निख्खर भदौरे घाम चर्कीएको छ । मधेशमा अरु वेला भन्दा भदौमा अझ वढि गर्मी हुदो रहेछ । आकाशमा वादलको एउटामात्र छिटा पनि देखिएको छैन । निलो आकाश घामले उजिल्याएको धर्ती र प्रचण्ड गर्मीको कलैयामा – म छु । हर हालतमा निराश हुनु हुदैन जीवन अर्थात आशालाई जोगाउनु पर्छ भन्ने मान्यताले डोरिएको म घरी घरी भने परिवार र मित्रहरु मिस गरीरहेको हुन्छु ।
खुशी हुने वहानहरु खोज्छु । मेरो भाग्यमा जुरेको कलैयाको पुरै स्वाद लिनु पर्छ भनेर लागेको छु । त्यसैले दिन नविराई पान खान्छु । कोही जनप्रतिनिधिले फोन गरे भोजपुरीमा जवाफ फर्काउने कोशिस गर्छु । तर शव्दभन्डारको कमीले बीचमै रोकिन्छु । अनुगमन, निरिक्षण र अवलोकनकालागि कलैयाका सवै गांउहरु पुगेको छु । भारतसंग सिमा जोडिएका १० र २० नंवर देखि जितपुर सिमरासंग सिमा जोडिएका २३ नंवर वडासम्म पुगेको छु ।
कसैले दिएको सामान्य निमन्त्रणालाई पनि ठुलो ठानेर नै उपस्थित भएको छु । विवाह, गृह प्रवेश हुन या, हकिका – (हिन्दुहरुको छैठी जस्तै मुस्लीम समुदायको हकिका ) सवैमा उपस्थित भएर फरक संस्कृतिको स्वाद लिएको छु । र हिन्दु वहुल भएको यो ठांउमा म भने सर्वधर्म पालन कर्ता भएको छु । भदौको ६ गते वकर इद आउदैछ । मुस्लिमहरुको दोश्रो ठूलो चाड यसलाई स्थानीयले कुर्वान पनि भन्छन । कुर्वानमा के धनी के गरिव सबैकोमा अनिवार्य मासु पाक्छ । हर वखत मासु मुस्लिमहरुको विशेषता हो ।
धेरैले वकर इदकालागि मेरो टाइम वुक गरीसकेका छन । यो सकिएपछि वल्ल काठमाण्डौ जानुपर्ला भन्ने प्लानमा छु । कलैयामा तुलनात्मक हिसावले फोहर वढि छ । त्यसैले यंहाको मेरो आधारभूत प्राथमिकता सरसफाइमै रहेको छ । जसमा स्थानीयवासी, दल, सुरक्षा निकाय र प्रशासनले पनि सहयोग पुर्याएका छन । आजै विहान मात्र सय वढि सुरक्षाकर्मी र त्यती नै संख्यामा अन्यको सहभागीतामा रामजानकी पोखरीको सरसफाई सम्पन्न भयो । म वस्ने घरवाट यो पोखरी प्रष्ट देखिन्छ । अहीले आखा तिरमिराउने घाममा पनि पोखरी र पिपलको रुख झ्यालवाट प्रष्ट देखिएको छ । सफा पोखरीले सन्तोष दिएको छ ।
घाम ढल्केपछि फेरी पोखरीको निरिक्षणमा जानु छ । विहान सवैरै उठेर सरसफाइको व्यवस्थापन लगायतको काम सक्दा झन्डै १० वजेको थियो । आफ्नै कोठा र लुगाको सरसफाइपछि धेरै वेर पुराना आन्चलीक गीत सुनेर विताए । सवैजसो पत्रपत्रिका पढिसक्दा अपरान्ह भएको छ ।
आजैमात्र मेरो लेखनको सहसचिव र उपसचिव प्रश्नोत्तर काठमाण्डौवाट आईपुगेको छ । फाइनल गरेर हिडेपन ओरिजीनल वुक वल्ल हेर्न भ्याएको छु । धेरै साथीहरुले फोन या सामाजिक सनजालवाट पुस्तकको प्रशंसा गर्दा फुरुक्क भएको थिंए । आफ्नो सिर्जनालाई सन्तानलाई जत्तिकै माया लाग्दो रहेछ । धेरै वेर ओल्टाइ पल्टाइ गरे । कतै विग्रिहाल्यो की भनेर भूमिका पढे । लेआउटमा हिमालजी, प्रकाशनमा गणेश जोशी र सवैकाममा विमलाको योगदान फेरी सम्झीए ।
म भन्दा छोरी आसिएकी छ । हाम्रो तिर कसैको याद आउनु, संझीनु या भेट्न मन लाग्नुलाई असेट भनेजस्तो पूर्वतिर नियास्रो भन्ने चलन छ । शव्दमा जे भनेपनि भावनामा एउटै हो । आमालाई ममी, मा, बई या माङ जे भने पनि मातृत्व एउटै हो । छोरीले बाबा कहिले आउने भनेर फेरी भावनामा तरंग ल्याउछी । आमालाई विर्घातिर वेला वेला फोन गरेर खवर लिइरहन्छु । सन्चै छु आत्तिनु पर्दैन भनेपछि वल्ल मन शान्त हुन्छ । उमेर छिप्पीएपछि सवैभन्दा वढि चिन्ता स्वास्थ्यको नै हुदो रहेछ । सबिनासंग अरु रिपोर्टिगं लिइरहेकै छु । वल्र्डलिंकको फास्ट इन्टरनेट छ । जसले गर्दा देश विदेशमा रहेका अनेक मित्रहरुसंग सम्पर्क मै छु । यो पल्ट कलैया वसाई अली लामो रह्यो त्यसैले पनि मैले काठमाण्डौलाई घरी घरी मिस गरीरहेको छु ।
पिक आवरमा रहेका कक्षाहरु, संचारमाध्यम लगायतका सम्वन्धहरु र पारिवारीक भेटघाटकालागि काठमाण्डौले मेरो अधैर्य प्रतिक्षा गरेको छ । जहिले रसाउने नाक अहिले वन्द भएको छ । कलैयाको सबैभन्दा ठूलो उपलव्धी यही नै हो । वसाई सहज नै छ । कार्यालयको कामकाज नियमित हुदैछ, र अव कर्मचारी टिमले पूर्णता पाउदै छ ।
अधिकार प्रत्यायोजनपछि म दैनिक प्रशासनीक काम भन्दा व्यवस्थापकीय काममा लाग्न पाएको छु । विहान सफा गरेको पोखरीको डिलमा, पिपलको रुख मुनी केही युवाहरु सितल खाइरहेका छन । आफ्ना कामले सार्थकता पाउदा सन्तोष मिल्दो रहेछ । त्यस्तो काम गर्ने अवसर दिएर कलैयाले मलाई गुन लगाइरहेको छ ।
Month: August 2018
हतारको हिन्दुस्तान
पूर्व तयारी विनानै भारतको भ्रमण गर्ने ठुलो इच्छा थियो । म लामा रेलका झ्यालवाट परका गांउहरु नियाल्न चाहन्थे । वाट्रे, वाट्रे भन्दै आउने विक्रेताहरुसंग पानीका वोतलहरु किन्न चाहन्थे । केही मिनेटकालागि रोकिने रेल्वे स्टेशनमा ओर्लिएर हतार हतार गरम गरम शमोसा खान चाहन्थे । प्रदेश र स्ेटशन पिच्छे फरक फरक स्वाद लिन चाहन्थे । राजस्थानी पहिरन हुन या केरलाका फरक पोशाकमा सजिएका मानिससंग सामुहिक तस्विर लिन चाहन्थे । फरक फरक समुद्री किनाराको सन्ध्या कालिन चर्या नियाल्न चाहन्थे ।
परम्परागत मन्दिर र दरवारको अवलोकन गर्न चाहन्थे । देश विदेशका विकास, उन्नती र प्रगति देखेपनि छिमेकको अवस्था थाहा नपाएको म भारतले केही दशकमा गरेको परिवर्तन हेर्न चाहन्थे । असारमा काम सकाएर फुर्सदिलो वनेको स्थानीय निकायको कमर्चारी म, नहुने सरुवाको चक्करमा सिंहदरवारको फेरो लगाउन भन्दा छिमेकी भारतको चक्कर काट्ने निधोमा पुगे ।
कतै कँन्फर्म भएको त कतै वेटिङमा रहेको रेलको टिकट खल्तीमा राखेर म निस्किए मित्र राष्ट्रको अनौपचारिक भ्रमणमा । मलाई खासमा स्कुले जीवनपछि भागेर कलकत्ता पुगेको स्मृतिलाई पुर्नताजगी दिनु थियो र हेर्नु थियो यो दुई दशकमा भएको भारतको परिवर्तन ।
भारतीय नंवरप्लेटको गाडीमा कलैयावाट ९ घन्टा जति हुइकिएपछि आयो पटना वजार । भारतका २९ राज्मध्ये सवैभन्दा पछाडी परेको र अविकासको नमुना मानिने विहारको पटना हालमा परिवर्तन हुदै थियो । १९८० मा इन्दिरा गान्धीले वनाएको गंगा नदीमाथिको पुल जिर्ण भएकाले पुननिर्माणका क्रममा रहेकाले झन्डै २ घन्टा त्यही पुल क्रश गर्न लाग्यो ।
गोवा र वैगलुरु भ्रमण
पटनाको रेल स्टेशनवाट गोवाकालागि रवाना हुनु पर्ने म झन्डै १ घन्टाको कष्टपूर्ण पर्खाईपछि दोश्रो श्रेणीको एसी कोच तर्फ लागे । पानी परेर वेहाल भएको पटनामा मट्कामा चिया खान नपाएपनि एक चक्कर भने मार्न भ्याएको थिए । भारतीय रेलको एसीको पहिलो अनुभव थियो मेरो । झन्डै ४८ घन्टाको एकोहोरो यात्रापछि म पुगे भारतको पर्यटकीय राजधानी गोवामा । रेलको एउटै डिव्वामा भएका पटनाका व्यवासी शिवाजी र उनको साथमा रहेका २ जना पत्रकारहरुसंगको अन्तरंग मुलाकातले गोवाको वसोवास भने टुंगो लाग्यो । सिजनमा खुट्टा राख्ने ठांउ नपाइने गोवा भने यो वर्षादको सिजनमा वन्द जस्तै हुने रहेछ ।
सिरडीमा साईवावाको दर्शनमा हिडेका शिवाजीको गोवामा विलासी होटल समेत रहेछ । उनैको मद्दतले अत्यन्तै न्यून मुल्यमा झन्डै २ दिनको गोवाको पाहुना वने म । गोवाका बीचहरु भ्रमण गर्ने क्रममा आफुले काम गर्ने होटल अफ सिजनकालागि वन्द भएर वर्दिया फर्किन लागेका २ जना नेपाली मित्रहरुसंग भेट भयो ।
बीच घुमाउने, मिठो खाना पाइने ठांउ चिनाउने काममा वर्दीयाका नेपाली दाजुभाईले राम्रै सहयोग गरे । झन्डै सिंगापुरको झल्को आउने गोवामा अफ सिजन भएकाले घरहरु वन्द छन । होटलहरु सुनसान छन । सडकमा गाडी यत्र तत्र छरिएका छन । वर्षादको समयमा गोवा वस्ती उठेको गांउ घरजस्तो शुनसान हुदो रहेछ ।
गोवाको २ दिने वसाईपछि मलाई कलियुगमा कुख्यात विजय माल्यावारे जान्ने मन थियो । खरवौ सम्पतिका मालिक र हाल टाट उल्टिएपछि वेलायतमा हिरासतमा रहेका माल्याको वैग्लुरु पुगे म । झन्डै २० घन्टाको यात्रापछि पुगेको शहर वैग्लुरु गजब लाग्यो । दक्षीण भरातीय फिल्मका लागि प्रखयात वैग्लुरुको केही पर्यटकीय ठांउहरु भ्रमण र विजय माल्यासंग जोडिएका केही रोचक ठांउ र व्यक्तिहरुसंगको भाला कुसारी पछि म लागे संसारकै सवैभन्दा धनी र दर्शनार्थीको घुइचो लाग्ने तिरुपति वालाजी दर्शन गर्न ।
तिरुपति वालाजी दर्शन
वैग्लूरुवाट झन्डै ८ घन्टाको रेल यात्रापछि पुगियो तिरुपति । वालाजीकै कारणले वसेको शहर तिरुपतिवाट झन्डै एक घन्टाको वस यात्रापछि वालाजी मन्दिर भएको डांडामा पुगिन्छ । प्रतिदिन लाख भन्दा वढि दर्शनार्थी ओइरिने वालाजी दर्शन गर्न नेपालीका लागि छुट्ै अनलाईन पासको व्यवस्था छ ।
अनलाईनमा फाराम भरेर टाइम वुक गराउनेहरुले झन्डै ६ घन्टाजति लाईनमा वसेर दर्शन गर्न पाइन्छ भने सर्वसाधारणको हुलमा मिसिनेले कम्तिमा १६ घन्टा लाइनमा वस्नु पर्दो रहेछ । वालाजी ट्रष्टले उपलव्ध गराएको प्रतिदिन रु ५० को फ्ल्याटमा सामान राखेर म पनि लागे वालाजी दर्शनको लाईनमा । खाली पेट स्नान, जप र ध्यानपछि दिउसो १ वजे शुरु भएको दर्शनार्थीको लाईनमा वस्दै, उभिदै, वाटेमा सुत्दै भोलीपल्ट विहान ५ वजे वालाजीको दिव्य दर्शनको शौभाग्य मिल्यो ।
झन्डै १६ घन्टाको लाइनपछि पनि मनमा थकान या शरिरमा आलस्यता केही थिएन । हजारौ दर्शनार्थी सहितको लाइनमा लागेर केही क्षणकालागि वालाजीको दिव्य दर्शन भयो । यो कम्ती भव्य थिएन । भारत भ्रमणको आलस्यता, दुख र पीडालाई यही एक दर्शनले सितल वनाएको थियो । संसारकै सवैभन्दा धनी, हजारौ पुजारीले पुजा पाठ गरीरहेको र हजारौ सुरक्षाकर्मी रहेको यो विशाल मन्दिर सुनै सुनले वनेको छ । सहायक मन्दिरहरु चांदीले वनको छन । मन्दिरको पर्खाल, छाना, द्धार सवै सुनै सुनले सजिएका छन ।
वालाजीलाई छोएर दर्शन गर्न पाइदैन केही मिटर परैवाट दर्शन गर्नुपर्दछ । भेटी चढाउन छुट्टै व्यवस्था गरिएको छ । चढाइएका नोट र सिक्का गन्न मानिस र हातले संभव नभएकोले सवै नोटहरु मेसिनवाट गन्ने व्यवस्था मिलाइएको छ । सिक्का वजन अनुसार मुल्य निर्धारण गरिदो रहेछ । दैनीक करोडौ शंकलन हुने दान पेटीकामा कतिले स्वर्ण असर्फी, मुद्रा चढाउदछन त्यो गनेर साध्यपनि छैन ।
लाखौको उपस्थिति रहने मन्दिरमा भागदौड नहोस आदि इत्यादी समस्या नाआओस भनेर वलियो सुरक्षा प्रवन्ध र आवस्यक वन्दोवस्त मिलाइएको छ ।
कलीङ कलकत्ता
वालाजी दर्शनपछि म लागे कलकत्ता तर्फ । चेन्नेइवाट झन्डै २ दिन र रातको रेल यात्रापछि खड्कपुर स्टेशन कलकत्ता पुगियो । खड्कपुर रेल्वे स्टेशन संसारकै सवैभन्दा ठूलो स्टेशन भएको कुरा सामान्य ज्ञानमा सवैले पढिएकै छ । विहानै रेलवाट उत्रिएपछि म लागे शालिकराम दाईको खोजीमा । मलाई स्कुले जीवनपछि एसएलसीको रिजल्ट नआउदै कलकत्ता पुर्याउने शालिकराम दाई र एमके आइरन एन्ड स्टिल भिजीट गर्नु मेरो ठुलो इच्छा थियो । दुवइमा रहेको सन्दिपसंग नंवर लिएपछि मैले दाईलाई ठेगाना सोधे र लागे वेलगाछी ओ रोड तर्फ । भारतको पुरानो राजधानी कलकत्ता भारतका चार महानगर मध्येको एक हो ।
जनसंख्या, भुगोल र इतिहासमा ठुलो भएपनि सरसफाइमा भने यो नगर अली पछि छ । कलकत्ताको पंहेलो ट्याक्सीमा एमके आइरन एन्ड स्टिल पुग्दा २ जना वंगाली गार्डहरु रहेछन । शालिकराम दाईको नाम लिएपछि गार्डले पनि मित्रवत व्यवहार गरे । केही क्षणमै शालिकराम दाई आउनुभयो ।
मैले केही महिना विताएको ठांउ उस्तै लाग्यो । अवलोकन पछि मट्कामा चिया खाने रहर भने शालिकराम दाईसंग पुरा भयो । त्यति वेलाको मेरो स्मृतिमा जोडिएका केही पात्र र घटनाहरुको कुराकानीपछि म लागे कलकत्ता शहर घुम्न । कलकत्ता कालीको दर्शन, भिक्टोरीया र हवाडा व्रिजको अवलोकन पछि म सोही दिनको रेलमा फर्किए पटना ।
पटनावाट नाइटवसको टिकट लिएर रक्सौल आउदासम्म भ्रमण भन्दा रेल या वसमा विताएको समय वढि भएछ । भ्रमण रमाइलो हुन मन मिल्ने मित्रहरुको टिम, पूर्व निर्धारित सेड्युल र कन्फर्म टिकट हुनु पर्ने रहेछ भन्ने पाठ भने सधैका लागि यो भ्रमणले सिकायो ।