निरन्तर सम्पर्कमा रहने वाचाका साथ शुरु भएको विर्घा व्लग शुरु भएको केही दिनमै उल्झनले फेरी पुरानौ हालतमा फर्काएको छ । नंया कार्यालय, विहानीका पुरानै कक्षहरु आदिले समय चाहेर पनि दिन नसकिने अवस्था आएको छ । यद्यपि मन र उत्साह मरेको छैन आशा छ समय आउनेछ । विश्वास छ विर्घा व्लग सवैको हुने छ । र यसले सवैलाई मेरो हो भन्ने भावना जगाउन सक्नेछ ।
अहिलेलाई शेदिवेणी र मौलाको यो फाइल तस्विर पछि पुन अर्को भेटमा ।
Month: May 2013
विगतलाई फर्केर हेर्दा
विगतलाई फर्केर हेर्दा कहिलेकांही गजवको अनुभव हुदो रहेछ । यस्तै अनुभव भयो मलाई यो तस्विर हेर्दा । मन्दिराले कट्टी स्कुल पढ्दा ताका हअुन पर्छ कुनै गांउको भ्रमणमा आएको कुनै विदेशीले प्रस्तुत तस्विर खिचेको रहेछ । उसले गुगगलमा तस्विर शेयर गर्यो हुनत यो गुगल आउनु भन्दा अगाडीको कुरा हो जस्तो लाग्छ । मरेगंदा निवासी प्रवन्ध वाको करिव ४० वर्षे जवानीको हुनपर्छ यो फोटो ।
अहिलपनि उत्तिकै दम छ वुढामा । तैपनि उमेर छिप्पदै गएको छ । वालीमा ओज भएपनि शरिरमा शक्ति पक्कैपनि कम छ । जनता प्रावी कट्टीमा आयोजित सांस्कृतिक कार्यक्रममा खिचिएको यो फोटो अनेक सर्च गर्दे जादा भेटियो र विगतको संझनालाई ताजा वनाउन यंहा राखियो ।
गफ, गांउ र गन्डकी
गांउ र गफ एक अकाृका पर्याय हुन । सिजनमा हुने काम सकेपछि दिन काट्ने मेलो गफ नै हो । गफका विषय चाहिदैनन । सरकार परिवर्तन होस या कुनै नविनतम समाचार वस गफ पुग्यो । कुनै जमाना अर्चले यस्तै गफको अखडा थियो । हाल भने वनकसी डांडामा गैरावारी रेश्मीको पसल तयार भएपछि गफकालागि अरु ठांउ पुग्नु पर्दैन टाइम, टाइममा चिया, टोली मिले केही छिनको रमी या कलवे्रक, नमिले चिया र गफ ।
विर्घा दुइतिरवाट कालीले घेरेको गांउ हो त्यसैले यंहाको सभ्यता गन्डकीको सभ्यतासंग जोडिएको छ । मर्दा, पर्दा होस या कुनै पुन्य कर्ममा काली गन्डकीको किनारमा नपुग्ने कोही हदैनन,विर्घामा । त्यसैले हाम्रो जीवन करिव गन्डकmी वाट शुरु भएको छ र अन्त्य पनि यही गएर हुन्छ । यसै मेसोमा कालीको निकट कुलुममा वसेर गफिएका एक हुल युवाहरु मेरो क्यामेरामा कैद भए । काली गन्डकी किसुनजी ठुला वगरजांदा खिच्नु भएको रहेछ ।
विद्यालय वनेपछि
विद्यालय ज्ञानको पहिलो केन्द्र हो । विर्घा स्यागंजाकै शैक्षिक जागरणमा अग्र पंक्तिमा आउछ । यंहा २०१३ सालवाट विद्यालयको शुरुवात भएको पाइन्छ । यहाको जनता मावी पनि स्यागंजाका पुराना माध्यमिक विद्यालय मध्ये एक हो । त्यसैले जैसिडांडाका अर्याल, फापरथुमका ढकाल, लुव्दी खोलाका रेग्मी र विर्घाको पान्डेहरु हरेक क्षेत्रमा अगाडी छन देश विदेशमा ।
विर्घाका व्यक्तिहरु निजामती, शैक्षीक वा अन्य शिक्षाका क्षेत्रमा अग्रणी रहेका छन । सामान्य ज्ञानको समेत विषय वनेका पूर्व तथा वर्तमान सचिवहरु अनन्तराज, आत्माराम र शंकर पान्डे यही विद्यालयका उत्पादन थिए । शिक्षाले चेतना जगाउने चेतनाले कन्फिडेन्स वढाउने भएकाले विर्घालीहरु सवै क्षेत्रमा अगाडी छन भनिन्छ । त्यसैले वलाम वेल्टारी होस या मिर्मी सवैतिर चर्चा चल्छ, ढेंडुवाको वुढो चिनिन्न, विर्घाको ठुलो चिनिन्न ।
यसै मेशोमा यही जनता मावीका पुर्व विद्यार्थी तथा नेपाल सरकारका सहसचिव विर्घा चिसापानीका रेश्मीराज पान्डेको पहल तथा भारतीय दुतावासको सौजन्यमा विर्घामा जनतामावीको लोभ लाग्दो भवन वनेको छ । यो भवन वनेपछि त विर्घाको शैक्षिक शुधारमा थप सहजता आउने अनुमान गरिएको छ ।
जनतामावीको भवन । तस्विर सौजन्यः कृष्णराज पान्डे, टाइप जोन ।
विर्घा, वाटा र वजेट
विर्घाजाने एकमात्र वाटो मिर्मीवाट शुरु हुन्छ । काली गन्डकी परियोजनाका लागि निर्मित उक्त एउटै वाटो तन्किएर विर्घासम्म पुगेको छ । मिर्मीवाट विर्घासम्मकालागि वनेको यो वाटो वर्खाभरी हिलाम्मे हुनुका अलावा केही समय त वन्द नै हुन्छ ।
विर्घाको वाटो अहिले क्षेत्रिय स्तरको परियोजनामा परेको छ । त्यसैले त सडक डिभिजन कार्यालय पाल्पाले हाल यो सडकको मिर्मी देखि २ किलोमिटर पिच हुन लागेको छ ।यसका अलावा मिमी देखि विर्घाको वाटोकालागि यस वर्ष रु ३९ लाख निकासा भएको छ । सडक डिभिजन कार्यालय पोखरावाट जाने उत्त रकम वाट ठेक्का समेत शुरु भएको छ । यसका अलावा यही सडकको स्तरोन्नतीका लागि जिल्लावाट समेत केही रकमको व्यवस्था भइसकेको छ ।
यसै गरी विर्घाको वाटो गुल्मीसंग जोड्ने रुद्रवेणीको पुल निर्माणका लागि यस वर्ष ४० लाख रुपैया निकासा भएको छ । यसै गरी विर्घा गहलामवाट वन्कसी डांडा हुदै भुष्टुगं जोड्ने सडकका लागि १० लाख रुपैया वजेट स्विकृत भई निकासाको चरणमा प्रवेश गरेको छ । यी तमाम परियोजनाहरुपछि अवको केही वर्षमै विर्घा पुग्ने सडक पक्कि हुने अपेक्ष ा गर्न सकिन्छ ।
1)विर्घाको भुष्टुगं र लसर्घा जाने वाटो ।
2)हिलाम्मे सडक मर्मत गर्दै चिफलडांडाका स्थानीय ।
मिर्मी आउने वाटोमा वाइकमा गोविन्द ।
कुरा कट्टीका
विर्घा ६ मा रहेको कट्टी विर्घाकै करिव करिव बीच भागमा पर्दछ । कट्टी सडक सुविधाको केन्द्रमा परेपछि त पसल धाउने हुन या गाविसमा शिफरिश लिन आउने सवैको सुस्ताउने ठांउ वनेको छ । सहकारीको नगद, तर सस्तो पसल, विर्घाकै ज्ञानको केन्द्र लाइव्रेरी वा अन्य गफ गाफका शिलशिला होउन यो ठांउ सवैको रोजाइ वनेको छ ।
त्यसैले होला यस ठांउमा घडेरी किन्ने वा घर वनाउने लालासा वोक्ने लाहुरेहरुको संख्यापनि वढेको छ । विहानीको समयममा सडक छेउका पसलमा भेटिनेहरु दिउसो लाइव्रेरी वा गाविस भवनतिर भेटिन्छन विर्घाकै पहिलो प्राथमिक विद्यालय हाल जनता प्रावीको नाममा कट्टीमै रहेको छ । अझ यंहा शिवजीको आकर्षक मन्दिर वनेपछि त यस ठंउको आकर्षण अझ वढेको छ ।
केही हप्ता अघि एक विहान कट्टीको चौकमा भेला भएर गफिएकाहरु मेरो क्यामेरामा कैद भए । तिनै ताजा तस्विरहरु ।
1)गफिदै गरेका स्थानीयहरु । 2)कट्टीका घरहरुका बीचमा वन्दै गरेको शिवको मन्दिर । पहेलो रंगमा ।
अक्षय तृतीया, कोलडाडां र खुदेपानी
आज अक्षय तृतीया अर्थात जौको सातु र खुदो पानी अर्थात सर्वत खाने दिन । आजको दिनवाट सत्ययुग शुरु भएको मानिन्छ । आज गरेको पुन्यकर्म कहिल्यै ननाशिने भएकोले यस दिनलाई अ-क्षयया भनेको पनि पाइन्छ । आज जौ को सर्वत र खुदोपानी खानाले शरिरमा स्फुर्ति वढ्ने रोग नलाग्ने र वर्षैभरी शरिरमा पानीको मात्रा पुग्ने विश्वास गरिन्छ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक’ दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।
आजको दिनमा सर्वत, जौ को सातु या अन्य वस्तु दान गर्नाले “अक्षय” पुण्य प्राप्त हुने विश्वास रही आएको छ । आजकै दिन वेदव्यासले महाभारतको रचना गरेको र पुरा गरेको विश्वास पाइन्छ । विभिन्न पुराण र महाभारतको रचना गरेपछि व्यासले अन्त्यमा लेखेका थिए –
“अष्टादश पुराणेशु व्यासस्य वचन द्धयम
परोपकार पुण्याय पापाय पर पिडनम्”
यसरी आजको दिनमो अनेक महत्व रहेको धार्मिक मान्यता रहेको छ ।
केटा केटीमा गुलीया पानी प्रति हाम्रा अनेक आकर्षण हरु थिए । चाहे धवादी खोले फुपुले नागेंडाडामा पिपली सार्दा होस या अक्षय तृतीयामा कसैले खुदो पानी खुवाउदा ।
यस्तै खुदे पानीका धुमिल संझनाहरु मेरो स्मृतिमा अनेक तरहले आइरहेका छन । वैशाखको धुपमा विहानको कर्म सकेर अर्चले स्कुल जाने हामीलाई चिफलडांडा या कुलुम तिरका कोही सज्जनले खोलाको पिपलीमा खुदो पानी र जौ को सातु खुवाउथे । सातुको वरु त्यति महत्व थिएन पानीमा भने हामी केटाकेटी ज्यान दिन्थ्यौ । अर्चलेमा समेत खुदेपानी खुवाउने चलन थियो । वाल्यकालका स्मृतिहरुमा मेरा खुदेपानीका स्मृतिहरु पनि कम्ता रोचक छैनन ।
यस्तै कोलडाडामा वैशाखे सक्रान्तीको गुण मात्र होइन हाम्रालागि अक्षय तृतीयामा पनि खुदे पानीको व्यवस्था हुन्थ्यो । अरुवा तिर काममा गएका किसानहरुलाई पुच्छारतिरका कोही सज्जनले कोलडांडामा सर्वत र सातु खुवाएर अनेक उपकार गर्दथे ।त्यसैले अर्चले होस या कोलडाडा अनेक पुन्यका मानक हुन हम्रलागि ।
तिनै पुन्य र मानकको जगमा विर्घाको अस्तित्व र गौरव गासिएको छ ।
अक्षय तृतीयाको सवैलाइ सुभकामना ।
गांउ घरमा यतिवेला
वैशाखको धुपसंगै गांउघरमा यतिवेला नंया खेतिपातीको शुरुवात भएको छ। फागुन चैतका उराठलाग्दा दिनहरु हराएर अव हरियाली वसन्त संगै गांउमा पनि हरियालीले छोएको छ। कालीगन्डकी क्याम्पस वनाउन र विर्घामा शैक्षिक जागरण ल्याउन शुरु गरिएको महायज्ञमा झन्डै ८८ लाख उठेपछि गांउमा नंया क्याम्पस भवन वनाउने एजेन्डाले प्रवेश पाएको छ ।
खानेपानीका योजना हुन या सडक निर्माणका कामहरु विस्तारै शुरु हुदैछन । यस वर्ष समयमै वर्षा भएकाले पनि मानिसहरु खेतिको काममा व्यस्त छन भने किसानहरु उव्जनी वढ्नेमा ढुक्क पनि ।
यसै मेसोमा गएको वर्ष यसै समयमा लिइएको विर्घाको तस्वीर ।
विर्घा व्लगको पुनर्जन्म
इशाको २००६ को धमिलो विहानीमा उज्यालो सपना वोकेर शुरु भएको विर्घा व्लगको यात्रा अनेक उकाली र ओराली हुदै इशाको २०११ को अन्त्य सम्म आइपुगेको थियो । व्लग समको मुफ्तको स्पेसवाट शुरु भएको यात्रा रामै् फैलियो त्यस समय । प्रशंशकको प्रशंशा र गुगलको दुइचार पैसावाट मिलेको उत्साह रोकिने वाला थिएन । यसैबिच श्रृजना भएका अनेक व्यस्तताका वावजुत अभियालने राम्रै गति लिइरहेको थियो ।
व्लगसमको हठात वर्सिएको अविस्वसनीय झटारो भोग्ने नेपाली व्लगहरुमध्ये विर्घाव्लगपनि पर्यो, यो आक्रमणको निशाना वन्यो । पेज खुलेन, पुराना डाटा ह्याक भए । कुनै हालतमा पुराना सामाग्रीहरु रिकभर हुन सकेनन । अनेक प्रयासका वावजुत ब्लग इतिहासमा सिमित रहने भयो ।
एएटा नवधनाढ्यले क्यासिनोमा जुवा हार्दा वा अल्लारे प्रमी प्रेमिकाको व्रेक हुंदा कंहा त्यतिको पिडा होला र मलाइ त्यो भन्दा अथाह पिडा भयो । शुभचिन्तकको सोधाइ, आफ्नो खस खस केही गरी साम्य भएन् । अनि शुरु भयो आफ्नै डोमेन खोज्ने श्रृखला । यसै क्रममा देवदुत वनेर आइपुगे पुराना मित्र मिडिया चौतारीका संचालक प्रवेश शुवेदी । डोमेन रजिष्टेशन पनि प्रोग्रामीगंको काम पनि प्रवेश जी वाट शंभव भयो ।
आज यो रुपमा शूरु भएको व्लगको नियमित यात्रा रोकिने छैन । यो मेरो होइन हाम्रो हो । गांउ बाट टाढा कतै वसेका गांउको माया मार्न नसक्ने र गांउ संग नजिक हुन चाहने हर कोहीको चौतारी हो विर्घा व्लग ।
यसले गांउका सुस्केरा र शहरका सफतलाको संझना गर्ने छ । यसले गांउ र शहरको सेतु वन्ने कोशिस गर्ने छ । एक्लो सोचाइ, एक्लो प्रयास या अभियानवाट मात्र केही संभव छैन त्यसैले यसले सामुहिकता खोज्ने छ र खोज्नेछ तपाइको सामिप्यता ।
त्यो सामप्यिताका लागि विर्घा व्लग नंया स्वरुपमा शुरु भएको छ । आगे तपाईको जिम्मा ।