पहिलो सर्को


२०४६ सालको राजनैतिक परिवर्तन पछि गांउ घरमा संघ संस्थाहरु खुल्ने क्रम तिव्र भएको थियो । मानिसहरु खुलेर राजनैतिक वहस शुरु गरेका थिए । काग्रेस र कम्युनिष्टमा समाज वाडिएको थियो । चिया पसल र जमघटमा को काग्रेस को कम्युनिष्ट भन्ने कित्ताकाट शुरु हुदै थियो । पछि यो कित्ताकाट पानी वारावार र विवाहमा समेत दल मिलाउनु पर्ने अवस्थासम्म आइपुग्यो ।
यसै मेसोमा लसर्घा वेसीका युवाहरुले तीनपाते युवा क्लव गठन गरिसकेका थिए । त्यसको हावा सुस्तरी विर्घातिर पनि चल्दै थियो । छन दाई, वर्सटाक अर्जुन, शोभाकान्त सर, शेर वहादुर सर, वुद्धी सर, घ्यागंसिंग खरक मेन दाई लगायतले विर्घा ७ भुष्टुंगमा जनजागरण युवा क्लव गठन गरे । क्लव गठन पछि त्यस समयको प्रचलित भलीवल प्रतियोगीता राख्ने कुरा भयो । स्यागंजाको पश्चिम भेग वाक्लो मगर वस्ति र मगर संस्कृतिको वाहुल्यता रहेकोले पनि होला । होली पुर्णीमा अथार्त यौनाट खुवै रमाइलो चाड मानिन्थ्यो ।
मगर समुदाय, खुलेर रमाइलो गर्ने चाड पर्व मज्जैले मनाउने र एक अर्कामा सहयोग गर्न माहिर मानिन्थे । त्यसैले होला हामी विर्घा पट्टीका वाहुनलाई भुष्टुंग, खहरे तिरका सवै मगर जस्तै मस्त लाग्थे । मौलामा जन्मे हुर्केर होला मगर कुरा वोल्न नआएपनि म मगर संस्कृतिवाट केही हदसम्म जानकार र प्रभावित भने थिए ।
त्यस क्षेत्रमा मगर समुदायले धुमधामसंग मनाउने यौनाट अर्थात होली पुर्णीमाका अवसरमा जनजागरण युवा क्लव भुष्टुंगले पनि ३ दिने रनिगं सिल्ड भलिवल प्रतियोगीता आयोजना गर्यो ।
सरस्वती प्रावी भुृष्टुंगमा आयोजित प्रतियोगितामा खहरे, आलम देवी, लसर्घा, कट्टी गांउ, चेहेमी लगायत विभिन्न ठांउवाट स्थानीय क्लव वा समुहहरु प्रतिष्पर्धामा आए । २०४९/ ५० तिरको कुरा हुनु पर्छ । हामी स्कुल पढ्दै गर्दा आयोजित भलीवल प्रतियोगितामा कक्षा हापैरै पनि हेर्न गइन्थ्यो ।
* * *
‘लसर्घा टिकारामले हानेको सट टाउकोमा लाग्यो भने त मान्छे ठहरै हुन्छ रे ।’ ‘खहरेली चक्र दाइको जस्तो व्लक त गन्डकी अन्चलमा कसैले गर्नै सक्दैन रे ।’ हामी स्कुलेहरु बीच यस्तै वहस हुन्थ्यो । “सवास” भन्दै रिटायर्ड लाहुरे वुढाहरुले खेलाडी हौस्याउदा र वेलका बाले “खेला डेखाउ” भन्दा कम्ती रमाइलो लाग्दैनथ्यो ।
ठुलै मेला लाग्थ्यो वेलको भलीबल प्रतियोगितामा । सांझ परेपछि खान पान हा हा र हो हो सामान्य थियो । घर्ती रमेश, घ्यागंसिंग खरक महेश, रेमेहरु मेरा दोस्ती थिए । कति पल्ट रातीमा हामी सरस्वती सकुलमै पनि सुतेका छौ । जाडो घटी सक्ने याम भएकाले होला स्कुलकै वेन्चमा रात विताउदा पनि रमाइलो लाग्थ्यो ।
एक प्रकारको मेला लाग्ने बेलमा भलिवलका अलागा रिंग हान्ने, चुकौनी वेच्ने, साना तिना पसल राख्ने लहरै चलेको थियो । भलीवलको असल दर्शक हुनुका अलावा रिंग हान्न्मा मेरो दिलचस्पी थियो । बासका घारा तेर्स्याएर खाटमा विस्कुट, सावुन, चुरोट, काठका वक्समा पैसा आदि राखेर रिगं हान्न दिइन्थ्यो । वासको गोलो सेल रोटी जस्तो रिगं जे मा गएर छोपिन्छ त्यही उपहार लिन पाइन्थ्यो । महंगो सामान कम र सस्तो अली वढि रिंगमा पर्ने संभावना हुन्थ्यो । भनौ रिगं खेलाउनेहरुले त्यस्तै तारतम्य मिलाउथे ।
रिंगको रेट भने हेरी हेरी हुन्थ्यो । खेलको पहिलो दिन ५ रुपैयाकोे ४ वटा पाइने रिगं खेल उठ्ने दिन ५ को ६ वटा सम्म पनि पाइन्थ्यो । यद्यपि रिंग संगको मेरो गजवको सम्वन्ध जोडिएको छ । सायद रिंग हुदैनथ्यो त मैले चुरोटको सर्को जीवनमै तान्ने थिइन होला ।
२०४९ सालको यौनाटमा भुष्टुंग वेलमा भलीवल प्रतियोगिता आयोजना भयो । खेल हेर्न हामी मौला कइन्डाडावाट चिन्तामणी दाई, म, निलु अंकल, हिरा, राना दुर्गा भएर गयौ । दिन भर भलीवल खेल हेर्यौ । सांझ पर्ने वेलामा त्यस दिनको नकआउट खेल पनि सकियो । अव घर जाने वेला भयो । दिउसो आमाले दिएको १० को नोट खल्तिमै थियो । साथीहरुपनि धेरै जसो आ आफ्नै तालमा घर गइसकेका थिए । म भनी अल्मलिदा अल्मलिदै मौला तिर जाने एक्लै वचेछु ।
भोक मजैले लागेको थियो । अव के गर्ने चुकौनी र विस्कुट खाने की? राजा विरेन्द्रको तस्विर भएको नंया सेतो दशको नोट खल्तिमा राख्ने की ? रिंग खेल्ने? मेरा अगाडीका ३ विकल्प मध्ये पछिल्लोे विकल्पले काम गर्यो । जे पर्ला पर्ला ५ रुप्याको रिंग त हान्नै पर्यो । विस्कृट परे खादै जाउला, सावुन परे आमालाई लैदिउला । मनमा अनेक तरंग खेलाउदै मैले पनि ५ रुपैयाको रिगं किने ।
रिंग खेलाउनेले ५ रुपैया फर्काइदियो र दियो ५ वटा रिंग । सांझ पर्दै गएको र मान्छे पातलिदै गएकोले होला रिंग सस्तीएछ । दिउसो ५ को ४ वटा पाइने रिंग सांझमा भने ५ को ५ वटै पाइने भएछ । देव्रे हातमा ५ वटै रिंग उनेपछि विस्तारै जिव्रोले ओठ पुसेर मैले पनि दाहिले हातमा वान्की मिलाएर एउटा रिंग लिए । परमेश्वरी भन्दै माथी लसर्घा डांडातिर हेरे, आलम देवीलाई संझीदै हानेको रिंग भ्यार्र्रर्र् गरेर खाली ठांउमा वस्यो । आमाले मुस्किलले दिएको १० मध्येको रु १ शहिद भै सकेको थियो ।
फेरी पोजिसन मिलाएर हानेको दोश्रो रिंगले पनि हावा खायो । यसै गरी तेस्रो रिंग पनि खाली ठांउमै वजारियो । खेलको नियम अनुसार रिंगले खाटमा राखिएको सामानलाई छोप्नु पर्दथ्यो । मेरो रिंगले सामान छोप्नु साटो खाटवाट भुइमै वजारिन पुग्थ्यो । न दिन रह्यो, न १० को नोट, न केही सामान । अव भने रिंग खेलाउने दाइको अनुहार चम्किलो र मेरो अनुसार अध्यारो हुदै थियो । एवं रितले परमेश्वरी भन्दै आलम देवीलाई गरेको भाकलले केही फाइदा दिएको थिएन ।
अन्तिम रिंग देव्रे हातमै थियो । एक चरण हातको पसिना पुछेर । ओठमा जिव्रोको ताउ मिलाएर अन्तिम प्रयास गर्ने निधो गरे । अन्तिम हो केटोले के पार्न सक्छ र भन्ने भावमा रिंग खेलाउने दाइले हेर्दै थिए । मैले विस्तारै पाइनापल विस्कुटलाई ताकेर हानेको रिंग त खुकुरी चुरोटमा गएर पो अडियो । ढलपल ढलपल गरेको रिंग ढ्याप्प खुकरी चुरोट छोपिएर शान्त भयो । अव भने रिंग खेलाउने दाइको अनुहार मलिन भयो । म भने के गरौ के? अलमलमा परे । अव खुकुरी चुरोट के गर्ने । कंहा लगेर वेच्ने? कतिमा वेच्ने? घरमा चुरोट वेच्न हिडेको थाहा पाए के होला । म स्कुलेका मनमा अनेक तरंग आए ।
अव के गर्छौ भाई? पसले दाईले मलाई प्रश्न गरे । भयो दाई खेल्दीन, वरु चुरोटको साटो विस्कुट दिनुस्न, मैलै विनम्र भएर अनुरोध गरे । ती दाईले मलाई विस्कुट दिन नमिल्ने भन्दै । चुराटनै भिडाए । क्रश खुकरी भएको वट्टा चिटिक्क परेको थियो । सन्तोष चलचित्र मन्दिर तानसेनमा प्रथम श्रेणीमा वसेर फिल्म हेर्नु अगाडी शाहसीको एक मात्र चाहना खुकुरी चुरोट भन्दै देखाएको भिडीयोको संझना आयो ।
तर के गर्नु । कसैले चुरोट खल्तिमा हालेको पो देख्योकी? लजाइ लजाई मेरो खल्तीमा खुकुरी चुरोटको वट्टा पस्यो । अव चुरोटको विसर्जन कसरी गर्ने विलखवन्दमा परेको म मा एक्कासी सुर्याइ चढ्यो । ह्या खालेर हेरुम न कस्तो रहेछ । मधुरो सांझमा वर्सटाक आइपुग्दा मैले चुरोटको वट्टा खालेर हेरे । टाउकोमा कपास लाएको, निख्खर सेतो खुकरी चुरोटका लहरै खिल्लीहरु देखिए ।
सन्तोष चलचित्र मनिदरको खुकुरी चुरोट खाने शाहसीको याद आयो । ह्या चाखौकी क्या हो । के गर्ने होला के गर्ने? चुरोट खान त सलाई चाहिन्छ । कसैकोमा गएर आगो माग्ने कुरा पनि भएन । सलाई कंहा पाइएला ? एक्लै हिड्दा मनमा तरंग आइरह्यो । घनस्यामको पसल अगाडी पुग्दा खल्तीमा रहेको ५ रुपैयाको याद आयो । जे पर्ला पर्ला ५ को नोट तेर्स्याएर सलाइ किने मैले । घरमा चाहिए होला । मलाई कसैले प्रश्न गर्ने कुरा भएन सलाई किन्दा । त्यति वेला गांउमा आगो माग्ने र आगो न निभोस भनेर भौरो पुर्ने चलन विस्तारै हराएर सलाई युग शुरु भइसकेको थियो ।
खल्तीमा खरिद गरेको सलाई र रिंगमा पारेको खुकरी चुरोटको वट्टा हालेर करन्डाडाको वाटो घर फर्किए । लाटो खोला आइपुग्दा झमक्कै सांझ परेको थियो कता कता डर पनि लाग्यो । आगो हातमा भए भुतले छल्दैन भनेर आमाले सुनाएको याद आयो ।
कसैले देख्ने पनि होइन । सल्काउ की क्या हो । एक मनले यसो भने पनि अर्को मनले डर मानिरह्यो । खोला तर्न आट निकाल्न पनि हातमा आगो त चाहिने नै भयो । जे पर्ला पर्ला भनेर खल्तीवाट खुकुरी चुरोट झिकेर ओठमा च्यापेपछि मैले च्यार्रर सलाई कोरे । तल्लाघर यज्ञ दाईले र हिमलाल बा ले चुरोट सल्काएको देखि राखेकै थिए । त्यसैले चुरोट सल्काउन मलाई नौलो भएन । यसरी जीवनमै पहिलो पल्ट २०४९ को होली पुर्णीमामा मैले चुरोटको सर्को लिए ।
चुरोटको पहिलो सर्को के तानेको थिए । फोक्सो सम्म धुवा पुगेछ । म ख्वा र ख्वा भएर झन्डै लडिन । पहिलो सर्को संगै जोडले तान्नु हुदो रहेनछ भन्ने ज्ञान पनि त्यही समयले दियो । खोला तरुन्जेल मुस्किलले केही सर्को तानेर खोला तर्ने वित्तिकै मैले चुरोटको खिल्ली हुर्याए । अव खल्तिमा १९ खिल्ली खुकरी र सलाईको वट्टा थियो । खादा नमिठो लागेपनि खिल्ली हेर्दै लोभ लाग्ने खुकुरी कहिले गैरामा, कहिले खोल्सामा त कहिले मौला चौपारीमा एक्लै खाएर सके । त्यो वट्टा सकिउन्जेल मलाई रुघा र खोकीले एकदमै सतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *