अक्षय तृतीया, कोलडाडां र खुदेपानी

aaa6

आज अक्षय तृतीया अर्थात जौको सातु र खुदो पानी अर्थात सर्वत खाने दिन । आजको दिनवाट सत्ययुग शुरु भएको मानिन्छ । आज गरेको पुन्यकर्म कहिल्यै ननाशिने भएकोले यस दिनलाई अ-क्षयया भनेको पनि पाइन्छ । आज जौ को सर्वत र खुदोपानी खानाले शरिरमा स्फुर्ति वढ्ने रोग नलाग्ने र वर्षैभरी शरिरमा पानीको मात्रा पुग्ने विश्वास गरिन्छ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक’ दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।

आजको दिनमा सर्वत, जौ को सातु या अन्य वस्तु दान गर्नाले “अक्षय” पुण्य प्राप्त हुने विश्वास रही आएको छ । आजकै दिन वेदव्यासले महाभारतको रचना गरेको र पुरा गरेको विश्वास पाइन्छ । विभिन्न पुराण र महाभारतको रचना गरेपछि व्यासले अन्त्यमा लेखेका थिए –
“अष्टादश पुराणेशु व्यासस्य वचन द्धयम
परोपकार पुण्याय पापाय पर पिडनम्”

यसरी आजको दिनमो अनेक महत्व रहेको धार्मिक मान्यता रहेको छ ।
केटा केटीमा गुलीया पानी प्रति हाम्रा अनेक आकर्षण हरु थिए । चाहे धवादी खोले फुपुले नागेंडाडामा पिपली सार्दा होस या अक्षय तृतीयामा कसैले खुदो पानी खुवाउदा ।
यस्तै खुदे पानीका धुमिल संझनाहरु मेरो स्मृतिमा अनेक तरहले आइरहेका छन । वैशाखको धुपमा विहानको कर्म सकेर अर्चले स्कुल जाने हामीलाई चिफलडांडा या कुलुम तिरका कोही सज्जनले खोलाको पिपलीमा खुदो पानी र जौ को सातु खुवाउथे । सातुको वरु त्यति महत्व थिएन पानीमा भने हामी केटाकेटी ज्यान दिन्थ्यौ । अर्चलेमा समेत खुदेपानी खुवाउने चलन थियो । वाल्यकालका स्मृतिहरुमा मेरा खुदेपानीका स्मृतिहरु पनि कम्ता रोचक छैनन ।
यस्तै कोलडाडामा वैशाखे सक्रान्तीको गुण मात्र होइन हाम्रालागि अक्षय तृतीयामा पनि खुदे पानीको व्यवस्था हुन्थ्यो । अरुवा तिर काममा गएका किसानहरुलाई पुच्छारतिरका कोही सज्जनले कोलडांडामा सर्वत र सातु खुवाएर अनेक उपकार गर्दथे ।त्यसैले अर्चले होस या कोलडाडा अनेक पुन्यका मानक हुन हम्रलागि ।
तिनै पुन्य र मानकको जगमा विर्घाको अस्तित्व र गौरव गासिएको छ ।
अक्षय तृतीयाको सवैलाइ सुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *