२०२१ को डिसेम्वर २४ पछि आज विर्घा ब्लगको पेज खुल्यो । धन्न पासवर्ड विर्सीएको रहेनछु । नभए वर्षौ देखिको डोमेनको ड्युजस्तै पासवर्डपनि ड्यु मै माग्नु पर्ने थियो मित्र प्रवेश सुवेदीसंग। व्यस्तता आवरण हो । सही अर्थमा व्यस्तले व्यस्त छु भन्दैन । यंहा फुर्सदिलाहरु व्यस्त देखिन अनेक वहानाहरु जुटाउछन । म बिचकोमा पर्छु होला ।
वर्खाले चुर भएको विर्घा कति मनमोहक होला । विगतमा जस्तो ह्रदयको तस्विर संझिन पर्दैन । आजकल अनेक पेज छन । फेसवुकमा दिनदिनैका अपडेट पाईन्छन । यद्यपि संझनाको तरेलिमा वसेको पुरानो तस्विर जति गांढा छ नंया तस्विरहरु फिका लाग्छन । उमेर अवस्था र वयले सोचाई र संझनाहरु मलिन र मधुरा वनाउदा रहेछन कहिले कांही ।
आज धेरैपछि वडा नंवर ४ का अध्यक्ष दाई शुन्दरले राखेका तस्विरले मेरो वाल्यकाल विद्यालय र विर्घालाई ताजा वनाए ।
हुनत गांउ गांउ रहेन । यो तिव्रतर शहर वन्ने अभियानमा छ । गांउले गांउले कम रह्यो । गांउ गांउमा सिंहदरवारको नाराले अव उ उपभोत्ता समितिको पदाधिकारी वनेको छ । संचो विसन्चो भन्दा पनि योजना र वजेटमा रमाउछ उ ।
विद्यालय अव विद्यालय रहेन उच्चशिक्षालय वनेको छ जमावी । भवन उस्तै रहेन दुतावासको सौजन्यवाला विल्डिगं भएको छ जमावी ।
गांउ धान मकै या कोदोमा अल्झिएन रेमिटेन्समा रमाएको छ उ । वुढावुढीले भनेजस्तो गांउ रामराज्यमा रुपान्तरण भएको छ । अव त्यहा मानिस होइन रामका सारथी हनुमानहरूको रजगज छ ।
वाली रोप्न नभ्याउदै कोट्याउन आईपुग्छन हनुमान । नहुर्किदै लुछाँचुडी गर्न पल्किन्छन हनुमान । फल त परको कुरा भएको छ ।
गांउले साउनमा खिर र कटहर होइन फुजि स्याउ र करेन्टमा रमाएको छ । गुलियो भन्दा पिरो पिरो स्वादमा गांउ भुलेको छ । यो आरोप होईन अहिलेको वास्तविकता भएको छ । वुढावुढी केटाकेटी र हनुमानको समिश्रण भएको छ गांउ ।
गांउको माटो र मिठास भने उस्तै छ । वाह्र वर्षपछि खोला फर्किन्छ भन्छन । कुनै समय गंउको पनि दिन आउला । शहर पसेका र फसेका हामी जस्ता फर्किने समय पनि आउला । लाग्छ गांउले त्यसैको प्रतिक्षामा आपूलाई कयौ रात अनिदो राखेको होला ।
धरै पछिको धङधङी आजलाई यति नै । बांकी समयसंगै निरन्तरता पाउला विर्घा व्लगले।
waiting another