स्मृतिहरुमाझ चैते दशैको शुभकामना !


घर मास्तिरको पिपलीको रुख घर अगाडी आमाले सन्जे वाल्ने मैरी । मौलाका भयार, कट्टी र अर्चलेका स्कुल । मेरो अतितसंग जोडिनै सवैभन्दा नजिकका संझना हुन । जीवन संझनाहरुको संग्रह रहेछ । जो संग जे छैन त्यसैको चाह ज्यादा हुदो रहेछ । चैते मासको झरीले हिलाम्मे राजधानीमा यी संझनाहरु अझ निकट भएर आएका छन ।
आज चैते दशै समय मेरो वसमा हुदो हो त यतिवेला हस्यागं फस्यागं गर्दै वैघाको उकालोमा म र मेरा सहपाठीहरु हिड्दै हुन्थ्यौ होला । चैते दशैमा आलमदेवीको रमाइलो रौनक वेग्लै हुन्थ्यो । नाच गान मात्र होइन लंगुर वुर्जाका खालहरु जम्थे । चुकाउनी वारा लगायतका मगर डिसहरु पाइन्थे । खल्ती निथ्रीएपछि तिनै आलमदेवीलाई परेमेश्वरी भन्दै निधारवाट लगुंर वुर्जामा सिक्का खस्थे । साझ पर्न लागेपछि खुट्टा लड्फडाउदै झगडा गर्नेहरुको शुर कस्सिएपछि हामी दौडन्थ्यौ । झिमिक्क हुदा वल्ल घर आइ पुगिन्थ्यो ।
चैते दशै सकिने वित्तिकै कोलडाडाका वैशाखे शक्रन्तिको रौनक आइ हाल्थ्यो । सुका मोहरका गुड र केही रुपैयाका लंगुर वुर्जा ( हामी त्यतिवेला यो खेललाई खोडखोडे भन्थ्यौ)
चल्थे । शक्रन्ति कंहा परेको छ भनेर हेराउनेहरुको ताती लाग्थ्यो हिरन्डाडा हरीप्रसाद गुरु वा चिफलडांडे वेदुवा रामप्रसाद संग । वेलका पत्र टिपेर विहानै अरुवा घाट जानु, वेलपत्र र कालीको कन्चन जलले देहमा सिन्चिनु, केही समय कालीनदीमा पौडिनु र दिउसो कोल्डांडामा गुड खान जानु । कति मौलिक थिए ती परम्परा, कति निश्चल थिए ती सम्वन्ध कति प्रिय थिए ती दिनचर्या । ती सवै आज संझना भएका छन ।
तिनै प्रिय स्मृतिहरुमाझ चैते दशैको शुभकामना।।।।

One thought on “स्मृतिहरुमाझ चैते दशैको शुभकामना !

  1. आलम मन्दिरको फोटो पुरानो रहेछ । अहिले निकै परिवर्तन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *