व्यवसायीक वाख्रा पालनमा दिपक दाइ

उनका अगाडी थुप्रै विकल्प थिए । चल्तीको ब्यापार काठमाण्डौमा फस्टाउदै थियो । स्वदेश छाडी विदेश समेत पुगेर आर्थिक उपार्जनका अनेक श्रोतहरु थिए । तैपनि उनी पुख्यौली घर फर्के । नामले मात्र नभए धेरै वर्ष स्याहार सुसार नपाएर थोत्रीन लागेका थोत्रावारीका घर गोठलाइ रिपेयर गरे ।
पुराना भत्काए, नया वनाए, ठिक्कका मर्मत गरे । यसरी शुरु गरे विर्घा ३ थोत्रावारीका दिपक पान्डेले गांउमा व्वसायीक वाख्रा पालन । आमाले विहानको पुजा पाठका लागि देउताका भाडा वर्तन सफा पार्दै गर्दा दिपकदाई टारी गैरावाट वाख्राको रुची अनुसारको घासको भारी ल्याइपुर्याउछन । घासको भारी विसाएपछि वाक्लो महीको गिलास ओठमाथि ताउ लगाउदै सुर्क्याउछन उनी ।
शहर पसेको छोरो घर फिरेपछि वा आमा पनि कम्ती खुशी छैनन । “वाउ वाजेको थात थलाले गुहार पाएको छ, गांउमा पनि केही गर्न सकिन्छ भन्ने उत्साह थपिएको छ”, छोराको कर्मवाट प्रफुल्लीत दिपक दाइका बा ले भन्नुभयो “गांउमै अवसर छ किन शहरको मात्र मुख ताक्नु पर्यो” ।
हाल लोकल वाख्रा करिव ५० को संख्यामा छन दिपक दाइको फर्ममा । लोकल खसी, वोका छुट्टै खोर वनाएर राखेका छन उनले । अवको उनको योजना छ दशै तिहार र चाडपर्वमा मात्र मासुको स्वाद चाख्ने गांउलेलाई” म पन्ध्र दिनमा एक पल्ट भएपनि मासु ख्वाउने अभियानममा छु” उनले भने “त्यसकालागि मासु काट्न जान्ने एक जनालाई रोजगारी दिनु पर्ला” ।
IMG_0766
राम्रो छ है संभावना: दिपकदाइको वाख्रा फारम अवलोकन गर्दै शिव पान्डे ।
IMG_0770
वढ्दैछन वाख्रा: हुर्कदै गरेका वाख्रा हेर्दै दिपक दाइ ।
IMG_0778
घोर्ले खसी: छुट्टै गोठमा राखिएका खसी ।
IMG_0775
वाख्रा फर्म अगाडी दिपक दाइ र उनको वाख्रा फर्म ।

“हिंउदको मानु मागी मागी खानु”

“हिंउदको मानु मागी मागी खानु” भन्ने उखान स्यागंजा तिर खुवै प्रचलित छ । हिंउदमा जग्गे जात्रा धेरै हुने र खानपिन घरवाहिरै ज्यादा हुने भएकाले होला यस्तो उखान प्रचलित वनेको ।
स्यागंजाको विर्घा ऐतिहासिक र लामो सास्कृतिक परम्परा वोकेको गांउ हो । यंहाका आफ्नै मौलिक परम्परा र संस्कृति रहेका छन । यंहा अनेक सास्कृतिक तथा वैदिक पुजा आचा निरन्तर रुपमा हुदै आएका छन । जन्म देखि मृत्यु सम्मका यंहाका संस्कारमा भोज भतेर लाग्नु त स्वाभाविक नै छ । विहेको जन्तीमा मासु खाने देखि सुद्धकर्ममा गोलभेडा प्याज, लसुन विनाको भोजन लुगा खालेर खाने सम्मका प्रचलन जिवन्त रुपमा यंहा रहेका छन । यस्ता जग्गे जात्रामा भात पकाउने छुट्टै मानिसहरु छन र उनीहरु लुगा खालेर विहानैदेखि भान्सा तयार गर्दछन । यसरी खाना पकाउन वोलाउदा तत् व्यक्तिहरुले गर्व महशुस गरेको पनि पाइन्छ ।
जन्ति खादा जुता चप्पलै लगाएर भतेरमा जानेहरु व्रतवन्ध, एकाहा, चौरासी पुजा, रुद्री वा १२ औ दिनको चोखिनेमा सुद्ध भएर जाने र लुगा खालेर दाल भात खाने चलन अद्यपि छ । यो सस्कृति रमाइलो पनि छ र जिवन्त पनि ।
मेरो पछिल्लो विर्घा भ्रमणमा केही यस्ता अवसर जुटे । विर्घामा घर भएपनि भान्सा नभएपछि म थोरै अप्ठेरोमा थिए । एक्लो ज्यानलाई यिनै जग्गेजात्राले ज्यादा जसो राहत दिए । मदनको जन्ते खाने देखि लुंछेली भाइहरुको व्रतवन्धमा सहभागी हुदा मैले फेला पारेका रमाइला तस्विरहरु ।
IMG_0510
वाहुन भान्साः वाहुनको भान्सामा निम्तालु स्थानीय मगर मित्रहरु रनसिं राना, शेरवहादुर सर, दल वहादुर र छन वहादुर राना ।
IMG_0513
पाल मुनी पकवान्नः चर्को घामवाट वच्न लगाइएको पालममुनीको भान्सा ।
IMG_0649
व्रतवन्धको भान्साः लुंछेली भाइहरुको व्रतवन्धको भान्सामा लुगा खालेर खादै चुरा दाइ, पदम, खराल पुरन, गुरुदत्त लगायत म ।
IMG_0646
व्रतवन्ध नभएकाहरुः व्रतवन्ध नभएका र भएपनि लुगा खोल्न अल्छि गर्नेहरु यसरी भान्सामा वसेर खाने चलन रहेको छ ।

विर्घामा अस्पताल वन्दै

स्वास्थ्य उपचारकालागि कठिनाइ भोग्दै आएका विर्घा र यस क्षेत्रका वासिन्दाहरुको सुविधाकालागि विर्घा ६ करन्डाडामा अस्पताल वन्न लागेको छ । गत माघको मन्त्रिपरिषद निर्णयले सैद्धान्तिक सहमति जनाएको प्रस्तावमा स्वास्थ्य सेवा विभागको उच्चस्तरिय टोलीद्धारा स्थलगत अनुगमन भ्रमणपछि विर्घा करन्डाडामा अस्पताल वन्ने करिव निश्चित भएको हो ।
विर्घा ६ करन्डाडामा रहेको विर्घा स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने प्रकृया अगाडी वढेको हो । स्वास्थ्य केन्द्रमा रुपान्तरणपछि १ जना डा., १ जना हेल्थ असिस्टेन्ट, ३ जना अहेव तथा स्टाफ नर्सको दरवन्दी रहनेछ । यंहा आधुनिक ल्याव, एक्सरे मेसिन लगायत आधुनिक उपकरणहरु समेत रहनेछन ।
यसको अनुगमनकालागि गत साता स्वास्थ्य सेवा विभागका निर्देशक पुष्प कटुवालको नेतृत्वमा विनोद भट्टराई, माधव ढकाल, वैकुण्ठ रेग्मी स्थानीय डा. धनवहादुर राना, राजेन्द्र पाण्डे लगायतको टोली विर्घामा रहेको थियो ।
IMG_0821
उच्चस्तरीय टोलीसंगको छलफलमा स्थानीय वासिन्दा।
IMG_0864
विर्घा स्वासथ्य चौकी भवनमा आयोजित छलफल कार्यक्रम !
IMG_0819
स्थानीय सहजकर्ता र उच्चस्तरीय टोली विर्घा कट्टीमा पुग्ने वित्तिकै लिइएको तस्विर ।
IMG_0929
स्थानीय समस्या राख्दै ढुंगीडांडाका डिल्लीराज पान्डे ।
IMG_0921
सहभागीहरु कुरा सुन्दै ।

विर्घाका वासिन्दाहरु

विर्घा नपुगेको धेरै भएको थियो यसै मेसोमा मौका मिल्यो गांउ भ्रमणको । खासमा केही विहावारी केही पुजा आचा केही सामाजिक कामका लागि गांउको भ्रमण गर्दा केही मित्रहरुसंग भेटघाट, गफगाफ र घुमघाम भयो । योे गांउ वसाइका रमाइला तस्विरहरु मसंग जम्मा भएका छन । टेक्स्ट टाइप गर्न नभ्याएको कारणले पछि ती मायाका चिनाहरु खुल्दै जानेछन । हाललाई यी मित्रहरु ।
IMG_0791
जनता प्रावीका शिक्षक दीपक पान्डे कुलुममा तस्विरकालागि पोज दिदै ।
IMG_0721
याम प्रसाद पान्डे, पदम पाण्डे र वलराम पान्डे शहकारी पसल कट्टीमा ।
IMG_0788
हसिला शिव पान्डे चण्डीसरसंग कुलुममा ।