वनकसीका विद्यार्थी ः स्कुलको चौर । पृष्ठभूमिमा हिले डांडा ।
पारिला घामलाई झ्यालवाट चिहाउदै पढ्नुको मजा नै वेग्लै । स्कुले जीवन त्यसैपनि मजेदार हुने नै भयो । मानिसको जीवनमा १० देखि १६ वर्ष सम्मको समयनै सवैभन्दा स्मरणीय हुदो रहेछ । विद्यालय पढ्दाका घटनाहरु जस्तो स्ृमृतिमा ताजा घटना अरु नवस्ने रहेछन । त्यसैले त हर सपनीमा तिनै घटनाहरु पुन जागृत हुन्छन । सपनामा नै सही पुन वाल्यकालमा फर्काउछन । तिनै कन्चन मित्रसंगका समिपता दिलाउछन ।
मानिस विस्मृतिमा पुग्दा अर्थात अल्जाइमरले गाज्दा पनि पुराना घटना भने संझीरहन्छ । वृद्धावस्थामा देखिने अल्जाइमरयुक्त धेरै वुढावुढीमा यस्तो अवस्था देखिएको छ ।
सहर्ष चन्द्र दर्शन : कुलुम डिल्ली नारायण गुरुको चौरासी पुजाको सुपारी काट्न भेला भएका गांउले ।
अघिल्लो हप्ता विर्घाको केही दिनको रमाइलो भ्रमणको अवसर मिलेको थिया् । नित्य मित्र शिव भान्जा हुनुभयो भने गांउ वसाइमा रौनकता भर्न अर्चले शुन्दर दाई, कुलुम नारन, राजकुमार र गहलाम यज्ञ लागि परे । दिवंगत पिताजीको श्राद्ध घरमै गर्ने इच्छाले डोर्याएको त्यो पावन पर्वमा फेरी गांउसंग साक्षात्कारको अवसर मिलेको थियो । गांउमा युवा वयका मानिस दुर्लभ छन ।
विर्घा टारी खेतः गंहु टुसाउदै खेत । पृष्ठ भूमिमा चिफलडांडा र गांउ ।
पुरानो मौलिकता हराउदै गएको छ । युवा पुस्ता धुलो उडाउदै मोटरसाइकलमा वत्तिन्छ । मौला तिर पुग्दा भने वाल्यकालको मौलीकता घटेको छैन । मौलाका वारी वारी, गरा गरा र ढिकहरु कुदेपछि एकै छिन डांठ पोलेर भुल्लीको मजा पनि लिइयो ।
विद्यालयमा वालवालिकाः विर्घा अंग्रेजी स्कुलका वालवालिका टिफीन टाइममा भुष्टुगंमा।
वारीमा टुसाउदै गरेका गंहु, गंहुको टुप्पोमा शितका मोती दाना, चिरविर चिरविर गांउदै स्कुल जादै गरेका चिरविरे जस्ता केटाकेटी । वाली भित्र्र्याएपछिका फुर्सदिला गांउले । कतै रुद्री त कतै एकाहा । चौरासी पुजाको सुपारी काट्ने त चौको टाहाल्ने मेसो । गजव छ गांउ ।
घरी घरी भाई जिके, कैले काही किसुनजी “वाजे”ले तरह तरहका स्विरहरु पोष्टी राख्छन र गांउको याद ताजा वनाउछन । मेरो मोवाइलको मेमोरीका तस्विरहरुको पालो भने व्यस्तताले गर्दा पाएका छैनन । अवको अंकमा तिनै तस्विरहरु ।