विकासका नाममा डोजरले पहाडको छाति चिरेर गएको निख्खर डोव छ । रुखहरु सिख्रा देखिएका छन । वस्तु भाउने हरीयो खान नपाएको हप्तौ भयो । डाले घांस सकिएर घुर्यान परालको भरमा वस्तु बाचेका छन । टिभन्दा कम यात्रुलिएर वजारवाट भित्रिएका सवारी साधन धुलो उडाउदै वेला वखत दौडिन्छन । ति साधनले उत्साह, उमंग र जांगर होइन धुलो मात्र ल्याएका छन ।
विकासका नाममा धुलो उडाउने र वाटो खन्ने डोजर भित्रिएका छन । केही थान थप नेताहरु उत्पादन भएका छन । उत्पादकत्व वढाउन भन्दापनि श्रोत सक्न उनीहरुको ध्याउन्न छ । गांउ गांउ गांउमा सिंहदरवार भनिएपनि सरकारी सेवा झन टाढिएको छ ।
महिनौ पछि व्लगमा झुल्किदापनि कुनै गतिलो खवर ल्याउन नपाएकोमा म दिक्क छु । उत्साह ल्याउने खवरहरु कम छन । निख्रिन लागेको जाडोले केही जीवनहरु लिएको छ । वुढा वुढी माघलाई भन्ने उखान चरितार्थ भएको छ । जीवन त्यति लयमा वगेको छैन । कामको व्यस्तताका वहानामा व्लगहरु लेखिएनन । कहिले अन्तहिन परिक्षाका श्रृंखलाहरु चलीरहे । जीवन आफ्नै गतिमा वहेको छ । तर जीवनका लयहरु त्यति गतिशिल छैनन ।
यही बीचमा दुनीयाका केही समृद्ध मुलुकको भ्रमण भयो । विकासका अनुपम नमूनाहरु देखिए । यद्यपि अनुभव साट्न र पाठकसंग अन्तरकृयामा रहन भन्दा आफ्नै कर्मको अल्झनमा व्यस्त हुनु पर्यो । पाठकहरुका अपेक्षाहरु थिए । यद्यपि लेख्ने क्रम झन्डै रोकियो ।
तत्कालका जस्ता व्यस्तता भएपनि स्वान्त सुखाय लेखनमै रहेछ । अव यी लेखनका क्रमले गति लिने छन । मेरो क्षमताको, ज्ञानको, म जे छु त्यसको जग विर्घा हो । त्यसैको गुणगान गाउनमा जति आनन्द आउछ अन्य कुनै विषयले त्यस्तो आनन्द दिएनन । त्यही भुगोलसंगको साक्षात्करका लागि केही दिन भित्रै म निस्कदै छु । फर्किएपछिका मिठा मिठा अनुभव आउने नै छन ।
First shot….wow mero ni story cha sir pahila kehi banchu ani lekhchu