गोधुली गांउ, चुनाव र चर्चा

315919_532303183478279_1546995938_n
घाम डुव्न लागेको विर्घाको तस्विर देखेपछि गांउका वारेमा फेरी संझना उद्देलीत भएर आयो । हुनत यो व्लगका विषयमा केही गुनासाहरु नभएका होइनन । यद्यपि निजी जीवन र सामाजिक जीवनमा समेत हुने उतार चढावहरु आएपछि केहि लेख्न कलम चलेन । प्रिय गणेश आशौचमा छन । गांउका प्रिय डिल्लीराज पान्डेको असमयमै निधन भएपछि यस्तो दुखद स्थिति आएको हो ।
केही समय विरानो भएका सिंहदरवारका चराका चिरविरहरु पुन दैनिकी वनेका छन । समय समयमा सुसाउने सल्लाहरुको लय फेरी समिप भएको छ ।
मित्रहरुले फोन गरेर आउने संविधानसभा चुनावकालागि टिकट वाड्ने चटारो चलेको खवर सुनाउछन । शंकर पान्डे, मोहन पान्डे, भुमा पान्डे र यम प्रसाद पान्डे मात्र होइन इश्वर खांण गजिन्द्र मल्ल पनि उम्मेदवारका आकांक्षीहरु रहेका छन । समानुपातिक तर्फ माया रानाको चर्चा छ ।
गांउका यस्तै खवर सुन्दा चुनावको माहोल ताते जस्तो लाग्छ । खैर चुनावले विगतमा जस्तो माहोल भने तताएको छैन ।
माहोल यत्तिकै तात्दै गएमा चुनावले चहल पहल ल्याउनेमा भने विश्वस्त हुृन सकिन्छ ।

मौलाको पीपल ढलेछ

देउरालीको वरै ढलेछ,

चौतारीको पीपल ढलेछ,

वाटो हिड्ने वटुवाको सितल ढलेछ……
46187_1601950728328_1313856_n

क्षेत्रप्रताप अधिकारीले लेखेको यो गीत सिशिर योगीले त्यसै गाएका रहेनछन । यसमा राम्रो दम रहेछ भन्ने ज्ञान मलाइ यतिवेला फिरेको छ । स्वभावैले पहाडप्रति मेरो आकर्षण रहनुमा सुदुर गांउ विर्घाको ठुलो हात छ । समयक्रमले विर्घा विरानो भएपनि त्यहांका स्मरणहरु कहिल्यै धुमिल हुदा रहेनछन । स्याङजा सदर मुकामवाट अलि परै रहेको विर्घा कालिगन्डकी जलविद्युत परियोजनासंगै पुगेको मोटर सुविधाले सुगम भएको छ ।

शैक्षिक दृष्टीले अव्वल रहेको विर्घा मेरो मिठो विगत हो । भविष्यको त कस्लाइ के थाहा । मेरो जीवनको लामो कालखन्ड विर्घा त्यसमाथि पनि मौलामा वितेको छ । मौला भन्ने वित्तिकै पिपल त कस्ले विर्सेला र । मौलाको पिपल त्यो भेकको परिचय थियो । हामी दैलामारा खेलेर वस्ने देखि सांझका रहिसहरुले आराम गर्ने थलो थियो त्यो । प्रत्येक दशैको पिङ मौला चौपारीमा हुन्थ्यो । त्यस भेकका साना तिना मिटिङ मौला चौपारीमै हुन्थे । मेरो वाल्यकाल यही चौपारीको लुकामारीमा वितेकोले होला यसप्रति मेरो ठुलो आकर्षण थियो ।

त्यही मिठो विगत वोकेको चौपारी(मौलाको पीपल) अस्तिको भिषण पानीपछि पहिरो जांदा ढलेछ । यो खवर सुनेदेखि नै विगतले मलाइ घोच्यो । मौलाको पीपल ढलेपछि मौलाको अस्तित्व अव के नै पो रह्यो र ! म पछिल्लो पटक विर्घा जांदा रुकुम सोल्टीले पाइप तानेको शुरमा यसै चौपारीका आड लागेर भनेको थियो । दाइ अनि मलाइ ….उस्ले छोडी । उसको उदासीमा पाइप तानेर मैले पनि साथ दिएको थिए । “सुरेश” जसलाइ म मांया गरेर डढे भन्थे उनीसंगका वाल्यकालका स्मृतिमा त हरेकपटक मौलाको चौपारी नै जोडिन्छ । कतिलाइ छहारी कतिलाइ सुहारी ल्याइदिएको त्यो चौपारीको संझनामा ।
यो संझना त्यही मौला र चौपारीलाइ । यो फोटो गएको हिंउदमा लिइएको थियो । अव पीपल ढलेपछि यस्तो दृष्य फेरी लिने मेरो धोको अधुरै रहेको छ ।

विर्सन नसकिने विगत

विगतका दिनहरु सवैका लागि प्रिय हुन्छन । विगत विरानो छ त्यसैले त प्रिय छ । ती दिनमा अभाव थियो कठिनाइ थियो र पनि थियो रमाइलो । पुरै ग्रामिण परिवेश, आधुनिक भनिएका साधनहरुवाट पुरै पर रहेको त्यो परिवेशमा मौलिकता थियो र त ति दिन प्यारा थिए । विहानको काम सकेर स्कुलका लागि कुद्नु , खल्तीमा केही भए भिमकुमारकोमा चना खानु या युगराजनीकोमा चुकाउनी खानु, खल्ती खाली भए जरुवाको पानी या हात हातै विक्री हुने वर्फीकालागि सापटी माग्नु हाम्रा आम दिनहरु थिए ।
साउन भरी वर्षे विदा हुने ती दिनहरुपछि स्कुल जानु कम दिक्दारी हुन्थेन । विहानैको घाममा हुर्रिदै प्राङग्रणमा पुग्नु र कपिलसरको सिट्ठी संगै अल्छी मानी मानी गोडा वजार्नु । वेलुका सकेसम्म छिट्टै कक्षावाट भाग्नु हाम्रा नियमित क्रियाकलाप थिए ।
त्यस वेलाको अर्चले, पकौडेनी आवै, चिफल्डाडाका भिमको पसल, पाइनापल विस्कुट, वरको फेद, कुलाको वाध, हाम्रा दैनिक जीवनसंग जोडिने नामहरु थिए । वर्षामा पौडी खेल्नु र हिउदमा स्वस्थानीका कथा सुन्नु हाम्रा वर्षेनी दोहोरीने घटना थिए । तिहार छेक केही दिन भैलो भैलो भन्दै हिड्नु र जम्मा भएका केही रुपैया सिलटुङवारी भित्र तास खेलेर तिहार मनाउनु हाम्रा वचपनका वदमासीहरु थिए ।
वैशाख जेठमा मकै रोप्नु वा गोड्नु, असार साउनमा धान रोप्नु र आप कटहर खानु, भदौमा कोदो रोप्नु हाम्रा वर्षेनी आउने काम हरु थिए । आमा दिदीहरुले कोदो रोप्नुहुनथ्यो हामी मेलो खनेर तयार गथ्र्यौ । त्यतिवेला काम गर्दा दुख भएपनि अहिले संझदा ती दिनहरु प्रिय लाग्छन । समय धेरै अगाडी वढेको छ कालीले कलर फेरेको छ र धेरै माघहरु गइसकेका छन ति दिनहरु फर्काउन संभव छैन । तैपनि ति दिनको संझना आइरहन्छ ।

यति वेलाको गांउघर

Image0377
कालीको कलर: कोलडाडावाट देखिएको काली गन्डकी, पृष्ठभूमीमा गुल्मीको चेहेमी र पंहादी ।
16455_101932986497389_5072624_n
दिहिगंको हरीयाली: गहलामवाट देखिएको दिहीग गांउ !
16455_101932996497388_1102961_n
मिर्मि मुनी काली थुनेको: विर्घाको प्रवेशद्धार मिर्मी वजार ।
600380_611794882177861_114739457_n
हरिउं तत्सत: विर्घाकै सवैभन्दा व्यस्त आदरणीय राम प्रसाद पन्डीत !
1002431_550927804949150_1237611318_n
समुह नै शक्ति हो : विर्घाको एक सामाजिक अवसरमा आलु छोडाउदै स्थानीय । (तस्विर: अनन्त पान्डे)

विर्घामा विकासको लहर

1074845_605794829455376_308691381_o
सडकको जिम्मा सडक विभागलाई: रातो कितावको पहिलो भावगमा परेको मिर्मी विर्घा सडक कार्यक्रम !
लामो समयको अथक प्रयासपछि विर्घामा विकासको लहर शुरु भएको छ । सधै खानेपानीको अभाव, कच्ची सडक, पुराना विद्यालय रहेको विर्घामा केही अघि जनता मावीको विशाल नंया भवन वनेपछि शुरु भएको विकासको लहर यस पटक मिर्मी विर्घा सडक पक्की हुने भएपछि अगाडी वढेको हो । आर्थिक वर्ष २०७० ७१ का लागि नेपाल सरकारको पहिलो प्राथमिकतामा परेका कार्यक्रमहरुमा मिर्मी विर्घा सडक परेपछि शुरु भएको विकासको लहरमा आलमदेवी तथा क्षेत्रपाल मन्दिरका लागि उल्लेख्य रकम समेत परेको छ ।
यसै गरी योजना आयोगले सार्वजनिक गरेको रातो कितावको दोश्रो भागमा पनि विर्घा तथा त्यस क्षेत्रका प्रशस्त कार्यक्रमहरु परेका छन । जनतामावी तथा भवानी मावीकालागि वजेट, मौला कइन्डाडा खानेपानी परियोजना आलमदेवी सटुका सडक लगायतका कार्यक्रमहरु परेका छन । प्रधानमन्त्रीका प्रेस संयोजक राजेन्द्र पान्डेले भने अनेक तरहका प्रयास र सवैको सहयोगले यी परियोजना रातो किताववमा पार्न सफल भएकोमा मातृभूमी प्रतिको जिम्मेवारी वोध भएको छ ।
19907_10201598203226940_516430538_n पक्की हुने सडक: अव यो मिर्मी विर्घा सडक खन्ड आगामी समयमा यस्तो रहो छैन ।

ती दिन जो ख्याल ख्यालमै विते

1811768_dbec52b110_m
यात्राका क्रममा तंनहु र नवलपरासी सांधको काली किनारामा २०६४ वैशाखमा !
२०६२ मा त्रिभुवन विश्व विद्यालयवाट स्नातकोत्तर सकेपछि आवस्यक कुराहरु परिपुर्ति गरेर मैले २०६३ मा विद्यावारिधीका लागि डिनको कार्यालयमा निवेदन दिएको थिए । २०६३ श्रावणको मेरो दर्ता बीचका अनेक उल्झन र व्यवधानले थेसिस पुराहून लामो समय लाग्यो । त्यस क्रममा गन्डकी शेरोफेरोको अनेक भ्रमण भए । यसै क्रममा शोध विशेषज्ञ राजाराम सरसंग काली किनारमा गरिएको पैदल यात्रा अभियान अविस्मरणीय थियो ।
1733691_3bcc175cb8_m
देवघाटस्थीत महेस शन्यास आश्रमका डां रमानन्द गिरीसंगको भेट ।