“हिंउदको मानु मागी मागी खानु”

“हिंउदको मानु मागी मागी खानु” भन्ने उखान स्यागंजा तिर खुवै प्रचलित छ । हिंउदमा जग्गे जात्रा धेरै हुने र खानपिन घरवाहिरै ज्यादा हुने भएकाले होला यस्तो उखान प्रचलित वनेको ।
स्यागंजाको विर्घा ऐतिहासिक र लामो सास्कृतिक परम्परा वोकेको गांउ हो । यंहाका आफ्नै मौलिक परम्परा र संस्कृति रहेका छन । यंहा अनेक सास्कृतिक तथा वैदिक पुजा आचा निरन्तर रुपमा हुदै आएका छन । जन्म देखि मृत्यु सम्मका यंहाका संस्कारमा भोज भतेर लाग्नु त स्वाभाविक नै छ । विहेको जन्तीमा मासु खाने देखि सुद्धकर्ममा गोलभेडा प्याज, लसुन विनाको भोजन लुगा खालेर खाने सम्मका प्रचलन जिवन्त रुपमा यंहा रहेका छन । यस्ता जग्गे जात्रामा भात पकाउने छुट्टै मानिसहरु छन र उनीहरु लुगा खालेर विहानैदेखि भान्सा तयार गर्दछन । यसरी खाना पकाउन वोलाउदा तत् व्यक्तिहरुले गर्व महशुस गरेको पनि पाइन्छ ।
जन्ति खादा जुता चप्पलै लगाएर भतेरमा जानेहरु व्रतवन्ध, एकाहा, चौरासी पुजा, रुद्री वा १२ औ दिनको चोखिनेमा सुद्ध भएर जाने र लुगा खालेर दाल भात खाने चलन अद्यपि छ । यो सस्कृति रमाइलो पनि छ र जिवन्त पनि ।
मेरो पछिल्लो विर्घा भ्रमणमा केही यस्ता अवसर जुटे । विर्घामा घर भएपनि भान्सा नभएपछि म थोरै अप्ठेरोमा थिए । एक्लो ज्यानलाई यिनै जग्गेजात्राले ज्यादा जसो राहत दिए । मदनको जन्ते खाने देखि लुंछेली भाइहरुको व्रतवन्धमा सहभागी हुदा मैले फेला पारेका रमाइला तस्विरहरु ।
IMG_0510
वाहुन भान्साः वाहुनको भान्सामा निम्तालु स्थानीय मगर मित्रहरु रनसिं राना, शेरवहादुर सर, दल वहादुर र छन वहादुर राना ।
IMG_0513
पाल मुनी पकवान्नः चर्को घामवाट वच्न लगाइएको पालममुनीको भान्सा ।
IMG_0649
व्रतवन्धको भान्साः लुंछेली भाइहरुको व्रतवन्धको भान्सामा लुगा खालेर खादै चुरा दाइ, पदम, खराल पुरन, गुरुदत्त लगायत म ।
IMG_0646
व्रतवन्ध नभएकाहरुः व्रतवन्ध नभएका र भएपनि लुगा खोल्न अल्छि गर्नेहरु यसरी भान्सामा वसेर खाने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *