राष्ट्रपति वसर अल असद विरुद्ध २०११ मर्च १५ वाट शुरु भएको विद्रोहले सिरियामा झन्डै ६ लाख मानिसको ज्यान लिइसकेको छ । अव अरु कतिले आहुति दिनु पर्ने हो? त्यसको केही लेखाजोखा छैन । ट्युनीसीयामा मोहम्मद वाउजीजीले जागीर नपाएको झोकमा २०१० को डिसेम्वरमा आत्महत्या गरेपछि शुरु भएको अरब विद्रोहले आधा दशक विताइसकेको छ । यही अरब विद्रोहको परिणती इजिप्टमा होस्नी मुवारक, ट्युनीसीयामा अल अवादिन अली र लिवीयामा कर्नेल मोहमर गद्दाफी जस्ता वर्षौ देखि शासन गरेका तानाशाह हरुले ज्यान गुमाइ सकेका छन ।
क्रान्तिको वाछिटाले लेवनान, साउदी अरेवीया, इरान र टर्कीलाई समेत छोएको थियो । अरबले महिलालाई मताधिकार दिएर, लेवननाले शैनिक कानून हटाएर र इरानले बल प्रयोग गरेर क्रान्तिलाई नियन्त्रणमा लिए । केहीले सत्ता गुमाए केहीले जीवन । जीवन गुमाउने श्रृंखला रोकिएको छैन र यो कहिले रोकिने हो कालो वादलमा कुनै चादीको घेरा पनि देखिएको छैन ।
पेशाले नेत्र चिकित्सक बसर अल असदको सत्ता पश्चिमाहरुको क्रिडास्थल भएको छ र वदलामा मानवीय मुल्य हारेको छ । कहिले रुसको समर्थनमा त कहिले टर्कीको विरुद्धमा परिलक्षीत असद सत्ता र सिरीयाको भविष्य अझै अन्यौलमा छ । अहिले सिरीया भित्र असद समर्थीत सरकारी सेना, टर्की समर्थीत विद्रोही, अमेरीका समर्थीत कुर्दीश लडाकु र आइएस आइएस लगायत रुस र अमेरिका समर्थीत विभिन्न लडाकुहरु लडिरहेका छन । कुनै वेलाका मध्यपूर्वको शुन्दर देश सिरीया अहिले चिहान घरमा परिणत भएको छ ।
दमास्कस जल्यो । होम्स सिटीमा २ वर्ष अघि मानवीय ंकट देखा पर्यो । अहिले राजधानी दमास्कस नजिकै रहेको गुटा शहरमा रुस समर्थीत सरकारी फौजले गरेको हमलामा सयौ वालवालीका सहित हजारौले ज्यान गुमाइरहेका छन । आकाशमा धुवाको मुस्लो मडारिएको छ । अस्पतालहरु समेत वमको निाशानामा परेका छन । चिकित्सक मारिएका छन । अस्पताल खन्डहरमा परिणत भएको देशमा विद्यालयको के अस्तित्व रहन्थ्यो र ?
कहिले सरिन नामको विषालु ग्यांस त कहिले हवाइ हमला । जिउदो नर्कमा परिण हुदै गएको सिरीयाका विषयमा पश्चिमा जगत, संचार माध्यम र अन्तराष्ट्रिय संस्थाहरुको मौनता वुझी नसक्नुको छ ।
सिरीयामा छिट्टै शान्ति फर्कियोस कलिला वालवालीकाका ओठमा मुस्कान छर्दै विद्यालय जान पाउन । सिरीया युद्ध अन्त्य होस ।