शंकर पान्डे र शैक्षिक जागरण

1004462_1384294428456149_1957106948_n
एउटा अग्लो जिउडाल, खाली खुट्टा, सेतै फुलेका दारी र दारी जस्तै पहिरन । सधै व्यस्त देखिने राजधानीका सडकमा यस्तै कोही व्यक्ति देख्नुभयो भने उनी हुन शंकर प्रसाद पान्डे । २ पल्ट जन निर्वाचनवाट र एक पल्ट संसद पुनस्थापनापछि सांसद वनेका शंकर प्रसाद पान्डे वाहिरवाट हेर्दा जति सरल देखिन्छन भित्रवाट अझ धेरै सरल छन ।
कमजोरहरु व्यक्तिका कुरा गर्छन शंरक प्रसाद पान्डे व्यक्तिका कुरा गर्ने स्तरवाट माथि छन । उनी विषयका कुरा गर्छन । शंकर पान्डे साधारण व्यक्तिवाट अलि पर छन त्यसैले उनी विषय हुन ।
दुई पटक सांसद भएपनि केही गरेनन भनेर गुनासो गर्नेलाई उनी कुनै प्रत्युतर दिदैनन । यो देशको प्रकृया, पद्धति र प्रचलनले कसले पो के गर्न सक्छ र । तरपनि शंकर पान्डेले धेरै गरेका छन । समाजमा नैतिकताको शिक्षा दिएका छन । खराव आचरण र संगत दिएका छैनन । केही विकास कार्यकालागि पहल कदमी गरेका छन । उनको सादगीपूर्ण व्यक्तित्व र निस्वार्थ भावनाकालागि उनी जसका अगाडी गएपनि काम रोकिएन ।
DSC00631
(याम प्रसाद पान्डेसंग शंकर पान्डे मालुंगामा)
उनी पनि मानिस हुन त्यसैले उनका पनि तमाम कमजोरीहरु रहे । जति भनेपनि अरुले भनेको कमै सुन्ने र मनमा लागेको कुरा गरी छाड्ने जिद्दी पन उनको नराम्रो वानी हो । अध्यात्ममा ज्यादा भिजेकाले हुन सक्छ समयको पालनामा शंकर पान्डे अधिकाशं खराव रहे । भन्नेले आर्थिक उपार्जन नगर्नुलाई शंकर पान्डेको कमजोरी भन्छन तर निर्वाचन र पुनस्थापनावाट ३ पटक सांसद भएको व्यक्ति अहिले अति सामान्य आर्थिक हैसियतमा रहनु र कहिल्यै पनि आर्थिक विवादमा नआउनु उनको सवै भन्दा सवल पक्ष हो ।
२०६४ सालको संविधान सभा निर्वाचनमा टिकट नपाउदा धेरैले शंकर पान्डेप्रति सहानुभूति दर्साए तर उनले आफै भने म तपाईहरुले सोचे जस्तो टिकट पाउदा खुसी हुने र नपाउदा दुखी हुने अवस्थामा छैन । यसो भन्दा शंकर पान्डेको अनुहारमा देखिएका आभा र उज्यालो देख्नेले मात्र महसुस गर्नसक्छ ।
तिनै अध्यात्मीक व्यक्तित्वका धनी पान्डे अहिले विर्घालाई सैक्षिक ग्राम वनाउन लागेका छन । तिनै शंकर पान्डेका पिता गणेशप्रसादले थालेको शैक्षिक जागरणवाट दिक्षीत हामी शंकर पान्डेलाई पनि त्यही सफलता मिलोस भन्ने कामनामा छौ ।

2 thoughts on “शंकर पान्डे र शैक्षिक जागरण

  1. यि बुडालाई टिकट देला र कांग्रेसले यस पटक हेरुम केरे

    • ticket paye pani napaye pani I am sure that he will always be trying to develop the country Nepal. Manxe lai kam garna post nai chainxa vanne hudaina garne le tesai ni garera dekhauna sakxan ra dekhayeka pani xan. 🙂 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *