कृष्णराज पाण्डेय
स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं. ४ मा अवस्थित बिर्घा कोट कालीगण्डकी वडा नं. ४ र नजिकका वडाहरुको धार्मिक आस्थाको केन्द्र हो । यहा दैनिक पूजा, विभिन्न तिथीहरुमा पञ्चवलीहरु तथा विजयादशमी (नवरात्र) मा घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्मका दिनमा विशेष पूजा हुने गर्दछ । घटस्थापनाको पहिलो दिन जमरा राख्ने, अष्टमीको दिन उपासेहरुले गाउँ भरीका घर घरमा गई जसको घरमा जे फूलपाती, फल भेटिन्छ कसैसँग नसोधी÷नबोली टिपेर बेलुका डोलीमा राखी पटयाङ्गिनीमा पु¥याइन्छ ।
बेलुका पूmलपातीको स्वागतका लागि पट्याङ्गिनीमा कलश सहित दुई कन्याहरु र स्थानीय श्रद्धालु भक्तजनहरु जम्मा भएका हुन्छन्, बेदुवा (पुजारी) द्वारा पट्याङ्गिनीमा पूजा गरी त्यही कुभिण्डो बली दिईन्छ, भने स्थानीय गौतम टोलबाट पञ्चेबाजा र उपस्थित मध्ये धेरै जनाले हातमा लिएका चिरागले साँच्चीकै दशैको रौनक अष्टमीको रात कोटमा देख्न पाइन्छ ।
उपासेद्वारा पूmलपाती भित्राईसकेपछि पूजामा सम्मिलित हुन आएका श्रद्धालु भक्तजनहरुले आप्mनो घर÷घरबाट ल्याएको मानो चामल चढाउने र कसैले चामल ल्याएको छैन भने चामल बराबरको निर्धारित रकम बुझाउने प्रचलन रहेको छ । अष्टमीको राती आधा जुन अस्ताएको बेला (कालरात्री) कालो बोकाको बली दिइन्छ भने नवमीको दिन पञ्चबलि वा अन्य भाकलका बलिहरु दिइन्छ ।
बडा दशैंको दिन टीकाको साइतमा टीका लगाउन र घरघरमा लिएर जानको स्थानीयहरु जम्मा हुने र टीका जमरा घरघरमा समेत लिएर जाने प्रचलन छ ।
बिर्घा कोट मन्दिर सञ्चालक समितिका अध्यक्ष भीम प्रसाद पाण्डेका अनुसार परापूर्व कालमा पूmलपाती लिएर हिडेर गह्रोकोट जानु पर्ने हुँदा स्थानीयको माग अनुसार तालुकदार मार्फत सयौं वर्ष अगाडि देखि बिर्घा कोट त्यस स्थानमा सारिएको हो । त्यसबेला खरको छानो हाली मन्दिर बनाइएकोमा पछि कलकत्ता गई आएका लाहुरेहरुले छुट्टीमा आएका बखत गारो लगाएर टिनको छानो लगाइएको हो ।
धर्म सस्कृति
आयु: प्रजा धनं विद्या स्वर्ग मोक्ष सुखानी च । प्रयच्छन्ती तथा राज्य पितर: श्राद्धतरर्पिता
कृष्णप्रसाद काेर्इराला
सनातन हिन्दू संस्कारमा चान्द्रमास आश्विन महिनाको पूर्वार्द्धको पूरै पन्ध्र दिनलाई पितृपक्ष भनी उक्त अवसरमा दिवङ्गत भएका आफन्तको श्राद्ध गर्ने परम्परा छ । दिनगणनामा एउटा सामान्य पक्ष पन्ध्र दिनको हुने गर्दछ, तथापि यस अवधिलाई सामान्य जनबोलीमा सोह्रश्राद्ध भन्ने गरिन्छ । कसैले भाद्रशुक्ल पूर्णिमा समेेतको गन्ती गर्ने र कसैले आश्विन शुक्लपक्षको प्रतिपदाका दिन गरिने मातामह श्राद्धलाई पनि गणना गरेर यसलाई सोह्रवटा श्राद्धको समूहको संयुक्त नाम हो भनी प्रमाणित पनि गरिन्छ । तर भाद्र पूर्णिमा पितृपक्षमा नपर्ने र पितृ विसर्जनको भोलिपल्ट पर्ने मातामह श्राद्धले पनि पितृपक्षको सीमारेखा नाघ्ने भएकाले समग्रमा पितृपक्षलाई मात्र सोह्रश्राद्ध मान्ने चलन पनि छ । दिनकै लेखाजोखा गर्ने हो भने पितृपक्षका सबै पन्ध्र दिनमा पनि कुनै कुनै दिन श्राद्ध गर्नु हुँदैन भन्ने मत पनि भेटिन्छ, उदाहरणका लागि मघा तिथि परेका दिन श्राद्ध गरेको खण्डमा जेठो छोरो वा अन्य छोराहरूले कष्ट ब्यहोर्नु पर्दछ (मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति) भनी आफूले श्राद्ध गर्ने तिथि नै परे पनि बरु अन्य अनुकूल तिथिमा सारेर भए पनि उक्त दिन श्राद्ध गरिंदैन ।
त्यस्तै चतुर्दशी तिथिका दिन अकालमा मरेकाहरूको श्राद्ध गर्न छुट्याइएको तिथि भएकाले यस दिन पनि सामान्य श्राद्ध गर्नु हुँदैन भनिन्छ, अनि नवमीका दिन मृत महिलाहरूको मात्र श्राद्ध गर्ने हो भनी यस दिन पनि श्राद्ध गर्न आनाकानी गर्ने चलन छ । उता वेलावेलामा तिथिक्षय भइदिनाले कहिलेकाँही एउटा पक्ष चौध वा तेह्र दिनमा खुम्चिन पुग्छ र श्राद्धको सङ्ख्यामा कमी आउँछ । त्यसैले मुखले सोह्रश्राद्ध भने पनि वास्तवमा सोह्रश्राद्धमा श्राद्ध गरिने दिन सोह्र वटा पुग्दैनन् । जे होस् सोह्रश्राद्धको प्राविधिक विषय जेजस्तो भए पनि सोह्रश्राद्धको एउटा समग्र पक्ष त्यस्तो समयावधि हो, जसमा हिन्दू संस्कृतिका अनुयायीहरूले एकसाथ आआफ्ना मृत परिजनलाई स्मरण, पूजा र श्रद्धाभाव अर्पण गर्दछन् ।
‘श्रत्सत्यं दधाति यया क्रियया सा श्रद्धा श्रद्धया यत्क्रियते तच्छ्राद्धम्’ अर्थात् श्राद्ध भनेको नै श्रद्धा हो । आफ्ना दिवङ्गत पितृहरूको उद्धार, उनीहरूप्रतिको समर्पणभाव र उनीहरूप्रतिको दयाभाव हो, श्राद्ध । आफ्ना पिता, माता र पुर्खाविना मानवले आफ्नो अस्तित्वको कल्पना गर्न सक्दैन । वास्तवमा तिनै मातापिता वा पूर्वजहरूको सद्भावना, प्रेरणा, लाडप्यार, लालनपालन, शिक्षादीक्षा र उचित मार्गदर्शनको प्रबन्ध भएरै व्यक्तिले वर्तमानको जीवन र सुखसुविधा सिर्जना गरेको हुन्छ, उन्नतिप्रगतिको पथमा अघि बढिरहेको हुन्छ । मातापितालाई शास्त्रले देवसरह पूज्य र आदरणीय मानेको त छँदैछ, आधुनिक विज्ञानले पनि मातापितालाई जीवनको पहिलो पाठशालाको पहिलो आधिकारिक गुरु भनी स्वीकारेको पाइन्छ ।
तिनै मातापिता र अग्रजहरूको विशेषज्ञ सेवा पाएकाले नै व्यक्तिविशेष डाक्टर, वकिल, इन्जिनियर, पत्रकार, लेखक, साहित्यकार, प्रशासक, नेता आदि उच्च वर्ग वा अन्य पहुँचमा पुग्न सक्षम हुन्छन् अनि तिनको सारा पदप्रतिष्ठा र जीवनचक्र सञ्चालन भइरहेको हुन्छ । इतिहास र पूर्वजको संस्मरणविना भूत, वर्तमान र भविष्यको अवस्थिति र समुन्नत सुखको कल्पना निरर्थक हुन्छ । पौराणिक मान्यतानुरूप दिवङ्गत पितृहरूले भवसागरका चौरासी लाख योनिमध्ये कुनै न कुनै योनिका रूपमा देह धारण गरेका हुन्छन् र तत्तत् योनिका उचित खाद्यपदार्थ पाएर सबैका आआफ्ना दिवङ्गत पितृहरू तृप्त हुन्छन् भनिन्छ र भवसागरको चक्र पार गरी मुक्ति प्राप्त गरी देवत्वमा पुगेका पितृहरूले पनि आफ्ना सन्ततिबाट केही न केही पाइन्छ कि भनी आशा गरेका हुन्छन् भन्ने मान्यता पनि छ । त्यसैले हाम्रो परम्परा र संस्कृतिले आआफ्ना पूर्वजको कुनै न कुनै ढङ्गले स्मरण गर्नु अनिवार्य मान्दै आएको छ । युग, परिस्थिति, समय र स्थानमा व्यापक परिवर्तन आएको छ भनी आफ्नो अनुकूलता र प्रतिकूलतालाई मात्र ख्याल गरी आफ्ना पुर्खा, पूर्वज र पितृहरूप्रति गरिने कर्मको लोप गर्नु सरासर गलत हो, अतः सोह्रश्राद्ध र अन्य मरणतिथिमा आफ्नो गच्छेअनुसार पितृदेवताको उपासना गर्नै पर्ने हुन्छ । यस आलेखमा श्राद्ध तथा यसका प्रकार, प्रक्रिया र अङ्गका बारेमा प्रकाश पार्ने प्रयास गरिएको छ । Continue reading
दशै आउदै गर्दा…३
चचहुईः पिगंमा मच्चिदै नव यौवना । दशैको खास रौनक पिगंले पनि ल्याउछ ।
आयु द्रोण सुतेः…दशैको टिकाको तयारी ।
झरी वसेर घाम लाग्न् लागेको छ । दशै आउनै लाग्दा शरदीय मौषम मादक हुदै जान थालेको छ । आफ्ना र आफन्त संझने सवै विदेशवाट घर परिवार संझेर यतै आउदैछन । अरब या मलेशीयावाट आउने उडानमा सिट पाउनु कम्ती सास्ती छैन यति वेला ।
वर्ष भरीको दुख विर्सिने र आफु आफ्नासंग मिलन हुने अद्भुत सास्कृतिक पर्व आउन अव धेरै दिन वांकी छैन । दशैको पुर्व सन्ध्यामा पितृ खुसी पार्ने अवसर सोह् श्राद्ध सकिएर घर घरमा घटस्थापनामा जमरा राखिएको छ । दशैको लिंगो ठडिनेएछ । परदेशीहरु स्वदेशिनेछन । शहर पसेका हरु गांउका उकाली ओराली लाग्नेछन ।अव घर आगन सफा राखिने छ र लिपपोतका परम्पराहरुले जिवन्तता पाउने छन । ठांउ ठांउमा लिगें पिगं गाडिने छन । र केटा केटीहरु आफ्नो घरमा कत्रो खसी भित्रेला भनेर लख काट्ने छन । नंया लुगा र मसलाको खरिदले वजार तात्दै छ । फरक वासनामय नंया नोटले खल्ती सुगन्धीत हुने छन । सुवास या शौन्दर्यको कुनै नाम छ भने त्यो शरद हो र चाड को कुृनै शौन्दर्यता छ भने त्यो दशै हो । निधारको रातो टिका र मान्यजनको आशिष मात्र होइन भेटघाट, परस्परका भेटघाट दशैको अर्को शौन्दर्य हो ।
दशैले ल्याउने उमंग वर्ष भरीका दुख पीडा भुलाउनलाई काफी छ । परदेशीलाई संझनै कुनै नव यौवना दशैको पर्खाइमा हुन्छे, लाहुरे आफ्नी प्रेयसीको कल्पनामा दशै कुर्छ । त्यसैले त आदिकाल देखि दशै यो चरणको सर्वमान्य चाड वन्न पुगेको छ ।
शहर पसेको म मेरा वर्षदिनका भाइरसहरु स्क्यान गर्ने अवसर हो दशै । गाविस भवन अघिल्तिर पिगं खेल्ने या वुढाहरुसंग रमी पार्ने या क्षेत्रपालको पुजामा पुग्ने या पुराना मित्रहरुसंग मिलन गर्ने अवसर हो दशै मेरालागि । गांउको चुर हरियाली वर्षदिन पछि भेटहुने गाउले सफा मनहरुसंगको सामिप्यताको लागि म व्यग्र छु । दिनभरी डुल्नु, गफिनु वा खाल जमाउनु सांझमा कुलामुनी भट्टराईकोमा पुगेर गपुल्ले सुन्नु मेरा पछिल्ला आकर्षण हुन । घरी घरी वजेर शान्ति भंग गर्ने यो फोन त्यहा पुगेपछि वन्द हुन्छ । समय समयमा मच्चिने ट्राफिक कोलाहल त्यो परिवेशमा शान्त रहने छ ।
यद्यपि यसै समयमा विर्घावाट त्यति राम्रा खवरहरु आएका छैनन । लगातारका निधनका खवरले माहौल भने त्यति सहज नभएजस्तो लाग्छ । यदपि जीवन मृत्यु जीवनको श्रृखंला हो तिनै श्रृंखलाका बीचमा आउने यस्ता दशै तिहार जस्ता चाडले त मनलाई वाधेको हुन्छ ।
आज नापञ्चमी
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नापञ्चमी पर्व मनाइन्छ । प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन परापूर्व कालदेखि चलेको हो ।
विभिन्न धर्मग्रन्थमा नाग देवताको विशेष महत्व उल्लेख गरिएको । नागपञ्चमीका दिन गरिने पूजाले सर्पादि भयबाट र चट्यागंवाट मुक्त हुने जन विश्वास रही आएको छ । नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न किंवदन्ती पाइन्छन् ।
एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ । त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको जनविश्वास रही आएको छ।
नागपञ्चमीका दिन बिहानै स्नान गरी नागको चित्र वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । नागका अनन्त, वासुकी, पद्य, महापद्य, शङ्ख, तक्षक, कुलिर, कर्कोटक आठ प्रकार रहेका छन् ।
गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्नाले आगलागी, चट्याङ आदिको भय नहुने जनविश्वास छ ।
नागको पूजाले धनधान्य र सुख सम्मृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्विपत र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ ।
नागपञ्चमीका अवसरमा काठमाडौँका टौदह, नक्सालस्थित नागदह, धापाखेलस्थित नागदहलगायत स्थानमा विशेष मेलासमेत लाग्ने गरेको छ ।
गोधुली गांउ
मित्रहरुले एनिभर्सरीका फोटोहरु अपलोड गरिरहदा म भने एक तमासले गांउकै चर्चामा छु । पहिचानको लागि वहस छेडिएको राज्यमा म जस्तो ग्रामिण युवाले आफ्नो
विगत भुल्न कंहा सकिन्छ र । गांउ मेरो पहिचान हो, मेरो मिठो विगत हो र आज जे छ त्यसको आधार हो ।
“बल्झियनि मनको ब्यथा घाउ पुरानै हो, नबिर्स है दाजुभाइहो गाँऊ पुरानै हो।।”
केशवले विर्घाका केही पछिल्ला फोटोहरु फेसवुकमा राखेपछि म गांउ संझेर फेरी रोमान्चित भएको छु । यंहाको आपाधापीमा गांउको स्वाद कंहा रहनु । हुनत कैले कांही शुरेशसंग वसेर मोहनीलाल खराल संझने प्रयास शहरमा नभएका होइनन तर कंहाको भन्जिगंको सुवास यंहा पाउनु । भेटघोट र जमघट भएपनि कंहा गांउमा सुपारी काट्दाका या चौको टाल्दाका मौलिकता भेट्नु । कंहा वादशाह या वेइजिंग डकमा कुलामुनी भट्टाइको स्वाद पाउनु ।
यिनै तमामा संझनाका बीच आज भोली त लेखाइपनि छोटिदै गएका छन ।
तोरी फुल्यो धर्ति रमाइलोः मरेंग्दाका फांटमा पहेलपुर तोरी । पृष्ठभूमिमा मरेंग्दाका घरहरु ।
पुजाको तयारी ः चक्रपाणी पान्डेको घरमा एकाहाकालागि तयारी हुदै । कतै दुना टपरी खुट्ने महिला त कतै सुपारी काट्ने भद्र मलादमी ।
(सवै तस्विर: केशव पान्डे)
उमेर, जोगी र शिवरात्री
उमेर छिप्पीदै जादा सिर्जनात्मकता हराउदो छ र वढ्दो छ व्यस्तता । अनेक आपा धापीले व्लग मात्रै होइन मेरो जीवन पनि नियमित छैन । मित्रहरुसंगको सामिप्यता छैन र छैनन व्यवहरिक सामाजिक कर्महरु । जति व्यस्ततामा पनि नगरी नहुने खाने, निदाउने र वाहिर पठाउने काम चल्दैछ । वांकी प्राथमिकताका आधारमा चल्दैछन ।
आज शिवरात्रीको पूर्वसन्धयामा पशुपति पुग्ने र साझंको रमाइलोमा फकिरी आनन्द लिने त छदैछ । अनेक स्थानवाट आएका चरा जस्ता जोगीहरु जसको न कुनै जात छ, न कुनै परिवार न कुनै देश ।( देश यस अर्थमा की जोगीको न त पासपोर्ट हुन्छ न त नागरिकता ।) यस्ता जोगीहरुसंग अन्तरंग जीवन र जगतको वहस गर्नुमा मलाई अपार आनन्द आउछ । जोगी पनि कति त खरानी घस्नकै मात्र हुन्छन । उनीहरुमा फकिरी कम र लक्ष्मीको चेष्टा ज्यादा छ ।
असल विद्या, असल गुरु र असल कर्म मात्र होइन असल जोगी चिन्नसपनि जटिल भयो जगतमा । यसै मेसामा साझंको मृगस्थलीको चक्कर लगाउनु मिलेमा केही शाशित्रय भजन शुन्नु, जोगीसंग भलाकुसारी गर्नु र केही प्रसाद ग्रहण गर्नु अपार आनन्द लाग्छ ।
यत्ति हेर्न त दुनीयावाट हजारौ डलर खर्च गरेर पर्यटक आउछन हामी भने नजिककको तिर्थ हेला गरेर वस्छौ । भोलीको दिन भरको ठेलम ठेला त सकिदैन त्यसैले साझंको जोगीको चर्या हेरर केही मित्रहरुसंग गफिएर फर्किनु नै आजको सेड्युल्ड छ ।
मन्त्रिपरिषद अध्यक्षद्धारा आलमदेवीको आरधना
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले वुधवार पश्चिमान्चल विकास क्षेत्रकै प्रशिद्ध शक्तिपिठ आलम देवीको दर्शन गरेका छन । पाल्पाको तानसेनको औपचारिक समारोहका लागि आएका रेग्मीले वुधवार दिउसो वाटोमा पर्ने आलमदेवीको दर्शन गरेका हुन । अध्यक्ष रेग्मीसंगै सामान्य प्रशाशन तथा शिक्षा मन्त्री माधव घिमिरे, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पान्डे रहेका थिए । रेग्मीले आलमदेवीको दर्शन गरी ध्वजा लगाउनाका अलावा स्थानीय वासीसंग केहीवेर कुराकानी समेत गरेका थिए । अध्यक्षले चुनाव सम्पन्न गराउन मद्दत गरेको र सक्रिय सहभागीता जनाएको भन्दै स्थानीय वासीलाई धन्यवाद समेत दिएका थिए ।
आलमेदेवी मन्दिर परिषरमा अध्यक्ष रेग्मी ।
देवीको आरधना गर्दै रेग्मी ।
रेग्मीको साथमा आएका मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला ।
रेग्मीको भ्रमणको दृष्य कैद गर्दै संचारकर्मी ।
सवै तस्विरः शुन्दर पान्डे !
पगलावावाद्धारा समाधी ग्रहण
पसुपति क्षेत्रका पुराना मध्ये एक सन्त ‘पलगा बाबा’ले मंगलबार बिहान ४ बजे समाधि लिएका छन् ।उनी ७८ वर्षका थिए ।
पसुपति क्षेत्रमा विगत ६० वर्षदेखि आउजाउ गर्ने गरेका यसक्षेत्रका अर्का सन्त ‘चुनचुन बाबा’का उनी गुरुभाई हुन् ।
उनीहरुले पसुपति क्षेत्रमै बसोबास गर्ने रामनाथ अघोरीबाट दिक्षा लिएका थिए । योग र अध्यात्मा सिद्दिमा पारङ्गत मानिने बाबाले निधन हुनुभन्दा अघिल्लो दिन नै भक्तहरुलाई आफूले भोलिपल्ट शरीर छोड्ने बताएका थिए ।
बाबाको जीवनमा आधारीत उपन्यास बहुलानन्द लेखेका पसुपति क्षेत्रका अधिकारी रमेस उप्रेतीले भने,’ ‘उहाँले हिजै मलाई लङ्गौटी फेराईदेओ अब मेरो जाने बेला भो, म भोलि बिहान शरीर छोड्छु भन्नु भएको थियो।’
भारतको गोरखपुरमा जन्मिएका पछिल्लो केही वर्षदेखि बनारस र पसुपतिनाथ परिसरमा आधा आधा समय विताउने गर्थे ।
(विर्घा र आलमदेवीको दर्शन गर्न समेत गएका र त्यस क्षेत्रमा लोकप्रिय रहेका पगलावावाका अझैपनि विर्घा र त्यस क्षेत्रमा प्रशंशकहरु छन । )
पगलाबाबाले समाधि लिएपछि मंगलबार बिहान । तस्विर मनोज दहाल/सेतोपाटी
तिहार शुरु
तिहार शुरु भएको छ । हिजो यमपञ्चक को पहिलो दिन अर्थात काग तिहार । कागको पूजा गरी सुरु भएको छ तिहार । सबैको घरघरमा बिहानै देखी बिभिन्न प्रकारका फल्फूल तथा मिष्ठान्नले काग लाई सर्वप्रथम भोजन गराईन्छ, अनि मात्र घर का अरु सदस्यहरुले खाने परम्परा छ । परापूर्व कालमा दानव र देवता बीच समुन्द्र मन्थन गर्दा निस्केको अमुल्य बस्तु हरु मध्य अमृत (जस्ले पिउछ उ अमर हुन्छ रे)पहिला कागले पिएको हुँदा उ अमर मानिन्छ र काल लाई उस्ले सजिलै देख्ने हुँदा पनि कालको संबाहक रुपमा हामीले मान्दै आईरहेका छौ ।
नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लीने गरिन्छ | जसरी नवरात्री नौ दिन सम्म मनाईन्छ, त्यसै गरि तिहारलाई पांच दिन सम्म मनाउने प्रचलन छ जसलाई यम पञ्चक भनिन्छ | यस पर्वमा काग, गाई आदिको पूजा गरेर मानब र प्रकृति बीचको सौन्दर्यतालाइ आत्मसात गरिन्छ | यहि तिहार पर्वको मूल मर्म हो | दिपावलीको रमझम सबैतिर छाएको हुन्छ | सबैको मनमा आनन्दको बर्षा हुन्छ | देउसी भैलो गाएर मनोरंजन गरिन्छ
तिहारका पाँच दिन हुन्छन् जसलाई यम पञ्चक भनिन्छ । यो बेलामा यमराज अर्थात काल पनि विदामा हुन्छन रे उनी बहिनी यमुनासँग बसेर टीका लगाउँछन् रे । भाइ टीका हुन्छ यम पञ्चक को अन्तिम दिन । दिदी बहिनीले दाजु भाइलाई निकै श्रद्धाले टीका लगाइ दिन्छन् त्यस दिन । चामलको भिजाएको पिठोको निधारमा ठाडो धसो्र बनाएर त्यसमा सप्तरंगी टीका अडाइ दिन्छन् दिदी बहिनीले । त्योभन्दा अघि पुजा गर्छन् । ओख्खर फुटाउँछन् । टीका लगाउन बसेका दाजुभाइलाई तेलको घेराले घेर्छन् । टीकापछि गलामा मखमली फूलको माला लगाइ दिन्छन् । दिदी बहिनीले बनाएको तेलेको घेरा नसुकुन्जेल, मखमली नओइलाउनजेल दाजुभाइलाई कालले लैजान सक्दैन भन्ने कथन तिहारसँग जोडिएको छ ।
तिहार यानी यम पञ्चक को पहिलो दिनलाई काग तिहार भनिन्छ-जुन दिनमा हिन्दुहरु कागको पुजा गर्छन। कागको श्वोरले दुख र समस्याको संकेत दिन्छ। काग तिहारको अवसरमा धार्मिक मान्यता अनुसार कागलाई पुजा गरी विभिन्न खानेकुरा दिइन्छ। हाम्रो समाजमा कागलाई सन्देश बाहकको रुपमा लिइन्छ।परापुर्व कालमा यमराजकी बहिनीको लागि संदेशबाहकको काम गरेकोले कागको पनि पुजा गर्नुपर्ने चलन रहिआएको जानकारहरु बताउछन|