पुष फासफुस ! जग्गे जात्रामा वितिहाल्ने माघ । यसपछिको पारिलो महिना फागुन । फागुन महिना समयका हिसावले अली फुर्सदीलो मानिन्छ । शिशिर सकिएर वसन्त आउन लागेकाले प्राकृतिक रुपमै पनि केही रमाइलो, मौषम पनि न जाडो न गर्मी, उपयुक्त नै हुन्छ यो मासमा । यो मासमा वुनिएका अनेक कहानीहरुका बीचमा मलाइ भने विर्घा अर्चलेको याद आइरहेको छ । यो संझनामा दशक भन्दा अघिको विर्घाको तस्वीर मेरो स्मृतिमा हिजो झै ताजा भएर आएको छ । जहा खेति उठाइएका खेतवारीहरु, कता एक गंहुका हरियालीहरु र मजुराउदै गरेका आप, कटहर र लिचीका रुखहरु एकतमास मनमा आएका छन । भएभरका लुगा शरिरवाट हटाएर थोरै न्याना लुगा लगाएका गांउलेहरु अनि स्कुले केटाकेटीको चिरविर ।
* * *
फगुन २२ एउटा विम्व हो विर्घा र त्यसका तत्कालिन साक्षीहरुका लागि जहा कंहा हो कंहा जन्मिएका हेनरी ड्युनाले एटा खुशी उमंग र उत्साह ल्याइदिएका थिए । चैते मकैकालागि मोल वोकर थाकेका किसानहरु भाटी मा जम्मा भएर अनेक मान्छेका चुरी फुरी, भाका लय र संगीतको आनन्द लिन्थे । त्यो आनन्दमा सामेल हुन पिताम्वर मावी क्याक्मी , दहथुम, अर्जुन चौपारी स्वरेक, केवरे, मालुगा या छिमेक कोटाकोटकै अनेक युवा युवती हाजीर हुन्थे फागुन २२ गतेको दिन । जमावीमा सजाइएको मन्चमा धक फुकाएर उनिहरुले गीत गाउथे । मेसो हुन्थ्यो रेडक्रस सर्कलको स्थापना दिवसको । यस दिन विर्घा अर्चलेमा एक प्रकारको मेला नै लाग्थ्यो । फागुन २२ आउनु अगावै यही विषयमा गांउ भरी कुरा हुन्थ्यो, फागुन २२ पछि पनि कुराको विषय यही नै हुन्थ्यो । क्या वात- क्या मिठो गाए फलान्ठाउका विद्यार्थीले ! के वुढा पाका के महिला के स्कुले सवैले केही समय यसैको समिक्षा गर्थे र अर्को साल आउने फागुन २२ को प्रतिक्षा भनौ तयारी गर्थे । गीत संगीतको ज्ञान जे जस्तो भएपािन स्थानीय रुपमा लव्ध प्रतिष्ठित व्यक्तिहरु निर्णयक मन्डलमा हुन्थे ।
निर्णयक मन्डलमा अक्सर सामेल भइरहने देवी सरको निर्णय सुनाउने वेला हुन्थ्यो ! निर्णयप्रति सवैको कौतुहल भइरहेको समयमा उद्घोषक नारायण सरले शव्दमा तेल लगाएर वोल्नुहुन्थ्यो अव पालो निर्णयको । देवी सर मन्चमा आएर अलिकता भूमिका वांधीवरी निर्णय सुनाउनुहुन्थ्यो देवि सरको भाषणमा हमेसा पर्ने वाक्य थियो “सवै सहभागीले राम्रो प्रयास गरेका छन । यो निर्णय गर्ने कुरा फलाउमो च्युरा चपाउनु सरह हो ।” देवी सरकले के भनेका होलान फलामको च्युरा कस्तो होला, मेरो मनमा धेरै पछिसम्म फलामको च्युरा एउटा विम्व वनेर वसेको थियो । यसको अर्थ नवुझेर अहिले आफ्नो सांसरिक जीवनको फलामे च्युरा चपाउने समयमा मैले देवीसरले भनेका च्युरा चपाइरहदा त्यसको संझना गरीरहेको छु । साच्चीकै फलामका च्युरा त चपाउनै नसकिने रहेछ ।
अनि देविसरवाट प्रतियोगितात्मक लोकगीत प्रतियोगिताको नतिजा घोषणा हुन्थ्यो फलानो मावी प्रथम फलानो द्धितिय फलानो तृतीय र फलानले सान्त्वना पुरस्कार पाएको छ । यसपछि फागुन २२ सकिन्थ्यो । फागुन २२ ले तत्त्कालिन जमावीमा अध्ययनरत र यससंग सरोकार राख्नेहरुलाइ निकै व्यस्त राख्थ्यो । अनेकका अनेक काम वाडिन्थ्यो स्कुलमा, कसैको भान्सा व्यवस्थापन, कसैको वाजागाजा व्यवस्थापन, कसैको गुन्द्री त कसैको पानी विभाग पर्थ्यो । स्कुलमा अनेक शदन थिए । पृथ्वी शदर, सिता सदन, जनक शदन ! ती सदनमा विभाजित विद्यार्थीहरुले अनेक सिर्जतानत्मक काम गर्नु पर्दथ्यो । विद्यार्थीलाइ सिर्जनशिल वनाउने अनेक त्यस्ता शदनहरु समयसंगै विलाएका छन । स्कुलमा जुनीयर रेडक्रश सर्कल र स्काउट गठन हुन्थ्यो । स्काउटमा परेर खैरो युनीफर्म लगाउने विद्यार्थीले आफूलाइ भाग्यमानी संझन्थ्यो । रेडक्रशमा परेर क्रस झन्डा वोक्नुको मजा पनि वेग्लै हुन्थ्यो । यो तारतम्य मिलाउने खेलकुद सर कोपिल देवको अनेक भूमिका हुन्थ्यो । आफुलाइ मनपरेका ठिटीसंगको ग्रुपमा वस्न पाउनेले पनि आफुलाइ कम भाग्यमानी संझन्थेन होला ?
विद्यार्थी र शिक्षकको त व्यस्तता हुने नै भो यसको अलावा अनेक व्यक्तिका अनेक व्यस्तता हुन्थे । त्यो समयमा विजुली थिएन स्थानीय मइन्टोलेका ठूलो भूमिका थियो । मइन्टोल जलाउन कि त पुच्छार ओमप्रकासै चाहिन्थे कि त भुष्टुगं शोभाकान्त नै । मइन्टोलको उज्यालोमा जिल्ला भरीका अनेक विद्यालयवाट अएका गायन टोलीले अघिल्लो दिन अर्थात फागुन २१ गते विद्यालयको उत्तरपट्टी रहेको गंगा भवनमा अनेक गीत प्रस्ततु गर्दथे, (हाल यस भवनको ठांउ अर्कै भवनले लिइसकेको छ )। यसै मेसोमा सिर्सीकोटवाट आएकी प्रतिक्षा र नविनको जोडी पनि जमेको थियो ।
फागुन २२ गते भष्टुगंवाट शोभाकान्तले जापानी पानाशोनीक क्यासेट घन्काउदै वेलैमा अर्चले आइपुग्थे, भुष्टुगंपट्टीको मगर समुदायसंग घुलमिल हुन रुचाउने अविवाहित शोभाकान्तको चुरी फुरी नै वेग्लै हुन्थ्यो । उदार मगर समुदायका युवतीहरुले शोभाकान्तको अर्डरेको चुकौनीको स्वाद भेट्थे । त्यस दिन शोभाकान्तका केही थान अडियो चक्का भरीन्थे । प्रतियोगिका गीत रेकर्ड गरेर।
“१२ वजे घडीलाइ दम दिदा
रुन्छ मन मायालाइ संझीदा ।”
यस्तै लयात्मक हुन्थे गीत । प्रतियोगितामा भागलिने हरेक विद्यालयले ३ वटा गीत प्रस्तुत गर्नु पर्थ्यो । एउटा हेनरी ड्युना सम्वन्धी, एउटा प्रचलित लोकगीत र एउटा दोहोरी । यिनै गीतको प्रस्तुति मुल्याकंन गरेर निर्णयक मन्डल टुंगोमा पुग्थ्यो । मेरो संझना रहदासम्म कार्यक्रम संचालक नारायण सर र निर्णयकमा देवी सर छुट्दैनथे । विजेतालाइ केही सय नगद, कापी कलम र सिल्डको व्यवस्था हुन्थ्यो । सिल्ड रनिगं थियो । लगातार ३ पल्ट उत्कृष्ट भएपछि वल्ल सिल्डमा पकड जम्थ्यो ।
यी अनेक रमाइलो हेर्न विर्घा र यसका छिमेकवाट अनेक मानिस जनता मावी अर्चलेको प्रागंडमा भेला हुन्थे । जव प्रतियोगीता सकिन्थ्यो युवा युवतीहरु दिउसोका गीत गाउदै, रौशिदै आआफ्ना घरतिर लाग्थे । यसको छुट्टै र एउटा अभुतपूर्व रमाइलो थियो ।
विर्घा शैक्षिक केन्द्र त थियो नै यसका अलावा अनेक कृयाकलापको पनि अगुवा थियो । यो फागुन २२ आज भोली हराएको छ । हराएकोपनि धरै वर्ष भयो किन हरायो? किन फेरी हुन सकेन? सवैको मनमा खट्कीएपनि कसैको विशेष चासोको विषय वन्न सकेको छैन । संभवत अव फेरी जमावीको आगंनमा फागुन २२ त्यही रुपमा आउने छैन । इतिहासको एउटा कुनामा अल्झेको यो फागुन २२ मेरा मनमा भने हरेक वर्ष यसै गरी आउछ । यसको स्मृतिले मनलाइ रोमान्चित र गांउको झझल्को ल्याउछ । मजस्ता अनेक विद्यार्थीहरु जमावीवाट उत्रिएका छन । कोही देश त कोही विदेशमा होलान कोही जमावीकै सेवामा होलान तर कत्तिले यो दिन विर्से होलान मेरो संझनामा घरी घरी आउने यो दिनको मिठो स्मति मेरो मानसपटलवाट भने मेटिनै छैन । फागुन २२ को विम्वसंगै अनेक व्यक्ति र त्त्कालिन विर्घाको परिवेष मेरो संझनामा छ, त्यहा शोभाकान्त, नविन, नारायण सर, देवी सर, ओमप्रकास, डिल्लीनारायण गुरु , पिताम्वर मावी क्याक्मी , आदर्श मावी कोटाकोट, सार्वजनिक मावी मालुंगा, विरेन्द्र मावी जैपते, दहथुम मावी दहथुम र अनेक यस्तै चिजहरु……..