ज्ञान तिम्रो मित्र हो : शिवपुरी बाबा

फोटो काठमाडौंमा श्रीधरलाल

राजा महेन्द्रको राज्याभिषेकमा नेपाल आएका महान दार्शनिक तथा भारतका राष्ट्रपति डा. सर्भपल्ली राधाकृष्णन् विमानस्थलबाट सिधै शिवपुरी बाबा समक्ष पुगे र सोधे, “तपाईँको शिक्षाको सार के हो ?” बाबाले भने ” म तीनवटा अनुशासन सिकाउँछु… आध्यात्मिक, नैतिक र शारीरिक।” अनि डा. राधाकृष्णन् सोधे ,”समग्र सत्य यति थोरै शब्दमा?” बाबाले भने, “हो।”
शिवपुरी बाबाका शिक्षाका ति तीन अनुशासनलाई व्याख्‍या गर्न डा. राधाकृष्णन्‌जस्ता दार्शनिकलाई नै पन्ध्र मिनेटभन्दा बढी समय लागेको थियो। सन् १८२६ मा केरलाको नम्बोद्री बाहुन परिवारमा जन्मेका शिवपुरी बाबाले सारा संसारको भ्रमण गरेपछि अन्त्यमा काठमाडौँलाई आफ्नो घर बनाएका थिए।

 उनको शिक्षाका बारेमा लेखिएको पुस्तक “लङ पिल्ग्रिमेज” का लेखक जे. जी. बेनेटले सन् १९६१ मा भेटदा बाबा १३५ वर्षका भइसकेका थिए। “मेरो बारेमा होइन मेरो शिक्षाका बारेमा लेख ” भन्ने शिवपुरी बाबाले सन् १९६३ को जनवरीमा समाधि लिए। शिक्षा क्षेत्रमा लागेकाहरूलाई फाइदा पुग्ने मनसायले शिवपुरी बाबाका शिक्षा र अनुशासनसम्बन्धी विचारहरूलाई यहाँ समेटिएको छ।
सशक्त मष्तिष्कका लागि नैतिक अनुशासन आवश्यक छ र त्यससँगै कर्तव्य र उपासना। सही जीवन बाँच, परमात्माको आराधना गर, यो नै पर्याप्त छ, यसभन्दा बढी केहि गर्न पर्दैन।परमात्मामा विश्वास गर्छौ भने तिमीले परमात्मालाई नै खोज्नु पर्छ, तर तिमी केहीमा पनि विश्वास गर्दैनौ भने पनि यो देखिने संसारको पछाडि कुनै अर्थ होला भन्ने तिमीलाई लाग्न सक्छ। तिमीले त्यो अर्थ खोज्नै पर्छ र त्यसलाई बुझ्नु पर्छ।
परमात्माले तिमीसँगै ज्ञानलाई पठाएका छन्। ज्ञान तिम्रो मित्र हो। ज्ञानले चाहनासँग अवैधानिक सम्पर्क गरेर दिमागलाई जन्म दियो। दिमागले चन्चलतासँग विवाह गरेर पाँच इन्द्रियहरूलाई जन्म दियो । दिमागले फेरि आशासँग अर्को विवाह गर्‍यो र रिस र लोभ नामक दुइ छोरा जन्मायो। यसरी एउटा परिवार बन्यो र तिम्रो शरिरभीत्र बस्यो। ज्ञान र चाहना बीचको चलखेल अविद्या हो। समय समयमा दिमागले पाँच इन्द्रिय मार्फत त्रास र चिन्ताको अनुभव गर्छ अनि हडबडाउँछ र आफ्नी आमा ज्ञानसँग सहयोग माग्छ। त्यसपछि ज्ञान तिमी अर्थात आत्मासँग परामर्श लिन आउँछ आत्माले आफ्ना परिवार त्याग्न र आत्मामै समाहित हुन भन्छ। आत्मामा ज्ञान समाहित हुनुलाई नै बोध भनिन्छ।
मानिसका तीन खालका कर्त्तव्य हुन्छन् : शारीरिक, नैतिक र आध्यात्मिक। शारीरिक कर्त्तव्यमा जन्म लिनुका दायित्व पूरा गर्ने, बाँच्नका लागि कमाउने, संसारमा आफू र आफ्नो क्षमतालाई स्थापित गर्ने, आफू प्रति आश्रितहरूको हेरविचार गर्ने आदि पर्छन। नैतिक कर्त्तव्यमा आफू प्रतिको दायित्वप्रति सधै सजग रहने र चौबीसै घण्टा सत्यको खोजी गर्ने पर्छ भने आध्यात्मिक कर्त्तव्यमा परमात्माको आराधना।

तर यो पछि नै गरिनु पर्छ सबैभन्दा अगाडी त पहिला दुइ कर्त्तव्यमा ध्यान दिनु पर्छ। यी दुइ कर्त्तव्यबाट कहिल्यै पनि ध्यान हटाउनु हुँदैन। एक मिनेट मात्रै पनि यी दुइ कर्त्तव्यबाट ध्यान हटायो भने तिम्रो दिमागमा अनेकन अनुरागहरूले आक्रमण गर्न थाल्दछ। यस्ता अनुरागहरूलाई बाहिरै राख्‍न पनि सजिलै छ।तिम्रो घरमा अनेकन मानिस आउँछन्, तिमी तिनलाई चियाआदि दिएर स्वागत गर्छौ। तिनिहरू फेरि आउछन् किनकी तिनिहरूलाई तिमीले स्वागत गर्छौ भन्ने थाहा छ। तर तिमीले तिनलाई स्वागत नै गरेनौ भने तिनीहरूले तिमीलाई छोड्छन् र अन्यत्रै जान्छन्।यहाँ मेरो घरमा जस्तै। यहाँ वरपर काँडेतार लगाइएको छ मैले भीत्र आउन दिनेहरू मात्र भीत्र आउन पाउँछन्।तिमी पनि तिम्रो दिमागको वरपर काँडेतार लगाउ । शरिरका अनेकन आवश्यकताहरू हुन्छन्।

शरिरका हरेक अङ्गका सहि गतिविधिका बारेमा तिमीले थाहा पाउनु पर्छ। ति सहि गतिविधिको छनौट गर्नु पर्छ र बिना कुनै निर्देश वा भूल तिनलाई कार्यान्वयन गर्दै जानु पर्छ।अर्को कुरा दिमाग हो। दिमागमा भावनाहरूले राज्य गर्छन् तर दिमागमा तर्कको राज्य हुनु पर्छ।दिमागमा शान्ति हुनुपर्छ। एउटा कर्त्तव्य आफ्नो शरिर प्रति हुन्छ अर्को घर प्रति हुन्छ, कर्त्तव्य समाजप्रति पनि हुन्छ र कर्त्तव्य समग्र राष्ट्रका प्रति पनि हुन्छ। अर्को कर्त्तव्यचाहिँ व्यवसायिक जीवनको हुन्छ। कर्त्तव्यहरूको पालनाका लागि सबैले धन कमाउनु नै पर्छ।
कर्त्तव्यको पालना सिकाउने काम शिक्षक र अभिभावक दुवैको हो।दुवैले त्यसै अनुसार तयारी गर्नु पर्छ। बालबालिकालाई पाँच वर्षको उमेर देखिनै कर्त्तव्य पालनाका शिक्षा दिइनु पर्छ, उनीहरूको दिमागले कारणहरू सोच्न थाल्नुभन्दा अगाडी देखिनै।
शरिर प्रतिको कर्त्तव्यको पालना शरिरको आवश्यकताको अध्ययन गरेर गर्नु पर्छ।खाने काम पनि शरिरलाई ठिक ठाउँमा राख्‍नका लागि मात्र हुनु पर्छ।यसैगरी सुत्‍ने हेर्ने छुने दिसापिसाव गर्ने आदि सबै कर्त्तव्यको पालना शरिरलाई ठिक ठाउँमा राख्‍नका लागि तोकिएको समयमा र बिना कुनै गल्ती गरिनु पर्छ।यी सबै कुरा बालबालिकालाई सिकाइनु पर्छ। उनीहरूलाई यी सबै कुरा स्पष्ट पार्नु पर्छ र उनीहरूले गल्ति गरे भने तिमीले त्यो गल्ती औल्याउनु पर्छ।
यस्ता कुरा अभ्यासमा भर पर्छ। मैले तिमीलाई चिया बनाउन भने । तिमीले बनायौ तर त्यसमा गल्ति भएको हुन सक्छ र सहि स्वाद नआएको हुन सक्छ। चिनि धेरै भएको हुन सक्छ, रङ्‌ग कडा भएको हुनसक्छ।आज गल्ती पत्ता लगाउ समाधान भोलि हुन्छ। भोली तिमीले फेरि गल्ति गर्न सक्छौ पर्सि समाधान निक्लन्छ । यसैले एउटा कुरालाई लामो समयसम्म नियमित अभ्यास गर्दै गए पछि तिमीले सहि स्वाद पाउछौ र तिमी त्यसैलाई निरन्तरता दिन सक्छौ।यसरी नै तिमीले आफ्ना कर्त्तव्यको अध्ययन गर्नु पर्छ । जबसम्म सहि उत्तर पाइदैन हामीले काम दोहराउदै जानुपर्छ, हिजोका गल्तीहरूलाई आज सुधार गर्दै जानु पर्छ ।
तिमी कति चाहन्छौ भन्ने कुरा पहिल्यै निधो गर। कति साथी चाहिन्छ, कति मानिसलाई भेट्नु पर्छ, परिवारसँग बाँच्नका लागि कति कमाउनु पर्छ, राजनीति पत्रकारिताजस्ता विषयमा सोच्न र कुरा गर्न कति समय दिनु पर्छ, कति खाने कति पिउने र कति मनोरञ्जन तिमीलाई चाहिन्छ ति सबैको पहिले नै निधो गर र त्यस अनुरूप नै आफूलाई ढाल। आफूले तोकेको सीमाभन्दा बढी कहिल्यै जान नदेउ।
सत्यको अनुभूति गर्न जीवनलाई त्याग्नु पर्छ तर जीवनलाई त्याग्नुको अर्थ जङ्गल तिर वा गुफामा जानुमात्र होइन। बुद्धले पनि बोधिसत्व प्राप्ति पछि त्यसो गर्न आवश्यक नभएको वताएका छन्। सहि जीवन बाँच्ने हो भने घरमै बसेर पनि सत्यको अनुभूति गर्न सकिन्छ। जीवन त्याग गर्नु भनेको नाम, ख्‍याति र मनोरञ्जनका चाहनाहरूलाई त्याग्नु हो।
दृढ सङ्‌कल्प
समुन्द्रको किनारामा एउटा बदाम जत्रो सानो चरा बस्थ्यो। समुन्द्रतटमा उसले फुल पार्थ्यो तर सधै समुन्द्रको छालले उसको फुल बगाइदिन्थ्यो।सधै यस्तो भए पछि त्यो चरो साह्रै रिसायो।आफ्ना फुलहरू फेरि पाउनका लागि उसले समुन्द्र नै सुकाउने योजना बनायो । दृढसङ्‌कल्पका साथ उसले योजना बनायो र समुन्द्रमा आफूलाई भिजाउँदै टाढा गएर आफ्नो जीउबाट पानी फाल्दै सुकाउन थाल्यो। यो काम उसले नियमित र निरन्तर गर्दै गयो।उसको काम देखेर उ जस्तै अर्को चरो आयो के गरेको भनेर सोध्यो। चराले समुन्द्रमूनि रहेका आफ्ना फुल लिनका लागि समुन्द्रनै सुकाउन लागेको वतायो। अर्को चराले पनि आफ्ना फुल लिनका लागि त्यसै गर्न थाल्यो। ति चराहरू एक पछि बढदै हजारौ भए अनि लाखौ र समुन्द्रनै सुक्यो।

(जे. जी. बेनेट र ठाकुरलाल मानन्धरद्वारा लिखित तथा सन् १९६५ मा प्रकाशित “लङ पिल्ग्रिमेज” मा आधारित)

गान्धीजीको सम्झना

तुलसीमेहर श्रेष्ठ

Letter Revealing How Gandhi Really Felt About Christianity Is Sold …

गान्धीजीको आश्रममा थरीथरीका कार्यकर्ता थिए । केही खास मानिसलाई गान्धीजीको निजी सहायक भन्न सकिन्थ्यो । तीमध्ये भाइ कृष्णदास विशेष स्थान राख्नुहुन्थ्यो । उहा“ले गान्धीजीको निजी काम गर्ने जिम्मा पाउनुभएको थियो । गान्धीजीको सुत्ने-बस्ने ठाउ“ सफा गर्ने, दतिवन तयार गर्ने, सा“झ कोठामा कुचो लगाउने, खानेपानी राख्ने, लेखपढका सामान सब तयार गरिदिनुहुन्थ्यो । म यो सबै नियालेर हर्ेर्थे“ं । यिनीहरूमध्ये कुनै पनि काम कठिन थिएन । मौका पाए मैले पनि गर्न सक्थे“ । एकदिन कृष्णदाससंग एकान्तमा कुरा गरे“ । मैले कृष्णदासलाई आफ्नो इच्छा बताए“ । म बडो मुस्किलले भए पनि आश्रम पुगिसकेको थिए“ । गान्धीजीको छेउछाउ रहन्थे“ । तर मेरो जिम्मामा गान्धीजीको खास काम थिएन । ममा कृष्णदासजीजस्तो पात्रता र योग्यता पनि थिएन । बापुजी -गान्धीजीलाई गरिने प्रिय सम्बोधन) कृष्णदासजीको सेवालाई ‘मातृऋण’स“ग तुलना गर्नुहुन्थ्यो । बापुले सबैका सामुन्ने कृष्णदासलाई आफ्नी आमास“ग तुलना गरेको हामी सबैले देखे-सुनेका थियौं । मैले उनै कृष्णदासलाई आफ्नो मनको धोको भने“, गान्धीजीको कोठा सफा गर्ने, दतिवन बनाउने, पिकदानी राख्ने काम म पनि गर्न सक्छु । कृष्णदास यी सबै र अरू काम पनि एक्लै नै गर्नुहुन्थ्यो । मैले यिनै काममा कृष्णदासलाई सघाउने आफ्नो इच्छा विन्ती गरे“ । कृष्णदासजी अनुसार यस्ता नितान्त व्यक्तिगत काम गर्न गान्धीबाटै अनुमति लिनुपर्ने बताउनुभयो । त्यो ठीकै थियो । सा“झ खाने बेला एकान्त पाएर कृष्णदासले गान्धीजीलाई सबै कुरो भन्नुभएछ । त्यतिन्जेलमा गान्धीजीले मलाई सामान्य रूपमा देखिसक्नुभएको थियो । म नेपालबाट पुगेको हु“ भन्ने समेत गान्धीजी सूचित हुनुहुन्थ्यो । महात्माजीले त्यो केटो वेशै जस्तो छ, उसले तिमीलाई सघाउन खोजेको हो भने त्यो राम्रो होे भन्नुभएछ । भोलिपल्ट कृष्णदासजीले यो खुसीको समाचार मलाई सुनाउनुभयो । अब तिमी बापुको काम गर्ने भयौ भन्नुभयो । कृष्णदासजीले त्यसैबेला मेरो तत्कालीन कामको टुङ्गो लगाइदिनुभयो । त्यस दिनदेखि हामी दुवैले मिलेर गान्धीजीको कोठामा कुचो लगाउने, कागजपत्र मिलाउने गर्न थाल्यौं । तर म अरू पनि काम गर्न चाहन्थे“ । अरू कसैको दृष्टि नपुगेको काम गर्न पाए हुन्थ्यो जस्तो लाग्यो । मैले त्यसैदिन कृष्णदासजीमा आफ्नो यो भावना जाहेर गरे“ । कृष्णदासले एकछिन सोच्नुभयो । अनि उहा“ले एउटा कुरा राख्नुभयो ।

गान्धीजी राति दर्ुइ-तीनपटक पिसाब फर्ेन अवश्य उठ्नुहुन्थ्यो । बाहिर पिसाब फर्ेन जानुहुन्थ्यो । त्यसबेला अ“ध्यारामा कसैले उहा“लाई लालटिन लिएर उज्यालो देखाइदिए वेश हुने थियो भन्ने कृष्णदासजीको मनमा रहेछ । तर फेरि गान्धीजी कति बेला उठ्ने, कति बेला जाने, के ठेगान – जाग्राम बसेर गान्धीजी उठ्ने घडी कर्ुर्ने कुरो पनि थिएन । कृष्णदासजीले मलाई यो कुरो विस्तारमा भन्नुभयो । अझ तिमीले जागेर उठ्ने काम गर्दै नगर्नु भनेर चेतावनीसमेत दिनुभयो । तर आफूखुसी उठेको समय पर्छ भने लालटिन लिएर बापुलाई बाटो देखाइदिनु, त्यसनिम्ति जागै बस्ने गल्ती भने नगर्नु भन्ने कृष्णदासको स्पष्ट निर्देशन थियो ।

गान्धीजी कोठाभित्र कहिल्यै सुत्नु हु“दैन्थ्यो । गर्मीमात्रै होइन, जाडोमा समेत बाहिरै खुल्लामा सुत्नुहुन्थ्यो । उहा“का छेउछाउमा सुत्ने दर्ुइ-तीनजना सहायक छ“दै थिए । गान्धीजीको सुत्ने छेउछाउमा एउटा सानो ढुंगे चौतारो थियो । मैले त्यहीं सुत्ने अठोट गरे“ । त्यहा“बाट गान्धीजी सुते-उठेको देखिन्थ्यो । आफू राति उठ्दा छेउछाउका मान्छेको न्रि्रा नखलबलियोस् भन्नेमा गान्धीजी बडो र्सतर्क हुनुहुन्थ्यो । राति उठ्दा उहा“ले लगाउने खराउ रबरको तलवा राखेर बनाइएको थियो । गान्धीजीले उठेर पिसाबखाना जा“दा हल्का बर्को ओढ्नुहुन्थ्यो । गान्धीजीको खराउ वा बर्कोको सप्कोबाट धेरै खलमल हुने कुरो थिएन । त्यसमाथि गान्धीजीको त्यत्रो र्सतर्कता † तैपनि के भएको हो कुन्नि, त्यस्तो सूक्ष्म आवाजबाट पनि पहिलो दिनमै गान्धीजी चलमलाउनासाथ मेरो न्रि्रा टुट्यो । म आफैं छक्क परे“ । तर यस्तो पहिलो दिनमात्रै भएन । अब प्रत्येक रातजस्तो गान्धीजी चलमलाउनासाथ म झट्ट उठ्थे“ । कुनै अज्ञात प्रेरणाले जगाएको जस्तो हुन्थ्यो । मैले कोसिस गरेर जागेको हु“दै होइन । प्रत्येक रात म आफसेआफ जागे“ । गान्धीजी उठ्नासाथ म तयार रहन्थे“ । लालटिन उकासेर उहा“लाई बाटो देखाउन पुगिहाल्थे“ । यसरी तीन-चार महिना बित्यो । एकदिन गान्धीजीले मलाई सोध्नुभयो । होइन तुलसीमेहर, तिमी त मेरो सेवा गर्दागर्दै सुत्दै-सुतेनौ जस्तो छ । यसो हो भने बिरामी पर्र्छौ । तिमी बिरामी परेको आश्रम निम्ति एउटा नया“ बोझ उत्पन्न हुनेछ । तिमी यसरी जाग्ने नगर † खासमा गान्धीजी मात्र होइन, त्यसरी उठेकामा म आफैं पनि छक्क परेको थिए“ । तर मेरो उठ्नेक्रम छुटेन । यसरी केही महिना बित्यो । गान्धीजी आफ्नो ओछ्यानबाट उठ्नलाग्दा सामु खडा भइसक्थे“ । एकदिन गान्धीजीले फेरि भन्नुभयो- अब त अचाक्ली भयो । म खप्न सक्दिन । तिमीले आफ्नाउपर अत्याचार गरिरहेका छौ, ‘जर्ुम’ गरिरहेका छौ । यो पत्याइनसक्नुको कुरो छ । म उठ्नासाथ तिमी यसरी जागा भेटिने कुरो कसरी सम्भव हुनसक्छ – गान्धीजी केही क्षुब्ध बुझिनुहुन्थ्यो । मलाई ठूलो डरले छोप्यो । गान्धीजीस“ग त्यस्तो डर मलाई जिन्दगीमा अघिपछि भएन । मेरो शरीर र हात का“पे, तर मैले फेरि विशेष विनय गरेर आफ्नो कुरा भने“ † जो भएको सत्य भने“ । म रातभरि जागेको छ“दै छुइन । म कोसिस गरेरसमेत जागेको होइन । यो अनायास भइरहेको छ । न्रि्रासमेत बिग्रिएको छैन । यस्तो कसरी मलाई हुन्छ, आफैैंलाई थाहा छैन । यही सत्य हो । गान्धीजीले हारेजस्तो भएर भन्नुभयो- त्यस्तो भए भगवानै जानुन् † त्यसरी मेरो जाग्ने क्रम यथावत रह्यो । मेरो स्वास्थ्य पनि बिग्रिएन । म गान्धीजीका अरू दिनचर्यामा पनि सामेल हुनथाले“ ।

गान्धीजीका थुप्रा संस्मरण छन् । ती सबै भनिसाध्य छैन । तर यो समयमा एउटा विशेष प्रसंग बताउन चाहन्छु । एक दिनको कुरो हो । राति म गान्धीजीको गोडामा तेल लगाउ“दै थिए“ । गान्धीजीकी धर्मपत्नी माता कस्तूरवा पनि त्यहीं हुनुहुन्थ्यो । कस्तूरवाले गान्धीजीलाई एउटा घतलाग्दो कुरा भन्नुभयो- तपाईंका समिप दिनभरि विभिन्न किसिमका मानिस, विभिन्न थरीका समस्या लिएर आउ“छन् । तपाईं सबैको आध्यात्मिक, सामाजिक र पारिवारिक घर झगडासमेतको प्रसंग बुझनुहुन्छ । समाधानसमेत गरिदिनुहुन्छ । मानिस चित्त बुझाएर जान्छन् । म भने तपाईंकी धर्मपत्नी हु“ । मेरा दिदी-बहिनीसमेतलाई लाग्दो होला, अहो † कस्तूरवा त दिनरात बापुस“ग बस्छिन् । त्यो उसको अहोभाग्य हो भन्दाहोलान् । कतिले तर् इष्र्या पनि गर्दाहोलान् । तर तपाईंस“ग भने मेरो मनको कुरा सुन्ननिम्ति पा“च मिनेट पनि भेट्दिन । दिनभरि तपाईं आफ्नै किसिमका मानिससित घेरिएर बस्नुहुन्छ । के यो ठीक भयो – बापुजी मुसुक्क हा“से पनि गम्भीर भने हुनुभयो । गान्धीजीले भन्नुभयो- हो, मबाट यो गल्ती भएकै हो । मैले यसलाई सच्याउनर्ैपर्छ । लौ भन म तिमीलाई कुन समय दिउ“ र कति समय दिउ“ – विचरा कस्तूरवा बोल्न त बोलिहाल्नुभयो, तर फेरि आफैं तर्सिएजस्तो हुनुभयो । सार्‍है सोझी र असल हुनुहुन्थ्यो कस्तूरवा । उहा“लाई यो कुरो मैले अनाहक उठाए“ भन्ने परिसकेको बुझिन्थ्यो । तुरुन्तै उहा“ले आफूले भनेको आफैं खण्डन गर्न थाल्नुभयो । तपाईंलाई मैले यो भन्ने कुरा थिएन । तपाईं दिनरात काम गर्ने, आफैं समयको अभावले ग्रस्त हुनुहुन्छ । रातिसमेत ठीक्कसंग सुत्नुहुन्न । बिहानदेखि सुत्ने बेलासम्म विभिन्न थरीका मानिसको चित्त बुझाइरहनर्ुपर्छ । मैले यो कुरा बित्थामा उठाए“, भो मलाई समय दिनु पर्दैन ।

अब बापुजीको पालो थियो । गान्धीजीलाई सबैले प्रेमले बापु भनेझैं कस्तूरवालाई भने बा भन्ने चलन थियो । बापु पनि कस्तूरवालाई बा भन्नुहुन्थ्यो । गान्धीजीले भन्नुभयो- बा, तिमीले अब समय लिनर्ैपर्छ । तिमीले त मेरो गल्ती औंल्याएको मात्र हो † अब म यो गल्ती सच्याएरै छोड्छु । म तिमीलाई समय दिन्छु । तिमीले लिनर्ैपर्छ ।

गान्धीजी राति सुत्ने बेलामा टाउकोमा बदामको तेल लगाउनुहुन्थ्यो । घु“डाभन्दा मुन्तिर भने नरिवलको तेल लगाउनुहुन्थ्यो । गान्धीजीले बालाई भोलिपल्टदेखि आफ्नो टाउकोमा बदामको तेल लगाउन अनुरोध गर्नुभयो । गान्धीजीले भन्नुभयो- बा, भोलिदेखि अरूले मेरो टाउकोमा तेल लगाउन पाउने छैन । तिमीले नै लगाउनर्ुपर्छ । त्यतिबेला हामी ढुक्कसंग कुरा पनि गरौंला । तिमी आफूखुसी कुरा गर्नु । तिमीले आफैं नभ्याएको र नसके मात्र अरू कसैलाई तेल लगाउन पठाउनु तर अब मेरो टाउकोमा तेल लगाउने-नलगाउने त्रि्रो जिम्माको कुरा भयो । यो क्रम यसरी नै चल्न थाल्यो । गान्धीजीलाई त्यस्ताबेला पनि मान्छेले विरलै छाड्थे । कहिलेकाहीं बाहिरिया मान्छे नहु“दा मनका कुरा भन्न थाल्नुहुन्थ्यो । दिनभरिको कठिन दिनचर्याबाट थाकेका गान्धीजी उ“घ्न थाल्नुहुन्थ्यो । बा कुरा त सुरु गर्थिन्, गान्धीजी उ“घ्दै हु“हु“ गर्न थाल्नुहुन्थ्यो । कहिले पनि पूरा कुरा भएको बुझि“दैन्थ्यो । तर मौका र समय भने सुरक्षित थियो । यसरी नै दिन बित्दै गए ।

एक दिनको कुरो हो । म गान्धीजीका पाइतालामा तेल लगाउ“दै थिए“ । कस्तूरवा अलि ढिलो आइपुग्नुभयो । आउनासाथ कपालमा बदामको तेल लगाउन थाल्नुभयो । उ“घ्दै गरेका बापुले ए बल्ल आइछौ भन्नुभयो । कस्तूरवाले पनि हो आए“ भन्नुभयो । त्यसपछि गान्धीजीले बडो मधुर स्वरमा भन्नुभयो, यस्तो ढिलो हु“दा तिमीले अरू कसैलाई तेल लगाउन पठाइदिनुपथ्र्यो । तिमीलाई फर्ुसद नहु“दा अरूलाई पठाउ“दा हुन्छ भनेर भनेकै हो † मलाई न्रि्राले छोपिसक्यो । तिमी आइनौ, यतिबेरसम्म के गर्दैथ्यौ – अरूलाई पठाइदिएको भए हुन्थ्यो † कस्तूरवाले आफ्ना कुरा भन्नुभयो । यो काम र समय अरूलाई दिन चाहन्न । आज अलि त्यस्तै पर्‍यो । छोरो रामदास भोलि बर्म्बई जा“दै थियो, उसलाई मनपर्ने खाजा बनाउन आफैं लागे“ । उसले के खान्छ, त्यो मलाई नै थाहा थियो । त्यो काम मैले नै गर्नुपर्ने थियो । गान्धीजीले उत्तर दिनुभयो- तिमीले आश्रमका बिरामीको देखभाल गर्ने जिम्मा लिएको छ । पाहुनाहरूलाई पनि हर्ेर्ने तिमी हौ । फेरि तिमीले आफ्ना लुगाफाटानिम्ति चर्खा चलाउनर्ैपर्छ । फेरि कतिबेला सुत्छौ – शरीरलाई न्रि्रा र विश्राम पनि चाहिन्छ । यसरी त तिमी बिरामी पर्र्छौ । रामदासका निम्ति उसलाई मीठो लाग्ने कुरो भनेर फर्माइसी बनाउने खा“चो थिएन । आखिर रामदास पनि आश्रमवासी हो । उसमा र तुलसीमेहरमा के फरक छ – अब कुन दिन तुलसीमेहर नेपाल जान्छन्, उसको खाजा पनि बनाउछ्यौ – त्यस्तै अर्को आश्रमवासी अन्त कतै जाला, सबैको खाना तिमीले बनाएर कहा“ साध्य हुन्छ र – गान्धीजीको यस्तो जिकिर सुनेर एकछिन त कस्तूरवा चुप हुनुभयो । तर फेरि चुप रहन सक्नुभएन । उहा“ले पनि आफ्ना कुरा राम्ररी भन्नुभयो । कस्तूरवाले भन्नुभयो- तपाईं पो महात्मा हुनुहुन्छ । म त महात्मा होइन । म एक आमा हु“ । रामदास मेरो आफ्नै पेटबाट जन्मिएको छोरो हो । म उसलाई र अरूलाई एकै दृष्टिले हर्ेन सक्छु भनेर दाबा गर्न सक्दिन । सबैका निम्ति मैले खाजा बनाउन मिल्दैन । आफूले नौ महिना पेटमा राखेर गुहुमुत गरेको छोरोको कुरो बेग्लै हो । अब यसका लागि तेल लगाउन ढिलो गरे भनेर गुनासो नगर्नुहोस् । गान्धीजीले स्वरलाई अझ मधुर बनाउनुभयो । उहा“ले भन्नुभयो, यस आश्रममा आएका अरू लड्का-बच्चाहरूलाई हेर । यी को हुन्, कहा“बाट आए – कुन भावनाले यस आश्रममा आए – तिमी र मनिर किन आए । यीमध्ये प्रत्येकका आमाबाबु छन् । घरद्वार छ । तर यी सबै छाडेर हामीस“ग बस्न आएका छन् । आफ्ना मातापिताभन्दा तिमीलाई र मलाई माया गरेको देखिन्छ । आफ्नो घरमा यिनीहरूलाई पनि अवश्य धेरै सुख थियो । यहा“ आएर यिनीहरू भुइ“मा सुत्छन् । रूखासुख्खा खान्छन् । अनि हामीले आफ्ना छोरा भनेर देवदास वा रामदासलाई यिनीहरूभन्दा छुट्याउनु, मीठो पकाउनु वा पृथक व्यवहार गर्नु कहा“सम्म ठीक हो – तिमी आफैं भन । तर यसपटक पनि बा मान्नुभएन । बाले जवाफ त दिनुभयो † म आफ्ना छोरा र अरूलाई एकै दृष्टिले हर्ेन सक्दिन । म अरूलाई पनि माया गर्ने कोसिस गर्न सक्छु । अरूलाई माया गर्दिन होइन, तर आफ्ना छोरा र तुलसीमेहरलाई एउटै दृष्टिबाट हर्ेर्छर्ुुन्ने दाबा गर्न सक्दिन । म महात्मा भएको छैन † हुन पनि सक्दिन । तर यति सुनेर पनि गान्धीजी चुप लाग्नुभएन । अन्य तर्क र उदाहरण दिएर एकछिन कुरा गर्नुभयो । आफ्ना भावनालाई जितेर भए पनि कस्तूरवाले सबै आश्रमवासीस“ग एकनासको व्यवहार गर्ने कोसिस गर्नुपर्छ भन्ने गान्धीजीको आग्रह कायम रह्यो । त्यसरातको त्यो छलफल निष्कर्षीन रह्यो † तर कस्तूरवाले म लगायत केही व्यक्तिको खाजा भने जाने बेला बनाउनैपर्‍यो । म महात्मा गान्धीजीस“ग विदा भएर नेपाल आउ“दा कस्तूरवा आफैंले बनाउनुभएको खास किसिमको गुजराती रोटी लिएर आएको थिए“ । त्यसको प्रसंग पनि यथास्थानमा भनौला †

म आश्रममा १९२१ देखि १९२५ सम्म लगातार गान्धीजीको सामिप्यमा बसे“ । कांग्रेसका बैठक र जलसामा चर्खा कटाइ-धुलाइ-बुनाइको पर््रदर्शनीमा संलग्न रहन्थे“ । पछि गान्धीजीस“ग सरसल्लाह गरेर नेपाल फर्किए“ । त्यसको बेग्लै कथा छ । त्यो पनि बेलामा भनौला ।

पैदलै हिंडी- रानीघाट र रिडी

अक्टोवर २९, २००७ मा साबिकको विर्घा व्लगसममा प्रकाशित यो सामाग्री अर्काइभवाट लिइएको हो । समय, मात्र होइन यससंग जोडिएका स्मृतिहरु वाहेक सबै परिवर्तन भइसकेको यो पुरानो प्रशंग शंझनाका लागि !

Shreenagar Tansen Palpa Nepal: पाल्पा रानी घाट …

जमरा सेलाउने पुर्णीमाको भोलीपल्टका घाम अरुदिन भन्दा तेज थिए । यसै दिन हाम्रो नंया ट्रेकिङ रुट पहिल्याउने यात्रा तय हुदै थियो । यात्रामा मेरा मित्र तथा पुल्चोकवाट सिभिल इन्जिनियरिङमा स्नातक सक्दै गरेका भाइ रमेशले साथ दिने भएका थिए । हाम्रो यात्राको गन्तव्य काठमाण्डु भएपनि नंया ट्रेकिङ रुट पहिल्याउन हामी दत्त चित्त थियौ । यो रुटको विकास गरी पर्यटक भित्र्याउन सके दुर्गम मानिएका यी गांउमा पनि विकास हुने र जनताको जीवनस्तर उठ्ने हाम्रो सपना थियो । अत्यन्तै संभावना युक्त भएर पनि मिर्मी, सेदिवेणी, आलमदेवी, रानीघाट, छेर्लुङ हुदै अर्गली निस्कने रुट सधै ओझेलमा परेको थियो ।

यसैको संभाव्यता अध्ययनकालागि निर्धारित हाम्रो यात्रा कष्टपुर्ण भएपनि लक्ष्यसाथ तय भएकाले रमाइलोपनि उत्तिकै थियो । ९ गते षष्ठीको विहान सवा सातवजेतिर रमेशले मलाइ व्युझाए । आमाले केही खाएर हिडिदिए हुन्थ्यो भन्ने वात्सल्यता देखाउदा देखाउदैपनि आलमदेवीको पनि दर्शन गर्ने तय भएकाले केही वोल्न सकिरहनु भएको थिएन । सहरमा रुपान्तरण हुदै गएको मेरो गांउमा सवारी साधनको निकै चहलपहलका बिच काठमाण्डौ आउनपनि हामीले उल्टो गन्तव्य चुनेकोमा केही लाल वुझक्कडहरु छक्क परेका थिए । विहानको करिव ८:३० वजे हामी झोला भिरेर लाग्यौ उकालो यात्रामा । नंया ठांउको यात्रा गर्नु कुनै गहकिलो पुस्तक पढ्नु जत्तिकै हो भन्ने मान्यतामा विस्वास गर्ने भएकाले होला यात्रा रमाइलो र स्मरणीय हुने कुरामा म ढुक्क थिए । रमेशसंग त ट्रेकिङकालागि फिट हुने रुक्स्याक रहेछ, म भने अफिसियल हुन सुहाउने व्याग वोकेर यात्रामा लागेको थिए ।

शाहवंशको कूल मन्दिर आलमदेवी …

यात्रामा ड्राइ फुड उपयुक्त हुने भएपनि छोटो यात्रा भएकाले हामी त्यसको जोहो. गर्नु पट्टी लागेनौ । यद्यपि खल्तीभरी चकलेट वोक्ने र यात्रामा भेटिएका वालवालिकालाइ वाड्दै उनीहरुसंग भालाकुसारी गर्ने पुरानो वानीलाइ मैले यसपटकपनि निरन्तरता दिएको थिए । वैघा भन्ज्याङ करिव एक घन्टाको उकालो चढाइमा उक्लिएपछि हामीले डांडामा केही वेर थकाइ मार्यौ । शिखरवाट धित मरुन्जेल तस्विर लिने हाम्रो रहर भने मौषमको कारण पुरा भएन । घाम तेज लागेपनि तुवालो हाम्रो वाधक वनेर आइलाग्यो ।

वैघा भन्ज्याङमा केही वेर पिङ खेलेपछि हामी लाग्यौ आलम तर्फ । साथमा पानीपनि नभएकाले मुख सुकाउदै एक घन्टा हिडेर पुगियो – आलमदेवी । मेरो घर गांउ नजिकैको मन्दिर परिचित भएपनि समयक्रममा भएका परिवर्तनहरु हृर्ने मेरो इच्छा थियो । आलमको डांडोमा रिसोर्ट वनाउन नसकेपनि एउटासम्म गेष्ट हाउस वनाउन सके यंहाको टुरिजम डेभलपमेन्ट हुने कुरामा शंका गर्न सकिन्न । यो रमणीय डांडोमा रात विताउन पाए देश देशावरवाट आउने पर्यटकहरु कति खुसी हुन्थे होलान । सांझको जुनमा मायालुका हात समाउदै लसर्घा डांडो नाप्न पाए उनीहरुले आफुलाइ कति भाग्यमानी संझिदा हुन ।

Rastrabani.com | 'माघे संक्रान्ति' र रुरु …

विहानको सिरेटोमा रानीघाट दरवार र विर्घाको फांटलाइ क्यामेरामा कैद गर्न पाए उनीहरुले संसार जितेको महसुस गर्दा हुन । यस्तै तर्कना मनमा खेलादा खेलाउदै हामी पुगियो लसर्घा डांडामा । जंहा विक्रमको १९९५ देखि राजा जैन खांनको किल्लाको रुपमा रहेको पिठ शैलीको मन्दिरमा आलमदेवी रहेकी छिन । आलमदेवीको मन्दिर पिठ शैलीको छ । जसको आधुनिक निर्माण राजा विरेन्द्रका पालामा विक्रमको २०३७ मा सरकारी सहयोग तथा जनश्रमदानका आधारमा वनाइएको हो । आलममा पानीको समस्या सधैभरी उत्तिकै छ । धेरैले धेरै आश्वासन दिएपनि यंहाको खानेपानी समस्या सधैको गुनासोको विषय वनेको छ ।

आलमदेवीको दर्शनपछि हामीले केही समय खानाकालागि पर्ख्यौ । स्थानीय मोहन रानाकोमा खानापकाउन लगाएर हामी केही समय टहल्नमा वितायौ । लोकल स्वादमा मोहन रानाकी श्रीमतिले खुवाएको आंपको अचार र लर्केको दालसहितको भातले ज्रि्रो जगायो । खानापछि ढिला नगरी हामी ओर्लियौ सटुका हुदै रानीघाट तर्फ । राजा खड्ग शसमशेरले आफ्नी प्राण प्यारी रानीको स्मृतिमा वनाएको रानीघाट दरवारलाइ मुगल सम्राट अकवरले वनाएको ताजमहलसंग तुलना पनि गरिन्छ । रानीघाटमा रहेको स्याङजा र पाल्पालाइ जोड्ने पुल पार गर्दै हामी पुग्यौ रानीघाट ।

तानसेनमा भ्रमण बर्षको शुभारम्भ …

रानीघाटको वाटो विगतमा धेरै पटक ओहोर दोहोर गरेपनि धेरै समय नहिडेकाले मलाइ नौलो लागिरहेको थियो । रानीघाटमा रहेको सानो वजारमा विगतमा जस्तो चहलपहल थिएन । जुम्रा मार्दै वसेको महिलाहरुको हविगत हेर्दापनि रानीघाटको व्यापार खस्केको कुरा कसैलाइ सोध्नै नपर्ने गरी छर्लङ थियो । रानीघाटपछि हामी करिव डेढ घन्टाको हिंडाइमा पुग्यौ पाल्पाको छेर्लुङ । कोजाग्रत पुर्णीमा हिजै सकिएपनि तिथीको घटवढका कारण धारा पिपलमा रहेको विद्यालय प्राङगढमा सराए नांच चलेको रहेछ । स्थानीय युवाहरुले तरवार लिएर वाख्खै भन्दै नांचेको नांच मैले जीवनमा पहिलो पल्ट हेर्दै थिए ।

ठुलो मेलाका साथ चलेको नांचमा केही युवायुवतिहरु मादलुको तालमा माया चन्चले गांउन व्यस्त थिए । मित्र रमेशले पिङ खेल्ने रहर गरेपछि हामीपनि परिचित झै पिङ खेल्न लाग्यौ पिपल तर्फ । पाहुनाको सम्मान गर्न नसिकेको स्थानीय युवाले पालो नदिएपछि हाम्रो पिङ खेल्ने रहर भने अधुरै रह्यो । मेरो ध्यान पिङतिर गएको मौकामा रमेशले भने केही युवतिसंग वात मार्न भ्याएछन ।

केही समय छेर्लुगंमा विताएपछि हामी तेर्सियौ अर्तुवा तिर । त्यसदिनको वास अर्तुवा वस्ने निधो भएपनि सानो गांउ भएकाले हामी अर्गली नै पुग्ने निधोमा लाग्यौ । भ्खरै डोजर हिडेको कच्ची मोटरवाटो हुदै हामी लाग्यौ अर्गली तर्फ । साझ झपक्कै भएपनि पुर्णिमाको आशपास भएकाले जुनको रछायामा हामी वेलुका आठवजे पुग्यौ अर्गली । वासको राम्रो व्यवस्था नभएपछि हामी लाग्यौ अर्गलीकै देउराली वजारतर्फ ।

देउराली वजारमा वास खोज्दै जांदा भेटिए माओवादीका नेता नेत्र पाण्डे । भुमिगतकालमा चर्चा वटुलेका नेत्र फरासीला भएपनि मार्सल आर्टका खेलाडी भएकाले हाउभाउमा त्यो कुरा प्रष्टै आउदो रहेछ । माओवादीको भुमिगतकालमा ख्याति कमाएका नेत्रसंगको भलाकुसारी पछि हामीले वास पायौ नेत्रकै दाजु नित्यानन्द पाण्डेकोमा । रक्सी खाने स्थानीय युवाको आलोचनामा मग्न नित्यानन्दले हाम्रा आंखा छलीछली मदिरा सेवन गरेको रमेशले फेला पारी छाडे ।

Shot.

स्थानीय क्लवले रात्रीकालागि आयोजना गरेको सास्कृतिक कार्यक्रम हेरन उनै नित्यानन्दको साथ लागेर हामी लाग्यौ श्रमैश्वरी भगवतीको मन्दिर तर्फ । ठुलो जनसमुहको उपस्थिति रहेको कार्यक्रममा मदिरा सेवन नगरेका भने विरलै भेटिए । अर्गली मदिरामा मस्त रहेको निष्कर्ष निकालेर कार्यक्रम चल्दै गर्दा हामी फर्कियौ सुत्न । हिन्दी गितका क्यासेट लगाएर नाच्ने कार्यक्रमले हामीलाइ त्यति रोचकता दिन भने सकेन । यद्यपि स्थानीय वुढा वुढीहरुसमेत मध्यरात कट्दापनि नाच हेर्नमै मस्त थिए ।

हिडाइको थकाइले निद्रा विहान आठ वजेमात्र खुल्यो । म त अझै केही वेर सुत्ने मुडमा थिए भाइ रमेशले किच-किच गरेपछि वाध्य भएर उठ्नै पर्यो । १० गते विहान हामी लाग्यौ रिडी तर्फ । जंहावाट हाम्रो पैदल यात्राको गन्ँतव्य सकिदै थियो । रिडीमा पुगेर कालीको स्नान गरेपछि हामीले रिषिश्वरको दर्शन गर्यौ । वस्ती उजाड भएको जस्तो लाग्ने प्राचिन रिडी वजारको रौनक हराएको थियो । हुने खानेहरु वुटवल वा काठमाण्डौ झरेका थिए भने आर्थीक अवस्था कमजोर भएका र शन्त महन्तहरुको वाहुल्यता थियो रिडी वजारमा । दर्शनपछि केहीवेर वजार घुमेर लाग्यौ हामी पाल्पा सदरमुकामा तानसेन तर्फ ।

वसको छतको यात्रा रोचक रमाइलो र स्मरणीय थियो । पाल्पा पुगेर केही वेर घुमेपछि हामी झर्यौ वुटवल । वुटवलमा काठमाण्डौका लागि वसको टिकट नपाएपछि हामी लोकल रुटको गाडी हुदै आइपुग्यौ नारायणगढ । नारायणगढमा मित्र अभिनवलाइ भेटेपछि हामी वसमा झुन्डिदै आइपुग्यौ मुग्लिङ । दशैको वेला भएकाले वसमा खुट्टो हाल्ने ठांउ थिएन । छतमा पनि मान्छे टन्नै । मुग्लिङवाट काठमाण्डौ आउने पोखराको वसमा वेन्चमा वसेर मित्र रमेश र म ११ गते विहान आइपुग्यौ कलंकी । यो काठमाण्डौ छिरेपछि तनाावको कुरा लेखेर यो रोचक यात्रालाइ दिक्क लाग्दो नवनाउ भो । अजलाइ यति है त ।