विद्यालय वनेपछि

विद्यालय ज्ञानको पहिलो केन्द्र हो । विर्घा स्यागंजाकै शैक्षिक जागरणमा अग्र पंक्तिमा आउछ । यंहा २०१३ सालवाट विद्यालयको शुरुवात भएको पाइन्छ । यहाको जनता मावी पनि स्यागंजाका पुराना माध्यमिक विद्यालय मध्ये एक हो । त्यसैले  जैसिडांडाका अर्याल, फापरथुमका ढकाल, लुव्दी खोलाका रेग्मी र विर्घाको पान्डेहरु हरेक क्षेत्रमा अगाडी छन  देश विदेशमा ।
विर्घाका व्यक्तिहरु निजामती, शैक्षीक  वा अन्य शिक्षाका क्षेत्रमा अग्रणी रहेका छन । सामान्य ज्ञानको समेत विषय वनेका पूर्व तथा वर्तमान सचिवहरु अनन्तराज, आत्माराम र शंकर पान्डे यही विद्यालयका उत्पादन थिए । शिक्षाले चेतना जगाउने चेतनाले कन्फिडेन्स वढाउने  भएकाले विर्घालीहरु सवै क्षेत्रमा अगाडी छन भनिन्छ । त्यसैले वलाम वेल्टारी होस या मिर्मी सवैतिर चर्चा चल्छ, ढेंडुवाको वुढो चिनिन्न, विर्घाको ठुलो चिनिन्न
यसै मेशोमा यही जनता मावीका पुर्व विद्यार्थी तथा नेपाल सरकारका सहसचिव विर्घा चिसापानीका रेश्मीराज पान्डेको पहल तथा भारतीय दुतावासको सौजन्यमा विर्घामा जनतामावीको लोभ लाग्दो भवन वनेको छ । यो भवन वनेपछि त विर्घाको शैक्षिक शुधारमा थप सहजता आउने अनुमान गरिएको छ ।
DSC01506

जनतामावीको भवन । तस्विर सौजन्यः कृष्णराज पान्डे, टाइप जोन ।

Photo0345

Leave a Reply

Your email address will not be published. Required fields are marked *