सावन फर्की फेरी झर्याे
माया लगाई निष्ठुरी फर्केन
चुडाइ लग्यो यो मन मेरो
जोडी दिने त्यो पापी आएन…
दिलमाया खाती एकतमासले गाइ रहेकी छन । असारको जन्मदिनमा लेखिएको पोष्ट खुइलिदै गएको छ । धेरै पछि गांउको नियास्रो लागेर व्लग खोले । परित्यत्त घर जस्तै ब्लग वासी भएको छ । हिजो जस्तो क्यावात भनेर हौस्याउनेहरुलाई फेसवुक र युट्युवले भुलाएको छ । निमेषभर आखा डुलाउन सक्दैनन यी टोली ।
गांउ परित्यत भएको छ । समय वदलीएको छ । मेलापातमा लाग्नेहरु पासपोर्टको लाइनमा छन । केही हप्तापछि हान्नीदै की मध्यपूर्व की पूर्वी एसीया तिनीहरुको गन्तव्य वनेको छ । यही मेसोमा केही अष्ट्रेलीया, कोही युरोप त कोही अमेरिका पुगेका छन । जंहा भएपनि कुरा उस्तै हो काम उस्तै हो । भाषा उस्तै हो भावना उस्तै हो ।
म त्यही न्याउली चरी जस्तै भएको छु । हर हिउदमा न्याउल ओकल्ने, भावना वहाउने र विगतलाई संझेर नोष्टाल्जीक वन्ने । व्यस्तता वढेका छन, जिम्मेवारी थपिएका छन । आर्जन वढेका छन । भुमिका र भाव भंगी फेरिए होलान । तर भावना फेरिएका छैनन । मित्र थपिए तर “सै” हरु पुरानै याद आउछन । साधन भन्दा साथ चाहिएको छ । हात भन्दा हौसला चाहिएको छ । आफ्नै हात वलिष्ठ भएपनि त्यही गांउ चाहिएको छ । त्यही लय र लवज चाहिएको छ ।
कोही कामले कोही नामले गर्ने फोनहरु वजीरहन्छन । त्यहा विरानो पन छ । “अत्तार” लाग्छ गांउको तर न वोल्ने न व्याख्या गर्ने नै त्यहा छन । फलाना त वितेछन नी भन्ने क्रम रोकिएको छैन । जाडोले पनि होला वुढावुढीलाई दिनु दुख दिएको छ । गांउमा उमेर पुगेका र पालो पर्खेका वुढा वुढी छन अनि वितेका खवर नआएर गांउवाट कसरी आउन शुभ समाचार । शुभ खवरकालागि त शहर छन । शहर त शुखका लागि छन । शहर अवसरकालागि छन । गांउ हो कठिनाइका लागि । यद्यपि मेरो मन मष्तिष्कमा त्यही गांउ नाची रहन्छ । सपना, भावना र विपना सबैमा त्यही गांउ याद आइरहन्छ । त्यसैले मेरालागि दिप श्रेष्ठ प्रिय लाग्छन
हर रात सपनीमा ऐठन हुन्छ
सायद गांउमा पहिरो गयो की…
डाडा पारीको घामलाई हेर्छु
वावा र आमा संझीरहन्छु
…