व्यवसायीक वाख्रा पालनमा दिपक दाइ

उनका अगाडी थुप्रै विकल्प थिए । चल्तीको ब्यापार काठमाण्डौमा फस्टाउदै थियो । स्वदेश छाडी विदेश समेत पुगेर आर्थिक उपार्जनका अनेक श्रोतहरु थिए । तैपनि उनी पुख्यौली घर फर्के । नामले मात्र नभए धेरै वर्ष स्याहार सुसार नपाएर थोत्रीन लागेका थोत्रावारीका घर गोठलाइ रिपेयर गरे ।
पुराना भत्काए, नया वनाए, ठिक्कका मर्मत गरे । यसरी शुरु गरे विर्घा ३ थोत्रावारीका दिपक पान्डेले गांउमा व्वसायीक वाख्रा पालन । आमाले विहानको पुजा पाठका लागि देउताका भाडा वर्तन सफा पार्दै गर्दा दिपकदाई टारी गैरावाट वाख्राको रुची अनुसारको घासको भारी ल्याइपुर्याउछन । घासको भारी विसाएपछि वाक्लो महीको गिलास ओठमाथि ताउ लगाउदै सुर्क्याउछन उनी ।
शहर पसेको छोरो घर फिरेपछि वा आमा पनि कम्ती खुशी छैनन । “वाउ वाजेको थात थलाले गुहार पाएको छ, गांउमा पनि केही गर्न सकिन्छ भन्ने उत्साह थपिएको छ”, छोराको कर्मवाट प्रफुल्लीत दिपक दाइका बा ले भन्नुभयो “गांउमै अवसर छ किन शहरको मात्र मुख ताक्नु पर्यो” ।
हाल लोकल वाख्रा करिव ५० को संख्यामा छन दिपक दाइको फर्ममा । लोकल खसी, वोका छुट्टै खोर वनाएर राखेका छन उनले । अवको उनको योजना छ दशै तिहार र चाडपर्वमा मात्र मासुको स्वाद चाख्ने गांउलेलाई” म पन्ध्र दिनमा एक पल्ट भएपनि मासु ख्वाउने अभियानममा छु” उनले भने “त्यसकालागि मासु काट्न जान्ने एक जनालाई रोजगारी दिनु पर्ला” ।
IMG_0766
राम्रो छ है संभावना: दिपकदाइको वाख्रा फारम अवलोकन गर्दै शिव पान्डे ।
IMG_0770
वढ्दैछन वाख्रा: हुर्कदै गरेका वाख्रा हेर्दै दिपक दाइ ।
IMG_0778
घोर्ले खसी: छुट्टै गोठमा राखिएका खसी ।
IMG_0775
वाख्रा फर्म अगाडी दिपक दाइ र उनको वाख्रा फर्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *