स्यागंजालाई आफ्नो कार्यक्षेत्र वनाउदै झन्डै ३२ वर्ष अगाडी स्थापीत गांउ सेवा परिवार स्यागंजाको २० औ सधारणसभा यही साउन १५ गते शनिवार हुने भएको छ । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यता तथा उद्योगमन्त्री सोमप्रसाद पान्डेको विशेष आतिथ्यतामा हुन लागेको उक्त साधारण सभाले आगामी कार्यकालकालागि नंया कार्यसमितिको चयन गर्ने छ । साधारणसभामा परिवारको ११ औ स्मारिका कालीगन्डकीको समेत विमोचन हुदैछ ।
लामो समय पछि हुन लागेको साधारणसभालाई विशेष चासोका साथ हेरिएको छ । गैर राजनैतिक चरित्रको विशुद्ध सामाजिक संस्था परिवारले शैक्षीक, चेतनामुलक तथा विकासात्मक गतिविधि संचालन गर्दे आइरहेको छ ।
काठमाण्डौ तीनकुने स्थित ताज पार्टी प्यालेसमा आउदो शनिवार ११ वजे हुने उक्त कार्यक्रममा विशेष गरी चन्डी भन्ज्यागं, आलमदेवी, विर्घा र श्रीकृष्ण गन्डकी गाविसका वासिन्दाको सक्रियतापूर्वक उपस्थिति रहने जनाइएको छ ।
Month: July 2016
आमा नदेखी धर्ती टेकेको वालक
तस्विरमा देखिएको वालक जती अवोध छ त्यती कठिन छ उसको आगामी जीवन यात्रा । विरलै मानिसको जीवनमा घट्ने क्रुर समयको साक्षी वनेको अवोध शिशु अहिले टिचिगं हस्पीटलको वेडमा अक्सिजनको सहाराले वांकी भविष्य पर्खिरहेको छ । नर्स हरुले दिएको केही ल्याक्टोजीनको मद्दतले वालकको जीवन रक्षा गरेको छ । आमाको न्यानो स्पर्स र मातृत्व विहिन वनेको कलीलो शिशुले जीवनका केही राम्रा शंकेत भने देखाएको छ ।
दुई छोरी पछि पुन गर्भवती वनेकी विर्घा ६ मरेंगदा वस्ने विष्णु प्रसाद पान्डेकी श्रीमतीले तेस्रो सन्तानलाई आफ्नो कोखमा हुर्काइन तर उसलाई प्राकृतिक जन्म दिन असफल वनीन । कलिला दुई छोरीलाई घरमै छोडेर “म भाइलाई लिएर आउछु है” भन्दै विदा भएकी उनी अव परमात्मामा लिन भएकी छन । कलिला नानीहरुले भाइलाई लिएर आमा आउने आशमा अझै दिन गन्ती गर्दै छन । साना वालिकाहरुलाई आमा वितेको पत्तो छैन र उनीहरुलाई सहायतकालागि मामा घर वालिगं पठाइएको छ ।
साधारण निमोनीयावाट ग्रशीत ३६ वर्षकी गर्भवती विष्णु पान्डेकी श्रीमतीलाई शुरुमा पाल्पा प्रभाष स्थित लुम्वीनी मेडीकल कलेजमा, पछि मिसन अस्पताल पाल्पामा र त्यसपछि गन्डकी मेडीकल कलेज पोखरामा उपचार गराइएको थियो । अत्यन्त कमजोर शरीर रिकोभर नभएपछि चिकित्सकको सल्लाह अनुसार थप उपचारकालागि काठमाण्डौ ल्याइएको थियो ।
त्रिवी शिक्षण अस्पताल महाराजगंजको अति सघन कक्षमा उपचाररत ८ महिनाकी सुत्केरी उनको व्यथा वल्झदै गएपछि अत्यन्त जटिल अवस्थामा स्वास्थ्य पुगेको थियो । शुरुमा काठमाण्डौ ल्याइपुर्याउदा वोल्दै गरेकी विष्णु पान्डेकी श्रीमतीले विष्णु पान्डेलाई “मलाई जसरी भएपनि वचाउनुस है” भन्दै थिइन । यद्यपि उनको अवस्था अत्यन्त नाजुक वनेपछि चिकित्सकले वच्चा र आमा दुवैलाई जोगाउने अन्तिम प्रयास गरेका थिए । प्रयास असफल भएपछि गत आइतवार अप्रेसन गरेर वच्चा निकालीएको थियो ।
चिकित्सकको अनेक प्रयासका बीच वालक सकुशल रहेपनि अन्तत आमाको दुखद निधन भयो ।
निधनपछि आइतवार अवेर पशुपति आर्यघाटमा मृतकको अन्तिम संस्कार गरिएको थियो । आज ५ दिन पुगेको उक्त शिशु वेला वेला रुने कराउने र विभिन्न हाउ भाउ गरेपनि आमाको न्यानोवाट वन्चीत रहेको छ । हाल आफन्त र दाजुभाइको प्रत्यक्ष रेखदेखमा रहेको शिशु खतरामुक्त रहेपनि पूर्ण स्वस्थ भने भइसकेको छैन । वालकलाई प्रत्यक्ष भेटी उपचारमा संलग्न चिकित्सकहरुसंग समेत कुराकानी गर्नुभएका डा. धन वहादुर रानाका अनुसार वालकको स्वास्थ्य स्थिती सन्तोषजनक र सुधारोन्मुख रहेको छ । तपाई हाम्रा कामना र प्रार्थनाले शिशुको वांकी जीवन शहज वनोस । मृत आत्माको चीर शान्ति शहित नवजात शिशुको स्वस्थ्य भविष्यको कामना ।
(तस्विर: राजेन्द्र पान्डेको फेसवुकवाट)
बिर्घा समाज युएई चौथो वर्षमा
सुर्य प्र. पाण्डेय
“हाम्रो गौरव हाम्रो सान बिर्घा स्याङ्जा हाम्रो पहिचान” भन्ने मुल नाराका साथ स्याङ्जा जिल्लाको बिर्घा गबिस बाट कामको सिलसिलामा युएईमा रहनुहुने सम्पुर्ण युवाहरू मिलेर २०७० (2013) सालमा स्थापना भएको गाबिस स्तरीय पहिलो सस्था बिर्घा स्याङ्जा सहयोग समाज युएई तेस्रो बर्ष पूरा गरि चौथो वर्षमा पाइला टेकेको छ।
स्थापनाको दिनदेखि नै अक्षयकोष ,मृगौला पीडित,ब्लड क्यान्सर पीडित ,सामाजिक,शैक्षिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।
स्थापनाको तेस्रो वर्षसम्म आइपुग्दा यस संस्थाले सामाजिक कार्यहरु जस्तै पोखराका एकजना मृगौला पीडित,झापाका एकजना मृगौला पीडित, बिर्घा गा वि स का दुबै मृगौला पीडित चुरामनी बि क ,ब्लड क्यान्सर पीडित सान्ती घिमिरे तथा छिमेकी आलमदेवी गा वि स का पिताम्वर रानालाई गरि लगभग रु १,३७,५०० आर्थिक सहयोग गरेको छ।
यसैगरी बिर्घा गा वि स को एक मात्र क्याम्पस कालीगण्डकी क्याम्पसको भवन निर्माणकार्यका निम्ति रु.२५,००० सहयोग गरेको छ।बिर्घा गाबिसका सम्पूर्ण सरकारी विद्यालय तथा छिमेकी श्री कृष्णगण्डकी गा वि स को श्री धुर्बज्योति माद्यमिक बिद्यालय गरि १२ वटा बिद्यालयमा प्रती बिद्यालय रु.११,१११ का दरले जम्मा रु.१,३३,३३२ अक्षयकोष खडा गरेको छ।जसको ब्याजवाट आएको पैसा गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि प्रदान गरिन्छ। दुर्गा प्रा वि को शैक्षिक स्तर बढाउनका निमित्त उक्त बिद्यालयको रजत महोत्सवको उपलक्ष्य रु.३१,१११ सहयोग गरेको छ। साथै यस समाजको पहलमा
यस समाजले धार्मिक मठमन्दिरको संरक्षणका निम्ति बिर्घा गा वि स का ५ वटा मन्दिरमा समेत प्रती मन्दिर २०,००५ का दरले रु.१,००,०२५ धनराशिको अक्षयकोष खडा गरेको छ।
सुर्य प्र.पाण्डेय,कृष्ण कुमार पाण्डेय, मित्रलाल पाण्डेय ,प्रेम थापा , धुर्बराज पाण्डेय ,जीवन पाण्डेय तथा अन्य युवाहरूको विशेष पहलमा २/२ बर्से कार्यकाल रहनेगरी सुर्य प्र.पाण्डेय को अध्यक्षतामा सन् २०१३ अप्रिल १९ अर्थात बि.सं.२०७० बैशाख ६ गते शुक्रबारका दिन युएईको दुबईमा बिर्घा स्याङ्जा सहयोग समाज युएई को जन्म भएको हो।
कामको सिलसिलामा युएईमा रहनुभएका सम्पुर्ण बिर्घेली तथा भुपु बिर्घेलीहरु लाई केही समस्याहरु आइपरेको खण्डमा सहयोग गर्ने साथै आफ्नो जन्मभुमिको बिकासका निम्ति सक्दो सहयोग गर्ने उदेश्यले यस संस्थाको स्थापना भएको हो।
भाबी योजना अन्तर्गत बिर्घा गा बि स का सम्पुर्ण सरकारी विद्यालयहरुमा सेतो पाटि (White Board) बितरण गर्ने रहेको छ। साथै आउँदा दिनहरूमा समेत गाउँ बिकासका निमित्त यस संस्थाले अझ विशेष किसिमका कार्यक्रम तथा योजना लिएर जानेछ।
वर्तमान कार्यसमिति :-
अध्यक्ष – मित्रलाल पाण्डेय बिर्घा ५ बुकिडांडा
उपाध्यक्ष – बाबुराम पाण्डेय बिर्घा ४ घरिपोखरा
सचीव – कुमार राना बिर्घा ५ कट्टी गाउँ
सह-सचीव – इन्द्र प्र.पाण्डेय बिर्घा ३ गहलाम
कोषाध्यक्ष- जीवन पाण्डेय बिर्घा ५ चिफल्डांडा
सह-कोषाध्यक्ष- याम ब.परियार बिर्घा ५ हिरण्डांडा
सदस्यहरु –
• डोलराज पाण्डेय बिर्घा ३ गहलाम
• हरिलाल पाण्डेय बिर्घा ५ कट्टी गाउँ
• मनरुपा पाण्डेय बिर्घा ४ मिर्चण्डी
• कुल बि.क. बिर्घा ५ गौतमटोल
• टान ब.थापा बिर्घा ३ बाँसडांडा
सल्लाहकार –
• सुर्य प्र.पाण्डेय बिर्घा ५ चिफल्डांडा
• कृष्ण कुमार पाण्डेय बिर्घा ५ चिफल्डांडा
• लक्ष्मण थापा बिर्घा ७ भुस्टुंग
• राम प्र.पाण्डेय बिर्घा ५ चिफल्डांडा
• मित्रलाल पाण्डेय बिर्घा १ खहरे
वर्खाले चुर गांउ, मित्रहरु र विगत
केही हजार रुपीयामा कलिलो समय वेचेर म फर्किएको छु । हरेक दिनको दिनचर्या हो मेरो यो । औकात अनुसारको दुइ पांग्रेप्रतिको रुची हराउदै गएको छ । त्यसैले आज म यो छिप्पीदो विहानीमा पैदलै छु । मन मौजी हुन मन लाग्छ । त्यसैले मनले सोचेको गर्छु । आजको पैदल यात्राले कम्ती आनन्द दिएको छैन । म वस्ने लोकन्थली अझैपनि शहरोन्मुख गांउ जस्तो लाग्छ । अलीसान महल वनेका छन, आधुनिकताका अनेकौ क्रम छन, मंहगा सवारी हुइकिन्छन । यद्यपि गाइ डोर्याउदै हिडेका मान्छे भेट्नु, बारीमै पुगेर फर्सीका मुन्टा किन्न पाउनु, अझैपनि मुलको पानी भर्ने मान्छेको जमात देखिनु, वोगा झन्डीएका केराका घरी हुनु ,हरिया मकैवारी र लहलाउदा धान देख्न पाइनु यंहाको गजव विशेषता छ ।
म ग्रामिण परिवेशवाट आएको र गांउको याद आइरहने भएकाले यो ठांउ मलाई रमाइलो लाग्छ । त्यसमाथिका मेरा वाल सखा सुरेश यही छन । भेट नहोस सही, हामी नजिकै छौ भन्ने विश्वासले पनि मानिसलाई उत्साही गराउदो रहेछ ।
म हिड्दै गर्दा धान चवर फालेका मग मग वास्ना आउने निख्खर हरियो मकै वारी क्रस गर्छु मलाई गांउ घर खुवै मिस हुन्छ । घाम जोडले लागेका छन । विहानै फिर फिर वर्षीएको आकाश अहिले सफा छ । वादलको रेश मात्र देखिएको छैन । बन्सो काटेर सफा पारिएको भुइमा मकैका बीच बीचमा फर्सीका मुन्टा लहराएका छन । मकै वारी क्रश नगर्दै धानको मग मग वास्ना आएको छ । खेत धेरै छैनन तर मलाई नोष्टाल्जीक गराउन काफी छन । रोपेको केही हप्तामै चुर हरिया देखिने धानका गांजहरुले मलाई कम्ती रोमान्चित वनाएका छैनन । पिंधमा छिपछिपे पानी छ । त्यसैले धानका गाज फैलिदैछन । वेलैको वर्षाले यस पल्टका वर्षे वाली राम्रो हुने छाट देखिएको छ ।
धान झुलेका खेत क्रश नहुदै आयो आप भन्दै मित्र राष्टका २ थान मित्रहरु हिलो वाटो क्रश गर्दैछन । मित्र राष्टवाटै आएका आंप मित्र राष्टकै मित्रले घर घरमा पुर्याएका छन । म तिनका साइकल र त्यहाको टोकरीमा रहेका लोहोरे आप निध्याएर हेर्छु । लिने हो ? दुई मध्येको एकले सोध्छ । म मुस्कुराउछु मात्र ।
मलाई यिनै आंपले फेरी नोष्टाल्जीक वनाउछन ।
हाम्रो अर्थात डिठ्ठाको आंप खाएर हुर्केको हुं म । कम्ती रसिलो थिएन त्यो आंप । झन्डै १५ वर्ष विते होला त्यो आंपको स्वाद मुखमा नपरेको । वर्षेनी लटरम्मै फल्ने त्यो आप मेरा बा भन्दा पुरानो थियो । बा हुनुहुन्न । बां का संझनाहरु मत्र छन । यद्यपि मेरा बा को प्यारो आंप अहिले पनि छ । वृद्ध छ तर फल्न छोडेको छैन । विहान झिसमिसेमै मकाइ माड्दै झरेका आंप वटुल्न इश्वरी देइसंग घम्सा घम्सी गरेको हिजो जस्तै लाग्छ । तर अहिले यी सवै वसमा छैनन ।
तिर्सना मेट्न यज्ञ दाइलाई सोध्छु । झरेका आंप वटुल्ने को छन र दाई अचाल । उतावाट दाई भन्नुहुन्छ । खै, म पनि ढिलो उठ्छु । पसल तिरै जान्छु । को छन र ख्वै, सामने जाली, वोडधयेरे रामेको केटा केटी होलान, नविनका तिरड आउलान । अचाल त खासै आंपको चासो पनि लाउदैन ।
छिप्पीएको उमेर लाग्दो वुढ्यौली विच दाईको मधुरो स्वर आउछ ।
आमालाई सोध्छु । तर्कारी के छ आजकल? तिर्सना मेट्न सोधेको वुझेर आमा भन्नुहुन्छ । सवै छ । कभेलीका मन्टा यही अगाडी छन । घिरम्ला फल्न लागे । गांउ भरी छन घिरम्ला त । मौला तिर अली अली वोडी फल्न लागे । तिमरु आउन्नौ के रे ? आमा आश गर्नु हुन्छ । ती वृद्ध आमा, हिलो छ्याप्दै हिडेका उकाली ओराली, च्याप्प हातले समातेर चढेका आंपका हांगा, नाम्लाको डोरी वनाएर भेट्नामा वांधेर झारेका कटहर, पाकेका खनिंया, आगोमा पटपटी पोलेका हरिया मकै, वाल्यकाल विताएका ढिक कान्ला र खोल्सा हरेक चिज मिस हुंदा आमालाई भन्छु । धेरै भयो कटहर नचाखेको यसपल्ट त मकै कटहर र आंपको मेसो मिलाएर एकै हप्तालाई भएपनि आउंछु । यद्यपि यो पनि कुरामै सिमति भएको देखेर आमा भन्नुहून्छ । तं भन्छस । आउन्नस केरे । अचाल त पतेउन्न म पनि ।
केही हजारमा साट्ने वानी लागेका घन्टाहरु, सधै भरी चलीरहने कार्यालयका किस्सा, दुर्भाग्य पूर्ण ढंगले फेरी तयारी गर्नु पर्ने परिक्षा, कलिली छोरी, घरमा धेरै समय दिए हुन्थ्यो भन्ने श्रीमती र हाम्लाई पनि भांउ दिए हुन्थ्यो भन्ने अन्य शुभचिन्तकका बीच समयको व्यवस्थापन कम्ती शकश हुदो रहेनछ ।
गांउ मिस हुंदा गुगल सर्च गर्ने जमाना आएपछि म कसरी अपवाद हुन सकुंलार । जे भएपनि यिनै हरफ हरु लेखेर भएपनि गांउलाई कल्पन्छु, संझन्छु र मिस गर्छु त्यही वर्खाले चुर भएको गांउ, मित्रहरु र मेरा विगतहरु ।
कुन महिनामा जन्मिएका कस्तो हुन्छन ?
असार पृथ्वी उत्पति भएको महिना हो । त्यसैले सवै हिन्दु धर्मावलम्वीले असार ८ गते धर्तिको पुजा गरेर भूमी दिवस मनाउछन । पश्चिमाहरुले पछि जुन २२ लाई पृथ्वीको उत्पति दिन मानेर यसको आ आफ्नो संस्कार अनुसार यो दिनलाई मनाउछन । हुनत श्रीमद्भागवत गीताको १० औ अध्यायमा महनिाहरुमा मार्गशिर्श भनिएको छ । मंसिर जतिकै पवित्र मानिन्छ असार पनि । त्यसैले त भनिन्छ असारको केटो मंसिरकी केटी ।
असार २७ (जुलाइ ११) अर्थात विश्व जनसंख्या दिवस । आजै मेरो जन्मदिन परेको छ । एउटा नमिठो संयोग विश्वले जनसंख्या नियन्त्रणका कुरा गर्दा म भने जन्म दिन संझन वाध्य छु । असार हाम्रा आदिकवि भानुभक्त वाजेको जन्मदिन हो । विद्यालय पढ्दा यस्तै पढियो । आदिकवी भानुभक्त आचार्य तनंहुको चुंदी रम्घामा असार २९ गते जन्मीएका थिए खुवै रटान लगाइयो यो तिथीलाइ । त्यतिन्जेल मलाइ मेरो आफ्नै जन्मदिनको त्यति हेक्का थिएन ।
कालो अक्षर भैसीवरावर भएकी मेरी जननी आमालाइ पनि मेरो जन्मदिनको त्यति हेक्का हुने कुरै भएन । पिताजीले वर्षको एकवार काले जैसीका अगाडी चिना फुकाउदा मेरो जन्म दिन भन्नुहुन्थ्यो होला, त्यसवाहेक जन्मदिनको त्यो वेला के नै पो काम आउथ्यो र । अहिले बा हुनुहुन्न र काले जैसी पनि छैनन र यो क्रम पनि रोकिएको छ । तैपनि मेरो जन्मदिन तिनै आदीकवि भानुभक्त भन्दा दुइ दिन अगाडी परेको रहेछ । यो रहस्य शहरमा आगमनका धेरै वर्ष पछिमात्र संझनामा आयो ।
मेरो जन्ममिति २०३५ असार २७ गते मंगलवार हो । यद्यपि यो जन्ममिति ज्योतिषलाइ हात हेराउदा वाहेक काममा आएन । पर्यो के भने मेरो जन्ममिति प्रमाणपत्रमा २०३४।०८।१५ लेखिएको छ । यो आठ भन्नाले मंसिर पर्छ क्यारे । त्यसैले मेरो खास जन्ममिति त्यति उपयोगमा पनि आएन र वांकी संझनामा पनि रहेन । शहरमा पसेपनि न त जन्मदिनको नाममा कुनै केक काटियो न त कसैको विशेष शुभकामना नै पाइयो । हुन त आजभोली जन्मदिन भव्यताका साथ मनाउने पुस्ताकै हुं म, यद्यपि मेरोलागि जन्मदिनले कहिल्यै त्यति ठुलो महत्व राखेन । व्लगकारिता शुरु गर्नु अघि जन्मदिन यसपटक त संझन्छु भनिन्थ्यो तैपनि कामको चटारो भनौ या महत्ता हिनताले जन्मदिन गुज्रीएको केही दिनपछि मात्र झल्यास भइन्थ्यो । यसरी मेरो ३० औ जन्मदिनहरु विना संझना गुज्रीएका छन ।
जन्म कुनै व्यक्तिको जीवनको अत्यन्तै महत्वपुर्ण घटना हो । जन्मको जति महत्व मृत्युको पनि हुदैन । यद्यपि हाम्रो हिन्दु संस्कारमा जन्मले भन्दा मृत्युले वढि ठांउ राख्छ । मान्छे मरेपनि सन्तान दरसन्तान श्राद्ध त गरिन्छ । तैपनि जन्मदिनको उपलक्ष्यमा भने धार्मिक रित अनुसार केही कार्य भएको मलाइ संझना छैन । गर्नेले मन्दीर गएर पुजापाठ गर्दा हुन तर मेरो संदर्भमा भने त्यस्तो केही हुने गरेका छैन । जन्म, महिना, वार, तिथिले मानव जीवनमा महत्वपूर्ण प्रभावपार्ने ज्यातिषीय साथै वैज्ञानिक आधारहरुपनि छन । त्यसमा मेरो विश्वास पनि छ । वैशाखमा जन्मिएको व्यक्ति जस्तो तेज, प्रतिभावान र सिर्जनशिल चैतमा जन्मेको व्यक्ति अवस्य नै हुदैन । भनाइ नै छ कस्तो चैते होला भन्ने।
असारमा केही संझन लायक जन्महरु भएका छन । तर मेरो विचारमा अत्यन्तै प्रयास गरेर सफल भएपनि जस नपाउने ग्रह हुन्छ की असारको जन्म हुनेहरुको । नेपाली कांग्रेसका सभापती पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म असार मै भएको हो । उनी असार १८ गते जन्मिएका हुन । उनले कहिल्यै आफ्नो जन्मलाइ नभएर कर्मलाइ महत्व दिए । उनले जन्मदिन मनाएको अहिलेसम्म कुनै रेकर्ड छैन । अनेक त्याग र तपस्याका वावजुत कोइरालालाइ त्यति सफल राजनितिज्ञ मानिदैन ।
विस्थापित राजा ज्ञानेन्द्र पनि असार महिनैमा जन्मिएका हुन । गते अनुसार उनको जन्म असार २३ गते भएको हो । मंगलवारको जन्म परेका ज्ञानेन्द्रको राशीपनि कन्या हो । उनले मीलेसम्म तामझाममा नै जन्मदिन मनाउन रुचाउछन । विचरालाइ परिस्थीतिले भने त्यति साथ दिएन । भर्खरै उनले आफ्नो ६८ औ जन्मदिन निर्मल निवासमा मनाएका छन ।
दरवार सुत्रका अनुसार उनले आफ्नो जन्म तिथिअनुसार असार २७ गते पुजा पाठ गरेर मनाउदै छन । यसै महिनाको ६ गते भारतीय कांग्रेसका महासचिव तथा भावी प्रधानमन्त्री राहुल गान्धीले अफ्नो ४६ सौ जन्मदिन मनाए । तिव्वतका विस्थापित धार्मिक नेता दलाइ लामापनि असारमै जन्मिएका हुन । तिव्वती धार्मिक क्यालेन्डर उनुसार उनको जन्म जुलाइ ६ तारिखमा पर्दछ । जुलाइ ६ जतावाट जोडेपनि असारमै पर्दछ । उनीपनि नोवेल पुरस्कार जितेपनि असफलताको कोटिमै छन । गुरु पूर्णिमा भनेर मनाइदै आएको व्यास जयन्तिपनि असारमै पर्दछ । चार वेद र अठार पुराणका रचयिता वेदव्यासपनि असार मै जन्मिएका थिए । यसै मेसोमा म ववुराको पनि जन्मदिनले यहि असारको मास भेटेको छ ।
एउटा खुसीको कुरा असारमा जन्मनेहरुको शुक्र राम्रो हुन्छ रे । शुक्रलाइ सिर्जनाका देवता मानिन्छ । शुक्र राम्रो हुनेहरु लेखन र सिर्जनात्मक क्षेत्रमा राम्रो हुन्छन भनिन्छ । मलाइपनि कतै त्यहि काकताली परेर त होइन यो लेख्न जांगर चलेको ।
खैर जे भएपनि आफ्नो जन्म दिनको आफैलाइ शुभकामना !