स्मृतिहरु वल्झिीदा…

स्मृतिहरु वल्झिीदा अनेक दृष्यहरु आखैमा नाच्दछन । विहान सांझ कक्षामा वोलीरहदा होस या कसै संग गफिदा म वेहोसीमै पुराना यादहरुमा मग्न हुन्छु । थाहा छैन समृतिहरु सवैका आंखामा यसैगरी नाच्छन की मेरोमा मात्रै? कसैसंग शेयर गरेको छैन । तिजका रमझमपछि शुरु हुन लागेका १६ श्राद्धहरु, खुल्दै गएको शरदको मौषम, आउदौ वडा चाड दशै र वजारमा देखा पर्दे गएका यस्तै रौनकमा मलाई फेरी स्मृतिहरुले गांजेका छन ।
मनिसलाई वर्तमानको उपलव्धीले विगत भुलाउदो हो । या भुलाउने अभीनयमा पुर्याउदो हो । म जस्तो ग्रामिण परिवेशवाट, मेला पात वाट शहर छिरेको ग्रामिण युवकका लागि ती चिज प्रिय छन । र त मेरो स्तुतिमा घरी घरी तिनै चिज आइरहन्छन ।
मेरो स्मृतिमा भन्जिगंको पहिरोले वास गरी रहन्छ । विरंग्दी तिर भन्दा पहिरातिरका यादहरु अझै कडा वनेर वसेका छन । वर्ष भरीमा हिंउदमा मात्र घांस पातका लागि चालु रहने पहिरो हाम्रो रमाइलो गन्तव्य थियो । सार्वजनिक रुपमा रहेको पैरोमा मानवीय क्रियाकलाप वर्षाका कारण शुन्य हुदा दशै छेक घांस दाउराका लागि गोठालाहरु उर्लेर पुग्दथे ।
लर्केको खर, सुकेका दाउराको भारी वांधेर उकालो उक्लीनीको हुलमा मेरा अलावा, मेरो वाल सखा छांया, कइन्डाडा टिकेदाई, कात्तिके वाइ.पी, खराल पुरुषोत्तम, दुर्गा र चिन्तामणी दाइहरुको हुल हुन्थ्यो । भन्जिगंको चौपारीमा भारी विसाएर पसिनाले भिजेका सट सुकाउदै पहिरातिरको चिसो हावा खानुको मजा नै वेग्लै हुन्थ्यो । रौसे स्वभावका कात्तिके फर्सूकाका पनि केटाहरुसंग गीत गांउदै रमाइलो गर्न खुव रमाइलो मान्दथे ।
ती दिन कठिन थिए । परन्तु प्रिय थिए । समयको लहरमा बयली खेल्दै ती बाल सखाहरु कुन परदेशको कुनामा परिवार मिस गरीरहेका होलान या यतै कतै स्वदेशकै आपाधापीमा कुद्दै होलान । म तिनै मध्येको एक पात्र घरी घरी आइरहने स्मृतिलाई आकार दिन खोजी रहेको छु । स्मृतिहरु शेयर गर्नु कम्ती प्रिय हुदैनन मेरा लागि । त्यसैले त विर्घा व्लगमा आपाधापीका बीच आएर सुसाउन, पुराना स्मृतिहरु वल्झाउन र स्मृतिका पत्रमा सुरक्षित भएका मित्रहरुलाई चिहाउन मन लाग्छ ।
स्मृतिमा आइरहने प्रिय पात्र मौले रमेश अतितमा विलाएको पनि वर्षौ भयो । मित्रहरुका लागि ज्यान दिने रमेश क्क्क्क्क्…… क्क्क्क्क्क्क्क गरेर हांसेको आवाज कतै कानमा गुन्जिरहन्छ । रुख घांस गाय झार्न मौला आउदा चौपारीमा रमेशसंग लुकी लुकी खुकरी चुरोट तन्काएको हिजो जस्तो लाग्छ, भुष्टुंग वसाई गएपछि पुरानो भएको मौलाको घरमा पसल राख्न रहर गरेको हिजो जस्तै लाग्छ । हर दशैमा ५ रुपैया वोट फ्लास खेलेको र तास चोरेको हिजो जस्तै लाग्छ । यद्यपि रमेशका समृतिहरुमात्र छन यतिवेला ।
खाली यी विषयहरु स्मृतिमा अल्झिएका छन । न पहिरो पहिरो रहेको छ । न घांस र मेलापात जाने मित्रहरु गांउमा छन । न त ति पुरानो वाल्यकालको निस्फिकृ आनन्द रहेको छ । हर जिम्मेवारीले थिचेको छ । सोसल नेटवर्कीगं साइटले केही सखाहरुसंग अपडेट त दिएको छ । तर अपनत्व छैन । त्यही परिवेशमा वसेर तिनै मित्रहरुसंग मच्चि मच्ची कुरा गरेकाको आनन्द कंहा म्याासेन्जरमा पाउनु । फगत यो त एक औपचारिकतामा रहेको छ ।
कतिमा कृतिमता छ । आत्मीयता छैन । सफलता छ शुख छैन । श्रोत छ र पनि अभाव छ , रिक्तता छ । यही रिक्तताका बीच म विगत खोतल्ने जमर्को गरेको छु । जसले एउटा शुदुर गांउको अतित झल्काउछ । भन्जिंगको पिपल छैन । भन्जिगंमा घर्सेनीहरुलाई पानी खुवाउनी मोहनीलाल खराल पनि छैनन । उनी वस्ने घरको अस्तित पनि छैन । नेवार कान्छादाई वृद्धवयमा छन । उनको वसाई भुष्टुंग छ । यद्यपि नेवारी कुवाको अस्तित्व भन्जिंगमा छ । सुदार डांडा छ । शुदारहरुको वस्ती लोप हुदैछ ।
मौलाका भयर छन । भयर जस्तै एउटा जिउदो इतिहास नरदेव यसै साल स्वर्गे भएका छन । हामी केटाकेटीले चोरेर खाने मौलेको लिचीको रुख छ तर रमेश छैन । लास उठेको घर जस्तो शुनसान भएको छ भन्जिंग र मौला । कुनै वेलाका गुलजार यी वस्तीहरु संभवत यो जुनीमा सायदै गुलजार देख्न पाइएला ।
चांड वाड आउछन गांउ मिस हुन्छ । एक्लै गांउमा सुसाइरहेकी आमालाई सोध्छु आमा तिजमा नाचगांन कंहा कंहा भयो? दिदीहरु को को आउनु भयो ? आफुले पाउने पेन्सनको समेत वारेस दिएर एक्लै गांउमा वस्न रुचाउने आमा फोनको अर्को टुंगोमा सुसाउनु हुन्छ । को छ र गांउमा रमाइलो हुन? तिमेरु दशैमा आउछौ केही दिन यता उता गर्छौ । त्यही दशैमा हो रमाइलो भएपनि नरमाइलो भएपनि हुने । गांउमा सवै मै जस्ता वुडावुढी छौ । कस्ले वजाओस खैजडी, कसले गांउस चेलीका विरह । आमा भन्नुहुन्छ असम त गाविस भवनमा पनि कोही जम्मा भएनन । म पनि घरमा टीभी हेरर वसे । हुन त चाडपर्वका स्वरुपहरु फेरिएका छन । यी पर्व आत्मिय भन्दा पनि देखावटी वढि भएका छन । यद्यपि मेरो स्मृतिमा भने तिनै तिजका अर्चलेका नाचगांन, तिनै पकौडी आवैका समोसाका सुगन्ध, त्यही जनतामावीको ग्राउन्ड भएर वग्ने कुलो, तिनै रुप्प्याका दुइटा आउने सिठ्ठी । तिनै आमा दिदीहरुका सुरिला स्वरहरुको छमछमी । तिनै कटवालले सिलाएका निला र धर्के नंया हाफ पेन्ट र सर्टका मगमग नंया कपडाका वासनाहरु नकैमा आइरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *