घर मास्तिरको पिपलीको रुख घर अगाडी आमाले सन्जे वाल्ने मैरी । मौलाका भयार, कट्टी र अर्चलेका स्कुल । मेरो अतितसंग जोडिनै सवैभन्दा नजिकका संझना हुन । जीवन संझनाहरुको संग्रह रहेछ । जो संग जे छैन त्यसैको चाह ज्यादा हुदो रहेछ । चैते मासको झरीले हिलाम्मे राजधानीमा यी संझनाहरु अझ निकट भएर आएका छन ।
आज चैते दशै समय मेरो वसमा हुदो हो त यतिवेला हस्यागं फस्यागं गर्दै वैघाको उकालोमा म र मेरा सहपाठीहरु हिड्दै हुन्थ्यौ होला । चैते दशैमा आलमदेवीको रमाइलो रौनक वेग्लै हुन्थ्यो । नाच गान मात्र होइन लंगुर वुर्जाका खालहरु जम्थे । चुकाउनी वारा लगायतका मगर डिसहरु पाइन्थे । खल्ती निथ्रीएपछि तिनै आलमदेवीलाई परेमेश्वरी भन्दै निधारवाट लगुंर वुर्जामा सिक्का खस्थे । साझ पर्न लागेपछि खुट्टा लड्फडाउदै झगडा गर्नेहरुको शुर कस्सिएपछि हामी दौडन्थ्यौ । झिमिक्क हुदा वल्ल घर आइ पुगिन्थ्यो ।
चैते दशै सकिने वित्तिकै कोलडाडाका वैशाखे शक्रन्तिको रौनक आइ हाल्थ्यो । सुका मोहरका गुड र केही रुपैयाका लंगुर वुर्जा ( हामी त्यतिवेला यो खेललाई खोडखोडे भन्थ्यौ)
चल्थे । शक्रन्ति कंहा परेको छ भनेर हेराउनेहरुको ताती लाग्थ्यो हिरन्डाडा हरीप्रसाद गुरु वा चिफलडांडे वेदुवा रामप्रसाद संग । वेलका पत्र टिपेर विहानै अरुवा घाट जानु, वेलपत्र र कालीको कन्चन जलले देहमा सिन्चिनु, केही समय कालीनदीमा पौडिनु र दिउसो कोल्डांडामा गुड खान जानु । कति मौलिक थिए ती परम्परा, कति निश्चल थिए ती सम्वन्ध कति प्रिय थिए ती दिनचर्या । ती सवै आज संझना भएका छन ।
तिनै प्रिय स्मृतिहरुमाझ चैते दशैको शुभकामना।।।।
Month: March 2015
झरीः संझना घरी घरी
वर्षे झरीको छनक दिने गरी परेको पानी केही दिन रोकिने छाट छैन । मेलम्ची पाइपका नाममा खनिएका सडकहरु हिलाम्मे छन । हराउनु पर्ने वेलाको चिसो फेरी पलाएको छ । थन्क्याएका लुगा फेरी निकालिएको छ । लाग्छ मौषमले वाटो विराएको छ ।
चिसिएको मौषममा ज्यान तताउने अनेक वहानाहरु हाजिर छन वाहाना वाजहरुमा । मभने यो झरीमा पुरानै दिनहरु संझीरहेको छु । निरन्तरको झरी र सुनशान कार्यालयको यो अवस्था हेर्दा लाग्छ म आजवाट कुनै नंया कार्यालय जोइन गरेको छु ।
दिनहुका भिड अनेक तर्क, वितर्कका श्रृंखलाहरु बीच आजको यो शान्त दिनले मलाई मेरा पुराना स्मृतिमा फर्काएको छ । छिप्पीदो उमेरमा कलिला यादहरु एक तमासले आइरहेका छन । यस्तो झरीले त्यतीवेला हामीलाई खासै फरक पर्दैनथ्यो । फागुन लागेपछि पौडीका श्रृखंला शुरु हुन्थे । पोखरीमा पानी भए पोखरी जिन्दावाद नभए काली गन्डकी छदैछ । यो त्यतिवेलाको कुरा हो जतीवेला हालसम्म मुलुककै ठूलो भनिएको कालीगन्डकी ए कुन चरीको नाम हो कसैलाई थाहा थिएन ।
घरवाटै शुकुल वोकेर जनता प्रा.वी. कट्टी जाने हामी विस्तारै वढुवा भएर जनता मा.वी. अर्चलेका लागि रमाना भएका थियौ । जनता मावीमा सुकुल वोक्न पर्दैनथ्यो न त घर वरीपरिका मात्र साथी हुन्थ्ये । हाम्रा लागि कक्षा ५ फलामे ढोका थियो । यो आइरन गेट क्रस गरेपछि अनन्तको ढोका खुल्दथ्यो त्यो थियो जनता मावी अर्चले ।
त्यहा अनेक दोकान थिए र थिए खान्कीका अनेक विकल्प । भिमकुमार वा युगराजकोमा चुकौनी पाइन्थ्यो । मग मग वास्ना आउने पाइनापल विष्कुट राख्थे चिफलडांडा भिमले । झरी पर्योकी पकौडेनी आवैकोमा समोसा वा पकौडा पाकी हाल्थे । अनेक मिटिंग या कार्यक्रम हुन्थे अर्चलेमा । गांउका जान्ने सुन्नेहरु इष्टकोटको पछाडीपट्टी छाता झुन्ड्याउदै चिया सुर्क्याउन आइपुग्थे अर्चले ।
नमस्कार गर्न विर्सिए चन्डीसरको उल्टो नमस्कार खाइन्थ्यो । पढाइ भनेको यस्तै उस्तै थियो । अग्रेजी भनेको मिनिगं कन्ठ गर्ने पढाइ थियो, म्याथ समेत घोकिन्थ्यो जांचका वेला, अरु वेला त वरको फेद या कुलाका वाहाद या अरुवा हाम्रा रमाइला गन्तव्य थिए ।
गण्डकी पारी पंहादी, धुसेनी या वक्केवा वाट आउनेले ल्याउने इमीली सुका गोटा किनेर पनि खाइन्थ्यो । अनेक पात्र पारीवाट आउथे । जसमा माने, खिमे, नन्दे, वक्केवाको पुर्से मेरो स्मृतिमा घरी घरी आइरहन्छन ।
कोही देशमा त कोही दुर देशमा रहेका ति मेरा अनौठा मित्रहरु कस्ता भएहोलान घरी घरी संझनामा आउछन ।
जनतामावी रुपी डुंगा चढेर अनेक मुसाफिर अनेक राह पर चल्दै छन तर मेरो प्रकति, मेरो जननी मेरो विर्घा र मेरो जनतामावी केही नभएजस्तो जस्ताको त्यस्तै गजधम्म परेर वसेका छन । घरी घरी संझनामा आउने ती तमाम विगतहरुप्रति….