमाण्डौको श्रम वजारमा शिक्षित वेरोजगारको प्रवेश पछि हामी जस्ता केही तयारी कक्षाहरुमा अनुभव वाड्नेलाई कमै फुर्सद हुदो रहेछ । त्यही फ्री समयको अभावलाई विहानका कन्चन दिनहरु र घुर्मैला सांझहरुले भुलाउनु पर्दो रहेछ ।
kathmanduको लागि तस्बिर परिणाम
खुला संग्रहालयः काठमाण्डौ दरवार स्क्वायर ।
काठमाण्डौ हाम्रा लागि सपनाको शहर थियो । विद्यालयका पाठ्यक्रमका पुस्तकमा राखिएका केही तस्विर हेरेर हामी कल्पन्थ्यौ काठमाण्डौ शहर । डेनी डेन्जोम्पाको कान्छिलाई घुमाउने काठमाण्डौ शहर गीत हिट भएपछि त यो शहरको आकांक्षा अझ वढेको थियो । यो शहर हाम्रा लागि राजा वस्ने शहर थियो र थियो अनेक अवसरहरुको खानी । उच्च शिक्षाको अभिलाषा वोकेर राजधानी छिर्नेहरुको तांतीमा झन्डै डेढ दशक अघि म पनि मिसिन आइ पुगेको थिए यो विरानो शहरमा । तानसेन वाट छुटेको निलो रंगको साझा वस त्रिपुरेश्वरमा घ्याच्च रोकिए पछि तीनपांग्रे कालो वजाज ट्याम्पोले वुद्धनगर पुर्याएको थियो एक छिप्पीदै गरेको सांझमा ।
सिमित स्रोत साधन र सिमित आकांक्षा भएको मानिस भएकाले त्रिचन्द्र कलेजका दिनहरु सामान्य चले केही वर्ष ।
ग्रामिण परिवेशवाट आएको म जस्तो युवाकालगि लोकसेवा अन्तिम र एकमात्र विकल्प थियो । राजधानी छिरेको पहिलो प्रयासमै लोकसेवाले पत्याएपछि सामान्य जागिरेको हैसियत जोडिदै गयो आम ग्रामीण युवाहरुको जस्तै मेरो पनि । यसबीचमा कहिले पत्रकारिता त कहिले प्राध्यापनका अनेक अनुभवहरु मिसिदै गए ।
हुनत अनेक विकृति र विसंगतीका वावजुद अनेक अवसरको शहर हो काठमाण्डौ । अवसर लिन जान्नेहरुलाई यो शहरले दिएको पनि छ । विहानमा एउटा स्वरुपमा देखिने शहर दिउसो अर्के त रात ढलेपछि अर्कै हुदै जान्छ । शहर वुझ्नलाई यी तीनै प्रहरको स्वाद लिन जान्नु पर्दछ । मौलिक विशेषता वोकेको यो शहरका सवै प्रहरका स्वाद लिनेहरु कम छन यंहा । त्यसैले त प्रहर गुमाएका हरुको यसप्रति गुनासो पनि छ । म पनि त्यही वहुमतको सदस्य हुं ।
तर कार्तिक नाच देखि ठमेलका डिस्कोसम्म, पशुपति नाथदेखि यलो पगोडासम्म, रत्न पुस्तक भन्डार देखि पिलग्रीम र मन्डलासम्म, के एल टावर देखि मन्डला र सिल्पीसम्म, नांगा वावा देखि मार्टिन चौतारीसम्म, के एम टेस्टी मम देखि केएफसीसम्म, भृकुटी मन्डपदेखि जाराका आउटलेटसम्म यो शहर अनेक रुप रंगमा देखिन्छ ।
सम्बन्धित छवि
कलाको राजधानीः भक्तपुर दरवार स्क्वायर र न्यातपोल देवल ।
ऐतिहासिकता र आधुनिकताको समिश्रण रहेको यो शहरमा जान्नु र भोग्नु पर्ने अनेक विष्मयकारी वस्तुहरु छन । करौडो मुल्यका ल्यान्ड रोभर गुड्ने शहरमा साइकलपनि प्रसस्त दौडन्छन, भीआइपीका सवासी चल्ने शहरमा घांसका भारी वोकेका महिलाहरु पनि सडक नापी रहेका हुन्छन । केही रुपीयाकालगि हात पसार्ने देखि रोटी वाड्नेहरु प्रशस्त छन शहरमा । रुखमा ऐना झुन्ड्याएर कपाल काट्ने देखि साइकल अड्याएर सडक छेउमै सौच गर्नेहरु दुनीयाको अर्को कुन राजधानीमा देख्न पाइएला ।
शहरको मजा लिन जान्नु पर्दछ तरह तरहका टेष्ट छन यंहा ।
हजारौ डलर खर्चेर यंहाको मौलिकता र विविधताको स्वाद लिन विश्वका कुना कुनावाट मानिस यंहा आउछन । तपाई हामी वुगंमती र वागमतीको जानकारी विनै, गाइजात्रा र गठेमंगलको दर्शन विनै, कार्तीक नाच र इन्द्र जात्रा नहेरिकनै शहरप्रति पुर्वाग्रही भएका छौ । काठमाण्डौमा भएर पनि इन्द्र जात्राको दर्शन नगर्नेलाई मरेपछि पनि इन्द्रले सोध्छन भन्ने आम विस्वास छ । हामी किन कोठे भएर वस्ने? चलाउनुस खुट्टा हेर्नुस यंहाको इन्द्रेणी उठाउनुस वन्दको फाइदा ।

नाटक,मन्डला र म

birgha1
नाटक
६४ वटा विभिन्न कलाको संयोजन हुने र प्रत्यक्ष कलाको स्वाद लिन पाइने नाटक संसारमै लोकप्रिय विधा मानिन्छ । वेलायतमा फिल्म हल भन्दा नाटक घरको संख्या वढि रहेको छ भनिन्छ । कति नाटक त सयौ वर्ष देखि लगातार मन्चन भइरहेका छन । पात्र फेरिन्छन विषय उही रहन्छ ।
कलाको प्रत्यक्ष अनुभूति हुने कारणले सस्ता फिल्म भन्दा नाटक धेरै कोटी माथि रहन्छन कलाका पारखीहरुका लागि । हुनत फिल्म पनि रुचीकै र मनोरन्जनकै विषय हो तैपनि पछिल्लो समय व्यावसायीकताले गाजेको वजारमा कमसल फिल्म हेरेर टाउको दुखाउनु भन्दा नाटकको प्रत्यक्ष स्वाद लिनु उपयुक्त हुन्छ ।
मन्डलामा हाल प्रत्येक दिन वेलुका सवा ५ वजेवाट शुरु हुने नाटक शुनकेशरी ऐतिहासिक विषय वोकेकी एक शुन्दर युवतीको कथामा आधारित छ । सय वर्ष पुग्नैलागेका पाका संस्कृति वीद सत्य मोहन जोशीले लेखेको शुनकेशरी नाटकको निर्देशन राजन खतिवडाले गरेका हुन । नाटकमा कणार्ली प्रदेशमा मध्यकालिन समयमा शुन्दरीको आकर्षण यसैकालागि भोट देखि जुम्लासम्मको लंडाइको विषय देखाइएको छ । सुत्राधारले कथाको शुत्रपात गर्दछ भने कलाकारले नाटकमा सक्दो गरेका छन । सरिता गिरी,सिर्जना अधिकारी, सुलक्षण भारती, सोमनाथ खनाल,निरज हुसेन, वुद्धि तामागंले प्रशशंनीय भुमिका निभाएका छन ।
birgha
मन्डला
नेपालमा रहेका महत्वपूर्ण थिएटर मध्ये मन्डला प्रमुख एक हो । आरोहण गुरुकुल, शिल्पी, एक्टर्स स्टुडीयो, सर्वनाम जस्तै मन्डलापनि चलेको नाम हो । रंगकर्मी आफैले आफ्ना पसिना वगाएर खालेको यो मन्डला नाटकघरले गत वर्ष अन्तराष्टिय नाटक महोत्सव समेत गर्न सफल भयो । राजधानीको मुटु अनामनगरमा रहेको मन्डलामा विविध विषयका नाटक हेर्न पाइन्छ । खासमा गुरुकुलको झझल्को मन्डलाले मेटाएको छ म जस्ता नाटक पारखीका लागि ।
म,
मन पर्ने शहरका ज्यादै कम विषयहरु मध्ये केही कफी सप र नाटक घर नै हुन मेरा लागि । करिव १५ वर्ष अगाडी राजधानी छिरेपनि कहिल्यै यंहाको शौन्दर्यले तान्न सकेन मलाई । यद्यपि मन वहलाउने ज्यादै सिमित ठांउहरु मध्ये कफी सप पछि नाटकघर हरु आए । यसै मेसोमा पुरानो वानेश्वर डाडोमा रहेको आरोहण गुरुकुल मेरो प्रिय गन्तयव्य थियो । दुर्भाग्य स्टेजका सामानहरु कवाडीलाई कौडीको भाउमा वेचेर मुग्लान जाने रंगकर्मी सुनिल पाखरेलको घोषणा पछि पनि राजनैतिक खेतिमा रमाएको हाम्रो समाज देश र सरकारले यो घोषणलाई हावामा उडाइदियो । एका एक नाटक गर्नेहरुका सपना खन्डहरमा परिणत भए र पुरानो वानेश्वरको नाटकले गुलजार भएको डाडो व्यावसायीक काममा पुग्यो ।
यसपछि सिंहदरवार पेरी फेरी झुम्मीएको मेरालागि नाटकको धित मार्नका लागि अनाम नगरमा आइपुग्यो मन्डला थियटर । हुनत मित्र युवराज घिमिरेले शिल्पी थिएटरको काम अगाडी वढाइरहनु भएको छ । यद्यपि मेरो पायकमा रहेको मन्डला हालको गन्त्व्य वनेको छ । विगतका जस्ता शिवहरी मैनाली, वमे उर्फ प्यारो मित्र अश्विन, पन्डित उर्फ शुन्दर, कवि उर्फ निर्मल, गुड्डु उर्फ सुर्यमोहन, ह्यारी दाइ उर्फ हरी गैरे हाल छैनन । भविष्य अजमाउन कोही युरोप अष्टेलीया त कोही हेल्मेट टिचरको दौडमा छन । तैपनि ती मित्र र नाटकको या दभने मलाइ घरी घरी आइरहन्छ ।