उमेर छिप्पीदै जादा सिर्जनात्मकता हराउदो छ र वढ्दो छ व्यस्तता । अनेक आपा धापीले व्लग मात्रै होइन मेरो जीवन पनि नियमित छैन । मित्रहरुसंगको सामिप्यता छैन र छैनन व्यवहरिक सामाजिक कर्महरु । जति व्यस्ततामा पनि नगरी नहुने खाने, निदाउने र वाहिर पठाउने काम चल्दैछ । वांकी प्राथमिकताका आधारमा चल्दैछन ।
आज शिवरात्रीको पूर्वसन्धयामा पशुपति पुग्ने र साझंको रमाइलोमा फकिरी आनन्द लिने त छदैछ । अनेक स्थानवाट आएका चरा जस्ता जोगीहरु जसको न कुनै जात छ, न कुनै परिवार न कुनै देश ।( देश यस अर्थमा की जोगीको न त पासपोर्ट हुन्छ न त नागरिकता ।) यस्ता जोगीहरुसंग अन्तरंग जीवन र जगतको वहस गर्नुमा मलाई अपार आनन्द आउछ । जोगी पनि कति त खरानी घस्नकै मात्र हुन्छन । उनीहरुमा फकिरी कम र लक्ष्मीको चेष्टा ज्यादा छ ।
असल विद्या, असल गुरु र असल कर्म मात्र होइन असल जोगी चिन्नसपनि जटिल भयो जगतमा । यसै मेसामा साझंको मृगस्थलीको चक्कर लगाउनु मिलेमा केही शाशित्रय भजन शुन्नु, जोगीसंग भलाकुसारी गर्नु र केही प्रसाद ग्रहण गर्नु अपार आनन्द लाग्छ ।
यत्ति हेर्न त दुनीयावाट हजारौ डलर खर्च गरेर पर्यटक आउछन हामी भने नजिककको तिर्थ हेला गरेर वस्छौ । भोलीको दिन भरको ठेलम ठेला त सकिदैन त्यसैले साझंको जोगीको चर्या हेरर केही मित्रहरुसंग गफिएर फर्किनु नै आजको सेड्युल्ड छ ।