पूर्व सांसद शंकर पान्डेलाई मातृ वियोग


चौरासी पुजामा भेला भएका इष्टमित्रहरुको बीचमा स्वर्गीय सावित्री पान्डे । (तस्विर शंकर पान्डेको फेसवुक पेजवाट )
पूर्व सांसद शंकर प्रसाद पान्डेलाई मातृशोक परेको छ । उंहाकी आमा सावित्री पान्डेको ८६ वर्षको उमेरमा गएराती निधन भएको हो । विर्घा स्थित घरमा स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारकालागि वुटवल ल्याइपुर्याइएको थियो । अन्तत उंहालाई चिकित्सकहरुले वचाउन सकेनन । उंहाको अघिल्लो वर्षमात्र चौरासीको पुजा गरिएको थियो ।
दुई पटक प्रतिनिधिसभाको सदस्य चुनिएका शंकर पान्डे जुत्ता चप्पल नलगाउने र खाली खुट्टा हिड्ने सांसदका रुपमा परिचित थिए । शंकर पान्डेको समात्री पट्टी उनी एक र विमात्री पट्टी अन्य २ जना भाइ रहेका छन ।
सरल, सहयोगी र मृदुभाषी सावित्री पान्डे निरन्तर काममा खटिइरहने स्वभावकी हुनुहुन्थ्यो । विर्घा व्लग स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछ ।

2 thoughts on “पूर्व सांसद शंकर पान्डेलाई मातृ वियोग

  1. मिर्त आत्मा ले सान्ती पाओस । अनि यस दुखद घडी मा स परिवार लाइ धैरय धारण गर्ने शक्ति प्राप्त होस ।
    आलम देबि ७ सतुका बाट पि .सि. परिवार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *