विर्सिनै नसकिने कीर्तिपुरका सांझहरु

वाढीको वियोगपछि  दशैले सिनित्तै छोपीसक्दा काठमाण्डु विगतमा भन्दा शान्त छ । राजधानी वाहिरिनेहरू वर्षेनी घट्दै छन । सडकहरु कहाली लाग्दा छन विमानमा टिकट पाउन वा त्यसको लागत व्यहोर्न कठीन छ । यतिवेला दशैले छोपीसक्ने म भने वर्षो पछि विगतमा अर्थात ब्लगमा फर्कीएको छु ।

मलाइ मेरो विगतमा फर्काउन कहिल्यै पुराना नहुने स्वर्णीम स्मृर्तिहरु काफी छन । यतिवेला मलाई दशैले भन्दा पनि विद्धार्थी जीवनले छोपेको छ । भनिन्छ समयले विषयको रुप रंग र स्वभावमा वदलाव ल्याउछ । तर समय वित्दै जांदा स्मृर्तीहरु भने अझै गाढा भएर जांदा रहेछन ।  

मेरो स्मृर्तिमा कहिल्यै नमेटीने त्यस्तै संझनाहरु लिएर वसेका छन कीर्तिपुरका सांझहरुले । विद्यार्थी जीवन सबैकालागि कठिन तर रमाइलो हुन्छ नै । यद्यपी ती स्मृतीहरु वांकि जीवनलाइ पुग्ने प्रेरणा र उर्जाका श्रोतका रुपमा रहन्छन ।

स्नातक सकेर उच्च शीक्षाकालागि कीर्तीपुर पाइला टेक्ने हर कोहीले अवश्य जीतिने विजयी युद्ध लडेको अनुभूति लिन्छ । त्यस्तै ठान्दै झन्डै दुई दशक पहिले म पनि छिरेको थीए कीर्तिपुर । कीर्तीपुर छिर्नुमा मलाई आधार दिने साथी थियो “पण्डित” उर्फ शुन्दर न्यौपाने ।

वोलीचालीको “पण्डित” मात्र नभएर उ साच्चीकै पण्डित थियो । पूजा पाठ जप ध्यान उसका आज पर्यन्तका नित्य धर्म र कर्म हुन । नेपाल बैक लिमिटेडको तयारी कक्षा गर्दा जंलमा जाने होस या विहान विहानैको गीता पाठ । विवाहपर्व वैवाहिक दोष मेटाउन आंकको खोजीमा दक्षीणकालीको जंगल चाहार्दा होस या ज्ञानको खोजीमा पशूपती वनकालीमा नागा वावको खोजीमा होस पण्डित म संग हमेशा साथमा हुन्थ्यो ।

आजका दिनमा पनि मलाई मुखभरीको गाली गर्न सक्ने पण्डित मात्र एक्लो साथी हो । गालीमा वजन नपुगे जस्तो लागे सांझको खानपान पछि होस या विहानका जप तप र पाठ पछि मलाई वाटो विराउला है भन्ने मित्र हो पण्डित । गाली मात्र होईन मेरो महिनको दुई पल्ट लाग्ने र १५/१५ दिनको समय लिने रुघासंग परिचित पण्डितले अझैपनि चितवनको रुधीलाको मह पठाउन विर्सिदैन । हरेक पल्ट काठमाण्डौ आउदा  राम्रा किताव कुन छन लिष्ट पठाउ भन्न छोड्दैन ।

म खासमा कीर्तिपुर पण्डितको पाहुना वनेर भित्रीएको थीए । गीता पाठ गर्ने र सकेसम्म आचरणमा वस्ने मेरो वानी देखेर पण्डितले दिलै देखी मलाइ रुम पार्टनरको रुपमा स्विकारेको थियो । म आफ्नै वलवुताले होस्टेलमा नाम निकालेर कीर्तीपुर छिरेको भने थिइन ।  पण्डितको विशेष कृपा थीयो मेरा प्रति ।

कीर्तीपुर पुगेपछि भने मित्रहरूको “रुवरु”मा केही कमी आएन । आज पर्यन्त उत्तीकै स्नेह गर्ने अश्वीन; हरि दाई; गुड्डु ; निर्मल; विमल दाई; सुजन; छोटा राजनसंगका सन्ध्या कालिन सांझहरु शुरु भए । ति सांझमा अभाव अवस्य थीए; तर संभावनाहरू ति भन्दा दोब्वर थीए । त्यसैले कुनै अभावग्रस्त सांझले पिर दिएनन वरू शिक्षा दिए संझना दिए र हरेक मुस्कीलमा उभिने आंट दिए ।

यत्तिकैमा अकश्मात हुरी जसरी भित्रीएको विर्जेश हावा जसरी विलायो । उ जति होस्टेलमा वस्यो हावा आफू जस्तै चलायो ।

विक्री भण्डारका सिसाका चिया खाने गीलाश खल्तीमा हाल्न होस वा गांजाका हरीया पात नै सुल्फामा भर्न होस ।  जहिल्यै पानीको अभाव हुने होस्टेलको ट्याकंकी वाट वाल्टीका वाल्टी पानी भर्न होस वा छिमेकी रुम मेटको महंगो स्याम्फूले नुहाउन । विर्जेशबाट सिकेका थिए केटाहरुले ।

कीर्तीपुरका सांझहरू रमाइला थीए । किनभने सांझमा कक्षाहरु थीएनन । सडकमा टहल्नु नंया वजार पुगेर रामे दाईकोवाट उधारोमा सामान ल्याउनु सांझमै हुन्थ्यो । सामानको विवरण कापीमा लेखाउदै गर्दा किन्नेको वोली फुट्ने र रामेदाईको मन पग्लिने भएमा गोरखापत्रमा पोको पारेर केटाहरुले “म्याक डोनाल्ड”वा “रोयल स्टेग”को क्वार्टर सम्म काला प्लाष्टीकमा घुसार्थे । खल्ती गरुंगो हुनेले वट्टा नसक्नेले गन्तीमा सूर्यका खिल्ली त्यस्सै वेला चप्काउथे ।  एक्ला एक्लै भेट्न वा नजिकीन चाहनेका लागि सांझको गोधुलीले पर्दाको काम गर्दथ्यो । तव पो सांझ सांझ थियो कीर्तिपुर;कीर्तीपुर थियो र साथीहरू मन पेट र ज्यानै दिउ जस्ता थिए ।

 कीर्तीपुरमा टीयू थीयो र त आन्दोलन थियो । ईश्वरी छात्रावास थीयो र त तीजका दर थीए । हरीदाई थीए र त दोहोरी गीत वा ‘कपलु कोरेर” को भाका थियो । उत्तम थियो र दांड्गवाट चामल र आलु आउथ्यो । सुजन अधिकारी थीए र  त अनुशासन थियो । पण्डित थियो र त होस्टेलमा मेरो अभिभावकत्व र अपनत्व थियो । हरेक हिउदका लागि वाक्ला कम्वल थिएनन त के भो कहिल्यै विल तिर्न नपर्ने विजुली र माटे हिटर थिए ।

समयले कोल्टो फेरेको छ । हिजो केटाकेटी जस्ता मित्रहरू सबैका आआफ्नै केटाकेटी हुर्कीदै गएका छन । जिम्मेवारी समय र भुगोल फेरीएको छ तर फेरीएका छैनन स्वर्णीम संझनाहरु ।

हप्ता विराएर पण्डीतले फोन गर्छ । मनमा लागेजति भन्छ । त्यो भनाईमा अपनत्नव छ मित्रता छ  र छ मित्रलाई ठेस नलागोस भन्ने भावना ।

अश्वीनले वेला वेला संझीन्छ । परदेशी भएको र हरेक चाडपर्वमा आउन नपाएकोमा मिस गर्छ । आउदा भर कीर्तीपुर जान र विगतप्रती नोष्टाल्जीक हुन मन पराउछ । गएको हिंउदमा  अश्वीन र म किर्तीपुर गयौ हामी वसेका कोठा चोटा चहार्यो र धेरै थोक मिस गर्यौ ।

हरी दाई वुटवल तिरै रमाउदै छन । छुट्टै उर्जा छ हरिदाईमा ।  सबै मित्रहरु आ आफ्नै दुनियाम छन । कोही रमाउदै छन कोही अझै संघर्ष गर्दै छन । यद्धपी संझनामा हरेक छन। स्मिृर्तीमा झम्के सांझहरू छन । अकस्मात सिंहदरवारको पास खोज्दै गरेका भिम दाई भेटीए । स्यांगजाको पाण्डेजी होइन र भने । वर्षौ पछि भेटेर पनि नविर्सने भिम श्रिश्र दाई; हाम्रो जस्तै स्मृर्ति वोकेका विपीन आचार्य छन र त सिंहदरवारको राप र तापमा पनि घरी घरी कीर्तीपुरका संझनाहरूले चिहाइरहन्छन ।

धेरै संझनाका बीच थोरै शब्दहरु सहित मेरो स्मृर्तीमा वरोवर आईरहने तमाम मित्रहरु र सबैमा वडा दशैको ह्रदय भरीको शुभकामना ।

वाल्यकाल, विद्यालय र विर्घा

२०२१ को डिसेम्वर २४ पछि आज विर्घा ब्लगको पेज खुल्यो  । धन्न पासवर्ड विर्सीएको रहेनछु । नभए वर्षौ देखिको डोमेनको ड्युजस्तै पासवर्डपनि ड्यु मै माग्नु पर्ने थियो मित्र प्रवेश सुवेदीसंग। व्यस्तता आवरण हो । सही अर्थमा व्यस्तले व्यस्त छु भन्दैन । यंहा फुर्सदिलाहरु व्यस्त देखिन अनेक वहानाहरु जुटाउछन । म बिचकोमा पर्छु होला ।

वर्खाले चुर भएको विर्घा कति मनमोहक होला । विगतमा जस्तो ह्रदयको तस्विर संझिन पर्दैन । आजकल अनेक पेज छन । फेसवुकमा दिनदिनैका अपडेट पाईन्छन । यद्यपि संझनाको तरेलिमा वसेको पुरानो तस्विर जति गांढा छ नंया तस्विरहरु फिका लाग्छन । उमेर अवस्था र वयले सोचाई र संझनाहरु मलिन र मधुरा वनाउदा रहेछन कहिले कांही ।

आज धेरैपछि वडा नंवर ४ का अध्यक्ष दाई शुन्दरले राखेका तस्विरले मेरो वाल्यकाल विद्यालय र विर्घालाई ताजा वनाए ।

हुनत गांउ गांउ रहेन । यो तिव्रतर शहर वन्ने अभियानमा छ । गांउले गांउले कम रह्यो । गांउ गांउमा सिंहदरवारको नाराले अव उ उपभोत्ता समितिको पदाधिकारी वनेको छ । संचो विसन्चो भन्दा पनि योजना र वजेटमा रमाउछ उ ।

विद्यालय अव विद्यालय रहेन  उच्चशिक्षालय वनेको छ जमावी । भवन उस्तै रहेन दुतावासको सौजन्यवाला विल्डिगं भएको छ जमावी ।

गांउ धान मकै या कोदोमा अल्झिएन रेमिटेन्समा रमाएको छ उ । वुढावुढीले भनेजस्तो गांउ रामराज्यमा रुपान्तरण भएको छ । अव त्यहा मानिस होइन रामका सारथी हनुमानहरूको रजगज छ ।

वाली रोप्न नभ्याउदै कोट्याउन आईपुग्छन हनुमान । नहुर्किदै लुछाँचुडी गर्न पल्किन्छन हनुमान । फल त परको कुरा भएको छ ।

गांउले साउनमा खिर र कटहर होइन फुजि स्याउ र करेन्टमा रमाएको छ । गुलियो भन्दा पिरो पिरो स्वादमा गांउ भुलेको छ । यो आरोप होईन अहिलेको वास्तविकता भएको छ । वुढावुढी केटाकेटी र हनुमानको समिश्रण भएको छ गांउ ।

गांउको माटो र मिठास भने उस्तै छ । वाह्र वर्षपछि खोला फर्किन्छ भन्छन । कुनै समय गंउको पनि दिन आउला । शहर पसेका र फसेका हामी जस्ता फर्किने समय पनि आउला । लाग्छ गांउले त्यसैको प्रतिक्षामा आपूलाई कयौ रात अनिदो राखेको होला ।

धरै पछिको धङधङी आजलाई यति नै । बांकी समयसंगै निरन्तरता पाउला विर्घा व्लगले।

संगीतको शक्ति

त्रिभुवन विशविद्यालय शिक्षण अस्पतालको उत्तर तिरको पुरानो विल्डीगंमा मैले यो भजन पहिलो पटक सुनेको हु । जंहा वृद्ध वयका गोविन्द के.सी. को शुरुवाती ताकको १४ औ दिनको अनसन चलिरहेको थियो । अविवाहित डा. केसीको दिव्य मुहार लगातारको अनशनले गलेको जस्तो देखिन्थ्यो । न्यून मूल्यमा वजारमा पाइने चाइनिज ब्लयांकेट ओडेर सामान्य फलामको विस्तारामा पल्टिएका केसीको कानैमा सानो नोकिया मोवाइलमा लगातार वजिरहेको थियो सदावहार गायक जगजित सिंहको ओजिलो स्वर …
तु ही माता तु ही पिता हे,
तु ही त हे राधाका श्याम
हे राम हे राम…
तु अन्तर्यामी सवका स्वामी
तेरे चरणोमे चारो धाम
हे राम हे राम…
तु ही विगाडे तु ही सवारे
इस जगके सारे काम
हे राम हे राम…
तुही जगत्दाता विश्व विधाता
तु ही सुवह तु ही साम
हे राम हे राम
जगमे साचो तेरो नाम
हे राम हे राम…
यो भजनमा के त्यस्तो शक्ति छ? जसले पेटमा अन्न नहाली शरिरमा रक्त संचार गराउछ । जसले मन र मस्तीस्कमा उर्जा पुर्याउछ ।
त्यसै दिनवाट मैले यो भजन निरन्तर श्रवण शुरु गरे । वर्षौको सुनाइपछि मेरो निष्कर्ष छ । हो यो भजनमा शक्ति छ, ताप छ र शितलता । जंहा तपाइलाई भक्ति र कर्म योगमा निरन्तर खट्न शक्ति मिल्दछ ।
दिनको शुरुवातमा होस या थकाईमा, चिन्तामा होस या अनिद्रामा, सवारी चलाउदा होस या एकान्तमा मैले यो भजन हजारौ पल्ट शुनेको छु । जति शुन्यो त्यति भोक जगाउछ यो भजनले ।
आज वषोै पछि फेरी सिंहदरवारको कुनावाट यो भजन शुने मैले । फेरी त्यत्तिकै उर्जा संचार गराएको छ यसले । त्यसैले म आंखा खोलेर या चिम्लेर दुवै अवस्थामा भन्न सक्ने भएको छु । यसमा दम छ ।

म वसेको ठांउवाट दक्षीण पट्टी ववरमहल पर्दछ । ववर शमशेरले वनाएको राणाकालिन दरवार वाट यो ठांउको नाम रहन गएको हो । झ्यालवाट वाहिर हेर्दा लस्करै रुखहरु उभिएका छन । दिनमा एकपटक पानीले ती रुखलाइृ सिंचित गरेको छ । मौषम पनि कस्तो आयो पानी नपरेको दिन हुदैन ।
             *                           *                    *                     *                          *                       *                         *
कहिले कांही त लाग्छ म पोखरामा छु । नेपालका सबै ठांउ मध्ये पोखरा पानीकालागि विख्यात छ । चरक्क घामा लाग्यो पानी, हुप्प भयो पानी, यसो औशी पूर्णीमा आयो पानी । लाग्छ काठमाण्डौले यो वर्ष पोखरासंग प्रतिष्पर्धा गरेको छ ।
म फुर्सदिलो छु भन्नुको अर्थ अरु सबै फुर्सदिला छन भन्ने नहुन सक्छ । तर देखिन्छ त्यस्तै । कोही ब्यस्त छु भन्ला, तर के मा भन्यो भने कुरा चपाउनु पर्ने व्यस्तता छ । काम कम र मानिसहरु ज्यादा भएपछि फुर्सद थपिदो रहेछ ।
समय विताउन युगले अनेक चिजहरु विकसति गरेको छ । रुप हुनेहरुकालागि इन्स्टा छ, अभिनय जान्नेकालागि टिकटक, वौद्धिक विलासकालागि क्लव हाउस र टुइटर छन अन्य सबैकालागि फेसवुक छ । त्यसैले धेरै फुर्सदिलो वन्न पर्दैन । उपार्जन गर्न चाहनेकालागि टिएमएस, अल्ली सिपालुका लागि धेरै खाले अनलाईन विजनेश छन । भर्चुवल संसारले मानिस भुलाउन अनेक उपाय निकालेको छ । जिल्ला वाट काठमाण्डौ आएका एक मित्र सुनाउदै थिए मलाई सदरमुकाम भरी नचिन्ने र मैले नचिन्ने कम छन । यो काठमाण्डौ स्वार्थीहरुको शहर हो की के हो ? न चिनिन खोज्छ? न चिनाउन खोज्छ । वसपार्क आसपास वसेका उनले भने मलाई कहिल्यै मन परेन यो शहर । उनको जस्तो धारणा धेरै को हुन सक्छ । खासमा यो मेगा शहरको शंकेत हो । जंहा मूर्त चिजहरु अमूर्त भएका हुन्छन, जस्तो मानिस ।
यसै मेसोमा पछिल्ला संगीतका वारेमा अपडेट हुन मन लाग्यो । युट्युव हाजिर छ जानकारीकालागि । एक नारायण भन्डारीको शव्द संगीतमा प्रिती आले गाउदै छिन
शोल्टीराजाको तुम्लेटमा पानी… आहा आहा आ,
सोल्टी राजाको कम्मरमा पानी..
घुटुक्क ख्वाइदिए एक विर्को स्वाट्टै
अलक्कै खांउ भन्दा हाल भने जुठै
आहै आज मेरो छैन भुइमा खुट्टै…
हाम्रो घरको जेठो वाठो उंहा मेरो दाजी हो
दाई वोलेसी भाउजू वाहेक सबै राजी हो…
भाउजुलाइृ नी नराम्रो त भन्न मइले भएन
आमालाई वचन लाउदा मनले सहेन…
हजुरको घर हो र स्यागंजा दोभान फाटैमा
एकादशी न्वाउन आउला शिला घाटैमा…
शव्द चयन गजव रहेको र आउदै गरेको तिजलाई सुहाउने पाराको गीतको प्रस्तुति पनि जुग सुहाउदो छ । यो गीत कस्तो होला? मेरी आमाका पुस्ताले कसरी लिनुहोला । आमालाइृ एकाविहानै भजन सुनाउन छोडेर यो गीत सुनाए । आमाले पनि भाका त राम्रो नाचै उत्ताउलो भन्नु भयो ।
मेरी आमालाई मन नपरेपनि नाच समय सुहाउदो वनाएका होलान । टिकटकमा हिट भएको यो गीतले पनि एउटा पुस्तालाई राम्रैसंग छोएको छ । त्यसैले मेरो ठहर रहेको छ संगीत जस्तो होस तर त्यसमा शक्ति रहेको छ । आगे तपाईको मर्जी ।

असारमा जन्म हुनेहरुकालागि

असार पृथ्वी उत्पति भएको महिना हो । त्यसैले सवै हिन्दु धर्मावलम्वीले असार ८ गते धर्तिको पुजा गरेर भूमी दिवस मनाउछन । पश्चिमाहरुले पछि जुन २२ लाई पृथ्वीको उत्पति दिन मानेर आफ्नो संस्कार अनुसार यो दिनलाई मनाउछन । हुनत श्रीमद्भागवत गीताको १० औ अध्यायमा महिनाहरुमा मार्गशिर्श भनिएको छ । मंसिर जतिकै पवित्र मानिन्छ असार पनि । त्यसैले त भनिन्छ असारको केटो मंसिरकी केटी ।
असार महिनामा जन्म हुनेहरु कलात्मक गीत सगितमा रुचि लिने र सिर्जनिशल मानिन्छन । यो महिनामा जन्मने वालकहरु तिक्ष्ण वुद्धीभएका, उचाइमा अन्य भन्दा अग्ला र धेरैजसे बाया हातले लेख्ने हुन्छन । यीनीहरु सिंहजस्ता दुइ कदम अगाडी वढ्दा एक कदम पछाडी फर्केर हेर्ने खालका हुन्छन भन्ने मान्यता छ । प्रकृतिसंग रमाउने र अफैमा खुशी हुन जान्ने कला यीनीहरुमा हुन्छ भनिन्छ । रोमन समाट जुलीयस सिजरको जन्म महिना भएकाले पनि असारमा जन्मनेहरु आफ्नो संसार अफै वसाउने खालका हुन्छन । दक्षीण अफ्रिकाका नेता नेल्शन मन्डेला, वेलायती राजकुमारी डायना, अमेरिकी राष्टपति जर्ज डव्लु बुस, असार महिनामा जन्मीएका हुन । भारतीय गायक कैलाश खेर, झम्पा लहरी, नायीका प्रियंका चोपडा, नायक रनविर सिंह असारमा जन्मीएका सेलव्रिटी हुन ।
जापानमा भएको एक अध्ययनले असारमा जन्मीनेहरु चिसो मौषममा जन्मीने भन्दा धेरै गुणा प्रकृति प्रेमी हुन्छन भनिएको छ । वेलायतमा भएको एक अध्ययनले वर्षा याममा जन्मीनेहरु कवि ह्रदयका हुने र उच्च शिक्षा हासिल गर्ने मात्र नभइ लामो आयु भएका हुन्छन भनिएको छ ।
असार २७ (जुलाइ ११) अर्थात विश्व जनसंख्या दिवस । आजै मेरो जन्मदिन परेको छ । एउटा नमिठो संयोग विश्वले जनसंख्या नियन्त्रणका कुरा गर्दा म भने जन्म दिन संझन वाध्य छु । असार हाम्रा आदिकवि भानुभक्त वाजेको जन्मदिन हो । विद्यालय पढ्दा यस्तै पढियो । आदिकवी भानुभक्त आचार्य तनंहुको चुंदी रम्घामा असार २९ गते जन्मीएका थिए खुवै रटान लगाइयो यो तिथीलाइ । त्यतिन्जेल मलाइ मेरो आफ्नै जन्मदिनको त्यति हेक्का थिएन ।
कालो अक्षर भैसीवरावर भएकी मेरी जननी आमालाइ पनि मेरो जन्मदिनको त्यति हेक्का हुने कुरै भएन । पिताजीले वर्षको एकवार काले जैसीका अगाडी चिना फुकाउदा मेरो जन्म दिन भन्नुहुन्थ्यो होला, त्यसवाहेक जन्मदिनको त्यो वेला के नै पो काम आउथ्यो र । अहिले बा हुनुहुन्न र काले जैसी पनि छैनन र यो चिना फुकाउने क्रम पनि रोकिएको छ । तैपनि मेरो जन्मदिन तिनै आदीकवि भानुभक्त भन्दा दुइ दिन अगाडी परेको रहेछ । यो रहस्य शहरमा आगमनका धेरै वर्ष पछिमात्र संझनामा आयो ।
मेरो जन्ममिति असार २७ गते मंगलवार हो । यद्यपि यो जन्ममिति ज्योतिषलाइ हात हेराउदा वाहेक काममा आएन । पर्यो के भने मेरो जन्ममिति प्रमाणपत्रमा मसीर १५ लेखिएको छ । त्यसैले मेरो खास जन्ममिति त्यति उपयोगमा पनि आएन र वांकी संझनामा पनि रहेन । शहरमा पसेपनि न त जन्मदिनको नाममा कुनै केक काटियो न त कसैको विशेष शुभकामना नै पाइयो । हुन त आजभोली जन्मदिन भव्यताका साथ मनाउने पुस्ताकै हुं म, यद्यपि मेरोलागि जन्मदिनले कहिल्यै त्यति ठुलो महत्व राखेन । व्लगकारिता शुरु गर्नु अघि जन्मदिन यसपटक त संझन्छु भनिन्थ्यो तैपनि कामको चटारो भनौ या महत्ता हिनताले जन्मदिन गुज्रीएको केही दिनपछि मात्र झल्यास भइन्थ्यो । यसरी मेरो दर्जनऔ जन्मदिनहरु विना संझना गुज्रीएका छन ।
जन्म मृत्यु र विवाह पूर्व निर्धारित हुन्छ भनिन्छ । जन्म कुनै व्यक्तिको जीवनको अत्यन्तै महत्वपुर्ण घटना हो । जन्मको जति महत्व मृत्युको पनि हुदैन । यद्यपि हाम्रो हिन्दु संस्कारमा जन्मले भन्दा मृत्युले वढि ठांउ राख्छ । मान्छे मरेपनि सन्तान दरसन्तान श्राद्ध त गरिन्छ । तैपनि जन्मदिनको उपलक्ष्यमा भने धार्मिक रित अनुसार केही कार्य भएको मलाइ संझना छैन । गर्नेले मन्दीर गएर पुजापाठ गर्दा हुन तर मेरो संदर्भमा भने त्यस्तो केही हुने गरेका छैन । जन्म, महिना, वार, तिथिले मानव जीवनमा महत्वपूर्ण प्रभावपार्ने ज्यातिषीय साथै वैज्ञानिक आधारहरुपनि छन । त्यसमा मेरो विश्वास पनि छ । वैशाखमा जन्मिएको व्यक्ति जस्तो तेज, प्रतिभावान र सिर्जनशिल चैतमा जन्मेको व्यक्ति अवस्य नै हुदैन । भनाइ नै छ कस्तो चैते होला भन्ने।
असारमा केही संझन लायक जन्महरु भएका छन । तर मेरो विचारमा अत्यन्तै प्रयास गरेर सफल भएपनि जस नपाउने ग्रह हुन्छ की असारको जन्म हुनेहरुको । नेपाली कांग्रेसका सभापती पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म असार मै भएको हो । उनी असार १८ गते जन्मिएका हुन । उनले कहिल्यै आफ्नो जन्मलाइ नभएर कर्मलाइ महत्व दिए । उनले जन्मदिन मनाएको अहिलेसम्म कुनै रेकर्ड छैन । अनेक त्याग र तपस्याका वावजुत कोइरालालाइ त्यति सफल राजनितिज्ञ मानिदैन ।
विस्थापित राजा ज्ञानेन्द्र पनि असार महिनैमा जन्मिएका हुन । गते अनुसार उनको जन्म असार २३ गते भएको हो । मंगलवारको जन्म परेका ज्ञानेन्द्रको राशीपनि कन्या हो । उनले मीलेसम्म तामझाममा नै जन्मदिन मनाउन रुचाउछन । विचरालाइ परिस्थीतिले भने त्यति साथ दिएन । भर्खरै उनले आफ्नो ७४ औ जन्मदिन निर्मल निवासमा सामन्य रुपमा मनाएका छन ।
दरवार सुत्रका अनुसार उनले आफ्नो जन्म तिथिअनुसार असार २७ गते पुजा पाठ गरेर मनाउदै छन । यसै महिनाको ६ गते भारतीय कांग्रेसका महासचिव तथा भावी प्रधानमन्त्री राहुल गान्धीले अफ्नो ५१ सौ जन्मदिन मनाए । तिव्वतका विस्थापित धार्मिक नेता दलाइ लामापनि असारमै जन्मिएका हुन । तिव्वती धार्मिक क्यालेन्डर उनुसार उनको जन्म जुलाइ ६ तारिखमा पर्दछ । जुलाइ ६ जतावाट जोडेपनि असारमै पर्दछ । उनीपनि नोवेल पुरस्कार जितेपनि असफलताको कोटिमै छन । गुरु पूर्णिमा भनेर मनाइदै आएको व्यास जयन्तिपनि असारमै पर्दछ । चार वेद र अठार पुराणका रचयिता वेदव्यासपनि असार मै जन्मिएका थिए । यसै मेसोमा मेरो पनि जन्मदिनले यहि असारको मास भेटेको छ ।
एउटा खुसीको कुरा असारमा जन्मनेहरुको शुक्र राम्रो हुन्छ रे । शुक्रलाइ सिर्जनाका देवता मानिन्छ । शुक्र राम्रो हुनेहरु लेखन र सिर्जनात्मक क्षेत्रमा राम्रो हुन्छन भनिन्छ असारमा जन्मिदन हुनै सबैलाइ धेरै धेरै शुभकामना ।

जीवन जिउने कला

vue en descendant un chemin de l'hôtel, bord rivière sale - Picture of  Hotel Manohara, Bhaktapur - Tripadvisor

“जब जीवनले तिमीलाई सयवटा रुने कारण दिन्छ तिमीले हजारवटा हास्ने कारणहरु देखाउ ।” टेन्गु वडारिया
अनपेक्षीत लक डाउन, नसोचेको भाइरसको आक्रमण र त्रासले संसारभरकै मानसीक स्वास्थ्य र सामान्य जनजीवन अकल्पनिय रुपमा खल्बलीएको छ । पुराना कुराको स्मृति, पुराना फिल्म वा पुराना गीत समय विताउने माध्यम वनेका छन । कोही सिर्जनात्मक काममा लागेका छन । साहित्य, संगीत वा नंया रचनाहरु यहिवेला पस्किनेहरु महान हुन । कोही कसैलाई लाग्दो हो कोरोना मात्र जाओस काम कसरी गर्नेपर्छ मैले जानेको छु । वास्तवमा यसो भन्नेहरु जानेका भन्दा नजानेका हुन । यो कुरा स्वयंलाई थाहा नहुन सक्छ । जीवन यिनै उकाली ओरालीको संयोग हो । जसले यिनै आपाधापिका बीच महाप्रस्थानमा पुग्नु पर्दछ ।
जागिरे जीवनवाट अवकाश हुंदा आशुझार्नेलाई थाहा नभएजस्तो लाग्छ, जीवनवाटै जानुछ त जागिरवाट आराम पांउनु कुन ठूलो कुरा हो ?
अपेक्षा र प्राप्तीकाबीच खाडल देखियो भने मानिस डिप्रेसनको सिकार हुन्छ । त्यसैले अतिरिक्त अपेक्षा नगर्नु र भएकोमा खुसी हुनु वुद्धिमत्ता ठहर्छ । त्यसैले त भनिएको छ “जाहे बिधि राखे राम , ताहे विधि रहियो सहिया” , अर्थात भगवानले मलाइ जसरी राखुन , जुन अवस्थामा राखुन , जस्तो वातावरणमा राखुन म त्यसैमा रमाएर सन्तोषले बस्न सकु ।

वस्तुको महत्व अभावमा वढि खड्किदो रहेछ । धेरैलाई यो समयले प्रकृतितर्फ फर्कीन मद्दत गरेको छ । भन्जिगंमा वसेर हावा खान वा अर्चले पुगेर चिया सुर्क्याउन कम्ती मजा हुदैन यो समयमा । चरक्क घाम चर्कीदा पहिरावाट आउने शितल हावा कम्ती आनन्ददायक हुदैन । तर मजा हुन्छ, आनन्द आउछ भन्दैमा सबै वस्तु वा विषयहरु मानिसको वसमा हुदैनन । र, त अभावले आवस्यकता झल्काउदछ ।
मनोहरा टाउन प्लानिगंमा सांझको हिडाइमा जलेश्वर दाईले भन्नुहुन्छ ।”हेर त कति काइदाको हावा चलेको ठ्याक्कै भन्जीगंको याद आउछ मलाई त । यता सिसौको रुखतिरवाट हिडम न मलाई राकस्दीको याद आउछ ।”

संझनाहरु अनेक बहानमा अवतरित हुन्छन । विगत र वाल्यकाल कस्लाई पो प्रिय नहुदो हो त? विकासको चरम सुख भोग्ने ठांउमा पुग्ने होस या अभावको हुन्डरीमा हुने होस । घरी घरी संझनाहरु वल्झीन्छन । त्यसैले त चितवनका गायक ऋषि तिवारीको शब्द किसोर तिवारीले गुन्गुनाउछन
साघुरीमा गुंरास फुल्यो ओइली झर्यो होला
सानै छदा लाको माया विर्सी सके होला …
नमेटिने माया थियो दुई मुटुको माझ
विरहले डुब्न पुगे विछोडले आज
….
सन् २०१० तिर सार्वजनिक भएको यो गीतको टुक्का अपुष्ट रुपमा ठांउ ठांउमा सुनेपनि पुरा लय, शव्द र संगीत भर्खरै मात्र फेला पर्यो । गीत, संगीतमा रुचीलिने यादव, वुद्ध थापा र जलेश्वर दाईले जहिलेसुकै गुन्गुनाउने यो गीत मेरो मोवाइलमा भएको रेकर्डवाट फेरी सुने । युट्युववाट वजेको गीत पुरानो छ, शब्द पूर्ण छन तर मलाई लय भने जलेश्वर दाईको मन पर्यो । हार्मोनीयम वजाउदै गुन्गुनाउदै गरेको गीतले फेरी अघिल्लो वर्षको तिहारमा पुर्यायो । देउसी भैलो गांउने वेलामा हामी गांउदै थियौ …
लैलै भाका गांउदै हामी रनवन डुलेको
यति मिठो माया किन चट्टै भुलेको …
अझैपनि मनमा मेरो आउदैछ नी याद
चन्द्र रुपी मुहार तिम्रो सधै मुटु माझ
….

वाल्यकाल विद्यालय जीवन र त्यो समयका फ्लर्टहरु कसको जीवनमा पो नहोलान र उच्च हांसोका बीचमा वुद्ध थापा गिटार घन्काउदै र जलेश्वर दाई फेरी गांउदै हुनुहुन्छ …
मनकामना मन्दिरमा भाकल गरेको
जुनी भरी नछुट्टीने कसम खाएको

गीतहरु जीवनलाई उर्जादिने मसलाहरु हुन जसले जीवनको स्वादलाई झन मिठो वनाउछन । साधकले संगीतलाई उचाई दिन्छन । गीत सुनेको समयलेपनि यसको महत्वलाई दर्शाउछ । जस्तो सांझपख एकान्तमा सुन्नु र गुन्गुनाउनको मजा अपरान्हको घाममा हुदैन । त्यसैले त
सरर साइकलमा चढी
गयो माया नदेखे झै गरी…

सुन्दा र सानै छदा लाको माया सुन्दाको स्वाद वेग्लै हुन्छ । संगीत सकारात्मकताको माध्यम हो । अभिव्यक्तीको फोरम हो । गोपाल योन्जनले भनेजस्तै वग्नु पर्छ गीतवाट होस या अन्य कुनै माध्यमवाट । नभए फेरी
भरी छु साथी भरी नै भरी छु
वग्नै नपाई पोखरी सरी छु

भन्ने अवस्था आउछ ।
विजय कुमारले खुसीमा लेखे जस्तै कुवा वाट खोला, खोलावाट नदी र नदीवाट समुन्द्र वन्नु नै जीवन हो । लकडाउनले तपाईमा निराशा र कुन्ठा होइन जीवन जीउने कला सिकाओस शुभकामना ।

शंकटका शारथीका कुरा

संजालको जंजालमा नवसेपछि फुर्सदीलो वन्ने समय आउदो रहेछ । मनमा कुरा नखेल्ने को पो होला र? कसैलाई पदको कसैलाई भोकको त धेरैलाई रोगको डरले निन्द्रा हराउने समयमा हामी बाचेका छौ ।
सुरज पन्डितले रेलको वाटो गीतमाभनिरहेका छन…
रेलको वाटो पुग्दैछ रे तिमी वस्ने शहरैमा,
हुम्ला मोटर कहिले आउला वस्याको छु रहरैमा
सिटामोलको अभावमा मर्नू पर्ने कोही
चोटलागे भोकलागे पनि वस्नु पर्ने रोई,

तुईन चढेर नानी वावु स्कुल गएको विषयलाई गायकले अलाप गरीरहदा मैले गुन्द्री वोकेर जनता प्रावी जानु परेको वेला संझेर नोष्टाल्जिक भएको छु । मैले भोगेको समय र अहिलेको समयमा गांउमा ठूलो अन्तर छ । वैदेशिक रोजगारीले उपभोग क्षमतामा वढोत्तरी गरेको छ । स्मार्ट फोन र एलइडी टिभी मानिसका घर घरमा भित्रिएका छन । पाए वाइफाइ नभए प्याकेजमा लिएको डाटाले देश विदेश जोडेको छ ।
राजधानीमा के भयो? क्षणभरमा हातमा खवर आउछ । कोरोनाको कुन महामारी चलेको छ र अवको भेरियन्ट कुन हो भनेर गफ दिन सक्ने भएको छ गांउ । यस्तो खालको समयले ल्याएको विकास भएपनि जुन गतिमा यसले फड्को मार्नुपर्ने हो त्यो गतिमा उकालो नलाग्दा मातृभूमिको श्राप लाग्ने डर वेला वेलामा आउछ ।
मनिसको उचाइ नाप्न उ कंहा पुग्यो भन्ने हेरेर हुदैन उसले आफ्नो विगत कति संझेको छ भन्ने मापन गरे पुग्छ । गांउप्रतिको माया र त्यसले ल्याएको हुटहुटीले सन् २००६ वाट ब्लग लेखन शुरु गरेको थिए विर्घा ब्लगका नांउमा । इन्टरनेटको एक्सेस सजिलो नभएको समयमा शुरु भएको ब्लग लेखन २०१३ मा जादा वल्र्ड प्रेसले विर्घा ब्लगसमको फ्रि स्पेस उडाएपछि खेर गयो । पछि आफै खरिद गरेको डोमेनमा विर्घा ब्लग चल्दै छ ।
आज जस्तो संजाल व्यापक नभएको समयमा दुर देशमा रहनेहरु र मुलुकभित्रै भएपनि गांउ वाहिर रहनेहरुकालागि ब्लगले देश संझाउने काम गरेको थियो । विस्तारै इन्टरनेटको एक्सेस वढ्यो । फेसवुक जनजनमा लोकप्रिय भयो । यसै समयमा अनन्त भाईहरु लगायतले हेलो विर्घा हेन्डीलमा फेसवुक पेज शुरु गरे ।
विस्तारै संजालमा जोडिनेको संख्या वढ्दै गयो । आज दशहजार वढि रहेका यसका सक्रिय सदस्य आफैमा ठूलो पुंजी हो । मुलुकमा दोश्रो चरणको कोभीड महामारी फैलदा यही ह्यान्डील गांउ संझने माध्यम वनेको छ । कुनै औपचारिक तयारीविना शुरु गरिएको विर्घामा अस्पताल समयमै उपचार अभियानले गति लिएको छ ।
मातृभूमिलाई माया गर्नेहरुले सच्चा दिलले गरेको सहयोगले झन्डै २५ लाख नगद सहयोग र उत्तिकै मात्रामा जुट्दै गरेको जिन्सी सहयोगले उत्साह भरेको छ । गरे के हुदैन र? यो अभियानले पुष्टी गरेको छ । विस्मृतिमा पुग्न लागेकाहरुको संझना ताजा भएको छ । अभावमा आवस्यकता वढि खट्किन्छ भन्ने कुरा मध्यपूर्व, खाडी वा युरोप अमेरिका वस्नेले देखाएका छन । आफ्नो सिमित स्रोतवाट मन खोलेर गरेको सहयोगले गति लिएको देख्दा सबैको मन प्रफुल्लीत भएको छ ।
सरकारी, गैरसरकारी, निजी सबैको सहयोगको यो रुपले निरन्तरता पांउदा एमबीबीएस डाक्टर लगायत अन्य प्राविधिक कर्मचारी र उपकरणले अस्पताल भरिने आशा जगाएको छ । करन्डाडामा रहेको अस्पतालको अभियानलाई पूर्णता दिएपछि, कालिगण्डकी गांउपालिकामा रहेका अन्य स्वास्थ्य चौकीहरुको पनि स्तरोन्नती गर्नुपर्ने छ । वाटो, पानी, विद्यालय र अन्य सामाजिक काममा अभियानलाई जोडिन सबै क्षेत्रको सुझाव छ । यंहाहरुले मन खोलेर गरेको सहयोग युवा पुस्ताप्रति सहपाठी र अग्रजले देखाएको विश्वास हो । अभियानले आकार वढाउदै जांदा यसको पारदर्शीता, निरन्तरता र एकताकालागि थप सचेत हुनु पर्ने छ । घरको मानो खाएर अस्पतालको छानोको लागि खटिने युवा साथीहरुको जोश अनुकरणीय छ । अघिल्लो पुस्ताले कंहा कमजोरी पाइएला र खोट लगाउला भन्ने होइन, कसरी युवाहरुको हौषला वुलन्द पार्न सकिन्छ? यसमा ध्यान दिनु जरुरी छ । शंकटका सारथी वनेका युवाले जोशका हरेक पलमा होस पुर्याउनु पर्ने भएको छ ।
अभियानले लक्षीत उद्देश्य हासिल गर्नु पर्दछ । यसमा केही समस्या आयोभने समस्त युवा पुस्ताप्रतिको विश्वास उड्ने छ । त्यसका लागि सबैमा सचेतना, सतर्कता र प्रतिवद्धताको जरुरी छ । आगे समयको मर्जी ।

अघोरी “चुनचुन बाबा”

Chun Chun Nath, an Aghori baba, Pashupatinath, Kathmandu, … | Flickr
पशुपतिनाथ मन्दिरको मूलद्धारभन्दा करिब ५० कदम अघि नै एउटा कोठामा अक्सर कुकुरहरुसँग समय बताउने कालो पहिरनमा देखिने चुनचुनबाबा कैयौँको लागि एउटा सामान्य जोगी थिए । उसै पनि अघोरी त्यति कर्णप्रिय विशेषण होइन, सामान्य व्यक्तिहरुको लागि । तर, अध्यात्मजगत्मा उनी एकजना अद्भुत व्यक्ति थिए –सिद्ध । घृणाभन्दा माथि उठेका ती साधु स्वयम्मा ‘रमता राम’ थिए । त्यही सामान्य कोठामा उनको महान् उपस्थितिले राजादेखि लिएर प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिलाई आकर्षित गथ्र्यो । कसैलाई कर्ताभावको बोझमा नपारी उनले आफ्ना अनेकौँ भक्तको उद्धार गरेको मान्नेहरुको संख्या ठूलो छ, नेपालमा ।
श्रीलङ्कन मुलका चुनचुनबाबाले २०६१ मङ्सिर १८ गते पशुपति आर्यघाटमा समाधि लिए । अघोर तथा सन्यासी लिकबाट हटेर उनको अन्तिम इच्छाअनुसार उनको शव जलाइयो । गुरुभाइ अघोरी पगलानन्दले मुखाग्नि दिए मध्यरातमा । अस्तु वाग्मतीपारि मृगस्थलीमा विसर्जन गरी त्यही नै चुनचुनबाबाको समाधि खडा गर्ने निर्णयपछि अघोर परम्पराअनुसार पार्थिव शरीर समाधिस्थ गर्ने या उनको अन्तिम इच्छाअनुसार जलाउने भनी शिष्यहरुबीच चलेको सानो विवाद ‘सम्झौता’ र सहमतिमा टुङ्गिएको थियो ।
अघोर परम्पराअनुसार घर त्यागे पनि उनले समाज त्यागेका थिएनन् । समाज कल्याणका लागि आफनै हिसाब र पाराले सक्रिय थिए उनी । तत्कालिन राजा विरेन्द्र तथा ज्ञानेन्द्रले बरावर राजदरबारमा आमन्त्रण गरे पनि उक्त आग्रह कहिल्यै स्वीकारेनन् उनले । यद्यपि, अपवादस्वरुप आफनो अन्तिम अवस्थातिर स्व.भूपालमानसिंह कार्कीको घरमा उनी गएका थिए । जानकारहरुका अनुसार राजा विरेन्द्रले जनावरहरुलाई खुवाउने सामग्री किन्न चुचुनबाबालाई केही नगद चढाउँदा ‘महाराज १ यो तिम्रो उपचारका लागि उपयोगी हुनेछ’ भनी फर्काएका थिए । त्यस लगत्तै मुटुको उपचारका लागि राजा विरेन्द्र लन्डन गएका थिए ।
आत्मप्रचारका एकदम विरोधी चुनचुनबाबाले करिव ५० बर्षको अध्यात्मिक साधना र सिद्धिपछि कसैलाई दीक्षा दिएनन् । तर, आफूलाई उनका ‘शिष्य’ बताउन चाहने भक्तहरुको सङ्ख्या ठूलो छ । चमत्कार र सिद्धि प्रदर्शनलाई सधै त्याग ठान्ने चुचुनबाबाले सङ्कटमा भक्तहरुको उद्धार र सम्भावित दुर्घटनाहरुलाई उनका भक्तहरु आपसमा ‘गुरुकृपा’ का रुपमा अनुभव आदानप्रदान गर्ने गर्दछन् । प्रखुम शाही पाश्र्ववती उपरथी टीका धमला चुनचुनबाबाकहाँ नियमित रुपमा जाने गर्थे । सम्भवतः केही आध्यात्मिक तथा अन्य सुझाव आवश्यक परेको अवस्थामा उनीमार्फत दरबारसमक्ष पुग्ने गर्थे ।
राजा ज्ञानेन्द्र राज्यारोहणपछि एकपल्ट चुनचुनबाबाको आश्रममा गएको जानकारी राख्ने एक भक्तका अनुसार मुलुकको अवस्थाबारे जिज्ञासा राखिँदा ‘गोरखनाथको यो राष्ट्रको अस्तित्व तपाईभन्दा पहिले र पछि पनि सनातन रहनेछ’ भन्ने जवाफ दिएका थिए उनले । उनी कमै भविष्यवाणीहरु गर्थे । तर, उनको सामीप्यमा अलौकिक अनुभव गर्नेहरुको सङ्ख्या धेरै छ ।
‘क्यान्सर’ बाट ग्रस्त चुनचुनबाबाले चितवन भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालमा उपचारार्थ केही दिन भर्ना भई ‘केमोथेरापी’ लिने गरेका थिए । पछि काठ्माडौँको ओम अस्पतालमा भर्ना भई ड्रिपमा रहँदा डाक्टरहरुसँग आफूलाई बन्धनमुक्त गर्न आग्रह गरेका थिए उनले । ‘मेरो आत्मा निरोगी छ । मेरो शरीरमात्र रोगी हो’ भन्दै डाक्टरहरुसँग अन्तिम घडी आएकाले पशुपति आर्यघाट जाने आफनो इच्छा प्रकट गरेका थिए उनले ।
लामो समयदेखि उनको सेवामा संलग्न शत्रुघ्नको निरन्तर रेखदेखमा बाबालार्य ३ दिनसम्म ब्रह्मनाल नजिकको कोठामा राखियो । प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन सकी लुम्बिनीवाट फर्केपछि सोझै बाबाको दर्शनार्थ आर्यघाट गए । ‘दुई हात उठाएर बाबाले उनलाई आशिर्बाद दिनुभयो,’ र, ती तीन दिनमा भक्त र श्रद्धालुहरुको ‘दर्शन’ क्रम जारी रह्यो । जीर्ण शरीर र अन्तिम अवस्थामा पनि बाबाले दर्शनार्थ आउनेहरुलाई केही दिने क्रम बन्द गरेनन् । उनी इशारा गर्थे, शत्रुघ्न या उनका सेवामा कार्यरतहरु ‘प्रसाद’ दिएर विदा गर्थे, ती श्रद्धालुहरुलाई । अन्त्यमा २०६१ मंसिर १८ गते शुक्रबार अपरान्ह सवा ५ बजे बाबाले लौकिक देह त्याग गरे, आफनो मातृभूमि श्रीलङ्काबाट टाढाको यो पुण्यभूमिमा । अन्तिम क्रियाबारे छोटो विवादपछि शुक्रबार नै उनको दाह संस्कार सम्पन्न भयो ।
भारतबाट सरकारी सेवामा खटिएर आएका डाक्टर रामनाथ पछि अध्यात्मतर्फ पूर्णरुपमा लागे अघोर मत अँगालेर । राजा महेन्द्रसँग पनि उनको सामीप्य रहेको बताइन्छ । गुरु गोखनाथको विशेष स्थान रहेको नेपालमा अघोरपन्थीहरु रमाउँछन् । पशुपतिनाथको दक्षिण मुहारलाई शिवको अघोररुप मानिन्छ । र, पशुपति त्यही भूमिमा रामनाथ अघोरीद्धारा डा. त्यागीनाथ, चुनचुनबाबा र पगलानन्द स्वामीले दिक्षा लिएका थिए ।

पशुपति मूल ढोकाबाहिरपट्टि विहान वेलुका सधै कुकुर, गाई र साँढे एउटै थलोमा आत्मीयतापुर्ण वातावरणमा सहभोजको व्यवस्था गर्थे चुनचुनबाबाले । उनी कसैकहाँ जाँदैनथे, हात फैलाउन । तर, उनीप्रतिको भक्ति र श्रद्धाका कारण त्यहाँ अनाजको कमी भएन, बर्षौदेखि । ती जनावहरु पालिइरहे । चुनचुनबाबाको समाधिपछि उनका भक्तहरुले एउटा सिद्ध आध्यामिक करुणावतार गुमाएका छन् भने आफना भावना व्यक्त गर्न नसक्ने ती मुक जनावरहरुले उएटा महान संरक्षक र अभिभावक । ‘अहिले त जसोतसो चलेको छ, हेरौँ अव के हुन्छ,’ चुनचुबाबाले भक्तहरु मान्ने गरेका ती जनावहरुको के हाल छ भनी प्रश्न गर्दा शत्रुघ्नको जवाफ थियो ।
हाल पशुपतिनाथको मुल मन्दिर जाने वाटोमा नन्दी आश्रम संगै जोडिएर रहेको छ चुनचुन आश्रम । जंहा चुनचुन बाबाका भक्तहरु नित्य उपस्थित भइ बाबाको प्रतिस्थापित मूर्तिको दर्शन गर्दछन । यही ठांउमा चुनचुनका प्रिय भैरवहरु पालिएका छन । जसको सेवामा शत्रुघ्न उंहाकी धर्मपत्नी गंगा र परिवारका सदस्यहरु संयुक्त राज्य अमेरिकावाट फर्किएर सेवामा जुटेका छन । स्थायी रुपमा कृष्ण मामा रहनु भएको छ । अहिलेपनि भोकाले भोजन पाउने आश्रयस्थल वनेको छ चुनचुन आश्रम । (नेपाल साप्ताहिकमा छापिएको यो आलेखको सम्पादित अंश )

संझनामा पगलाबाबा

पबित्र पाशुपत क्षेत्रका अलौकिक पगलाबाबाले समाधी लिएको ८ वर्ष पुरा भएको छ । २०७० को मंसीर १८ गते मंगलवार स्वेच्छीक देह त्याग गरेका पगलाबाबा सिद्ध पुरुष थिए । जीवनकालका केही क्षणीक समय सान्न्ध्यिको मौका पाएको मेरालागि पगलानाथ रहश्यले भरिएका तर सामान्य लाग्ने साधु थिए । बेला बेला मेरो चर्चा परिचर्चा र आदर्शमा रहने पगलानाथले समाधी लिएको तेस्रो दिन युवराज घिमिरेले लेखेको आलेख अज जस्ताको त्यस्तै ।

झन्डै दस वर्षअघि मित्र विजयकुमारले पशुपतिनाथ परिसरमा एउटा सामान्यजस्तो लाग्ने फकीरसँग भेटाए। शीष्टाचार प्रदर्शनको औपचारिकतापछि विजयले केही दक्षिणा चढाए ती फकीरलाई।
मेरो मन र मष्तिष्कमा अनेक बहस र सोच चल्न थाले। ती फकीर आफ्नो कोठामा भुस्याहा कुकुरहरुसँग थिए। नजिकै राखेको दूधको भाँडोबाट ‘भोका’लाई खुवाउँदै थिए। घृणाबाट माथि र करुणासँग एकाकार थिए ती फकीर भनी बुझ्न मलाई धेरै समय लागेन।

त्यसपछिका केही वर्ष मलाई अंग्रेजी र नेपाली मिश्रित बोलीचालीमा रमाउने त्यो फकीरको चुम्बकीय व्यक्तित्वले आकर्षित गरिरह्यो। एकदुईपल्ट उनले अगाडिको पसलबाट ‘चारा’ किन्न लगाए मलाई। उनको आश्रमअघि नियमित जम्मा हुने कुकुर र गाईगोरुलाई खुवाउन। अरुले किन्न खोज्दा ‘हैन, उसले किन्छ’ समेत भने।

त्यो उनको कुनै व्यक्तिप्रति विशेष कृपा र आशिर्वाद भएको मान्थे उनलाई चिन्नेहरु।

झन्डै आठ वर्षअघि क्यान्सरबाट ग्रस्त ती अघोरी फकीरलाई घाट राखियो। अन्तिम दिन म र मेरी श्रीमती त्यहाँ पुग्यौं। उनले आशिर्वाद मुद्रामा हात उठाए। अनि केही इसारा गरे, कमजोर वाणी र हातको सहयोगले। मैले बुझिन।

मैले जिन्दगीमा धेरै कुरा बुझेको छैन। तर, अन्तिम समयमा उनले भनेको कुरा नबुझ्दा अत्यन्त कष्टको अनुभूति भइरहेको थियो मलाई। उनका सहायकले बुझे। मलाई उनले फकीरसँगै राखिएको विगुत र प्रसादका रुपमा केही फल दिए।

जिन्दगीभरि आधा नांगो, पाए खाने र भाषाको अभिव्यक्तिबाट बञ्चित पशुहरुलाई भोजन दिने ती फकीरले मृत्यु शय्याबाट पनि ‘दिने’मात्र सोचे। एउटा अजीव जीवन दर्शन हुन्छ सच्चा साधुहरूको।

आखिर धनी को? जसले दिन्छ।

भारतका विद्वान राष्ट्रपति राजेन्द्रप्रसादले ‘पैसा’बारे निबन्ध लेख्दा भनेका थिए रे, ‘पैसा, एउटा राम्रो नोकर र एकदम खराब मालिक हो।’ अर्थात पैसा, आराम, विलासिताप्रतिको समर्पणले मानिसलाई मुक्ति होइन, ‘दासत्व’तिर धकेल्छ। अघोरी चुनचुनबाबाको जीवन त्यही ज्ञान र विवेकको प्रयोग थियो। त्यसरी अरुलाई उपदेश दिँदैन थिए, उनको कर्म नै उनको सन्देश थियो।

क्यान्सर कारक बन्यो, त्यसै दिन उनले देहत्याग गरे, आठ वर्षअघि।

उनका गुरुभाइ ‘पगलानन्द’ले सोमबार आफ्नो केही हितैषीहरुसँग भनेछन्, ‘म भोलि शरीर त्याग्छु, एकजोर नयाँ लंगौटी लगाइदिनू मलाई।’

वर्षमा आधा काशी र आधा पशुपतिमा बस्थे उनी। साँच्चै पागलजस्ता लाग्थे। यदाकदा शराबको नसामा देखिए पनि आफूलाई ‘गड इन्टोक्सिकेटेड’ भन्दै हाँस्थे उनी। अनि आफ्नो घाँटीमा लगाएको एउटा जन्तर मुखसम्म तानेर कहिलेकाहिँ ‘ईश्वरसँग कुरा गर्छु’ भन्ने गर्थे। अनि धर्मको व्यापारमा लिप्त प्रायः नाम चलेका हिन्दू साधुहरुको सत्तोसराप गर्थे, एक्लै भुतभुताउँदै वा आफ्ना केही सहयोगीहरुबीच मुड आउँदा।

अर्को आश्चर्य पक्ष थियो उनको व्यवहारमा, भक्तहरुलाई मन्दिर जान भन्थे। कसैलाई पशुपतिनाथ, कसैलाई दक्षिणकाली या मनकामना। तर, आफू स्वयं जाँदैन थिए दर्शनका लागि।

आत्मसाक्षात्कार या आफैंभित्र ईश्वर फेला पारेका या हरेक प्राणीमा ईश्वर देख्ने साधुलाई मन्दिरको, ईश्वरको मूर्तिको प्रयोजन रहँदैन। पगलाबाबा त ‘रमताराम’ थिए, हरेक कणमा रामलाई देख्थे, त्यसैले सबैसँग समान व्यवहार, तिक्तताविहीन गाली, हाँसो, ठट्टा अनि कसैले मनमा सोचेको कुराको जवाफ। अद्भूत र नियमित व्यवहार थियो उनको।

साधुहरु आफ्नो परिवार र अतीतको कुरा गर्न रुचाउँदैनन्। तर, कुनै न कुनै रुपमा केही कुरा चर्चामा आउँछन् नै। उनी उत्तर प्रदेशको सीमावर्ती क्षेत्रका ‘पाठक’ परिवारमा जन्मेका थिए। सानै उमेरमा वैराग्यप्राप्त उनी सत्यको खोजीमा पशुपतिनाथ आइपुगे, सम्भवतः २०२१ सालतिर।

भारतीय सहयोग निगमबाट खटिएका एकजना इन्जिनियरले पछि अघोरपन्थ ग्रहण गरेपछि उनको नाम रामनाथ अघोरी रह्यो। ती रामनाथ अघोरीसँग तीनजनाले दीक्षा लिएः त्यागीनाथ, चुनचुनबाबा र पगलानन्द।

पगलानन्दले पछि सिद्धबाबासँग पनि दीक्षा लिए, रामनाथ अघोरीसँग कुनै कारणले विरक्तिएपछि। जेठा दाइ त्यागीनाथले सोमबार बिहानै अघोर परम्पराअनुसार श्लेष्मान्तक वनमा गुरुभाइ पगलानन्दलाई समाधिस्थ गराएका थिए, चुनचुननाथ अघोरीको समाधिस्थलनजिकै।

चुनचुन अघोरीको जस्तो विवाद भने भएन पगलानन्दको अन्त्येष्टिमा। चुनचुनबाबाको इच्छाअनुसार ‘उहाँलाई जलाइनुपर्छ’ भन्ने एउटा समूहको अडानल विवाद उब्जेको थियो। पगलानन्द बाबाको एउटै टिप्पणी हुन्थ्यो, ‘ए मुर्खहरु, जोगीलाई जलाइदिन्छौ?’

अन्त्यमा सम्झौता निस्कियो! बाबाको चाहनाअनुसार उनको पार्थिव शरीर जलाउने, अनि अस्तु र राखलाई समाधिस्थ गर्ने।

पगलानन्द बाबा इच्छा र चाहनाभन्दा माथि या मुक्त थिए। मंगलबार ब्रम्हमुहुर्तमा आफ्नो इच्छाको समय र मृत्यु रोजे। अनि साधु परम्पराअनुसार मृत्युपछिको विधि अरुले गरिदिए।

उनका बारे अनेक व्यक्तिका आआफ्ना मान्यता र सम्झना छन्। झन्डै १५ महिनाअघि मेरो आमालाई घाटमा राखेको बेला बागमती पुलमा जम्काभेट भयो उनीसँग।

‘ए तेरो आमा मर्‍यो?’ उनले हिन्दी टोनमा सोधे। सामान्य अवस्थामा त्यस्तो भाषा र टोन रिस उठ्दो नै हुन्छ तर जीवन र मृत्युको सत्यसँग साक्षात्कार गरेको व्यक्तिको सन्देश दिने शैली पनि त आफ्नै हुन्छ नि। अनि मुस्काउँदै भने, ‘बेला भयो, जान्छ अब।’

त्यसबेला आमाको जीवनलीला १२ घन्टामात्र बाँकी रहेछ।

पगलानन्द बाबाकहाँ आउने हरेक महिलालाई उनी ‘आमा’ या ‘छोरी’ भनेर सम्बोधन गर्थे। पशुपति राम मन्दिरको पगलानन्द बाबाको आश्रममा सधैं भिड हुन्थ्यो। दैनिक भण्डारा चल्थ्यो। पशुपतिका मानवरुप पनि भन्थे कतिपयले पगलाबाबालाई।

त्यो उनलाई नजिकबाट देख्ने, चिन्नेहरु र माया गर्नेहरुको मान्यता थियो। उनी अक्सर बनारसका महान अघोर सन्त भगवान रामले आफ्नो सम्प्रदायको इज्जत धेरै माथि पुर्‍याएको भन्ने गर्थे। ‘हर मे हरिको देख’ या ‘सबैमा ईश्वर देख्ने गर’ भन्ने उनको व्यवहारबाट देखिन्थ्यो।

पगलाबाबामा त्यही सिद्धि, त्यही महानता थियो।

अध्यात्मजगतका एक महान फकीरको निधनमा श्रद्धाञ्जली! 

कति रंगीन छ जिन्दगी !

अक्सर म विषय तयार पारेर शिर्षक राख्छु । यस पटक शिर्षक तयार पारेर विषय लेख्दैछु ।

विहान उठ्न नभ्याउदै चराहरु चिरविर गर्छन । भुक्क उठेका वादल निमेषभरमै हराउछन र रापिलो घाम ठोक्कीन आइपुग्छ । शित पर्न सुरु गरेको छ । तुयल लागेको छैन त्यसैले पाखाका हिमाल आखैमा ठोक्कीन आईपुग्छन । समयले ल्याएको विकास नै सही काठमाण्डौमा धुलो उड्न कम भएको छ । नियमनकारी निकायको सकृयताले ठेकेदारहरु प्रेजेक्ट होल्ड गर्ने भन्दा काम छिटो सक्ने ध्याउन्नमा छन । त्यसैले सकड चिल्ला छन ।

सिजनमा वर्षा ज्यादा भएकोले होला हरियालीमा रत्तीभर कमी आएको छैन । लक डाउनले मानिसलाई घरभित्र मात्र थन्क््याएन केही सिर्जनशिल पनि वनाएको छ । कौषीमा मात्र होइन गमला, पुरना वाल्टी या वोतलमै सही विरुवा रोप्ने क्रम चलेको छ । वाहिरको मौषम रंगीन छ । लेखनाथ पौड्यालले दशै कवितामा व्याख्या त्यसै गरेका होइनन । हिलो मैला सबै हटेर मौषम मादक वनेको छ । बाली पाक्न लागेको छ । सागपात फल्न लागेको छ ।

त्यसैले आश्विनलाई माषहरुमा सर्वाेत्त्तम त्यसै भनिएको होइन । जन्मका आधारमा पनि आश्विनमा जन्म लिनेहरु रोमान्टीक, रमाइला, हासी खुशी रहन मन पराउनेहरु हुन्छन । यो सबै समयको प्रभाव हो । स्टेफेनी मियरले भने जस्तै जब जीवनले सय वटा रुने कारणहरु दिन्छ भने तिमीले हजार वटा हास्ने कारणहरु खोज्नु पर्दछ । (When life gives you a hundred reasons to cry, show life that you have a thousand reasons to smile.) त्यसै भनिएको होइन ।

हुनत पिर लिनेहरुका लागि एउटै कारण कोरोना काफी छ । चितवनकी ९२ वर्षीय आमाले कोरोना कहरलाई जितेपछि मृत्यु त्यति सजिलो छैन भन्ने प्रमाणित भएको छ । काल नआई मरिदैन त्यसै भनिएको होइन । हो साबधानी अपनाउनु पर्छ तर डराएर जीवन चल्दैन । दशै आउदै गर्दाको मादक मौषम जो कोहीलाई रमणीय छ ।

७७ वर्ष पुगेकी मेरी आमालाई ९ वर्ष टेक्दै गरेकी छोरीले सोध्छी, आमा किन आजकल पानी पर्दैन, किन आकाष निलो देखिन्छ, किन घामले पोल्दैन, किन चराहरु अरु बेला भन्दा अर्कै नाच्दै उड्छन, किन फूलहरु एकै चोटी फूल्न लागेका छन, …किन? …किन?… किन?… आमा भन्नुहुन्छ मलाई पनि केटाकेटीमा यस्तै लाग्थ्यो नानी यो सब दशै आउदै गरेको लक्षण हो । छोरी दशै आया, दशै आयो, अब विर्घा जान पाइन्छ । खेल्न पाइन्छ । मामाघर जान पाइन्छ । टिका लगाएर दक्षीणा पाइन्छ भनेर उफ्रिन्छी । उसको उत्साह दोब्बर थपिएको छ । आमाका जवाफले ।

उसका बाल सुलभ प्रश्नहरुले रंगीन आकारहरु ग्रहण गरेका छन । तर मैले आमाले छोरीलाई दिएको जवाफवाट जीवनको सानो रहस्य वुझ्दछु । श्रृष्टीमा यो सब हुन्छ । किनकी जीवन रंगीन छ ।

सेल्फ क्वारेन्टाईनवाट…

मलाई महिनामा रुघा जम्मा दुई पटक लाग्छ र प्रत्येकको अवधी पन्ध्र पन्ध्र दिनको रहन्छ । यही कारणले होला कोरोना माहामारीले उग्र रुप लिनलागेपछि अधिकांश शुभचिन्तकले मेरो स्वास्थ्यको ख्याल गर्दै जोगिन सल्लाह दिए । नमागीकन सल्लाह दिनेलाई “राय बहादुर” भनिन्छ । अधिकांश रायबहादुरहरुले तातोपानी र बेसार, कसैले गुर्जोको झोल । कसैले हनी वाटर, कसैले हट लेमन त कसैले अनेक औषधीका नाम सुझाए ।
यसो गरे होला की त्यसो गरे होला भन्ने चक्करमा मुलकका पाटन, अल्का लगायत अधिकांश प्रतिष्ठीत र भारतको मेदान्तसम्मको दर्शन नाकले पायो । पाथिभरा आयुर्वेदका लात्ती डाक्टरदेखि छातीकालागि पुष्पा मल्लसम्मकोमा पुगियो । केही महिना पशुपति होमीयोप्याथी देखि हिमालय आयुर्वेदसम्मको सहारा लिइयो । कहिले प्रणायाम त कहिले जलनेति । जे गरेपनि विहान उठेपछि गोडा बीसेक पल्ट हाच्छीउ र दर्जनको दर्जनपल्ट सुकुर सुकुर नगरी पछिल्लो ५ वर्षदेखि मेरो कुनै दिन वितेको छैन ।
स्वास्थ्य भन्दा मित्र ठूला । मेरो डिक्सनरीमा अलि मोटा अक्षरमा लेखिएको छ । कहिलेको लक डाउन कहिलेको निषेधाज्ञा । कर्ण, गगन, गणेश, अर्जुन जस्ता रौसे साथी । के चाहियो कहिले लाकुरी भन्ज्यांग त कहिले शिवपुरी । अजिंगरको आहार दैबले जुटाउछ भनेजस्तै जतिसुकै वन्दावन्दीमा पनि हाम्रो स्वादे जिव्रोले नंया नंया स्वाद पाइ राख्यो । झोला बोक्यो केही प्याकेट विस्कुट, चाउचाउ र पानीका वोतल वोक्यो हिड्यो लखर लखर । शहरको कोलाहल भन्दा पर भएपछि मन तन सबै शान्त हुने । मानिससंग डराउनपनि नपर्ने ।
मान्छे नै मान्छे संग डराइरहेको शहरलाई छोडेर हरेक शनिवार हामी हिड्यौ जनावरसंग डराए पुग्ने एक्ला वनहरुमा । प्रतिकुलतामा अनुकुलता खोज्नुपर्छ । जस्तो सुकै कठिनाइमा पनि रमाउनुपर्छ भनेर हिडेको टोली कोरोना कहरवाट जसोतसो जोगिदै थियो । कर्णका कर्णप्रिय गीत र बांकीका नचाईले पछिल्ला पिडा खुसीमा बदलीदै थिए ।
यत्तिकैमा आइलाग्यो “द च्याम्वर अफ सेक्रेट ग्रुप”लाई विपत्ती । हाम्रा खुसीमा कस्का आंखा लागे ? हरेक खोल्सामा पुग्दा भयरलाई, डांडामा देउराली र खोलामा जलदेवलाई पाती चढाउन कसैले विर्सिएन । फरक फरक भूगोलवाट भएपनि हाम्रा चालचलन र रीति रिवाज मिल्दा थिए । खोला छेउमा पिसाव फेर्न समेत दहकस मानेको टिममा एकाएक सन्नाटा त्यतिवेला छायो जतिवेला हामी शिवपुरीवाट फर्किएका मात्र थियौ । झन्डै दश वर्ष म वसेको घरका घरवेटी पाल्पाली वुवा ७७ वर्षको उमेरमा कोरोनाका कारण स्वर्गे हुनु भयो । खवरले अत्यास लागेको केही क्षणमा आफ्ना वारेमा आएको खवरले मलाई केही वेर किंकर्तव्यमुढ वनायो ।
प्रत्येक हप्ताको शनिवार कम्तिमा १४ कीलोमिटर हिडेर ज्यान वनाएको टोलीको मनमा त्यतिवेला पहिरो गयो जतिवेला अनलाईन खवरले यातायातवाट सरुवा भएका र विदाई गरिएका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको खवर छाप्यो । लामो समय काम गरेको, आउजाउ भइरहने ठांउ एवं विभागका महानिर्देशकसंग निरन्तर र नजिकको भेटघाट भएकाले उहाकै सल्लाह अनुसार अहिले म लगायत द चेम्वर अफ सेक्रेट ग्रुपका मित्रहरु सेल्फ क्वारेन्टाइनमा वसेका छौ । अर्जुन सर र म वारीपारी देखा देख हुन्छौ कुरा फोनवाट मात्र हुन्छ । ढ्याम्म ढाडमा ठाप हानेर वोल्ने वानी लागेका हामी यसरी वोल्न र वस्न पर्दा उकुसमुकुस भएका छौ । कर्णको मेसेज आउछ शकस भएको छ । तर हामीसंग विकल्पहरु थोरै छन । आफू सुरक्षीत रहने र अरुलाई सुरक्षीत राख्ने ।
घरमा वृद्ध र दमकी रोगी आमा, सानी छोरी भएको म अझवढि साबधान हुनपर्ने अवस्थामा छु । चैत्र ११ देखि शुरु भएको असहज अवस्थाका जुनसुकै दिन कार्यालय पुगेको म आज पहिलोपल्ट पुरै दिनमा घरमा, त्यसमा पनि वन्द कोठामा वस्दै ढोकामा कतिवेला खानेकुरा आइपुग्ला भनेर चिहाउनु पर्दा अनौठो लागि रहेको छ ।
कोभीडको प्रभाव परे नपरेको क्लीयर हुन अरु केही दिन पर्खिनु पर्ने छ । गगनसरको जांचले हाम्रो अवस्था निर्धारण गर्ने भएकाले सावधानी अपनाउनुको विकल्प छैन । पछिल्लोपटक विस्तारित सदस्यता पाउन सफल वद्री सर समेत क्वारेन्टाइनमा वस्नुपर्दा दुख लागेको छ । हामी सबै सतर्क छौ डराएका छैनौ । कोरोना कहरलाई तपाई हामी सबैले जित्न सकौ । आगे सुरक्षीत रहने तपाइको जिम्मा ।