विर्सन नसकिने विगत

विगतका दिनहरु सवैका लागि प्रिय हुन्छन । विगत विरानो छ त्यसैले त प्रिय छ । ती दिनमा अभाव थियो कठिनाइ थियो र पनि थियो रमाइलो । पुरै ग्रामिण परिवेश, आधुनिक भनिएका साधनहरुवाट पुरै पर रहेको त्यो परिवेशमा मौलिकता थियो र त ति दिन प्यारा थिए । विहानको काम सकेर स्कुलका लागि कुद्नु , खल्तीमा केही भए भिमकुमारकोमा चना खानु या युगराजनीकोमा चुकाउनी खानु, खल्ती खाली भए जरुवाको पानी या हात हातै विक्री हुने वर्फीकालागि सापटी माग्नु हाम्रा आम दिनहरु थिए ।
साउन भरी वर्षे विदा हुने ती दिनहरुपछि स्कुल जानु कम दिक्दारी हुन्थेन । विहानैको घाममा हुर्रिदै प्राङग्रणमा पुग्नु र कपिलसरको सिट्ठी संगै अल्छी मानी मानी गोडा वजार्नु । वेलुका सकेसम्म छिट्टै कक्षावाट भाग्नु हाम्रा नियमित क्रियाकलाप थिए ।
त्यस वेलाको अर्चले, पकौडेनी आवै, चिफल्डाडाका भिमको पसल, पाइनापल विस्कुट, वरको फेद, कुलाको वाध, हाम्रा दैनिक जीवनसंग जोडिने नामहरु थिए । वर्षामा पौडी खेल्नु र हिउदमा स्वस्थानीका कथा सुन्नु हाम्रा वर्षेनी दोहोरीने घटना थिए । तिहार छेक केही दिन भैलो भैलो भन्दै हिड्नु र जम्मा भएका केही रुपैया सिलटुङवारी भित्र तास खेलेर तिहार मनाउनु हाम्रा वचपनका वदमासीहरु थिए ।
वैशाख जेठमा मकै रोप्नु वा गोड्नु, असार साउनमा धान रोप्नु र आप कटहर खानु, भदौमा कोदो रोप्नु हाम्रा वर्षेनी आउने काम हरु थिए । आमा दिदीहरुले कोदो रोप्नुहुनथ्यो हामी मेलो खनेर तयार गथ्र्यौ । त्यतिवेला काम गर्दा दुख भएपनि अहिले संझदा ती दिनहरु प्रिय लाग्छन । समय धेरै अगाडी वढेको छ कालीले कलर फेरेको छ र धेरै माघहरु गइसकेका छन ति दिनहरु फर्काउन संभव छैन । तैपनि ति दिनको संझना आइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *