रहनुभएन “वेदुवा बा”


(अव संझनामा मात्रः हरेक एकादशी, औशी र सोह् श्राद्धमा चप्पलले छोएको पानी समेत नखाने वेदुवा वाका अव संझनाहरु मात्र वांकी छन । यो तस्विर केही वर्ष अघि गहलाममा सोह् श्राद्धका वेला लिइएको हो । जंहा उंहाले चिया खानु अघि चप्पल पन्छाउनु भएको थियो । गांउ घरमा अझै यो परम्परा कायम छ ।)
विर्घा ५ चिफल्डाडा निवासी रामप्रसाद पान्डे (वेदुवा वा) को निधन भएको छ । ७९ वर्षीय पान्डेको वुधवार विहान आफ्नै निवासमा निधन भएको हो । अत्यन्तै सक्रिय जीवन विताइरहनु भएका उंहाको गत हप्ता विर्घामै कडा ह्दयघातपछि उपचारको लागि काठमाण्डौ स्थित नर्भिक अस्पतालमा ल्याइएको थियो । अस्पतालमा टाउकाको शल्यक्रियापछि उंहालाई भेन्टीलेटरमा राखिएको थियो । चिकित्सकको लामो प्रयासपछि पनि उंहा होसमा आउन सक्नुभएन । चिकित्सकको सल्लाहपछि उंहालाई आइतवार विर्घा लगिएको थियो । उंहालाई विर्घा लगिएपछि अन्तिम वैदिक संस्कारहरु गरिएको थियो । अन्तत उंहाको होसमा नआई निधन भयो । उंहाका २ श्रीमती र १ छोरा रहेका छन ।
राम प्रसाद पान्डेको निधनपछि विर्घाको एउटा पुजा पाठ र पुरेत युगको अन्त्य भएको छ । गक्रुंगा देखि वर्राचौरसम्म उंहाका जजमानहरु थिए । प्रत्येक दिन जसो पुजा पाठमा व्यस्त हुने उंहा नपुगेका विर्घामा कमै घर होलान । विहा, व्रतवन्ध देखि ग्रह शान्ति, श्राद्ध लगायत दैविक तथा पीतृ कार्यमा उंहाको महत्व पूर्ण भूमिका रहन्थ्यो ।
विर्घाको विशेषत व्राम्हण समुदायमा वच्चा देखि वृद्धसम्मका बीच उंहा सुपरिचित हुनुहुन्थ्यो । सवैले श्रद्धाले उंहाको नाम लिन्थे । धेरैलाई गायत्री मन्त्र सिकाउनु भएका उंहा धेरैको गुरु हुनुहुन्थ्यो । हिन्दु वैदिक शास्त्रमा जन्म दिने वावु, अन्न दिने किसान, छोरी दिने ससुरा, रक्षा गर्ने राजा र मन्त्र दिने गुरु लाई पन्च पिताको रुपमा लिइन्छ । मेरा पनि तिनै पन्च पिता मध्येका एक राम प्रसाद पान्डे अधिंकास विर्घेली किसोरहरुलाई गायत्री मन्त्र सिकाउने गुरु हुनुहुन्थ्यो ।
चिफलडाडाका पर्याय वेदुवा वा धेरै समय घर वाहिर पुजा पाठमै व्यस्त हुनुहुन्थ्यो । दिनभरी खाली पेट पवित्र रहेर पुजा पाठमा रहने उंहाले चुरोट र चिया भने अत्यधिक मन पराउनु हुन्थ्यो । प्रष्ट वाचन, लामो अनुभव र पूर्ण प्रकृया पालना गर्ने भएकाले सकेसम्म सवै विर्घालीले हरेक पुजा पाठमा उंहालाई नै संझन्थे । उंहाको अभाव विर्घा र त्यस क्षेत्रका वासिन्दाले लामो समय महसुस गर्ने छन । मेरा पनि गुरु राम प्रसाद पान्डेको मृत आत्माको चीर शान्तिको कामना गर्दछु ।

2 thoughts on “रहनुभएन “वेदुवा बा”

  1. बेदुवा बा मेरो पनि गुरु हुनुहुन्थ्यो । मेरो घरमा हुने हरेक पुजा-आजा तथा अन्य काममा पनि उहाको ठुलो योगदान छ । उहाको आसामयिक निधन भएको दुखद समाचारले हामी सबैलाई अत्यन्तै मर्माहत बनाएको छ, यस दुखद घडीमा शोक सन्तप्त परिवारजनहरुप्रति हार्दिक समबेदना प्रकट गर्दै दिबंगत आत्माको चिर शान्तिको कामना गर्दछु । अन्त्यमा फेरी पनि मनैदेखि उहाँको आत्माको चिर शान्तिको कामना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *