हरिशयनी एकादशी आज


आज आषाढ शुक्ल एकादशी । हरिशयनी एकादशी अर्थात तुलसीको विरुवा रोप्ने दिन ।आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हरिशयनी एकादशीका दिन आज हिन्दु धर्मावलम्बीहरुले आफ्नो घर आँगनमा रहेको तुलसीका मठमा तुलसीको बिरुवा रोप्ने प्रचलन छ । एक महिनाअघि विजारोपण गरिएको तुलसीलाई आज रोप्ने गरिन्छ ।
तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा पुजा गर्ने प्रचलन रहेको छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु९हरि० र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको छ । हिन्दू समाजमा यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आजका दिनदेखि चतुर्मास व्रत सुरु हुन्छ । चतुर्मास अवधिमा तुलसीको सेवा गर्नु अति उत्तम कार्य मानिन्छ । जसका घर आँगनमा तुलसीको मठमन्दिर राखी तुलसी रोपिन्छ त्यहाँ देवताको बास भइरहन्छ भन्ने जन विश्वास छ । स्वप्नमा पनि यमराजका दूत त्यस घरमा पुग्न नसक्ने र तुलसीको बोट बिरुवामा जल चढाइरहने मानिसका वंशको तीनै लोकमा कल्याण हुने तथा निःसन्तान मानिसलाई सन्तान पैदा हुने जनविश्वास रहेको छ । हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाको प्रबोधनी ९हरिबोधनी० एकादशीका दिन जागा हुनुहुने मानिनछ । चतुर्मास अवधिमा श्रीविष्णु९हरि० भगवान्को पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ । हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

यो धर्ती त्यो पहाड


झ्यालको पछाडी चरवाट चुर हरियो फुल्चोकी डांडा देखिएको छ, अगाडी पट्टी चीनीया सहयोगमा शुरु हुन लागेको आठ लेनको सडक विस्तार । मध्य वर्षामा तुलनात्मक रुपमा कम पानीपरेपनि समयले धर्तिलाई चुर हरियो वनाउदै लगेको छ । साउनमा त आंखा फुट्नेले पनि हरियो देख्छ भन्ने उखान त्यसै चलेको होइन रहेछ । वेला वेलाका पराकम्पनले मानिसको त्रास घटाएको छैन ।
हर दिन अलि सवेरै दिनचर्या शुरु हुने म यी तमाम विषयको मौन साक्षी छु । मन लाग्छ मुख खोल्न, अरु विषयले नै मुखलाई भुलाएका छन । की वोर्डमा औला चलाएर खवर शेयर गर्न मन लाग्छ, अरु नै कामको चटारोले अल्झाएको छ । वर्षादी सहितको रुकस्याक वोकेर वादलका घुम्टाहरु देखिइरहने र घरी घाम त घरी झरीले लुकामारी खेल्ने डांडा कांडा डुल्न नपाएको जुग भयो । हर रहरहरु थिचिएका छन दैनिक आपाधापीले ।
यतिवेला त, मन मिल्दा मित्र हुन, थोरै अत्यावस्यक सामान सहितको रुकस्याक पिठ्युमा झुन्डिएको होस । हाते क्यामेरा घरी घरी क्लिक क्लिक भइराखोस, वर्खे खोला र हरीयाली जंगलले वेला वेला एक्साइटेड गराउन । डांडाको टुप्पावाट पर गांउ हरु देखिउन । कतै एकान्तिक त कतै साना साना फांटमा वस्तीहरु देखिउन, साना स्कुले नानीहरुलाई खल्तीवाट निकालेर चकलेट दिन पाइयोस र पाइयोस उनीहरुका सपना सुन्न । गाइ चराउदै गरेका गोठालासंग गफिन पाइयोस र पुग्न पाइयोस आफ्नै शुदुर अतितको स्मृतिमा ।
वर्खामा धान रोपेका रोपाहार हुन या घांस काट्दै गरेका घसेर्नीहरु, तिनका गुन गुन लोक भाका सुन्न पाइयोस । खेतको लहलहाउदो धानको वोट हेरेर मिठो सपना वुन्दै गरेका वृद्धको चेहेराको मुस्कान पढ्न पाइयोस र पाइयोस वर पिपलको चौतारीमा सुस्ताउन ।
स्मृतिमा पुग्दा अनेक दुष्यहरु मनको कुनामा उघ्रिदै आइपुग्छन । अर्गानिक अतितले तानेर लान्छ गांउ । लाग्छ यी व्यवसायीक आपाधापी वेकार हुन । तर वाध्यताले थिचेको छ र छन गर्नु पर्ने कामहरुको लामो सुची । हर केही महिनाको अन्तरमा पाहाड यात्रामा निस्कीनु र रिफ्रेस भएर फर्किनु कम्ती रमाइलो हुदैन । तर समयले अनपेक्षित धोका दिएको छ । यो समयमा आएर ठुला महलहरु, फराकीला वाटाहरु र हावाको वेगमा कुद्नै सवारी साधनहरु र लाभ हानीको दौडधुपमा व्यस्त हुलप्रति कुनै आकर्षण रहेन ।
रह्यो त केवल अतितका स्मृतिहरुलाई ताजगी दिने यही पंहाड र सम्मा फंटहरु, हरीया खर्कहरु र त्यही चरी रहेका गाइ वाख्राहरु । ब्राउज गर्दै जादा भेटीएको यो तस्वीरले फेरी स्मृतिमा फर्कायो । हुनत विगतलाई संझेर धेरै अक्षरहरुमा वग्ने इच्छाहरु नभएका होइनन । प्रिय पाठकहरुवाट त्यो अपेक्षा नभएको पनि होइन तर त्यसमा अनेक विषयका वावजुत समय वाधक वनेर आइदिएको छ । अनुकुल समय र वातावरणको पर्खाइमा यही जोर चौतारी र पृष्ठभूमिको कुनै शुदुर गांउ । (तस्विरः रमेश मिश्र)