” छ ठूलो चाहना मेरो आमालाई हसाउने
सर्वोच्च शिखरवाट विश्व शान्ति सुनाउने
यही प्यारो मिर्तृका माथि पौरखी वनी कन
पार्छु यो चाहना पुरा गरी देह समर्पण…”
भक्त राज ओजपूर्ण स्वरमा अलाप लिइरहेका छन ।
म भने अनेक पल्टको रहरपछि आज मातातिर्थ औशीका दिन मिलेको मेसोमा जननी जन्म भूमी संझदै छु । यही बीचमा मैले अध्ययन गरेको जनतामावीले स्थापनाको ५० औ स्वर्ण महोत्सव मनायो । मुलुककै लव्ध प्रतिष्ठित व्यक्तिहरु, सोही विद्यालयका उत्पादनहरु गांउमा पुगे, आफ्नो विगतलाई संझे, पुराना दोस्तहरु हंस खुस मिले । पुराना विषय कोट्याए । कसैले चुकाउनी खाए कसैले गांउमा खडेरीमा मिलेको जे छ त्यही खाए र नाच नचरी देखाए ।
म मन अमीलिएर पनि जान पाइन । काठमाण्डौ खाल्डौमै वसे ।
मेरा पिताजी र उंहाका समकालिनले ५० वर्ष पहिला स्थापना गरेको विद्यालय, मेरा अग्रज र मैले अक्षर चिनेको र ज्ञानको ढोका उघारेको विद्यालय जसमा सशरीर उपस्थित हुन नसक्दा पनि पल पलहरु मिस भए । राजेन्द्रले अनेक तरह तरहका तस्विर खिचेर पठाइदिए । युवा पुस्तामा आशालाग्दा राजेन्द्रको यो कार्य हर कोहीले तारिफ गरीरहेको छ ।
तिनै राजेन्द्रले मेरी आमाले खिलाराज रेग्मीवाट मेरो तर्फवाट विद्यावारिधि उपाधी लिदै गरेको तस्विर पठाइदिए । आमाको सन्तुष्टी हेरेर म पनि पुलुकित भए । हप्ता दिन चलेको स्वर्ण महोत्सव सकिएपनि यसका वासना सकिने वाला छैनन । पूर्व राष्टपति र पूर्व मन्त्रिपरिषदका अध्यक्षको समुपस्थितिमा भएको उक्त कार्यक्रममा विर्घाले आफ्नो आलोकमा गर्व गर्ने मौका पायो ।
देश विदेशमा रहेका जमावीका उत्पादनले गांउ, परिवार र विद्यालय मिस गरे । तैपनि राजेन्द्रको क्यामेरा र उनको शिपले धेरैलाई अवसर भने दियो । तस्विरमै भएपनि स्वर्ण महोत्सवका महत्वपूर्ण क्षणहरु हेर्ने ।
व्लगलाई नियमतिता दिने मेरो प्रण पुरा हुन पाएको छैन । कलकत्ताको लाहुरेको भाग २ वांकी छ । कालिगन्डकी गांउ पालिकाको चुनावी चर्चा वांकी छ । ढिला भएको हो तर विर्सीएको होइन ।
मातातिर्थ औशीका अवसरमा तमाम आमाहरमा नमन ।