वनकसीका विद्यार्थी ः स्कुलको चौर । पृष्ठभूमिमा हिले डांडा ।
पारिला घामलाई झ्यालवाट चिहाउदै पढ्नुको मजा नै वेग्लै । स्कुले जीवन त्यसैपनि मजेदार हुने नै भयो । मानिसको जीवनमा १० देखि १६ वर्ष सम्मको समयनै सवैभन्दा स्मरणीय हुदो रहेछ । विद्यालय पढ्दाका घटनाहरु जस्तो स्ृमृतिमा ताजा घटना अरु नवस्ने रहेछन । त्यसैले त हर सपनीमा तिनै घटनाहरु पुन जागृत हुन्छन । सपनामा नै सही पुन वाल्यकालमा फर्काउछन । तिनै कन्चन मित्रसंगका समिपता दिलाउछन ।
मानिस विस्मृतिमा पुग्दा अर्थात अल्जाइमरले गाज्दा पनि पुराना घटना भने संझीरहन्छ । वृद्धावस्थामा देखिने अल्जाइमरयुक्त धेरै वुढावुढीमा यस्तो अवस्था देखिएको छ ।
सहर्ष चन्द्र दर्शन : कुलुम डिल्ली नारायण गुरुको चौरासी पुजाको सुपारी काट्न भेला भएका गांउले ।
अघिल्लो हप्ता विर्घाको केही दिनको रमाइलो भ्रमणको अवसर मिलेको थिया् । नित्य मित्र शिव भान्जा हुनुभयो भने गांउ वसाइमा रौनकता भर्न अर्चले शुन्दर दाई, कुलुम नारन, राजकुमार र गहलाम यज्ञ लागि परे । दिवंगत पिताजीको श्राद्ध घरमै गर्ने इच्छाले डोर्याएको त्यो पावन पर्वमा फेरी गांउसंग साक्षात्कारको अवसर मिलेको थियो । गांउमा युवा वयका मानिस दुर्लभ छन ।
विर्घा टारी खेतः गंहु टुसाउदै खेत । पृष्ठ भूमिमा चिफलडांडा र गांउ ।
पुरानो मौलिकता हराउदै गएको छ । युवा पुस्ता धुलो उडाउदै मोटरसाइकलमा वत्तिन्छ । मौला तिर पुग्दा भने वाल्यकालको मौलीकता घटेको छैन । मौलाका वारी वारी, गरा गरा र ढिकहरु कुदेपछि एकै छिन डांठ पोलेर भुल्लीको मजा पनि लिइयो ।
विद्यालयमा वालवालिकाः विर्घा अंग्रेजी स्कुलका वालवालिका टिफीन टाइममा भुष्टुगंमा।
वारीमा टुसाउदै गरेका गंहु, गंहुको टुप्पोमा शितका मोती दाना, चिरविर चिरविर गांउदै स्कुल जादै गरेका चिरविरे जस्ता केटाकेटी । वाली भित्र्र्याएपछिका फुर्सदिला गांउले । कतै रुद्री त कतै एकाहा । चौरासी पुजाको सुपारी काट्ने त चौको टाहाल्ने मेसो । गजव छ गांउ ।
घरी घरी भाई जिके, कैले काही किसुनजी “वाजे”ले तरह तरहका स्विरहरु पोष्टी राख्छन र गांउको याद ताजा वनाउछन । मेरो मोवाइलको मेमोरीका तस्विरहरुको पालो भने व्यस्तताले गर्दा पाएका छैनन । अवको अंकमा तिनै तस्विरहरु ।
विर्घाको शेरोफेरो
विर्घाको शेरोफेरो
यो धर्ती त्यो पहाड
झ्यालको पछाडी चरवाट चुर हरियो फुल्चोकी डांडा देखिएको छ, अगाडी पट्टी चीनीया सहयोगमा शुरु हुन लागेको आठ लेनको सडक विस्तार । मध्य वर्षामा तुलनात्मक रुपमा कम पानीपरेपनि समयले धर्तिलाई चुर हरियो वनाउदै लगेको छ । साउनमा त आंखा फुट्नेले पनि हरियो देख्छ भन्ने उखान त्यसै चलेको होइन रहेछ । वेला वेलाका पराकम्पनले मानिसको त्रास घटाएको छैन ।
हर दिन अलि सवेरै दिनचर्या शुरु हुने म यी तमाम विषयको मौन साक्षी छु । मन लाग्छ मुख खोल्न, अरु विषयले नै मुखलाई भुलाएका छन । की वोर्डमा औला चलाएर खवर शेयर गर्न मन लाग्छ, अरु नै कामको चटारोले अल्झाएको छ । वर्षादी सहितको रुकस्याक वोकेर वादलका घुम्टाहरु देखिइरहने र घरी घाम त घरी झरीले लुकामारी खेल्ने डांडा कांडा डुल्न नपाएको जुग भयो । हर रहरहरु थिचिएका छन दैनिक आपाधापीले ।
यतिवेला त, मन मिल्दा मित्र हुन, थोरै अत्यावस्यक सामान सहितको रुकस्याक पिठ्युमा झुन्डिएको होस । हाते क्यामेरा घरी घरी क्लिक क्लिक भइराखोस, वर्खे खोला र हरीयाली जंगलले वेला वेला एक्साइटेड गराउन । डांडाको टुप्पावाट पर गांउ हरु देखिउन । कतै एकान्तिक त कतै साना साना फांटमा वस्तीहरु देखिउन, साना स्कुले नानीहरुलाई खल्तीवाट निकालेर चकलेट दिन पाइयोस र पाइयोस उनीहरुका सपना सुन्न । गाइ चराउदै गरेका गोठालासंग गफिन पाइयोस र पुग्न पाइयोस आफ्नै शुदुर अतितको स्मृतिमा ।
वर्खामा धान रोपेका रोपाहार हुन या घांस काट्दै गरेका घसेर्नीहरु, तिनका गुन गुन लोक भाका सुन्न पाइयोस । खेतको लहलहाउदो धानको वोट हेरेर मिठो सपना वुन्दै गरेका वृद्धको चेहेराको मुस्कान पढ्न पाइयोस र पाइयोस वर पिपलको चौतारीमा सुस्ताउन ।
स्मृतिमा पुग्दा अनेक दुष्यहरु मनको कुनामा उघ्रिदै आइपुग्छन । अर्गानिक अतितले तानेर लान्छ गांउ । लाग्छ यी व्यवसायीक आपाधापी वेकार हुन । तर वाध्यताले थिचेको छ र छन गर्नु पर्ने कामहरुको लामो सुची । हर केही महिनाको अन्तरमा पाहाड यात्रामा निस्कीनु र रिफ्रेस भएर फर्किनु कम्ती रमाइलो हुदैन । तर समयले अनपेक्षित धोका दिएको छ । यो समयमा आएर ठुला महलहरु, फराकीला वाटाहरु र हावाको वेगमा कुद्नै सवारी साधनहरु र लाभ हानीको दौडधुपमा व्यस्त हुलप्रति कुनै आकर्षण रहेन ।
रह्यो त केवल अतितका स्मृतिहरुलाई ताजगी दिने यही पंहाड र सम्मा फंटहरु, हरीया खर्कहरु र त्यही चरी रहेका गाइ वाख्राहरु । ब्राउज गर्दै जादा भेटीएको यो तस्वीरले फेरी स्मृतिमा फर्कायो । हुनत विगतलाई संझेर धेरै अक्षरहरुमा वग्ने इच्छाहरु नभएका होइनन । प्रिय पाठकहरुवाट त्यो अपेक्षा नभएको पनि होइन तर त्यसमा अनेक विषयका वावजुत समय वाधक वनेर आइदिएको छ । अनुकुल समय र वातावरणको पर्खाइमा यही जोर चौतारी र पृष्ठभूमिको कुनै शुदुर गांउ । (तस्विरः रमेश मिश्र)
गांउ सेवा परिवारको साधारणसभा पुष ५ मा
नेपालकै जेठो मध्येको एक गांउ सेवा परिवारले आफ्नो साधारण सभा यही आउदो पुष ५ गते शनिवार गर्ने भएको छ । यसै साता राजधानीको नेपाल प्रहरी अस्पतालमा सम्पन्न केन्द्रीय कार्य समितिको पूर्ण वैठकले यस्तो निर्णय गरेको हो ।
वैठकले आगामी २०७१ पुष ५ गते साधारण सभाको मिति तोक्नुका साथै सोही दिन काठमाण्डौको भुगोल पार्कमा रक्तदान कार्यक्रम गर्ने भएको छ । यसै गरी संस्थाको स्मारिका कालीगण्डकीपनि सोही अवसरमा सार्वजनिक हुने भएको छ । स्मारिका प्रकाशनका लागि संस्थाका महासचिव डा. धनबहादुर रानाको संयोजकत्वमा राजेन्द्र पान्डे सम्पादक रहेको समिति समेत गठन गरेको छ । कालिगण्डकी स्मारिका प्रकाशन समितिले आफ्ना लेख रचना उपलव्ध गराउन सवैसंग आव्हान गरेको छ ।
गांउ सेवा परिवारका सभापती खड्ग वहादुर रानाको अध्यक्षतामा सम्पन्न वैठकमा उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव डा. धनवहादुर राना सचिव टोकराज पाण्डे, कोषध्यक्ष शेरजंग राना, सदस्यहरु प्रभा पान्डे, दामोदर पान्डे, ठानेश्वर पान्डे, मोहन न्यौपाने, लेखनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
वैठकमा सहभागीहरु ।
वैठकमा धनवहादुर राना, प्रभा पान्डे, लेखनाथ न्यौपाने र रामप्रसाद न्यौपाने ।
अध्यक्ष खड्ग वहादुर राना, दामोदर पान्डे र धनवहादुर राना ।
विर्घा, वाटा र वजेट
विर्घाजाने एकमात्र वाटो मिर्मीवाट शुरु हुन्छ । काली गन्डकी परियोजनाका लागि निर्मित उक्त एउटै वाटो तन्किएर विर्घासम्म पुगेको छ । मिर्मीवाट विर्घासम्मकालागि वनेको यो वाटो वर्खाभरी हिलाम्मे हुनुका अलावा केही समय त वन्द नै हुन्छ ।
विर्घाको वाटो अहिले क्षेत्रिय स्तरको परियोजनामा परेको छ । त्यसैले त सडक डिभिजन कार्यालय पाल्पाले हाल यो सडकको मिर्मी देखि २ किलोमिटर पिच हुन लागेको छ ।यसका अलावा मिमी देखि विर्घाको वाटोकालागि यस वर्ष रु ३९ लाख निकासा भएको छ । सडक डिभिजन कार्यालय पोखरावाट जाने उत्त रकम वाट ठेक्का समेत शुरु भएको छ । यसका अलावा यही सडकको स्तरोन्नतीका लागि जिल्लावाट समेत केही रकमको व्यवस्था भइसकेको छ ।
यसै गरी विर्घाको वाटो गुल्मीसंग जोड्ने रुद्रवेणीको पुल निर्माणका लागि यस वर्ष ४० लाख रुपैया निकासा भएको छ । यसै गरी विर्घा गहलामवाट वन्कसी डांडा हुदै भुष्टुगं जोड्ने सडकका लागि १० लाख रुपैया वजेट स्विकृत भई निकासाको चरणमा प्रवेश गरेको छ । यी तमाम परियोजनाहरुपछि अवको केही वर्षमै विर्घा पुग्ने सडक पक्कि हुने अपेक्ष ा गर्न सकिन्छ ।
1)विर्घाको भुष्टुगं र लसर्घा जाने वाटो ।
2)हिलाम्मे सडक मर्मत गर्दै चिफलडांडाका स्थानीय ।
मिर्मी आउने वाटोमा वाइकमा गोविन्द ।