गान्धीजीको सम्झना

तुलसीमेहर श्रेष्ठ

Letter Revealing How Gandhi Really Felt About Christianity Is Sold …

गान्धीजीको आश्रममा थरीथरीका कार्यकर्ता थिए । केही खास मानिसलाई गान्धीजीको निजी सहायक भन्न सकिन्थ्यो । तीमध्ये भाइ कृष्णदास विशेष स्थान राख्नुहुन्थ्यो । उहा“ले गान्धीजीको निजी काम गर्ने जिम्मा पाउनुभएको थियो । गान्धीजीको सुत्ने-बस्ने ठाउ“ सफा गर्ने, दतिवन तयार गर्ने, सा“झ कोठामा कुचो लगाउने, खानेपानी राख्ने, लेखपढका सामान सब तयार गरिदिनुहुन्थ्यो । म यो सबै नियालेर हर्ेर्थे“ं । यिनीहरूमध्ये कुनै पनि काम कठिन थिएन । मौका पाए मैले पनि गर्न सक्थे“ । एकदिन कृष्णदाससंग एकान्तमा कुरा गरे“ । मैले कृष्णदासलाई आफ्नो इच्छा बताए“ । म बडो मुस्किलले भए पनि आश्रम पुगिसकेको थिए“ । गान्धीजीको छेउछाउ रहन्थे“ । तर मेरो जिम्मामा गान्धीजीको खास काम थिएन । ममा कृष्णदासजीजस्तो पात्रता र योग्यता पनि थिएन । बापुजी -गान्धीजीलाई गरिने प्रिय सम्बोधन) कृष्णदासजीको सेवालाई ‘मातृऋण’स“ग तुलना गर्नुहुन्थ्यो । बापुले सबैका सामुन्ने कृष्णदासलाई आफ्नी आमास“ग तुलना गरेको हामी सबैले देखे-सुनेका थियौं । मैले उनै कृष्णदासलाई आफ्नो मनको धोको भने“, गान्धीजीको कोठा सफा गर्ने, दतिवन बनाउने, पिकदानी राख्ने काम म पनि गर्न सक्छु । कृष्णदास यी सबै र अरू काम पनि एक्लै नै गर्नुहुन्थ्यो । मैले यिनै काममा कृष्णदासलाई सघाउने आफ्नो इच्छा विन्ती गरे“ । कृष्णदासजी अनुसार यस्ता नितान्त व्यक्तिगत काम गर्न गान्धीबाटै अनुमति लिनुपर्ने बताउनुभयो । त्यो ठीकै थियो । सा“झ खाने बेला एकान्त पाएर कृष्णदासले गान्धीजीलाई सबै कुरो भन्नुभएछ । त्यतिन्जेलमा गान्धीजीले मलाई सामान्य रूपमा देखिसक्नुभएको थियो । म नेपालबाट पुगेको हु“ भन्ने समेत गान्धीजी सूचित हुनुहुन्थ्यो । महात्माजीले त्यो केटो वेशै जस्तो छ, उसले तिमीलाई सघाउन खोजेको हो भने त्यो राम्रो होे भन्नुभएछ । भोलिपल्ट कृष्णदासजीले यो खुसीको समाचार मलाई सुनाउनुभयो । अब तिमी बापुको काम गर्ने भयौ भन्नुभयो । कृष्णदासजीले त्यसैबेला मेरो तत्कालीन कामको टुङ्गो लगाइदिनुभयो । त्यस दिनदेखि हामी दुवैले मिलेर गान्धीजीको कोठामा कुचो लगाउने, कागजपत्र मिलाउने गर्न थाल्यौं । तर म अरू पनि काम गर्न चाहन्थे“ । अरू कसैको दृष्टि नपुगेको काम गर्न पाए हुन्थ्यो जस्तो लाग्यो । मैले त्यसैदिन कृष्णदासजीमा आफ्नो यो भावना जाहेर गरे“ । कृष्णदासले एकछिन सोच्नुभयो । अनि उहा“ले एउटा कुरा राख्नुभयो ।

गान्धीजी राति दर्ुइ-तीनपटक पिसाब फर्ेन अवश्य उठ्नुहुन्थ्यो । बाहिर पिसाब फर्ेन जानुहुन्थ्यो । त्यसबेला अ“ध्यारामा कसैले उहा“लाई लालटिन लिएर उज्यालो देखाइदिए वेश हुने थियो भन्ने कृष्णदासजीको मनमा रहेछ । तर फेरि गान्धीजी कति बेला उठ्ने, कति बेला जाने, के ठेगान – जाग्राम बसेर गान्धीजी उठ्ने घडी कर्ुर्ने कुरो पनि थिएन । कृष्णदासजीले मलाई यो कुरो विस्तारमा भन्नुभयो । अझ तिमीले जागेर उठ्ने काम गर्दै नगर्नु भनेर चेतावनीसमेत दिनुभयो । तर आफूखुसी उठेको समय पर्छ भने लालटिन लिएर बापुलाई बाटो देखाइदिनु, त्यसनिम्ति जागै बस्ने गल्ती भने नगर्नु भन्ने कृष्णदासको स्पष्ट निर्देशन थियो ।

गान्धीजी कोठाभित्र कहिल्यै सुत्नु हु“दैन्थ्यो । गर्मीमात्रै होइन, जाडोमा समेत बाहिरै खुल्लामा सुत्नुहुन्थ्यो । उहा“का छेउछाउमा सुत्ने दर्ुइ-तीनजना सहायक छ“दै थिए । गान्धीजीको सुत्ने छेउछाउमा एउटा सानो ढुंगे चौतारो थियो । मैले त्यहीं सुत्ने अठोट गरे“ । त्यहा“बाट गान्धीजी सुते-उठेको देखिन्थ्यो । आफू राति उठ्दा छेउछाउका मान्छेको न्रि्रा नखलबलियोस् भन्नेमा गान्धीजी बडो र्सतर्क हुनुहुन्थ्यो । राति उठ्दा उहा“ले लगाउने खराउ रबरको तलवा राखेर बनाइएको थियो । गान्धीजीले उठेर पिसाबखाना जा“दा हल्का बर्को ओढ्नुहुन्थ्यो । गान्धीजीको खराउ वा बर्कोको सप्कोबाट धेरै खलमल हुने कुरो थिएन । त्यसमाथि गान्धीजीको त्यत्रो र्सतर्कता † तैपनि के भएको हो कुन्नि, त्यस्तो सूक्ष्म आवाजबाट पनि पहिलो दिनमै गान्धीजी चलमलाउनासाथ मेरो न्रि्रा टुट्यो । म आफैं छक्क परे“ । तर यस्तो पहिलो दिनमात्रै भएन । अब प्रत्येक रातजस्तो गान्धीजी चलमलाउनासाथ म झट्ट उठ्थे“ । कुनै अज्ञात प्रेरणाले जगाएको जस्तो हुन्थ्यो । मैले कोसिस गरेर जागेको हु“दै होइन । प्रत्येक रात म आफसेआफ जागे“ । गान्धीजी उठ्नासाथ म तयार रहन्थे“ । लालटिन उकासेर उहा“लाई बाटो देखाउन पुगिहाल्थे“ । यसरी तीन-चार महिना बित्यो । एकदिन गान्धीजीले मलाई सोध्नुभयो । होइन तुलसीमेहर, तिमी त मेरो सेवा गर्दागर्दै सुत्दै-सुतेनौ जस्तो छ । यसो हो भने बिरामी पर्र्छौ । तिमी बिरामी परेको आश्रम निम्ति एउटा नया“ बोझ उत्पन्न हुनेछ । तिमी यसरी जाग्ने नगर † खासमा गान्धीजी मात्र होइन, त्यसरी उठेकामा म आफैं पनि छक्क परेको थिए“ । तर मेरो उठ्नेक्रम छुटेन । यसरी केही महिना बित्यो । गान्धीजी आफ्नो ओछ्यानबाट उठ्नलाग्दा सामु खडा भइसक्थे“ । एकदिन गान्धीजीले फेरि भन्नुभयो- अब त अचाक्ली भयो । म खप्न सक्दिन । तिमीले आफ्नाउपर अत्याचार गरिरहेका छौ, ‘जर्ुम’ गरिरहेका छौ । यो पत्याइनसक्नुको कुरो छ । म उठ्नासाथ तिमी यसरी जागा भेटिने कुरो कसरी सम्भव हुनसक्छ – गान्धीजी केही क्षुब्ध बुझिनुहुन्थ्यो । मलाई ठूलो डरले छोप्यो । गान्धीजीस“ग त्यस्तो डर मलाई जिन्दगीमा अघिपछि भएन । मेरो शरीर र हात का“पे, तर मैले फेरि विशेष विनय गरेर आफ्नो कुरा भने“ † जो भएको सत्य भने“ । म रातभरि जागेको छ“दै छुइन । म कोसिस गरेरसमेत जागेको होइन । यो अनायास भइरहेको छ । न्रि्रासमेत बिग्रिएको छैन । यस्तो कसरी मलाई हुन्छ, आफैैंलाई थाहा छैन । यही सत्य हो । गान्धीजीले हारेजस्तो भएर भन्नुभयो- त्यस्तो भए भगवानै जानुन् † त्यसरी मेरो जाग्ने क्रम यथावत रह्यो । मेरो स्वास्थ्य पनि बिग्रिएन । म गान्धीजीका अरू दिनचर्यामा पनि सामेल हुनथाले“ ।

गान्धीजीका थुप्रा संस्मरण छन् । ती सबै भनिसाध्य छैन । तर यो समयमा एउटा विशेष प्रसंग बताउन चाहन्छु । एक दिनको कुरो हो । राति म गान्धीजीको गोडामा तेल लगाउ“दै थिए“ । गान्धीजीकी धर्मपत्नी माता कस्तूरवा पनि त्यहीं हुनुहुन्थ्यो । कस्तूरवाले गान्धीजीलाई एउटा घतलाग्दो कुरा भन्नुभयो- तपाईंका समिप दिनभरि विभिन्न किसिमका मानिस, विभिन्न थरीका समस्या लिएर आउ“छन् । तपाईं सबैको आध्यात्मिक, सामाजिक र पारिवारिक घर झगडासमेतको प्रसंग बुझनुहुन्छ । समाधानसमेत गरिदिनुहुन्छ । मानिस चित्त बुझाएर जान्छन् । म भने तपाईंकी धर्मपत्नी हु“ । मेरा दिदी-बहिनीसमेतलाई लाग्दो होला, अहो † कस्तूरवा त दिनरात बापुस“ग बस्छिन् । त्यो उसको अहोभाग्य हो भन्दाहोलान् । कतिले तर् इष्र्या पनि गर्दाहोलान् । तर तपाईंस“ग भने मेरो मनको कुरा सुन्ननिम्ति पा“च मिनेट पनि भेट्दिन । दिनभरि तपाईं आफ्नै किसिमका मानिससित घेरिएर बस्नुहुन्छ । के यो ठीक भयो – बापुजी मुसुक्क हा“से पनि गम्भीर भने हुनुभयो । गान्धीजीले भन्नुभयो- हो, मबाट यो गल्ती भएकै हो । मैले यसलाई सच्याउनर्ैपर्छ । लौ भन म तिमीलाई कुन समय दिउ“ र कति समय दिउ“ – विचरा कस्तूरवा बोल्न त बोलिहाल्नुभयो, तर फेरि आफैं तर्सिएजस्तो हुनुभयो । सार्‍है सोझी र असल हुनुहुन्थ्यो कस्तूरवा । उहा“लाई यो कुरो मैले अनाहक उठाए“ भन्ने परिसकेको बुझिन्थ्यो । तुरुन्तै उहा“ले आफूले भनेको आफैं खण्डन गर्न थाल्नुभयो । तपाईंलाई मैले यो भन्ने कुरा थिएन । तपाईं दिनरात काम गर्ने, आफैं समयको अभावले ग्रस्त हुनुहुन्छ । रातिसमेत ठीक्कसंग सुत्नुहुन्न । बिहानदेखि सुत्ने बेलासम्म विभिन्न थरीका मानिसको चित्त बुझाइरहनर्ुपर्छ । मैले यो कुरा बित्थामा उठाए“, भो मलाई समय दिनु पर्दैन ।

अब बापुजीको पालो थियो । गान्धीजीलाई सबैले प्रेमले बापु भनेझैं कस्तूरवालाई भने बा भन्ने चलन थियो । बापु पनि कस्तूरवालाई बा भन्नुहुन्थ्यो । गान्धीजीले भन्नुभयो- बा, तिमीले अब समय लिनर्ैपर्छ । तिमीले त मेरो गल्ती औंल्याएको मात्र हो † अब म यो गल्ती सच्याएरै छोड्छु । म तिमीलाई समय दिन्छु । तिमीले लिनर्ैपर्छ ।

गान्धीजी राति सुत्ने बेलामा टाउकोमा बदामको तेल लगाउनुहुन्थ्यो । घु“डाभन्दा मुन्तिर भने नरिवलको तेल लगाउनुहुन्थ्यो । गान्धीजीले बालाई भोलिपल्टदेखि आफ्नो टाउकोमा बदामको तेल लगाउन अनुरोध गर्नुभयो । गान्धीजीले भन्नुभयो- बा, भोलिदेखि अरूले मेरो टाउकोमा तेल लगाउन पाउने छैन । तिमीले नै लगाउनर्ुपर्छ । त्यतिबेला हामी ढुक्कसंग कुरा पनि गरौंला । तिमी आफूखुसी कुरा गर्नु । तिमीले आफैं नभ्याएको र नसके मात्र अरू कसैलाई तेल लगाउन पठाउनु तर अब मेरो टाउकोमा तेल लगाउने-नलगाउने त्रि्रो जिम्माको कुरा भयो । यो क्रम यसरी नै चल्न थाल्यो । गान्धीजीलाई त्यस्ताबेला पनि मान्छेले विरलै छाड्थे । कहिलेकाहीं बाहिरिया मान्छे नहु“दा मनका कुरा भन्न थाल्नुहुन्थ्यो । दिनभरिको कठिन दिनचर्याबाट थाकेका गान्धीजी उ“घ्न थाल्नुहुन्थ्यो । बा कुरा त सुरु गर्थिन्, गान्धीजी उ“घ्दै हु“हु“ गर्न थाल्नुहुन्थ्यो । कहिले पनि पूरा कुरा भएको बुझि“दैन्थ्यो । तर मौका र समय भने सुरक्षित थियो । यसरी नै दिन बित्दै गए ।

एक दिनको कुरो हो । म गान्धीजीका पाइतालामा तेल लगाउ“दै थिए“ । कस्तूरवा अलि ढिलो आइपुग्नुभयो । आउनासाथ कपालमा बदामको तेल लगाउन थाल्नुभयो । उ“घ्दै गरेका बापुले ए बल्ल आइछौ भन्नुभयो । कस्तूरवाले पनि हो आए“ भन्नुभयो । त्यसपछि गान्धीजीले बडो मधुर स्वरमा भन्नुभयो, यस्तो ढिलो हु“दा तिमीले अरू कसैलाई तेल लगाउन पठाइदिनुपथ्र्यो । तिमीलाई फर्ुसद नहु“दा अरूलाई पठाउ“दा हुन्छ भनेर भनेकै हो † मलाई न्रि्राले छोपिसक्यो । तिमी आइनौ, यतिबेरसम्म के गर्दैथ्यौ – अरूलाई पठाइदिएको भए हुन्थ्यो † कस्तूरवाले आफ्ना कुरा भन्नुभयो । यो काम र समय अरूलाई दिन चाहन्न । आज अलि त्यस्तै पर्‍यो । छोरो रामदास भोलि बर्म्बई जा“दै थियो, उसलाई मनपर्ने खाजा बनाउन आफैं लागे“ । उसले के खान्छ, त्यो मलाई नै थाहा थियो । त्यो काम मैले नै गर्नुपर्ने थियो । गान्धीजीले उत्तर दिनुभयो- तिमीले आश्रमका बिरामीको देखभाल गर्ने जिम्मा लिएको छ । पाहुनाहरूलाई पनि हर्ेर्ने तिमी हौ । फेरि तिमीले आफ्ना लुगाफाटानिम्ति चर्खा चलाउनर्ैपर्छ । फेरि कतिबेला सुत्छौ – शरीरलाई न्रि्रा र विश्राम पनि चाहिन्छ । यसरी त तिमी बिरामी पर्र्छौ । रामदासका निम्ति उसलाई मीठो लाग्ने कुरो भनेर फर्माइसी बनाउने खा“चो थिएन । आखिर रामदास पनि आश्रमवासी हो । उसमा र तुलसीमेहरमा के फरक छ – अब कुन दिन तुलसीमेहर नेपाल जान्छन्, उसको खाजा पनि बनाउछ्यौ – त्यस्तै अर्को आश्रमवासी अन्त कतै जाला, सबैको खाना तिमीले बनाएर कहा“ साध्य हुन्छ र – गान्धीजीको यस्तो जिकिर सुनेर एकछिन त कस्तूरवा चुप हुनुभयो । तर फेरि चुप रहन सक्नुभएन । उहा“ले पनि आफ्ना कुरा राम्ररी भन्नुभयो । कस्तूरवाले भन्नुभयो- तपाईं पो महात्मा हुनुहुन्छ । म त महात्मा होइन । म एक आमा हु“ । रामदास मेरो आफ्नै पेटबाट जन्मिएको छोरो हो । म उसलाई र अरूलाई एकै दृष्टिले हर्ेन सक्छु भनेर दाबा गर्न सक्दिन । सबैका निम्ति मैले खाजा बनाउन मिल्दैन । आफूले नौ महिना पेटमा राखेर गुहुमुत गरेको छोरोको कुरो बेग्लै हो । अब यसका लागि तेल लगाउन ढिलो गरे भनेर गुनासो नगर्नुहोस् । गान्धीजीले स्वरलाई अझ मधुर बनाउनुभयो । उहा“ले भन्नुभयो, यस आश्रममा आएका अरू लड्का-बच्चाहरूलाई हेर । यी को हुन्, कहा“बाट आए – कुन भावनाले यस आश्रममा आए – तिमी र मनिर किन आए । यीमध्ये प्रत्येकका आमाबाबु छन् । घरद्वार छ । तर यी सबै छाडेर हामीस“ग बस्न आएका छन् । आफ्ना मातापिताभन्दा तिमीलाई र मलाई माया गरेको देखिन्छ । आफ्नो घरमा यिनीहरूलाई पनि अवश्य धेरै सुख थियो । यहा“ आएर यिनीहरू भुइ“मा सुत्छन् । रूखासुख्खा खान्छन् । अनि हामीले आफ्ना छोरा भनेर देवदास वा रामदासलाई यिनीहरूभन्दा छुट्याउनु, मीठो पकाउनु वा पृथक व्यवहार गर्नु कहा“सम्म ठीक हो – तिमी आफैं भन । तर यसपटक पनि बा मान्नुभएन । बाले जवाफ त दिनुभयो † म आफ्ना छोरा र अरूलाई एकै दृष्टिले हर्ेन सक्दिन । म अरूलाई पनि माया गर्ने कोसिस गर्न सक्छु । अरूलाई माया गर्दिन होइन, तर आफ्ना छोरा र तुलसीमेहरलाई एउटै दृष्टिबाट हर्ेर्छर्ुुन्ने दाबा गर्न सक्दिन । म महात्मा भएको छैन † हुन पनि सक्दिन । तर यति सुनेर पनि गान्धीजी चुप लाग्नुभएन । अन्य तर्क र उदाहरण दिएर एकछिन कुरा गर्नुभयो । आफ्ना भावनालाई जितेर भए पनि कस्तूरवाले सबै आश्रमवासीस“ग एकनासको व्यवहार गर्ने कोसिस गर्नुपर्छ भन्ने गान्धीजीको आग्रह कायम रह्यो । त्यसरातको त्यो छलफल निष्कर्षीन रह्यो † तर कस्तूरवाले म लगायत केही व्यक्तिको खाजा भने जाने बेला बनाउनैपर्‍यो । म महात्मा गान्धीजीस“ग विदा भएर नेपाल आउ“दा कस्तूरवा आफैंले बनाउनुभएको खास किसिमको गुजराती रोटी लिएर आएको थिए“ । त्यसको प्रसंग पनि यथास्थानमा भनौला †

म आश्रममा १९२१ देखि १९२५ सम्म लगातार गान्धीजीको सामिप्यमा बसे“ । कांग्रेसका बैठक र जलसामा चर्खा कटाइ-धुलाइ-बुनाइको पर््रदर्शनीमा संलग्न रहन्थे“ । पछि गान्धीजीस“ग सरसल्लाह गरेर नेपाल फर्किए“ । त्यसको बेग्लै कथा छ । त्यो पनि बेलामा भनौला ।

स्मृतिमा नारन सर


नारन सर हामी बीच हुनुहुन्न । उंहाका अनेक स्मृतिहरु भने सदैव रहीरहने छन । २००६ सालमा मुलवाटा मुनी जन्मिएका नारन सर, विर्घा र त्यस क्षेत्रको शैक्षिक उन्नयनको जिउदो साक्षी हुनुहुन्थ्यो । जनता मावीको पहिलो एसएलसी प्रडक्ट नारन सर कालान्तरमा त्यही विद्यालयको प्राधानाध्यापक हुनुभयो । जागीरे जीवनको उत्तरार्धमा त्यस क्षेत्रको श्रोत व्यक्ति समेत वन्नुभयो ।
२०४६ साल अघिको प्रतिवन्धीत कालमा नेपाली कांग्रेसको नेतृत्व समेत लिनुभएका नारन सर खरो भाषण गर्नमा माहिर हुनुहुन्थ्यो । वाक कलामा अत्यन्तै निपुण नारनसरका विद्यार्थीहरु अहिले सार्वजनीक जीवनका उच्च ओहदा र जीवनका सफल खुट्कीलामा यात्रारत छन ।
२०७५ वैशाख १२ गते स्वर्गे हुनुभएका नारन सरको जीवनका ६९ औ उकाली ओरोलीहरु चर्चामै रहेर वितेका थिए । सानो विषयलाईपनि कलात्मक ढंगले प्रस्तुतगरी सवैलाई हसाउने नारनसरको हास्य चेतनाले हामी टोलवासीलाई अझ वढि रमाइलो गराउथ्यो । मेरा जनतामावी कालका शिक्षक नारन सरसंग क्लासमा भन्दा ट्युसन पढ्दाका रमाइला स्मृतिहरु मानस पटलमा आइरहेका छन ।
मलेई आवैको मन्दिरमा गुन्द्रीमा गुचुमुच्च परेर वसेका हामी एसएलसी दिने विद्यार्थीबीच पिंध सुकेको गिलासमा वाक्लो दुधको चिया सुरप सुरप पारेर नारन सरले पढाउनुहुन्थ्यो । धेरैको ध्यान पढाइमा भएपनि म जस्तो पढाइमा कम रुची भएको विद्यार्थीको ध्यान भने सरको चिया कति भयो भनेर जुल्क्याउनमै हुन्थ्यो । पुष माघको जाडोमा विहान ६ वजेदेखिको ट्युसन क्लास ।
अहिलेजस्तो न्याना लुगा प्रसस्त नभएको वेला अनि नारन सरको तातो चिया । हामी धेरै घुटुघुटु थुक निल्दै पढ्थ्यौ । अक्जुलरी भर्व कन्ठ पार्न लगाउने नारन सरले हामी विद्यार्थीले कन्ठ भन्न नसकेपछि कान्छा छोरा राजुलाई वोलाएर फरर्र्रर भन्न लगाउनु हुन्थ्यो ।
ट्युसन लगातार पढेपनि सकेसम्म ट्युसन फी नतिर्ने दाउमा हुन्थ्यौ हामी । नारन सरलाई फीस तिर्न छ भन्दै घरवाट आइसी नोट लिएर जाने हामी धेरै जसो आइसी अर्चलेमा रहेको चिफलडांडा भिमको पसलवाट पाइनापल विस्कुट किन्नमा खर्च गथ्र्यौ । पढाइमा अल्छी नगर है केटा हो भन्ने नारन सरले मलाई हात लगाएको भने याद छैन । नारन सरको गाली हामी रमाइलै मानेर सुन्थ्यौ । कहिल्यै सिररियस्ली लियनौ र त जहिले अंग्रेजी विषयमा फेल हुदै क्लास चढ्दै जान्थेउ ।
फागुन २२ गते अर्चलेमा हुने जुनीयर रेडक्रस सर्कलको लोकगीत प्रतियोगीतामा जहिले उद्घोषकको भुमिका निर्वाह गर्ने नारन सर अन्य सभा समारोहमा पनि जहिले वक्ताको रुपमा देखिनुहुन्थ्यो । विद्यालय संचालनका क्रममा अनेक वाद विवाद भएपनि सामाजीक जीवनमा कहिल्यै त्यसको छनक नदिने नारन सरका कारण मैलेपनि प्रवेशीका परिक्षामा सहभागी हुने मौका पाएको थिए । मेरो सर्टिफिकेटमा भएको जन्म मिति नारन सरले नै राखीदिनु भएको थियो ।
कक्षा १० मा भर्नुपर्ने रजिष्टेसन फर्म भर्न घर्ती रमेश, पंहादी गोपाल र म छुट्यौ । अरु सवैको फर्म भरीयो । हामी मात्र वांकी भयौ । रमेशले ह्या पढेर को ठुलो भाछर नभरम यार भन्न लाग्यो । म पनि अलमल परे । यस्तैमा पंहादी डिल्ली सरले म गोपालको छुटेको फर्म भर्न स्यागंजा जादैछु तिम्रो पनि भर्ने भए २ प्रति फोटो र ७२ रुपैया लिएर छ्ट्टिो आउ भनेर घर पठाउनु भयो ।
भाग्यले आमालाई घरमै भेटे र ७२ रुपैया समेत ल्याएर डिल्लीसरलाई वुझाए । सरले स्यागंजामा पुगेर नारनसरलाई मेरो फोटो र पैसा दिनुभएछ । नारन सरले फर्म भर्न छुटाउन भएन अनुमानकै भरमा सही फर्म भर्दिनु भएछ । यसरी फोन समेत सम्पर्कको माध्यम नभएको त्यो जमानामा सोध्ने कुरा भएन अनुमानकै भरमा मेरो जन्म मिति हालीदिनु भएछ नारन सरले । यसरी छुटेको फर्म भर्ने मौका पाएकाले मैले प्रवेशीका उतिर्ण गरे र कालान्तरमा निजामती सेवामा वसेर काम गर्ने मौका पाए । त्यतिवेला फर्म भर्न छुटेको भए यतिवेला म मेरा धेरै मित्रहरुसंगै वैदेशिक रोजगारीमा हुन्थे होला जस्तो लाग्छ ।
म र मजस्तै अरुका विभिन्न स्मृति जोडिएका नारन सर चेतनाको, परिवर्तनको र शैक्षीक उन्नयनको विर्घाको हस्ती हुनुहुन्थ्यो । धेरै वर्ष अगाडीको पुत्र वियोग, केही वर्ष अगाडीको पत्नी वियोगपछि एकान्तिक वन्दै जानुभएका नारन सर काठमाण्डौमा छोराहरुले कर गर्दापनि विर्घामै वस्न रुचाउनुहुन्थ्यो । २ हप्ता अगाडीमात्रै सहोदर दाई गुमाएका नारन सर यति छिट्टै स्वर्गे हुनुभयो । नारन सरको परिवारमा दयाराम र राजेन्द्र गरी २ सुपुत्र छन । विर्घाको शैक्षीक उन्नयनका उज्याला नक्षत्र नारनसरको असामयीक स्वर्गारोहणवाट विर्घा र त्यस क्षेत्रमा अपुरणीय क्षती पुगेको छ । परिवारमा समवेदना र नारन सरको आत्मालाई चीर शान्ति प्राप्त होस कामना सहित । अलविदा नारन सर ।

पूर्व सांसद शंकर पान्डेलाई मातृ वियोग


चौरासी पुजामा भेला भएका इष्टमित्रहरुको बीचमा स्वर्गीय सावित्री पान्डे । (तस्विर शंकर पान्डेको फेसवुक पेजवाट )
पूर्व सांसद शंकर प्रसाद पान्डेलाई मातृशोक परेको छ । उंहाकी आमा सावित्री पान्डेको ८६ वर्षको उमेरमा गएराती निधन भएको हो । विर्घा स्थित घरमा स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारकालागि वुटवल ल्याइपुर्याइएको थियो । अन्तत उंहालाई चिकित्सकहरुले वचाउन सकेनन । उंहाको अघिल्लो वर्षमात्र चौरासीको पुजा गरिएको थियो ।
दुई पटक प्रतिनिधिसभाको सदस्य चुनिएका शंकर पान्डे जुत्ता चप्पल नलगाउने र खाली खुट्टा हिड्ने सांसदका रुपमा परिचित थिए । शंकर पान्डेको समात्री पट्टी उनी एक र विमात्री पट्टी अन्य २ जना भाइ रहेका छन ।
सरल, सहयोगी र मृदुभाषी सावित्री पान्डे निरन्तर काममा खटिइरहने स्वभावकी हुनुहुन्थ्यो । विर्घा व्लग स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछ ।

रहनुभएन “वेदुवा बा”


(अव संझनामा मात्रः हरेक एकादशी, औशी र सोह् श्राद्धमा चप्पलले छोएको पानी समेत नखाने वेदुवा वाका अव संझनाहरु मात्र वांकी छन । यो तस्विर केही वर्ष अघि गहलाममा सोह् श्राद्धका वेला लिइएको हो । जंहा उंहाले चिया खानु अघि चप्पल पन्छाउनु भएको थियो । गांउ घरमा अझै यो परम्परा कायम छ ।)
विर्घा ५ चिफल्डाडा निवासी रामप्रसाद पान्डे (वेदुवा वा) को निधन भएको छ । ७९ वर्षीय पान्डेको वुधवार विहान आफ्नै निवासमा निधन भएको हो । अत्यन्तै सक्रिय जीवन विताइरहनु भएका उंहाको गत हप्ता विर्घामै कडा ह्दयघातपछि उपचारको लागि काठमाण्डौ स्थित नर्भिक अस्पतालमा ल्याइएको थियो । अस्पतालमा टाउकाको शल्यक्रियापछि उंहालाई भेन्टीलेटरमा राखिएको थियो । चिकित्सकको लामो प्रयासपछि पनि उंहा होसमा आउन सक्नुभएन । चिकित्सकको सल्लाहपछि उंहालाई आइतवार विर्घा लगिएको थियो । उंहालाई विर्घा लगिएपछि अन्तिम वैदिक संस्कारहरु गरिएको थियो । अन्तत उंहाको होसमा नआई निधन भयो । उंहाका २ श्रीमती र १ छोरा रहेका छन ।
राम प्रसाद पान्डेको निधनपछि विर्घाको एउटा पुजा पाठ र पुरेत युगको अन्त्य भएको छ । गक्रुंगा देखि वर्राचौरसम्म उंहाका जजमानहरु थिए । प्रत्येक दिन जसो पुजा पाठमा व्यस्त हुने उंहा नपुगेका विर्घामा कमै घर होलान । विहा, व्रतवन्ध देखि ग्रह शान्ति, श्राद्ध लगायत दैविक तथा पीतृ कार्यमा उंहाको महत्व पूर्ण भूमिका रहन्थ्यो ।
विर्घाको विशेषत व्राम्हण समुदायमा वच्चा देखि वृद्धसम्मका बीच उंहा सुपरिचित हुनुहुन्थ्यो । सवैले श्रद्धाले उंहाको नाम लिन्थे । धेरैलाई गायत्री मन्त्र सिकाउनु भएका उंहा धेरैको गुरु हुनुहुन्थ्यो । हिन्दु वैदिक शास्त्रमा जन्म दिने वावु, अन्न दिने किसान, छोरी दिने ससुरा, रक्षा गर्ने राजा र मन्त्र दिने गुरु लाई पन्च पिताको रुपमा लिइन्छ । मेरा पनि तिनै पन्च पिता मध्येका एक राम प्रसाद पान्डे अधिंकास विर्घेली किसोरहरुलाई गायत्री मन्त्र सिकाउने गुरु हुनुहुन्थ्यो ।
चिफलडाडाका पर्याय वेदुवा वा धेरै समय घर वाहिर पुजा पाठमै व्यस्त हुनुहुन्थ्यो । दिनभरी खाली पेट पवित्र रहेर पुजा पाठमा रहने उंहाले चुरोट र चिया भने अत्यधिक मन पराउनु हुन्थ्यो । प्रष्ट वाचन, लामो अनुभव र पूर्ण प्रकृया पालना गर्ने भएकाले सकेसम्म सवै विर्घालीले हरेक पुजा पाठमा उंहालाई नै संझन्थे । उंहाको अभाव विर्घा र त्यस क्षेत्रका वासिन्दाले लामो समय महसुस गर्ने छन । मेरा पनि गुरु राम प्रसाद पान्डेको मृत आत्माको चीर शान्तिको कामना गर्दछु ।

अलवीदा देवीसर


(अव संझना मात्रः आफ्नै घरको पृष्ठभूमिमा देवीसर)
विर्घा ५ कट्टी निवासी देवीप्रसाद पान्डे अव हामी बीच रहनु भएन । वंहाका संझनाहरुमात्र यतिवेला वांकी रहेका छन । गएको वुधवार लुम्वीनी अंचल अस्पताल वुटवलमा वंहाको निधन भएको हो । आज शुक्रवार वंंहाको अन्तिम संस्कार विर्घा २ अरुवाघाटमा भएको छ । वंहाका आमा, २ जना छोरा र १ छोरी रहेका छन ।
देवीसर विर्घा स्वास्थ्य चौकीमा लामो समय सेवा पुर्याउनुभएका अनुभवी स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । अवकास जीवनपछि समाजसेवीका रुपमा परिचित देवीसर केही वर्ष अघिको पत्नी वियोगपछि एकल हुनुहुन्थ्यो । केही हप्ता अगाडी वुटवल जानुभएका देवीसर वुधवार दिउसो स्वास्थ्य समस्या आएपछि अकस्मात अस्पताल भर्ना हुनुभएको थियो । अन्तत वंहा होसमा आउन सक्नुभएन ।
हामी केटाकेटी हुदाका जल्दा वल्दा पात्र हुनुहुन्थ्यो देवी सर । गाउलेकाबीच डाक्टरका रुपमा परिचित देवीसर हामी केटा केटीकालागि भने कडा मिजासका हुनुहुन्थ्यो । व्यक्तित्व र पोशाकमा अत्यन्तै सचेत देवीसरको व्यवहारपनि कडा र स्पष्ट थियो । स्पष्ट वक्ताका रुपमा परिचित देवी सर स्थानीय विभिन्न संघ संस्था र विद्यालयका विभिन्न समितिमा पनि आवद्ध हुनुहुन्थ्यो ।
प्रत्येक वर्ष फागुन २२गते जनतामावी अर्चलेमा आयोजनाहुने रेडक्रश सर्कलको लोकगीत प्रतियोगितामा उंहा सधै मुल्याकंन समितिमा हुनुहुन्थ्यो । सदावाहार कमाण्डीगं स्वरमा “मूल्यांकन समितिको काम फलामको च्युरा चपाउनु सरह हो” भनेको ओजस्वी स्वर मेरो कानमा आज पर्यन्त गुन्जिरहन्छ ।
सवै काममा अग्रसर हुनुपर्ने नेतृत्वगत आचरणका धनी देवीसर केही वर्ष पहिले भएको मुटुको सल्यक्रियापछि नियमित औषधी सेवन र चेक जांचमा रहनु भएको थियो । एकान्तिक वन्दै गएका देवीसर पछिल्लो समय अस्वस्थ देखिनुहुन्थ्यो ।
देवीसरसंगका अनेक स्मृतिहरु मेरो मनमा ताजा रहेका छन । जानुका दिदीसंगको हाम्रो पारिवारिक सम्वन्धलाई लिएर दाई भन वा भिनाजु भन भन्ने वंहाको आग्रह मैले कहिल्यै पालन गर्न सकिन । सधै आदरगत रुपमा रहेका देवीसर मेरो नजरमा सधै सर नै रहनु भयो । सम्वन्ध आत्मीक रहेपनि आदर सधै एउटै रह्यो देवीसर प्रति ।
स्वर्गीय देवीसरको आत्माको वैकुन्ठ वास होस । अल विदा देवी सर !

संझना तिनैको !

“देखाउने कुरा वांकी नरहेपछि मान्छेले लुगा फुकाल्न शुरु गर्दो रहेछ”
पछिल्लो समय सामिाजिक संजालमा पोष्टिएका केही चिर परिचीत अनुहारका यस्तै तस्विर देखेपछि म यसो भन्न वाध्य भए । हुनत मानिसलाई आफुले गरेको कर्म प्रिय नै लाग्ला तर दुर देशमा वसेर निम्न स्तरीय कर्ममा विलिन मानिसहरुसंग देखाउने कर्म खासै हुदैन क्यारे । आफुले काम गर्ने ठांउको सम्म फेटो देखाउन नसकेपछि मान्छेले लुगा फुकाल्दै फोटो पोष्टीदै गर्न लाग्दा रहेछन ।
हुनत मान्छेमा हिनताभावले ग्रशित भएपछि या अन्यसंगको तिव्र प्रतिष्पर्धाले गाजेपछि असमन्जसता शुरु हुदो रहेछ । त्यही असमन्जसतामा केही फुस्केको पनि याद हुदैन क्यारे ।
मुलुक भित्र हुन या वाहिर अहिलेको ग्लोवल वल्र्डमा गर्व गर्न लायक केही परिचितहरु छन । जसको नाम लिदा नै नमन गर्न मन हुन्छ । तिव्र मेहनत, लगाव र परिश्रमले मान्छेलाई त्यस्तो स्थानमा पुर्याएको छ । ती सदा आदर गर्न लायक होउन आजको दिनमा यही कामना छ ।
यो आपाधापीमा पनि म भने कुम्लो वोकी ठिमी तिर भने जस्तो आफ्नै गांउ त्यही परिवेश संझेको छु । तिनै गांउका, तिनै मेला पात र चौतारिका तस्विरले मलाई झकझकाउछन ।
सलाम छ ग्रामीण सरल अनुहारलाई धन्य छ तिनीहरुलाई जस्लाई देखाउने धेरै कुरा वांकी छन त्यसैले त उनीहरुलाई लुगा फुकाल्न परेको छैन र नपरोस पनि ।

वन्दैछ वाटोः अरुवा घाट झर्ने वाटो वनाउन एकत्रित भएका विर्घालीहरु ।

वल गरौ भाइ होः वाटो खन्दै स्थानीय ।

तोरी फूल्यो धर्ती रमाइलोः माझखन्डवाट देखिएको विर्घा ।

सप्तरंगी इन्द्रेणीः इन्द्रेणीका पृष्ठभूमिमा देखिएको वासडाडा ।
(सवै तस्वीरः रमेश र मणी पान्डे )

विकास भन्नु वाटो

मिर्मी हुइकिने जीपमा तलै सिटमा हत्तपति वस्न पाइदैन । वृद्ध, महिला या अशक्त वाहेकले छतकै यात्रा रोज्नुपर्छ । “जति पनि भा’छ मज मटरा जान पाइया’छ ।” भन्ने वुढावुढीको भनाइले सवारी साधनको महत्व झल्काउछ । वर्खामा हिलो र हिंउदमा धुलो त यी वाटाका पर्याय नै हुन । यि तिनै साधनहुन जसले गांउलेलाई मटीतेलका जर्किन र चावलका वोरावाट मुक्ति दिएका छन । विगतमा जर्किन वोकेर तेलका लागि गल्यागं वा पाल्पा तानसेन पुग्नेहरु अहिले छतैको किन नहोस जिपको यात्रामा छन । विकास भनेको त वाटो पो रहेछ । भन्ने कुरा गांउलले विस्तारै वुझेका छन । माध्यमिक तहसम्मको पढाइमा कितावमा मात्रै मोटर देखेका हम्रालागि अहिलेका स्थानीय केटा केटी ठूला चूनौति हुन जस्ले जन्मदै धुलो उडाएर कुद्ने जिप देखे ।
तेल या चामलका लागि जर्किन वोक्न या नाम्लले भारी वोक्न परेन । त्यसैले पनि होला विर्घा गाविसका सवै वडामा वाटो पुगेको छ । भलै मोटर पुग्न समय लाग्ने नै किन नहोस ।

कता वस्ने होलाः तल सिट नपुगेपछि छत चढ्दै नारन सर । लामो समय विभिन्न विद्यालयमा अध्यापन गरेपछि हाल नारन सरले अवकास जीवन विताउनु भएको छ ।

लौ फोटो पो आएछः वसको छतमा वसेपछि फोटो खिचेको थाहा पाएर मुस्कुराउदै नारन सर साथमा कुलानन्द पाण्डे ।

शंकर पान्डे र शैक्षिक जागरण

1004462_1384294428456149_1957106948_n
एउटा अग्लो जिउडाल, खाली खुट्टा, सेतै फुलेका दारी र दारी जस्तै पहिरन । सधै व्यस्त देखिने राजधानीका सडकमा यस्तै कोही व्यक्ति देख्नुभयो भने उनी हुन शंकर प्रसाद पान्डे । २ पल्ट जन निर्वाचनवाट र एक पल्ट संसद पुनस्थापनापछि सांसद वनेका शंकर प्रसाद पान्डे वाहिरवाट हेर्दा जति सरल देखिन्छन भित्रवाट अझ धेरै सरल छन ।
कमजोरहरु व्यक्तिका कुरा गर्छन शंरक प्रसाद पान्डे व्यक्तिका कुरा गर्ने स्तरवाट माथि छन । उनी विषयका कुरा गर्छन । शंकर पान्डे साधारण व्यक्तिवाट अलि पर छन त्यसैले उनी विषय हुन ।
दुई पटक सांसद भएपनि केही गरेनन भनेर गुनासो गर्नेलाई उनी कुनै प्रत्युतर दिदैनन । यो देशको प्रकृया, पद्धति र प्रचलनले कसले पो के गर्न सक्छ र । तरपनि शंकर पान्डेले धेरै गरेका छन । समाजमा नैतिकताको शिक्षा दिएका छन । खराव आचरण र संगत दिएका छैनन । केही विकास कार्यकालागि पहल कदमी गरेका छन । उनको सादगीपूर्ण व्यक्तित्व र निस्वार्थ भावनाकालागि उनी जसका अगाडी गएपनि काम रोकिएन ।
DSC00631
(याम प्रसाद पान्डेसंग शंकर पान्डे मालुंगामा)
उनी पनि मानिस हुन त्यसैले उनका पनि तमाम कमजोरीहरु रहे । जति भनेपनि अरुले भनेको कमै सुन्ने र मनमा लागेको कुरा गरी छाड्ने जिद्दी पन उनको नराम्रो वानी हो । अध्यात्ममा ज्यादा भिजेकाले हुन सक्छ समयको पालनामा शंकर पान्डे अधिकाशं खराव रहे । भन्नेले आर्थिक उपार्जन नगर्नुलाई शंकर पान्डेको कमजोरी भन्छन तर निर्वाचन र पुनस्थापनावाट ३ पटक सांसद भएको व्यक्ति अहिले अति सामान्य आर्थिक हैसियतमा रहनु र कहिल्यै पनि आर्थिक विवादमा नआउनु उनको सवै भन्दा सवल पक्ष हो ।
२०६४ सालको संविधान सभा निर्वाचनमा टिकट नपाउदा धेरैले शंकर पान्डेप्रति सहानुभूति दर्साए तर उनले आफै भने म तपाईहरुले सोचे जस्तो टिकट पाउदा खुसी हुने र नपाउदा दुखी हुने अवस्थामा छैन । यसो भन्दा शंकर पान्डेको अनुहारमा देखिएका आभा र उज्यालो देख्नेले मात्र महसुस गर्नसक्छ ।
तिनै अध्यात्मीक व्यक्तित्वका धनी पान्डे अहिले विर्घालाई सैक्षिक ग्राम वनाउन लागेका छन । तिनै शंकर पान्डेका पिता गणेशप्रसादले थालेको शैक्षिक जागरणवाट दिक्षीत हामी शंकर पान्डेलाई पनि त्यही सफलता मिलोस भन्ने कामनामा छौ ।