तीन प्रहरः इन्द्रेणी शहर

हप्ता दिन लामो दारी सिनित्त पारेर फल्नुको मजै वेग्लै । अझ विहानी यातायातमा चमेरामा हुल जस्ता स्कुलेहरुको चिरविर सुन्दाको थप उर्जा । ढिलो सुतेर ढिलै उठ्नुका पनि केही मजा होलान तर “अर्ली टु वेड अर्ली टु वेकअप”को मजा त्यो भन्दा कैयौ गुणा हुदो रहेछ । एका विहानै उठेर नित्य कर्म सक्नु, नजिकैको हरीयाली हेरेर कालो कफी पिउनु र झन्डै २० मिनेटको नियमीत योगा अभ्यास वाट निस्कीनु मेरो केही वर्ष देखिको दैनीकी वनेको छ । हुनतः उषाको पहिलो प्रहरमा व्युझनेहरुको दीर्घ जीवन हुन्छ भन्ने वैदिक मान्यता पनि रहेको छ ।
विहान ऊ भुर्वस्वःह …गुन्गुनाउदै राजधानीका सडक नाप्दा मजा नै वेग्लै । राती फर्कीदा भने भोली उठी कहां जाने केही थाहा छैन भन्दै नारन गोपाल गुन्गुनाउनुको स्वाद नै अर्कै । दिनभरीका आपाधापी, आ आफ्नै अपेक्षा र जीजीविषा वोकेका अनेक मानिसहरुसंगको संगतले अरु सोच्न नपाइदो रहेछ । काठमाण्डौको श्रम वजारमा शिक्षित वेरोजगारको प्रवेश पछि हामी जस्ता केही तयारी कक्षाहरुमा अनुभव वाड्नेलाई कमै फुर्सद हुदो रहेछ । त्यही फ्री समयको अभावलाई विहानका कन्चन दिनहरु र घुर्मैला सांझहरुले भुलाउनु पर्दो रहेछ ।
काठमाण्डौ हाम्रा लागि सपनाको शहर थियो । विद्यालयका पाठ्यक्रमका पुस्तकमा राखिएका केही तस्विर हेरेर हामी कल्पन्थ्यौ काठमाण्डौ शहर । डेनी डेन्जोम्पाको कान्छिलाई घुमाउने काठमाण्डौ शहर गीत हिट भएपछि त यो शहरको आकांक्षा अझ वढेको थियो । यो शहर हाम्रा लागि राजा वस्ने शहर थियो र थियो अनेक अवसरहरुको खानी । उच्च शिक्षाको अभिलाषा वोकेर राजधानी छिर्नेहरुको तांतीमा झन्डै डेढ दशक अघि म पनि मिसिन आइ पुगेको थिए यो विरानो शहरमा । तानसेन वाट छुटेको निलो रंगको साझा वस त्रिपुरेश्वरमा घ्याच्च रोकिए पछि तीनपांग्रे कालो वजाज ट्याम्पोले वुद्धनगर पुर्याएको थियो एक छिप्पीदै गरेको सांझमा ।
सिमित स्रोत साधन र सिमित आकांक्षा भएको मानिस भएकाले त्रिचन्द्र कलेजका दिनहरु सामान्य चले केही वर्ष । ग्रामिण परिवेशवाट आएको म जस्तो युवाकालगि लोकसेवा अन्तिम र एकमात्र विकल्प थियो । राजधानी छिरेको पहिलो प्रयासमै लोकसेवाले पत्याएपछि सामान्य जागिरेको हैसियत जोडिदै गयो आम ग्रामीण युवाहरुको जस्तै मेरो पनि । यसबीचमा कहिले पत्रकारिता त कहिले प्राध्यापनका अनेक अनुभवहरु मिसिदै गए ।
हुनत अनेक विकृति र विसंगतीका वावजुद अनेक अवसरको शहर हो काठमाण्डौ । अवसर लिन जान्नेहरुलाई यो शहरले दिएको पनि छ । विहानमा एउटा स्वरुपमा देखिने शहर दिउसो अर्के त रात ढलेपछि अर्कै हुदै जान्छ । शहर वुझ्नलाई यी तीनै प्रहरको स्वाद लिन जान्नु पर्दछ । मौलिक विशेषता वोकेको यो शहरका सवै प्रहरका स्वाद लिनेहरु कम छन यंहा । त्यसैले त प्रहर गुमाएका हरुको यसप्रति गुनासो पनि छ । म पनि त्यही वहुमतको सदस्य हुं ।
तर कार्तिक नाच देखि ठमेलका डिस्कोसम्म, पशुपति नाथदेखि यलो पगोडासम्म, रत्न पुस्तक भन्डार देखि पिलग्रीम र मन्डलासम्म, के एल टावर देखि मन्डला र सिल्पीसम्म, नांगा वावा देखि मार्टिन चौतारीसम्म, के एम टेस्टी मम देखि केएफसीसम्म, भृकुटी मन्डपदेखि जाराका आउटलेटसम्म यो शहर अनेक रुप रंगमा देखिन्छ ।
ऐतिहासिकता र आधुनिकताको समिश्रण रहेको यो शहरमा जान्नु र भोग्नु पर्ने अनेक विष्मयकारी वस्तुहरु छन । करौडो मुल्यका ल्यान्ड रोभर गुड्ने शहरमा साइकलपनि प्रसस्त दौडन्छन, भीआइपीका सवासी चल्ने शहरमा घांसका भारी वोकेका महिलाहरु पनि सडक नापी रहेका हुन्छन । केही रुपीयाकालगि हात पसार्ने देखि रोटी वाड्नेहरु प्रशस्त छन शहरमा । रुखमा ऐना झुन्ड्याएर कपाल काट्ने देखि साइकल अड्याएर सडक छेउमै सौच गर्नेहरु दुनीयाको अर्को कुन राजधानीमा देख्न पाइएला ।
शहरको मजा लिन जान्नु पर्दछ तरह तरहका टेष्ट छन यंहा । हजारौ डलर खर्चेर यंहाको मौलिकता र विविधताको स्वाद लिन विश्वका कुना कुनावाट मानिस यंहा आउछन । तपाई हामी वुगंमती र वागमतीको जानकारी विनै, गाइजात्रा र गठेमंगलको दर्शन विनै, कार्तीक नाच र इन्द्र जात्रा नहेरिकनै शहरप्रति पुर्वाग्रही भएका छौ । काठमाण्डौमा भएर पनि इन्द्र जात्राको दर्शन नगर्नेलाई मरेपछि पनि इन्द्रले सोध्छन भन्ने आम विस्वास छ । हामी किन कोठे भएर वस्ने? चलाउनुस खुट्टा हेर्नुस यंहाको इन्द्रेणी उठाउनुस वन्दको फाइदा ।

आज नापञ्चमी


प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नापञ्चमी पर्व मनाइन्छ । प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन परापूर्व कालदेखि चलेको हो ।

विभिन्न धर्मग्रन्थमा नाग देवताको विशेष महत्व उल्लेख गरिएको । नागपञ्चमीका दिन गरिने पूजाले सर्पादि भयबाट र चट्यागंवाट मुक्त हुने जन विश्वास रही आएको छ । नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न किंवदन्ती पाइन्छन् ।

एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ । त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको जनविश्वास रही आएको छ।

नागपञ्चमीका दिन बिहानै स्नान गरी नागको चित्र वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । नागका अनन्त, वासुकी, पद्य, महापद्य, शङ्ख, तक्षक, कुलिर, कर्कोटक आठ प्रकार रहेका छन् ।

गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्नाले आगलागी, चट्याङ आदिको भय नहुने जनविश्वास छ ।

नागको पूजाले धनधान्य र सुख सम्मृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्विपत र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ ।

नागपञ्चमीका अवसरमा काठमाडौँका टौदह, नक्सालस्थित नागदह, धापाखेलस्थित नागदहलगायत स्थानमा विशेष मेलासमेत लाग्ने गरेको छ ।

पूर्व सांसद शंकर पान्डेलाई मातृ वियोग


चौरासी पुजामा भेला भएका इष्टमित्रहरुको बीचमा स्वर्गीय सावित्री पान्डे । (तस्विर शंकर पान्डेको फेसवुक पेजवाट )
पूर्व सांसद शंकर प्रसाद पान्डेलाई मातृशोक परेको छ । उंहाकी आमा सावित्री पान्डेको ८६ वर्षको उमेरमा गएराती निधन भएको हो । विर्घा स्थित घरमा स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारकालागि वुटवल ल्याइपुर्याइएको थियो । अन्तत उंहालाई चिकित्सकहरुले वचाउन सकेनन । उंहाको अघिल्लो वर्षमात्र चौरासीको पुजा गरिएको थियो ।
दुई पटक प्रतिनिधिसभाको सदस्य चुनिएका शंकर पान्डे जुत्ता चप्पल नलगाउने र खाली खुट्टा हिड्ने सांसदका रुपमा परिचित थिए । शंकर पान्डेको समात्री पट्टी उनी एक र विमात्री पट्टी अन्य २ जना भाइ रहेका छन ।
सरल, सहयोगी र मृदुभाषी सावित्री पान्डे निरन्तर काममा खटिइरहने स्वभावकी हुनुहुन्थ्यो । विर्घा व्लग स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछ ।

रहनुभएन “वेदुवा बा”


(अव संझनामा मात्रः हरेक एकादशी, औशी र सोह् श्राद्धमा चप्पलले छोएको पानी समेत नखाने वेदुवा वाका अव संझनाहरु मात्र वांकी छन । यो तस्विर केही वर्ष अघि गहलाममा सोह् श्राद्धका वेला लिइएको हो । जंहा उंहाले चिया खानु अघि चप्पल पन्छाउनु भएको थियो । गांउ घरमा अझै यो परम्परा कायम छ ।)
विर्घा ५ चिफल्डाडा निवासी रामप्रसाद पान्डे (वेदुवा वा) को निधन भएको छ । ७९ वर्षीय पान्डेको वुधवार विहान आफ्नै निवासमा निधन भएको हो । अत्यन्तै सक्रिय जीवन विताइरहनु भएका उंहाको गत हप्ता विर्घामै कडा ह्दयघातपछि उपचारको लागि काठमाण्डौ स्थित नर्भिक अस्पतालमा ल्याइएको थियो । अस्पतालमा टाउकाको शल्यक्रियापछि उंहालाई भेन्टीलेटरमा राखिएको थियो । चिकित्सकको लामो प्रयासपछि पनि उंहा होसमा आउन सक्नुभएन । चिकित्सकको सल्लाहपछि उंहालाई आइतवार विर्घा लगिएको थियो । उंहालाई विर्घा लगिएपछि अन्तिम वैदिक संस्कारहरु गरिएको थियो । अन्तत उंहाको होसमा नआई निधन भयो । उंहाका २ श्रीमती र १ छोरा रहेका छन ।
राम प्रसाद पान्डेको निधनपछि विर्घाको एउटा पुजा पाठ र पुरेत युगको अन्त्य भएको छ । गक्रुंगा देखि वर्राचौरसम्म उंहाका जजमानहरु थिए । प्रत्येक दिन जसो पुजा पाठमा व्यस्त हुने उंहा नपुगेका विर्घामा कमै घर होलान । विहा, व्रतवन्ध देखि ग्रह शान्ति, श्राद्ध लगायत दैविक तथा पीतृ कार्यमा उंहाको महत्व पूर्ण भूमिका रहन्थ्यो ।
विर्घाको विशेषत व्राम्हण समुदायमा वच्चा देखि वृद्धसम्मका बीच उंहा सुपरिचित हुनुहुन्थ्यो । सवैले श्रद्धाले उंहाको नाम लिन्थे । धेरैलाई गायत्री मन्त्र सिकाउनु भएका उंहा धेरैको गुरु हुनुहुन्थ्यो । हिन्दु वैदिक शास्त्रमा जन्म दिने वावु, अन्न दिने किसान, छोरी दिने ससुरा, रक्षा गर्ने राजा र मन्त्र दिने गुरु लाई पन्च पिताको रुपमा लिइन्छ । मेरा पनि तिनै पन्च पिता मध्येका एक राम प्रसाद पान्डे अधिंकास विर्घेली किसोरहरुलाई गायत्री मन्त्र सिकाउने गुरु हुनुहुन्थ्यो ।
चिफलडाडाका पर्याय वेदुवा वा धेरै समय घर वाहिर पुजा पाठमै व्यस्त हुनुहुन्थ्यो । दिनभरी खाली पेट पवित्र रहेर पुजा पाठमा रहने उंहाले चुरोट र चिया भने अत्यधिक मन पराउनु हुन्थ्यो । प्रष्ट वाचन, लामो अनुभव र पूर्ण प्रकृया पालना गर्ने भएकाले सकेसम्म सवै विर्घालीले हरेक पुजा पाठमा उंहालाई नै संझन्थे । उंहाको अभाव विर्घा र त्यस क्षेत्रका वासिन्दाले लामो समय महसुस गर्ने छन । मेरा पनि गुरु राम प्रसाद पान्डेको मृत आत्माको चीर शान्तिको कामना गर्दछु ।