केही हजार रुपीयामा कलिलो समय वेचेर म फर्किएको छु । हरेक दिनको दिनचर्या हो मेरो यो । औकात अनुसारको दुइ पांग्रेप्रतिको रुची हराउदै गएको छ । त्यसैले आज म यो छिप्पीदो विहानीमा पैदलै छु । मन मौजी हुन मन लाग्छ । त्यसैले मनले सोचेको गर्छु । आजको पैदल यात्राले कम्ती आनन्द दिएको छैन । म वस्ने लोकन्थली अझैपनि शहरोन्मुख गांउ जस्तो लाग्छ । अलीसान महल वनेका छन, आधुनिकताका अनेकौ क्रम छन, मंहगा सवारी हुइकिन्छन । यद्यपि गाइ डोर्याउदै हिडेका मान्छे भेट्नु, बारीमै पुगेर फर्सीका मुन्टा किन्न पाउनु, अझैपनि मुलको पानी भर्ने मान्छेको जमात देखिनु, वोगा झन्डीएका केराका घरी हुनु ,हरिया मकैवारी र लहलाउदा धान देख्न पाइनु यंहाको गजव विशेषता छ ।
म ग्रामिण परिवेशवाट आएको र गांउको याद आइरहने भएकाले यो ठांउ मलाई रमाइलो लाग्छ । त्यसमाथिका मेरा वाल सखा सुरेश यही छन । भेट नहोस सही, हामी नजिकै छौ भन्ने विश्वासले पनि मानिसलाई उत्साही गराउदो रहेछ ।
म हिड्दै गर्दा धान चवर फालेका मग मग वास्ना आउने निख्खर हरियो मकै वारी क्रस गर्छु मलाई गांउ घर खुवै मिस हुन्छ । घाम जोडले लागेका छन । विहानै फिर फिर वर्षीएको आकाश अहिले सफा छ । वादलको रेश मात्र देखिएको छैन । बन्सो काटेर सफा पारिएको भुइमा मकैका बीच बीचमा फर्सीका मुन्टा लहराएका छन । मकै वारी क्रश नगर्दै धानको मग मग वास्ना आएको छ । खेत धेरै छैनन तर मलाई नोष्टाल्जीक गराउन काफी छन । रोपेको केही हप्तामै चुर हरिया देखिने धानका गांजहरुले मलाई कम्ती रोमान्चित वनाएका छैनन । पिंधमा छिपछिपे पानी छ । त्यसैले धानका गाज फैलिदैछन । वेलैको वर्षाले यस पल्टका वर्षे वाली राम्रो हुने छाट देखिएको छ ।
धान झुलेका खेत क्रश नहुदै आयो आप भन्दै मित्र राष्टका २ थान मित्रहरु हिलो वाटो क्रश गर्दैछन । मित्र राष्टवाटै आएका आंप मित्र राष्टकै मित्रले घर घरमा पुर्याएका छन । म तिनका साइकल र त्यहाको टोकरीमा रहेका लोहोरे आप निध्याएर हेर्छु । लिने हो ? दुई मध्येको एकले सोध्छ । म मुस्कुराउछु मात्र ।
मलाई यिनै आंपले फेरी नोष्टाल्जीक वनाउछन ।
हाम्रो अर्थात डिठ्ठाको आंप खाएर हुर्केको हुं म । कम्ती रसिलो थिएन त्यो आंप । झन्डै १५ वर्ष विते होला त्यो आंपको स्वाद मुखमा नपरेको । वर्षेनी लटरम्मै फल्ने त्यो आप मेरा बा भन्दा पुरानो थियो । बा हुनुहुन्न । बां का संझनाहरु मत्र छन । यद्यपि मेरा बा को प्यारो आंप अहिले पनि छ । वृद्ध छ तर फल्न छोडेको छैन । विहान झिसमिसेमै मकाइ माड्दै झरेका आंप वटुल्न इश्वरी देइसंग घम्सा घम्सी गरेको हिजो जस्तै लाग्छ । तर अहिले यी सवै वसमा छैनन ।
तिर्सना मेट्न यज्ञ दाइलाई सोध्छु । झरेका आंप वटुल्ने को छन र दाई अचाल । उतावाट दाई भन्नुहुन्छ । खै, म पनि ढिलो उठ्छु । पसल तिरै जान्छु । को छन र ख्वै, सामने जाली, वोडधयेरे रामेको केटा केटी होलान, नविनका तिरड आउलान । अचाल त खासै आंपको चासो पनि लाउदैन ।
छिप्पीएको उमेर लाग्दो वुढ्यौली विच दाईको मधुरो स्वर आउछ ।
आमालाई सोध्छु । तर्कारी के छ आजकल? तिर्सना मेट्न सोधेको वुझेर आमा भन्नुहुन्छ । सवै छ । कभेलीका मन्टा यही अगाडी छन । घिरम्ला फल्न लागे । गांउ भरी छन घिरम्ला त । मौला तिर अली अली वोडी फल्न लागे । तिमरु आउन्नौ के रे ? आमा आश गर्नु हुन्छ । ती वृद्ध आमा, हिलो छ्याप्दै हिडेका उकाली ओराली, च्याप्प हातले समातेर चढेका आंपका हांगा, नाम्लाको डोरी वनाएर भेट्नामा वांधेर झारेका कटहर, पाकेका खनिंया, आगोमा पटपटी पोलेका हरिया मकै, वाल्यकाल विताएका ढिक कान्ला र खोल्सा हरेक चिज मिस हुंदा आमालाई भन्छु । धेरै भयो कटहर नचाखेको यसपल्ट त मकै कटहर र आंपको मेसो मिलाएर एकै हप्तालाई भएपनि आउंछु । यद्यपि यो पनि कुरामै सिमति भएको देखेर आमा भन्नुहून्छ । तं भन्छस । आउन्नस केरे । अचाल त पतेउन्न म पनि ।
केही हजारमा साट्ने वानी लागेका घन्टाहरु, सधै भरी चलीरहने कार्यालयका किस्सा, दुर्भाग्य पूर्ण ढंगले फेरी तयारी गर्नु पर्ने परिक्षा, कलिली छोरी, घरमा धेरै समय दिए हुन्थ्यो भन्ने श्रीमती र हाम्लाई पनि भांउ दिए हुन्थ्यो भन्ने अन्य शुभचिन्तकका बीच समयको व्यवस्थापन कम्ती शकश हुदो रहेनछ ।
गांउ मिस हुंदा गुगल सर्च गर्ने जमाना आएपछि म कसरी अपवाद हुन सकुंलार । जे भएपनि यिनै हरफ हरु लेखेर भएपनि गांउलाई कल्पन्छु, संझन्छु र मिस गर्छु त्यही वर्खाले चुर भएको गांउ, मित्रहरु र मेरा विगतहरु ।