आहो पात मिचेर औषधी वनाइन्थ्यो
लुतो आम्तो खोयाले कनाइन्थ्यो
आज ती वाला पन कंहा गए…
ठुलो भासी के वन्छस भन्थ्यौ आमा
पाइलट वन्छु भन्थे परदेशी पो भैयो ।
हेमन्त कान्छाले गाएको गीत सानो मोवाइलमा वजिरहेको छ ।
वाहिर सिमसिम पानी परीरहेको छ । विहानको कक्षा सकेर म नियमति काममा हाजिर भएको छु । दिनको पूर्वाद्र्ध भएकाले कोही आगन्तुक, सेवाग्राही वा कर्मचारी वरीपरि छैनन । करिव २४ रोपनी क्षेत्रफलमा फैलीएको र रुख विरुवाले ढपक्क ढाकिएको मीनभवनको मेरो कार्यालयमा चराको चिरविर वाक्लै सुनिएको छ । साना चराहरु वर्षे झरीमा ओत लागेका छन । कागहरु रमाइलो मानेर कराइरहेका छन ।
* * *
मलाई स्मृतिले मेरो आफ्नै जन्मेको ठांउ मौला पुर्याएको छ । जंहा यो सिजनमा आरु पाक्न शुरु र आरुपोखरा सिद्धीन लाग्थे । वेलौतीका पिपिला लाग्ने र खनिया पाक्ने सिजन हो यो । हामी लाम्पाटातिर घांस काट्न जादा तित्रो कराउने देखि वेला वखत स्याल कराउने आवाज वाक्लै सुनिन्थ्यो । वर्षे सिजन भएर होला वादलका फोकाहरु लुकामारी खेली रहन्थे । पानी पर्दा पहिरो जाने डरले हामी विरौदीको साटो देवी खन्ड, गैरा वा लाम्पाटा तिर नै वढि रमाउथ्यौ । नभए गांउ वा भार्से चौरका खरिया पनि वर्खाकालागि साचेर राखिन्थे ।
पोलेका मकै र एक मुठी तातो दुख खान पाए जोस नै अर्कै हुन्थ्यो । तुलसीको मन्दिर निरको गेडुलामा हुर्केको सिमी वा भ्याकुर ताछेर विस्तारै बाले तरकारी पकाउनुहुन्थ्यो । बाले वनाउने तरकारी जत्तीको मिठो दुनियामा केही पाक्छ जस्तो लाग्दैनथ्यो । भैसी, वाख्रा धेरै तर काम गर्ने मान्छे कम्ती भएकाले होला । आमा घांस दाउरामा र बा घरको चुलो चौकामा वढि व्यस्त हुनुहुन्थ्यो ।
केही समय वेलायती सेनामा काम गरेर फर्केका मेरा बालाई खाना भने असाध्यै मिठो वनाउन आउथ्यो । ढिलो पकाउने तर असाध्यै मिठो वनाउने भएकाले बाको लेखाई र पकाई दुवैको गांउमा तारिफ हुन्थ्यो ।
झरीका बीचमा घांम झुल्कीदा खेतका मकै काट्ने बाले दाईलाई र मलाई मकै वोकाउनु हुन्थ्यो । मकै वोक्न, मकै भाच्न र खेतको झार च्यात्न कम्ती झिझो लाग्थेन । वर्खामा झन्डै २ महिना स्कुल विदा हुने भएरपनि होला धेरै जसो केटाकेटी काममा व्यस्त हुन्थे । वर्खा लागेपछि कामी गांउ देखि वगेर आउने रातो माटोको भल थुपारेर पोखरामा जम्मा पारिन्थ्यो । डिठ्ठा देउनारायणका सन्तान भएकाले होला डिठ्ठाको पोखरोको नामले प्रसिद्ध हाम्रो पोखराको रातो माटोमा खुवै पौडिइन्थ्यो । हाम्रो पौडीको अभ्यास त्यही पोखरीवाट शुरु भएको थियो ।
त्यति वेलाका कति प्रचलन अहिले कि त नौला कि त पुराना भएका छन । केही दशक अघिका ती घटना सम्झीदा मलाई पनि ए हो र जस्तो लाग्छ । हरेक ग्रहणमा गाईको गोवरले घरको भित्तोमा घेरा लगाउने होस या आगनमा छोडेको अन्नमा खरानीको घेरो लगाउने होस । सबै प्रचलन नौला भएकाछन । यही वर्खामा फल्ने काक्रो, घिरम्ला, चिचिन्डा हामीले कहिल्यै चोर औलाले ताकेर देखाइएन । जहिले चोर औला र माझी औलाको बिचमा वुढी औला चेपेर देखाइयो । यस्तो किन गरियो कुनै वैज्ञानिक जवाफ नपाएपनि यो हाम्रो प्रचलन थियो ।
यस्ता मौलिक प्रचलन नहराउन भनेर शहरमा जन्मे, हुर्के र वढ्दै गरेकी छोरीलाई कौशी खेतीमा फलेका यस्तै वस्तु हामीले वाल्यकालमा देखाएजस्तै औला वनाएर देखाउन लगाई वाल्यकालको स्मृतिमा जान्छु ।
अकाशका हलतारा, तिन तारे, ध्रुर्व तारा र सप्तर्सीहरु देखाई गन्न लगाई मेरो ग्रामिण स्मृतिलाई ताजा वनउछु म यो विरानो शहरमा । यंहाका धेरै सम्वन्धहरु स्वार्थका हुन भन्ने द्धिविधा नरहेपछि म तिनै ग्रामिण यादहरुमा कल्पीन्छु । कठिन थिए ति दिन तर प्राकृतिक थिए । अभाव थियो गांउमा तर अघि जाने आकांक्षा थियो । दुख थियो तर सपना थियो । यो विरानो शहरले ति सवै चिजलाई विस्मृतिमा लगिदिदै छ । तर झरी पर्दाको दिन, मन एक्लै हुदाको दिन, राम्रो सपना देख्दाको दिन या ऐठन हुदाको दिन । सफल हुदाको क्षण वा समस्यामा पर्दाको क्षण ! त्यही गांउ आखामा नाची रहन्छ । तिनै वाल सखाहरु संझनामा आइरहन्छन । त्यही वाला पनाले जिस्क्याइ रहन्छ । मलाई जस्तै तपाईलाई पनि आफ्ना पुराना स्मृतिले यस्तै गराउदा त हुन नी ।
Month: June 2019
आधा शहर आधा गांउ
शहरः छोड्न नसकिने, रम्न नसकिने।
गाउॅ: बस्न नसकिने, भूल्न नसकिने।
जीवन: आधा शहर, आधा गाउॅ।
फेसवुकमा नारायण रेग्मीले शेयर गरेकाहरफ पढेपछि गांउको झझल्कोले फेरी डेरा जमायो । चलिरहेको कार्यव्यस्तताले व्लग अपडेट गर्न नपाएपछि हुटहुटी घटेको छैन । झरी लागोस न काठमाण्डौमा जस्तो लागि रहेको छ । चिसोको एलर्जी हुने मेरालागि गर्मी वढेर झरी चाहिएको होइन । झरी पर्दा मौषम सहाना लाग्छ । कार्यव्यस्तता केही कम हुन्छ । र गांउ संझेर पग्लीन मन जान्छ । केही पाठकका उत्साह जनक प्रतिक्रियाहरु आएका छन । जसले मलाई गांउको याद दिलाई रहन्छन । रुपचन्द्र अधिकारी लेख्नुहुन्छ ।
“हजुरका केहि शैलीहरु पछ्याउने गरेको छु । विशेष गरि २ दिनको ४ घण्टाको क्लासको उत्तर लेख्ने शैलीको परभाव म सग जसले ममा लेखाइको एउटा स्वरुप विकास भएको छ ।। हजुरबाट केहि कुरा सिक्ने समयको पर्खाइमा छु ।।।”
पारस अधिकारीले भन्न्ुभएको छ । “धेरै दिनको प्रतीक्षा पछि आज birgha.com मा हजुर को लेख पढ्न पाइयो धेरै खुसी छु।”
सदन भन्डारीले लेख्नुभएको छ । “धेरै दिनको प्रतीक्षा पछि आज birgha.com मा हजुर को लेख पढ्न पाइयो धेरै खुसी छु। ” सुनिल प्रसाद यादवले कलैयावाट लेख्नुभएको छ स”र हजुरको बालयकाल र जन्मस्थल बिर्घा रमनिय भए पनि परीस्थितले बाराको कलैया हुँदै राजधानी बस्न बाध्य बनायो ।” खड्क दाईले हौस्याउनु भएको छ । “आफु भलो त जगत भलो । मलाई थाहा छ डा. साब धेरै गर्न सक्छन् । वीरघा राकास्दीको पानी पो त ।”