आउछिन की चेली भनेर आमा दोवाटो धाएकी
तिजमा पनि विर्सेछ क्यारे गरिब माइती
सल्ला झै आमा सुसाइ रहीन एकलै कोठामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको वुटामा
१३ वर्षमा वेहुली वनेर भित्रिएको गांउको मोह मार्न नसकेर गांउमै वसेकी आमा व्यथाले च्यापेपछि २ हप्ता अगाडी एक्कासी जवर्जस्ती काठमाण्डौ आउनुभयो । सवै छोरा छोरी काठमाण्डौमा भएपनि आफ्नो स्वभाव अनुसारको गांउको मोहले वाधिएकी आमा केही दिनको उपचारपछि विस्तारै तंग्रीदै जानुभयो । आमाका गोडा लागेपछि गांउको यादले सताउछ । अनि शुरु हुन्छ कैले जानीहो के घर?
आमा यो पनि त घर हो नी । हामी सवै यही छौ, किन जानु पर्यो एक्लै टाढा विर्घा? मेरा कुनै तर्कले आमालाई जित्न नसकेपछि अव घर फर्कने शुर गर्नुको विकल्प थिएन । जीवनका धेरै वसन्त मध्ये केही वसन्त मात्र विर्घामा विताएको मलाई त त्यो शुदुर गांउको मोहले घरी घरी भक्कानो फुटाउछ ।
छोरी लाई आशिश हाल्न पाइन अन्तिम कालैमा
भन्थेनी वावा लेआशु झारी टिकाको थालीमा
त्यही आंशु टिका पठाइ दिउकी प्रभास पातैमा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको वोैटैमा
तिजको रन्कोमा चेलीवेटीको ओहोर दोहोरमा आमाको मन पनि ओहोर दोहोर हुंदो हो । मैतालुहरु सिउदो सजाएर माइतिको ढोका उघार्दा हुन । लाइव्रेरीको चउर वा अर्चले स्कुलको प्रांगणमा छमछमी नाच्दा हुन । मेरो मन यहा छैन त मेरी आमाको मन यो चार भन्ज्यागंले घेरेको खाल्डोमा कसरी अडिदो हो ।
हुन त अव मालुंगा मसुरा दिदी या असेर्दी फुपु माइती संझेर आउदैनन । फुपु हुनुहुन्न । मसुरा दिदी घर व्यथाले च्यापेर थकित हुनुहुन्छ । डल्लु दिदी या लुरा दिदीहरु नभेटेको वर्षौ भयो ।
दिगाम मावल नगएको वा लुंछेली सेनीआमा वा मौले रोमकुमारी भाउजुलाई वोलाएर तिजको मेला नभरेको वर्षौ भयो । अर्चलेको तिजमा चिसापानी जैसी कान्छीआमा नाचेको हिजो झै लाग्छ । तर कालीमा पानी धेरै वगेछ । सुगर र वुढ्यौलीले च्यापेकी कान्छीआमाले ऐले मलाई नै मुस्कीलले चिन्नुहुन्छ ।
पर्वको रौनक फरक भएका छन । तर मन फेरीएको छैन । कृष्णा अष्टमीलाई सानो तिज भनेर कम दौडिइन्थेन वनकसी डांडामा । अहिले दौडीने मानिस फेरीए । उत्साह उमंग फेरीए । तैपनि हरेक तिज आउदा उमंग भने उसैगरी आउछ ।
यता भने म काखे कम्पयुटरमा नारन गोपाल र गोपाल योन्जनको श्रृजना शुन्दैछु । नारन गोपाल अलाप लिदै छन
वल्झेछ क्यारे सुनको कांडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको वुट्टामा
Month: August 2017
तीनै प्रहर : इन्द्रेणी शहर
जीवित शहरः पाटन दरवार स्क्वायरको हवाई दृष्य ।
हप्ता दिन लामो दारी सिनित्त पारेर फल्नुको मजै वेग्लै । अझ विहानी यातायातमा चमेरामा हुल जस्ता स्कुलेहरुको चिरविर सुन्दाको थप उर्जा । ढिलो सुतेर ढिलै उठ्नुका पनि केही मजा होलान तर “अर्ली टु वेड अर्ली टु वेकअप”को मजा त्यो भन्दा कैयौ गुणा हुदो रहेछ । एका विहानै उठेर नित्य कर्म सक्नु, नजिकैको हरीयाली हेरेर कालो कफी पिउनु र झन्डै २० मिनेटको नियमीत योगा अभ्यास वाट निस्कीनु मेरो केही वर्ष देखिको दैनीकी वनेको छ । हुनतः उषाको पहिलो प्रहरमा व्युझनेहरुको दीर्घ जीवन हुन्छ भन्ने वैदिक मान्यता पनि रहेको छ ।
विहान ऊ भुर्वस्वःह …गुन्गुनाउदै राजधानीका सडक नाप्दा मजा नै वेग्लै । राती फर्कीदा भने भोली उठी कहां जाने केही थाहा छैन भन्दै नारन गोपाल गुन्गुनाउनुको स्वाद नै अर्कै । दिनभरीका आपाधापी, आ आफ्नै अपेक्षा र जीजीविषा वोकेका अनेक मानिसहरुसंगको संगतले अरु सोच्न नपाइदो रहेछ । काठमाण्डौको श्रम वजारमा शिक्षित वेरोजगारको प्रवेश पछि हामी जस्ता केही तयारी कक्षाहरुमा अनुभव वाड्नेलाई कमै फुर्सद हुदो रहेछ । त्यही फ्री समयको अभावलाई विहानका कन्चन दिनहरु र घुर्मैला सांझहरुले भुलाउनु पर्दो रहेछ ।
खुला संग्रहालयः काठमाण्डौ दरवार स्क्वायर ।
काठमाण्डौ हाम्रा लागि सपनाको शहर थियो । विद्यालयका पाठ्यक्रमका पुस्तकमा राखिएका केही तस्विर हेरेर हामी कल्पन्थ्यौ काठमाण्डौ शहर । डेनी डेन्जोम्पाको कान्छिलाई घुमाउने काठमाण्डौ शहर गीत हिट भएपछि त यो शहरको आकांक्षा अझ वढेको थियो । यो शहर हाम्रा लागि राजा वस्ने शहर थियो र थियो अनेक अवसरहरुको खानी । उच्च शिक्षाको अभिलाषा वोकेर राजधानी छिर्नेहरुको तांतीमा झन्डै डेढ दशक अघि म पनि मिसिन आइ पुगेको थिए यो विरानो शहरमा । तानसेन वाट छुटेको निलो रंगको साझा वस त्रिपुरेश्वरमा घ्याच्च रोकिए पछि तीनपांग्रे कालो वजाज ट्याम्पोले वुद्धनगर पुर्याएको थियो एक छिप्पीदै गरेको सांझमा ।
सिमित स्रोत साधन र सिमित आकांक्षा भएको मानिस भएकाले त्रिचन्द्र कलेजका दिनहरु सामान्य चले केही वर्ष ।
ग्रामिण परिवेशवाट आएको म जस्तो युवाकालगि लोकसेवा अन्तिम र एकमात्र विकल्प थियो । राजधानी छिरेको पहिलो प्रयासमै लोकसेवाले पत्याएपछि सामान्य जागिरेको हैसियत जोडिदै गयो आम ग्रामीण युवाहरुको जस्तै मेरो पनि । यसबीचमा कहिले पत्रकारिता त कहिले प्राध्यापनका अनेक अनुभवहरु मिसिदै गए ।
हुनत अनेक विकृति र विसंगतीका वावजुद अनेक अवसरको शहर हो काठमाण्डौ । अवसर लिन जान्नेहरुलाई यो शहरले दिएको पनि छ । विहानमा एउटा स्वरुपमा देखिने शहर दिउसो अर्के त रात ढलेपछि अर्कै हुदै जान्छ । शहर वुझ्नलाई यी तीनै प्रहरको स्वाद लिन जान्नु पर्दछ । मौलिक विशेषता वोकेको यो शहरका सवै प्रहरका स्वाद लिनेहरु कम छन यंहा । त्यसैले त प्रहर गुमाएका हरुको यसप्रति गुनासो पनि छ । म पनि त्यही वहुमतको सदस्य हुं ।
तर कार्तिक नाच देखि ठमेलका डिस्कोसम्म, पशुपति नाथदेखि यलो पगोडासम्म, रत्न पुस्तक भन्डार देखि पिलग्रीम र मन्डलासम्म, के एल टावर देखि मन्डला र सिल्पीसम्म, नांगा वावा देखि मार्टिन चौतारीसम्म, के एम टेस्टी मम देखि केएफसीसम्म, भृकुटी मन्डपदेखि जाराका आउटलेटसम्म यो शहर अनेक रुप रंगमा देखिन्छ ।
कलाको राजधानीः भक्तपुर दरवार स्क्वायर र न्यातपोल देवल ।
ऐतिहासिकता र आधुनिकताको समिश्रण रहेको यो शहरमा जान्नु र भोग्नु पर्ने अनेक विष्मयकारी वस्तुहरु छन । करौडो मुल्यका ल्यान्ड रोभर गुड्ने शहरमा साइकलपनि प्रसस्त दौडन्छन, भीआइपीका सवासी चल्ने शहरमा घांसका भारी वोकेका महिलाहरु पनि सडक नापी रहेका हुन्छन । केही रुपीयाकालगि हात पसार्ने देखि रोटी वाड्नेहरु प्रशस्त छन शहरमा । रुखमा ऐना झुन्ड्याएर कपाल काट्ने देखि साइकल अड्याएर सडक छेउमै सौच गर्नेहरु दुनीयाको अर्को कुन राजधानीमा देख्न पाइएला ।
शहरको मजा लिन जान्नु पर्दछ तरह तरहका टेष्ट छन यंहा ।
हजारौ डलर खर्चेर यंहाको मौलिकता र विविधताको स्वाद लिन विश्वका कुना कुनावाट मानिस यंहा आउछन । तपाई हामी वुगंमती र वागमतीको जानकारी विनै, गाइजात्रा र गठेमंगलको दर्शन विनै, कार्तीक नाच र इन्द्र जात्रा नहेरिकनै शहरप्रति पुर्वाग्रही भएका छौ । काठमाण्डौमा भएर पनि इन्द्र जात्राको दर्शन नगर्नेलाई मरेपछि पनि इन्द्रले सोध्छन भन्ने आम विस्वास छ । हामी किन कोठे भएर वस्ने? चलाउनुस खुट्टा हेर्नुस यंहाको इन्द्रेणी उठाउनुस वन्दको फाइदा ।