कलरफुल कलैया

Image may contain: 7 people, people sitting and indoor

हमार विकास खोई: कलैया उपमहानगरपालिकामा विकासको वहसमा भाग लिदै सरोकारवालाहरु ।

कलैयाको वसाई रंगीन हुदै छ । कलैया डायरी प्रति धेरैले फरक फरक टिप्पणी गरेकाले, कोहीले फोन मार्फत समेत “दुख पाउनु भएछ है बीचरा” समेत भनेकाले यो आलेख तयार पारेको छु ।
म पहिलो पोष्टीगंमा कलैया जान लागेको खवरपछि, “गाहो छ । जोगिनु होला है । तपाइलाई त गार्हो हुने भयो” भन्ने केही शुभेच्छुकका शुझाववाट म बीचलीत भइन । जागीरे जीवनमा म कुनै नौलो ठांउ जान चाहन्थे, नंया काम गर्न चाहन्थे र नंया मानिसहरुसंग सहकार्य गर्न चाहन्थे ।
जुन अवसर मेरा लागि कलैयाले जुराइदिएको छ । जुन अवसर कलैया वासीले जुराइदिएका छन । परिवेश फरक छ प्रवृति फरक छैन । मानीस फरक छन मानवीयता उस्तै छ । भुगोल फरक छ तर देश एउटै छ । त्यसकालागि कलैया र यंहाका वासिन्दा प्रति म कृतज्ञ छु ।
वास होटलको छ । तर व्यवहार आत्मिय छ । मलाई खाना खुवाउने वब्लु भन्छ “सर आम खानुस हजुर त मेरो साथी कृष्नको सर पो हो त” । कृष्न मेरो सहयोगी हो । पान खिलाउने जलालुद्दीन चाचा भन्नुहुन्छ । “अरे वाफरे यस्तो गर्मीमा आउनु भएको छ । ठन्डा पीलिनुस ।” यंहाका फरक फरक व्यक्तिले दिएको आत्मियताले मनोवल वढाएको छ ।
जनप्रतिनिधिहरु नंया छन । केही अपेक्षहरु नंया छन त्यसैले कर्मचारीले केही दवावको महशुस गर्नु त ठिकै हो । तर आत्तिने अवस्था छैन । उनीहरुका पनि केही कठिनाई छन त्यसलाई वुझिदिनु पर्दछ । वस समस्या समाधान हुन्छ । स्थानीय निकायमा काम गर्दा वास्तविक समस्यासंग नजिकिने मौका पनि हुदो रहेछ । जुन मैले अनुभव लिने मौका पाएको छु ।

Image may contain: 3 people, people standing, crowd and outdoor
मै नाचे छमछमीः कलैयाको त्रिचन्द्र कलेजमा आइतवार सांझ सेनाको सास्कृतिक कार्यक्रममा सहभागीहरु ।
विहान क्लीन कलैया अभीयान, वेलुका स्टाफ कलेजवाट आएका नंया अफिसरहरुसंग घुमघाम गजवै चलेको छ ।
काठमाण्डौ रहुन्जेल विहान वेलुकाकै क्लास र आपाधापीमा गुज्रेको जिन्दगीले अहिले गुन माने जस्तो लागेको छ । हिजो सांझ धेरैपछि त्रिचन्द्र स्कुल कलैयाको चौरमा आर्मीले देखाएको सास्कृतिक कार्यक्रम हेरेर फर्के । स्टाफ कलेजका साथीहरु त दिल खोलेर डान्स गरे । यो टोलीको यादव राउत क्रिएटीभ लाग्छ मलाई । जीवनमा यस्तै सिर्जनशिल युवाले नै केही गर्छन ।
भरत चोकवाट यसो पस्चिम गयो उही शुकदेवको पुरानो सेकुवा पसल छ । यसो पूर्वतिर गढिमाई जाने वाटो हिड्यो जलालुद्दीन चाचाको पान पसल छ । यसो उत्तरतिर हिड्यो शिद्धेश्वर मन्दिर र गजवको क्रिकेट मैदान छ । भोजपुरी लवजमा वोल्ने सवैको अजव ताल छ । म रमाएकै छु तैपनि गुनासो गर्नेहरु देख्दा लाग्छ जीवन जीउन नजान्ने अस्थिपन्जरहरु मनमा अनेक कलुसित भावना वोकेर हिड्छन । काठमाण्डौमा वस्नेलाई भन्दा नेपाल भारत सिमाना जोडिएको महेशपुर गांउमा वस्नेलाई नेपालको माया छ । २४ घन्टा वत्ती आइरहने सिंहदरवारमा वस्नेलाई न्दा ४० डिग्रीमा पनि छिनछिनमा वत्ती जाने सिर्सियामा रहनेहरुलाई विकासको लालसा छ । तर कथित विद्धान ठहराउदो देहातलाई हेप्छ ।

Image may contain: text
विस्तार हुदैछ चेतनाः चर्पी प्रयोग गर्न भोजपुरीा लेखिएको शन्देश । नगरपालिका छेवैको भित्तामा ।
म पटक्कै सहमत छैन त्यस्ता बीचारवाट । हो मेरा कारणले केही कामचोर कर्मचारी परेशान छन । त्यसको विकल्प उनीहरु सुध्रिनु हो । यो मूल्यसंग मैले संझौता गर्ने छैन । डाइभर रघु र सहयोगी कृष्न भाई परिवार जत्तिकै लाग्न लागेका छन । केही फुर्सद मिल्यो त टिपिकल ठांउ र वस्तुमा पुर्याउछन । यस्तै छ साथी कलरफुल कलैयाको हाल ।

कलैया डायरी


लामो जागिरे जीवनमा पहिलो पल्ट राजधानी वाहिरको अनुभव लिदैछु । पुग्न भ्याएको छैन सानी छोरीले “बाबा कहिले आउनुहुन्छ?” भन्न शुरु गरीरसकेकी छ । एक्लै उखरमाउलो गर्मीमा हान्निएर तराइ झर्नु पर्दा खिन्न नलागेको कंहा हो र । तैपनि ठिकै छ भन्दै म बाराको कलैया आइपुगेको छु । गढीमाइको दर्शन गरेर शुरु भएको राजधानी वाहिरको पहिलो जागीरे जीवनमा सिक्नु पर्ने विषयहरु असरल्ल छन ।
एकातिर स्थानीय शासन ऐन, अर्कातिर सार्वजनिक खरिद ऐन । कतै पुराना क्रोनिक कर्मचारीको चंगुल त कतै चाटुकारहरुको खातिरदारी गजव भइरहेछ तराइको जागिर । वरी परी घुमीरहने कार्यालय सहयोगीको पारा देख्दा आफै मुन्ना भाइ भएजस्तो लागेको छ । अस्तव्यस्त वजार, कानूनको वेपर्वाह प्रयोग, जनप्रतिनिधिको नौलो अनुभव र ज्ञान सवैको संयोजन मिलाउनु कम्ती चुनौतिपूर्ण छैन । वसाइको मेसो मिली नसक्दाको होटलको वास, होटलको खाना र वार्है महिना वगीरहने नाकको पुरानै रोग कलैयाका शुरुवाती दिनमै हात लागेका छन ।
शुदुर पहाडको स्यागंजा विर्घाका रमणीय फांटको स्मृति मनमा वोकेर यो उखरमाउलो गर्मी र लामखुट्टेको चरम आक्रमणमा पर्दा घरी घरी घरको संझना आइरहेको छ । “बाबा हजुरलाई संझेर स्कुलमै रोएनी” भन्ने कलिली छोरीको ममता, सेट भइसकेको परिवेश छोड्दाको विरानी बीचका कहरहरु कम्ता कठिन छैनन ।
असार १० मा वजेट ल्याइसक्नु पर्ने हतारो । अनुभव हासिल भइनसकेका जनप्रतिनिधि र सिकाइको चरणमै रहेको मेरो स्थानीय निकायको कार्यसम्पादन अनुभव बीचको समन्वयले अवका केही दिन खानेछन । सांझमा मन नभएपनि टहल्ने वहानामा पान चपाएर कति दिन फ्रेस भइन्छ परिक्षाकै घडी वनेको छ ।
जाने वेला “खवरै भएननी” भन्ने आफन्तहरुको गुनासो । सफल भएकोमा “बधाई छ!” भन्ने मित्रहरुको शुभेच्छा र यातायात क्षेत्रमा जस्तै राम्रो काम गरेर नाम राख्नुस है भन्ने संचारकर्मी साथीहरुको सुझावलाई काविल वनाउन चुनौतिपर्ण छ । तर असम्भव भने लागेको छैन । काठमाण्डौमा रहदा जस्तो विहान विहानै कक्षाका झन्झटहरु हटेका छन तर नंया नंया साथीहरुलाई ज्ञान वाड्ने अवसर चुकेको छ ।
अबका हरेक चाडपर्वहरु निरस रुपमा वित्ने छन । न कोही आफन्त न कोही परिवेश मिल्ने गांउले । कठिनाइका बिच आफुलाई खार्ने प्रयास रहने छ । सफल हुंदा या परिक्षा उतिर्ण गर्दापनि कहिले कांही यस्तै कठिन घडीहरु आउदा रहेछन । जुन मैले भोगेको छु । अवका केही समय व्लग कारिता मेरो साथी हुनेछ । आसा छ बारा वाट विर्घाको संझना पनि मिठो हुने छ ।