वजरेमा वेलौती खानु वा विरांगदी खोरियावाट पानी खान रौनेपानी जानु हाम्रा नियमित क्रियाकलाप थिए । १० वजे अर्चले जमावीकालागि पुग्नु वा पकौडीकोमा चुकावनी खानु । हरेक नंया वर्षमा अरुवा गएर सक्रान्ति कालीमा डाइभ लाउनु वा दिउसो कोलडांडामा गुड खान जानु । यीनै थिए हाम्रा दिन चर्या । आखिर केही दुख भएपनि आनन्द र रमाइलो थियो ती दिनहरुमा ।
राजधानी वसेका यतिका दिनपछि पनि तिनै दिनहरु झल्झली आउनु ।
सपनीमा तिनै घटना दोहोरीनु वा, डांडां पाखा कुदेका र चिप्लेटी खेलेका याद र तिनै साथी संगतीको झझल्को आइरहनु वालापनको स्मृति कति ताजा हुदो रहेछ भन्ने ज्वलन्त प्रमाण हो । यतिवेला सिंहदरवारका चराहरुलेपनि वास सरेका छन माघे मेलामा सहभागीहरुको लर्को थामिएपनि अनेक स्वार्थका सारथीहरु परिचयपत्र देखाउदै सिंहदरवारको द्धारा नाप्दैछन ।
चौरमा वसेर हरी दाइ हुमनाथ र म भएर अनेक उद्देगहरुलाइ वाडेका दिनहरु पनि विगत भइसके । अव त ती साथीहरु पनि कार्यालयमा वसेका छन ।
अनुप केसी अव पर्यटन जादैछन । मित्र केवी खत्री कार्यालय प्रमुख भएर पाल्पा पुगे । गृहका साथीहरु नंया कार्यालय जाने चटारोमा छन । हामी केही साथीहरुका साथ सामान्यको दैलो नापीरहेका छौ ।
यद्यपि भविष्यको कोही पर्वाह नभएपछि म भने एक्लै हुदा विगत संझीएर दिन कटाइरहेको छु । अव पुराना मित्रहरु विराना भएका छन । सालका पात र मित्रहरुमा केही फरक हुदैन भन्दैथिए राजन पौडेल । आखिर हो रहेछ पनि । सालका पातहरु फेरिए झै मित्रहरु फेरिएका छन । यद्यपि फेरिएका मित्रहरुलेपनि पुराना मित्रको झझल्को कम गराउन भने सकेका छैनन । चैत्त महिना त्यस्तै त उराठ लाग्दो ! त्यसमाथि नविनता नथपिएपछि दिक्क पनि लाग्ने रहेछ । भविष्यप्रति आशावादी र अध्यात्ममा विश्वास राख्नाले मेरो जीवपनलाइ भने यी तमाम घटनाले उतिसारो हल्लाएका छैनन ।
काठमाण्डौमा पनि अव हाफ सर्टले काम चल्ने वेला भइसकेको छ । यदपि आफ्नै कार्यकक्ष र कम्प्युटर नहुदा व्लग नियमित हुन वा प्रविधिसंग जोडिएका अनेब कुराहरु सिक्न पाइएका छैनन । त्यसमा थोरै खेद भएपनि अमुक व्लगका मित्रहरुको झझल्को मेटाउन अनेक तरहका कोसिसहरु जारी गरेको छु । यी दिनहरु भन्दा त वरु वैसाखमा सुन सरी फलेका ऐसेलु खानु , खेत खेतमा अकरा टिप्नु वा लुकामारी खेल्नुकै संझना वढि आउदो रहेछ । गुज्रीइरहेको यो जीन्दगीमा तिनै पुराना दिनहरुको स्मृतिमा ….