आमा नदेखी धर्ती टेकेको वालक


तस्विरमा देखिएको वालक जती अवोध छ त्यती कठिन छ उसको आगामी जीवन यात्रा । विरलै मानिसको जीवनमा घट्ने क्रुर समयको साक्षी वनेको अवोध शिशु अहिले टिचिगं हस्पीटलको वेडमा अक्सिजनको सहाराले वांकी भविष्य पर्खिरहेको छ । नर्स हरुले दिएको केही ल्याक्टोजीनको मद्दतले वालकको जीवन रक्षा गरेको छ । आमाको न्यानो स्पर्स र मातृत्व विहिन वनेको कलीलो शिशुले जीवनका केही राम्रा शंकेत भने देखाएको छ ।
दुई छोरी पछि पुन गर्भवती वनेकी विर्घा ६ मरेंगदा वस्ने विष्णु प्रसाद पान्डेकी श्रीमतीले तेस्रो सन्तानलाई आफ्नो कोखमा हुर्काइन तर उसलाई प्राकृतिक जन्म दिन असफल वनीन । कलिला दुई छोरीलाई घरमै छोडेर “म भाइलाई लिएर आउछु है” भन्दै विदा भएकी उनी अव परमात्मामा लिन भएकी छन । कलिला नानीहरुले भाइलाई लिएर आमा आउने आशमा अझै दिन गन्ती गर्दै छन । साना वालिकाहरुलाई आमा वितेको पत्तो छैन र उनीहरुलाई सहायतकालागि मामा घर वालिगं पठाइएको छ ।
साधारण निमोनीयावाट ग्रशीत ३६ वर्षकी गर्भवती विष्णु पान्डेकी श्रीमतीलाई शुरुमा पाल्पा प्रभाष स्थित लुम्वीनी मेडीकल कलेजमा, पछि मिसन अस्पताल पाल्पामा र त्यसपछि गन्डकी मेडीकल कलेज पोखरामा उपचार गराइएको थियो । अत्यन्त कमजोर शरीर रिकोभर नभएपछि चिकित्सकको सल्लाह अनुसार थप उपचारकालागि काठमाण्डौ ल्याइएको थियो ।
त्रिवी शिक्षण अस्पताल महाराजगंजको अति सघन कक्षमा उपचाररत ८ महिनाकी सुत्केरी उनको व्यथा वल्झदै गएपछि अत्यन्त जटिल अवस्थामा स्वास्थ्य पुगेको थियो । शुरुमा काठमाण्डौ ल्याइपुर्याउदा वोल्दै गरेकी विष्णु पान्डेकी श्रीमतीले विष्णु पान्डेलाई “मलाई जसरी भएपनि वचाउनुस है” भन्दै थिइन । यद्यपि उनको अवस्था अत्यन्त नाजुक वनेपछि चिकित्सकले वच्चा र आमा दुवैलाई जोगाउने अन्तिम प्रयास गरेका थिए । प्रयास असफल भएपछि गत आइतवार अप्रेसन गरेर वच्चा निकालीएको थियो ।
चिकित्सकको अनेक प्रयासका बीच वालक सकुशल रहेपनि अन्तत आमाको दुखद निधन भयो ।
निधनपछि आइतवार अवेर पशुपति आर्यघाटमा मृतकको अन्तिम संस्कार गरिएको थियो । आज ५ दिन पुगेको उक्त शिशु वेला वेला रुने कराउने र विभिन्न हाउ भाउ गरेपनि आमाको न्यानोवाट वन्चीत रहेको छ । हाल आफन्त र दाजुभाइको प्रत्यक्ष रेखदेखमा रहेको शिशु खतरामुक्त रहेपनि पूर्ण स्वस्थ भने भइसकेको छैन । वालकलाई प्रत्यक्ष भेटी उपचारमा संलग्न चिकित्सकहरुसंग समेत कुराकानी गर्नुभएका डा. धन वहादुर रानाका अनुसार वालकको स्वास्थ्य स्थिती सन्तोषजनक र सुधारोन्मुख रहेको छ । तपाई हाम्रा कामना र प्रार्थनाले शिशुको वांकी जीवन शहज वनोस । मृत आत्माको चीर शान्ति शहित नवजात शिशुको स्वस्थ्य भविष्यको कामना ।
(तस्विर: राजेन्द्र पान्डेको फेसवुकवाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *