विर्घा, वाटा र वजेट

विर्घाजाने एकमात्र वाटो मिर्मीवाट शुरु हुन्छ । काली गन्डकी परियोजनाका लागि निर्मित उक्त एउटै वाटो तन्किएर विर्घासम्म पुगेको छ । मिर्मीवाट विर्घासम्मकालागि वनेको यो वाटो वर्खाभरी हिलाम्मे हुनुका अलावा केही समय त वन्द नै हुन्छ ।
विर्घाको वाटो अहिले क्षेत्रिय स्तरको परियोजनामा परेको छ । त्यसैले त सडक डिभिजन कार्यालय पाल्पाले हाल यो सडकको मिर्मी देखि  २ किलोमिटर पिच हुन लागेको छ ।यसका अलावा मिमी देखि विर्घाको वाटोकालागि यस वर्ष रु ३९ लाख निकासा भएको छ । सडक डिभिजन कार्यालय पोखरावाट जाने उत्त रकम वाट ठेक्का समेत शुरु भएको छ । यसका अलावा यही सडकको स्तरोन्नतीका लागि जिल्लावाट समेत केही रकमको व्यवस्था भइसकेको छ ।
यसै गरी विर्घाको वाटो गुल्मीसंग जोड्ने रुद्रवेणीको पुल निर्माणका लागि यस वर्ष ४० लाख रुपैया निकासा भएको छ । यसै गरी विर्घा गहलामवाट वन्कसी डांडा हुदै भुष्टुगं जोड्ने सडकका लागि १० लाख रुपैया वजेट स्विकृत भई निकासाको चरणमा प्रवेश गरेको छ । यी तमाम परियोजनाहरुपछि अवको केही वर्षमै विर्घा पुग्ने सडक पक्कि हुने अपेक्ष ा गर्न सकिन्छ ।

5425995286_f853180981

1)विर्घाको भुष्टुगं र लसर्घा जाने वाटो ।

aaa1

2)हिलाम्मे सडक मर्मत गर्दै चिफलडांडाका स्थानीय ।

IMG_6206

मिर्मी आउने वाटोमा वाइकमा गोविन्द ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *