कलैयाको हेर्न लायक ठांउः प्रसिद्ध रामजानकी मन्दिर र पोखरी । पोखरीको डिलको पिपल अहिले ठूलो भइसकेको छ । यो गुगल तस्विर पुरानो हो ।
घरी घरी भुइचालो गएझै लाग्छ । कलैयाकै सवैभन्दा अग्लो घरमा रहेको होटल भएर होला । वाटोमा अली वढी लोड लिएर गाडी हिड्दा थर्कन्छ । कलैया भान्छा घर विहान सांझ खाना खाने मुकाम भएको छ । उदयपुरतिरका वस्नेतले भोजपुरकी राईनीलाई भित्र्याएपछि यो भान्छा घरको चुलो वल्न शुरु गरेको रहेछ ।
भान्छा घरकी छोरी मेरै छोरी उमेरकी छ । रसिका नामकी त्यो वालिका अली वढि मोवाइलमा गेम खेल्छे । हाम्रा धेरै केटाकेटीहरु मोवाइलको यस्तै लतमा फसेका छन । जसले आफ्नो उमेर र श्रृर्जनशिलतालाई कोपिलामै निमोठेको छ । कहिले कांही लाग्छ मोवाइल, युट्युव र यी सामाजिक संजाल यति सुलभ भैदिएका भए र वालककालमा ती चिज हाम्रो पंहुचमा भएका भए हामी पनि यति श्रृजनशिल हुन सक्दैनथ्यौ ।
होटलको वास सकिएको छैन । लाग्छ होटलकै वासवाट कलैयाले मलाई विदाई गर्ने छ । सरकारी सम्पति सकेसम्म जोगाउ भनेर नै होटलको सस्तो विकल्प खोजिएको हो । कलैयाको कठिनाई उस्तै छ तर काम गर्ने उत्साह घटेको छैन । स्टाफ कलेजका अफिस अट्याचमेन्टमा आएका साथीहरु गएपछि एक प्रकारको रित्तता भरिएको छ । अफिसको काममा सघाउनुका अलावा उनीहरु मेरा साथी जस्ता थिए । कुनै दिन कांही घुम्न जादा साथी, साझमा चौरमा डुल्ने साथी र कलैया भान्छा छरमा खाना खाने साथी ।
कलैया भान्छा घरले गांउघरको स्वादमा खाना खुवाएर कलैया वसाई कलरफुल गराउन मद्दत गरेको थियो । गांउमा आमा विरामी भएपछि वस्नेत दम्पती सटर तानेर आमाको उपचारमा हिडेका छन । विहान वेलुका भान्छाघरमा हुने रौनक हराएको छ । केही यहाका नियमित ग्राहक कर्मचारीहरु विलखवन्दमा परेका छन । म भने कलैया इनको भान्छा घरमा सेवा लिइरहेको छु । मलाई कलैया इनको स्वाद त्यति जम्दैन । नजमेर के गर्नु विकल्प पनि छैन ।
विश्वकप फुटवलले दैनिकीमा प्रभाव पारेको छ ।
राती ढिला र विहान ढिला भएको छ । सिद्धेश्वर परिसर र क्रिकेट मैदानको चक्कर साझमा लगाउने गरेको छु । अहिलेको अस्थायी साथी भएको छ कलैया इन होटलको म्यानेजर अमित चौधरी । मेरो स्वभावसंग यो भाई परिचित छ त्यसैले चियाको सुर्कीसंगै वट्टा लिएर हाजिर हुन्छ । वजारमा आप यत्रतत्र छन । दिनहु मूल्य उतार चढाव भइरहन्छ ।
म सकेसम्म कार्वोहाड्रेड नहालेको आपमा जोड दिन्छु ।
सिन्डीकेट हटाए वापत राजनीतिक कोपभाजनको सिकार भइ यातायात मन्त्रालयको वरन्डामा थन्काइएका रुप नारायण सर फोनमा भन्नुहुन्छ आप धेरै नखानुस है मोटाइन्छ । यस्तो छरितो र फुर्तिलो शरिरमा पेट नलागोस भनेर स्वाद मिठो लाग्दा लाग्दैपनि आपमा कम जोड दिएको छु । जिउन जान्नु पर्छ सवै ठाउका जीवनहरु स्वादिला हुदा रहेछन । कलैया वसाईले सिकाएको प्रमुख पाठ हो यो ।
अव त अली अली भोजपुरी वोल्न जान्ने भएको छु । वुझ्न भने पुरै सक्ने भएको छु । वडा नं. ४ का वडाध्यक्ष जलाउद्दिन मन्सुर मलाई दिनको दुईपटक नभेटी छोड्दैनन । उनीसंगका घुमफिर र सहकार्यपनि रमाइलो लाग्दै गएको छ । कलैया वासीले आफ्ना रिचुअल पर्वमा मलाई पनि संझन्छन । त्यसैले म साझा भएको छु । भर्खरै इद सकियो अव वकर इद आउदैछ । म एक्साइटेड छु वकर इद मेरो जीवनमै पहिलो पटक सेलिव्रेसन गरेको पर्व हुनेछ ।
संसार गोलो छ र नेपाल सानो छ । त्यसैले अहिलेको भर्चुअल वल्र्डमा साना साना कुरा पनि शेयर हुन्छन । कलैयाका मेरा साना प्रयासहरु पनि काउन्ट भएछन । मन्त्रालयले फोन गरेर तपाइको कामकोलागि पुरस्कार स्वरुप चाइना मनोनयनमा पर्नु भएको छ भन्छ । आजको दिनमा चाइना भिजिट ठूलो कुरा होइन । तर कामको मुल्यांकन गरेर गरिएको यो मनोनयन मेरा लागि लाख भएको छ ।
शुरुमा सिर्जनशिल काममा वढि व्यस्त भएपनि अहिले साल तमामीले गर्दा रेगुलर कामा वढि व्यस्त भएको छु । व्लग नियमित नभएकोमा यसका श्रद्धेय पाठकको माया मिसीएको गुनासो छ । म मेरा महान पाठकहरुलाई निराश तुल्याउन चाहन्न । त्यसैले शनिवारको सदुपयोग गर्दै तपाईका संझनाहरु अक्षर मार्फत अभिव्यक्त गरेको छु ।
आजको मौषम वडा वेइमान भएर गएको छ । विहान ढिलो उठे ।
कलैयाको सेकुवाः कुनै वेला २० रुपैया झीर पाइने कलैयाको सेकुवा सुकदेवकोमा झीरको ५० पुगेको छ ।
पत्रिका लिन पसल पुग्दा घामको चहकले आखा तिलमिलाए । यसो खुट्टा तन्काएर रामजानकी पोखरीको डिलमा धेरै वेर टोलाए । धार्मिक पोखरी भएकाले माछा मार्न मनाही छ यंहा । माछाहरु प्रशस्त छन । डिलमै पनि आइरहन्छन । पिपलको वोट छेउको पोखरीमा धेरै वेर एकान्तमा वस्नुको मजा नै वेग्लै, यही मजा लिएर म निस्कीए । लाग्छ यसैले पनि स्फुर्ती वढाउछ । खुसी हुन ठूला कारणहरु चाहिदैनन । सामान्य सितलताले दिने खुसी, सरल रुपमा सेवा दिदा सामान्यजनले दिने खुसी, सामुहिक हितकालािग आंट गरेर काम गर्दा मनले दिने खुसी यीनै खुसीहरु जोडेर वसेको छु म कलैयामा ।
दुखी हुनका लागि सयौ कारणहरु छन । तर म खुसी हुने हजारौ साना कारणहरुमा रमाएको छु ।
हाम्रो समयमा पनि यस्तै मोबाईल र ईन्टरनेटको जमाना भईदिएको भए हामी यति शृजनसिल हुने थिएनौ भन्ने शब्दमा सतप्रतिसत दम छ सर…. रुपनारायण सरलाई राम्रो काम गरेबाफत दिईएको अपहेलना निन्दनीय छ, राजनितिप्रधान देश भएजस्तै आभास हुन्छ कताकता…..