कालीगन्डकी गांउपालिका भवन विर्घामै वन्ने

Image result for new nepali building sketch
काली गन्डकी गांउ पालिकाको निर्वाचन भएको पनि झन्डै ५ महिना पुरा भएको छ । निर्वाचित पदाधिकारीहरुले कार्यभार सम्हालेको लामो समय विती सकेको छ । यसै बीचमा गांउपालिकाका कार्यकारी अधिकृत धोलकराज ढकाल पदोन्नति भई नंया जिम्मेवारी सम्हाल्न राजधानी फर्किएका छन ।
मिर्मी देखि रानीघाटसम्मको सडक विस्तार चलीरहेको छ । वर्खाको वेला कच्ची पाडी वाटो हिडीसाध्ये छैन अहीले । जिप मुस्कीलले चलेका छन । “दशैमा त क्याहो वाटो नवनाउने नआत्याओ” अर्चले शुन्दर दाई भन्दैछन । कोटाकोट जाने भासीएको वाटोको जिम्मा सेनालाई दिइएको छ । जसको सर्भे लगायतको काम पुरा भएको छ ।
यसैबीचमा काली गन्डकी गांउ पालिका भवन साविकको कालीगन्डकी ४ कट्टीवाट सरेर जाने हल्लाले त्यो क्षेत्र फेरी तात्तिएको छ । सरकारले गांउ पालिकाको भवन वनाउन तथा फर्निचर खरिदकालागि पर्याप्त वजेट व्यवस्था गरेको छ । साविकको गाविसको भवन सांघुरो भएकाले नंया भवन वनाई पुरानो भवनलाई वडा कार्यालयका रुपमा चलाउनुको विकल्प छैन ।
विर्घामा जग्गा नमिलेकाले गांउपालिका मिर्मी सार्नुपर्ने दावी सिमित व्यक्तिहरुको छ । जुन कुनै हालतमा पनि जायज देखिदैन । चन्डीभन्ज्यागंदेखि लसर्घावेसी सम्मका सेवाग्राहीलाई पायक पर्ने, पूर्वाधार विकासका कारण र जनसंख्याको अनुपातका कारण भवन निर्माणका लागि विर्घाको विकल्प देखिदैन । विर्घाको वरु भुष्टुंग, खहरे, वनकसीडांडा, कट्टी, मौला, अर्चले वा गहलाम जुनसुकै ठांउपनि उपयुक्त हुन सक्तछ ।
जग्गा नपाइएको अफवाहबीच कालिगन्डकी गांउपालिकाका अध्यक्षका प्रत्यासी शेरवहादुर थापाले दिएको जानकारी अनुसार भवन निर्माणका लागि जग्गा फेला परेको छ । जस अनुसार विर्घाको कट्टी मरेग्दामा पूर्णचन्द्र पान्डे, केशवराज पान्डे लगायतले जग्गा दिन इच्छा देखाउनु भएको हो । त्यसैगरी कट्टी स्कुल पारीको जग्गा दिन मेधनीलाल पान्डे, पूर्णवहादुर नेपाली लगायतका जग्गाधनीहरु इच्छुक देखिनुभएको छ ।
आइतवार दिउसो फोनमार्फत शेरवहादुर थापाले भन्नुभयो हामी विहानभर जग्गाको टुंगो लागाउन व्यस्त भयौ । अव जग्गा पाइएको छ । देखिएका विकल्पहरु मध्ये कुन उपयुक्त हुने टुंग्याउन मात्र वांकी छ । हामी सवै वसेर त्यसको टुंगो लगाउछौ । जग्गा पाइएन भन्नु अफवाह हो शेरवहादुर थापाले भन्नुभयो ।
अवको केही दिनमै जग्गा टुंगो लगाई जग्गा प्राप्ती ऐन अनुसार जग्गा खरिद गरिने र भवनको नक्सांकन लगायतका कामहरु अघि वढ्ने छन । जसका लागि अवको केही महिना र भवन निर्माण सम्पन्न गर्न केही वर्ष लाग्नेछ । यससंगै विर्घावाट गांउपालिकाको केन्द्र सर्ने हल्ला अन्त्य भएको छ ।

One thought on “कालीगन्डकी गांउपालिका भवन विर्घामै वन्ने

  1. खुसीको कुरा प्रस्ट संग प्रस्तुत गरिएकाे छ । हाे गाउपालिका केन्द्रकाे भवन निर्माण गर्दा सकेसम्म मुख्य बाटाेकाे नजिक निकास मिलाएर बनाउनु पर्ने हुन्छ जस्काे लागि माथि लेखमा उद्रित गरिएका जग्गाहरु उचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *