सल्ला झै आमा सुसाइ रहिन…

Image result for nepali typical grean villages
आउछिन की चेली भनेर आमा दोवाटो धाएकी
तिजमा पनि विर्सेछ क्यारे गरिब माइती
सल्ला झै आमा सुसाइ रहीन एकलै कोठामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको वुटामा

१३ वर्षमा वेहुली वनेर भित्रिएको गांउको मोह मार्न नसकेर गांउमै वसेकी आमा व्यथाले च्यापेपछि २ हप्ता अगाडी एक्कासी जवर्जस्ती काठमाण्डौ आउनुभयो । सवै छोरा छोरी काठमाण्डौमा भएपनि आफ्नो स्वभाव अनुसारको गांउको मोहले वाधिएकी आमा केही दिनको उपचारपछि विस्तारै तंग्रीदै जानुभयो । आमाका गोडा लागेपछि गांउको यादले सताउछ । अनि शुरु हुन्छ कैले जानीहो के घर?
आमा यो पनि त घर हो नी । हामी सवै यही छौ, किन जानु पर्यो एक्लै टाढा विर्घा? मेरा कुनै तर्कले आमालाई जित्न नसकेपछि अव घर फर्कने शुर गर्नुको विकल्प थिएन । जीवनका धेरै वसन्त मध्ये केही वसन्त मात्र विर्घामा विताएको मलाई त त्यो शुदुर गांउको मोहले घरी घरी भक्कानो फुटाउछ ।
छोरी लाई आशिश हाल्न पाइन अन्तिम कालैमा
भन्थेनी वावा लेआशु झारी टिकाको थालीमा
त्यही आंशु टिका पठाइ दिउकी प्रभास पातैमा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको वोैटैमा

तिजको रन्कोमा चेलीवेटीको ओहोर दोहोरमा आमाको मन पनि ओहोर दोहोर हुंदो हो । मैतालुहरु सिउदो सजाएर माइतिको ढोका उघार्दा हुन । लाइव्रेरीको चउर वा अर्चले स्कुलको प्रांगणमा छमछमी नाच्दा हुन । मेरो मन यहा छैन त मेरी आमाको मन यो चार भन्ज्यागंले घेरेको खाल्डोमा कसरी अडिदो हो ।
हुन त अव मालुंगा मसुरा दिदी या असेर्दी फुपु माइती संझेर आउदैनन । फुपु हुनुहुन्न । मसुरा दिदी घर व्यथाले च्यापेर थकित हुनुहुन्छ । डल्लु दिदी या लुरा दिदीहरु नभेटेको वर्षौ भयो ।
Image result for nepali typical grean villages
दिगाम मावल नगएको वा लुंछेली सेनीआमा वा मौले रोमकुमारी भाउजुलाई वोलाएर तिजको मेला नभरेको वर्षौ भयो । अर्चलेको तिजमा चिसापानी जैसी कान्छीआमा नाचेको हिजो झै लाग्छ । तर कालीमा पानी धेरै वगेछ । सुगर र वुढ्यौलीले च्यापेकी कान्छीआमाले ऐले मलाई नै मुस्कीलले चिन्नुहुन्छ ।
पर्वको रौनक फरक भएका छन । तर मन फेरीएको छैन । कृष्णा अष्टमीलाई सानो तिज भनेर कम दौडिइन्थेन वनकसी डांडामा । अहिले दौडीने मानिस फेरीए । उत्साह उमंग फेरीए । तैपनि हरेक तिज आउदा उमंग भने उसैगरी आउछ ।
यता भने म काखे कम्पयुटरमा नारन गोपाल र गोपाल योन्जनको श्रृजना शुन्दैछु । नारन गोपाल अलाप लिदै छन
वल्झेछ क्यारे सुनको कांडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको वुट्टामा

One thought on “सल्ला झै आमा सुसाइ रहिन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *